अर्थ​

पोखरामा क्यान इन्फोटेक शुरु

पोखरामा क्यान इन्फोटेक शुरु पोखरा, फागुन ९ : पोखरामा शुक्रबार देखि बृहत सूचना तथा प्रबिधि मेला (क्यान इन्फोटेक) को छैंटौ संस्करण शुरु भएको छ। कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) कास्कीको आयोजना भएको इन्फोटेक फागुन ११ गते सम्म सञ्चालन हुने छ। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा निःशुल्क कम्प्युटर मर्मत सेवा, १ सय जना विद्यार्थीलाई ‘फ्री स्कलरसीपमा आफूले अध्ययन गर्न चाहेको कम्प्युटर कोर्ष, ४० जना विद्यार्थीलाई ४५ दिने निःशुल्क हार्डवेयर तालिम तथा रोजगारको अवसर समेत दिइने आयोजकले जनाएको छ। पीआइनेटले मुख्य प्रायोजन गरेको मेलामा डायमन्ड स्पोन्सरको रूपमा डिजिकम सागर इन्फोसिस र …

गभर्नर बन्न कांग्रेस निकट अर्थविद्हरु दौडधुपमा

गभर्नर बन्न कांग्रेस निकट अर्थविद्हरु दौडधुपमा काठमाडौं, फागुन ६ : राष्ट्र बैकका गभर्नर यूवराज खतिवडा चैत सात गतेदेखि अवकाश हुने भएपछि गभर्नर बन्नका लागि कांग्रेस निकट अर्थविद्हरु शक्तिकेन्द्र धाउन थालेका छन् । गभर्नर अवकाश हुनुभन्दा एक महिनाअघिनै सरकारले सिफारीस समिति गठन गरेर नियुक्ति प्रक्रिया अघि बढाउनु पर्ने हुन्छ । तर यस पटक खतिवडाको पदावधि एक महिनामात्रै बाँकी रहदा समेत अझसम्म सिफारीस समिति समेत गठन हुन सकेको छैन । सामान्यतया अर्थ मन्त्रीको संयोजकत्वमा हुने गभर्नर नियुक्ति सिफारीस समितिले तीन जनाको नाम मन्त्रिपरिषद बैठकमा पठाउने र सोही मध्य एकजनालाई सरकारले गभर्नरको म्याद सकिनुभन्दा एक …

स्वीस बैकको कालो धनबारे राष्ट्र बैक वेखवर

स्वीस बैकको कालो धनबारे राष्ट्र बैक वेखवर काठमाडौं, फागुन ३ : स्वीस बैकमा नेपालीले ‘कालो धन’ राखेको भन्ने विषयमा राष्ट्र बैकले अनभिज्ञता जनाउदै त्यस्तो धन फिर्ता ल्याउन नसकिने बताएको छ । जनेभामा रहेको एचएसविसि बैकमा आठ नेपालीको ५ करोड ४० लाख अमेरिकी डलर रुपैया जम्मा भएको एक अनुसन्धानबाट सार्वजिनक भएपछि आईतबार गभर्नर यूवराज खतिवडाले यस्तो धारणा राखेका हुन् । व्यवस्थापिका संसदको अर्थ समितिको बैठकमा बोल्दै खतिवडाले स्वीस बैंकमा नेपाली नागरिकले जम्मा गरेको भनिएको रकम कस्को हो भन्नेबारे कुनै जानकारी नभएको बताएका हुन् । उनले रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरुले कोडको आधारमा रकम जम्मा गर्न …

अघिल्लो बर्षभन्दा विदेशी मुद्राको संचिति बढ्यो

अघिल्लो बर्षभन्दा विदेशी मुद्राको संचिति बढ्यो काठमाडौं फागुन ३ : विदेशी रुपैयाको संचितिमा  बृद्दी भएर पछिल्लो छ महिनामा मुलकको आर्थिक अवस्था सुधारउन्मुख देखिएको छ । अर्थ मन्त्रालयले हालै तयार पारेको प्रतिवेदनमा पछिल्लो छ महिनामा विदेशी मुद्दाको संचिति २.४ प्रतिशतले बृद्धि भएको छ । यो आर्थिक बर्षको पछिल्लो छ महिना विदेशी मुद्राको संचिति ६ सय ८१ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो बर्ष सोही अवधिमा झण्डै साडे ५ सयको हाराहारीमा थियो । अर्थविद्हरुका अनुसार छ महिनामा २ प्रतिशतभन्दा बढि विदेशी मुद्राको संचितिमा बृद्धि हुनु अर्थतन्त्र सुधारका सकरात्मक संकेतहरु हुन् । अर्थ मन्त्रालयाक अनुसार पछिल्लो छ महिनाको …

भ्यालेन्टाइन्स डे को अबसरमा फुड फेस्टिबल

भ्यालेन्टाइन्स डे को अबसरमा फुड फेस्टिबल चितवन, फागुन २ : चितवनको सौराहामा प्रणय दिवस (भ्यालेन्टाइन्स डे) को अवसर पारेर शुक्रबारदेखि नवौं सौराहा फुड फेस्टिबल सुरु भएको छ । प्राकृतिक सौन्र्दयता सौराहाको विशेषता भन्ने नारासहित सुरु भएको फेस्टिबल फागुन ४ गतेसम्म चल्ने छ । फेस्टिवलमा बिभिन्न रितिरिवाज झल्कने ८० भन्दा बढी स्टलहरु राखिएको छ भने सौराहा नगरीलाई दुलहीझैं सिँगारिएको छ …

सुदूरपश्चिमाञ्चल व्यापार मेला सुरु

सुदूरपश्चिमाञ्चल व्यापार मेला सुरु कञ्चनपुर, फाल्गुन २ : सुदूरपश्चिमको औद्योगिक विकासका लागि शुक्रबारदेखि महेन्द्रनगरमा दोस्रो सुदूरपश्चिमाञ्चल व्यापार मेला सुरु भएको छ । नेपाल उद्योेग परिसंघ कञ्चनपुर-कैलाली च्याप्टरको आयोजनामा महेन्द्रनगरको खुल्लामञ्चमा सुरु भएको मेलाको उद्घाटन पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले गरे । मेलाको उद्घाटन गर्दै चन्दले मेलाले सुदूरपश्चिमको बिकासँगै लोक संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । मेलामा हस्तकला सामग्री, कृषि उत्पादन, वैकल्पिक उर्जा लगायतका करिब २ सय स्टल प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ …

लेखा अधिकृत २० हजार घुससहित पक्राउ

लेखा अधिकृत २० हजार घुससहित पक्राउ भक्तपुर, फाल्गुन १ : डिभिजन सडक कार्यालय भक्तपुरका लेखा अधिकृत तीर्थबहादुर बस्नेत अख्तियारको टोलीद्वारा २० हजार घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा अधिकृत लीलाधर अवस्थी नेतृत्वको बस्नेतलाई टोलीले २० हजार रुपैयाँ सहित पक्राउ गरेको अख्तियारले जनाएको छ …

सुमार्गीले साडे तीन अर्ब ल्याएको विषयमा अर्थ समितिले मन्त्री र गभर्नर बोलायो

सुमार्गीले साडे तीन अर्ब ल्याएको विषयमा अर्थ समितिले मन्त्री र गभर्नर बोलायो काठमाडौं, फागुन १: व्यवस्थापिका संसदको अर्थ समितिले स्विस बैकमा नेपालीले राखेको झण्डै साडे पाँच अर्ब रुपैया र राष्ट्र बैकले प्रक्रिया नपुगेर रिलिज नगरेको व्यवापारी अजय सुमार्गीको नाममा रहेको साडे तीन अर्ब रुपैयाका बारेमा सोधपुछ गर्न अर्थ मन्त्री रामशरण महत र गभर्नर यूवराज खतिवडााई बोलाउने भएको छ । शुक्रबार बसेको समितिको बैठकले सुमार्गीको नामा राष्ट्र बैकले रोक्का गरेर राखेका ठूलो रकम के कसरी किन आएको भन्ने विषयमा सोधपुछ गर्न मन्त्री र गभर्नरलाई बोलाउने निर्णय गरेको हो । ‘यी दुबै विषय संवेदनशील भएकाले यथार्थ जानकारी माग्न अर्थमन्त्री र गभर्नरसहित …

बिनोद चौधरी फेरी अर्बपतिको सूचीमा

बिनोद चौधरी फेरी अर्बपतिको सूचीमा काठमाडौं, माघ २७: विश्वका अर्बपतिहरुको सूचीमा नेपालका विनोद चौधरी १ सय ५९ स्थानमाथि उक्लिएका छन् । अमेरिकी म्यागाजिन फोब्सले मंगलबार सार्वजनिक गरेको सूचीमा चौधरी १३ सय ६ औं स्थानमा छन् । फोब्सका अनुसार चौधरीको सम्पत्ति १ अर्ब ३० करोड डलर अर्थात १ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । यसअघि उनी १४ सय ६५ औं स्थानमा थिए । त्यसबेला उनको सम्पत्ति १ अर्ब १० करोड डलर थियो …

धनकुटाबाट २५ करोडको सुन्तला निकासी

धनकुटाबाट २५ करोडको सुन्तला निकासी धनकुटा, माघ २४: धनकुटाबाट यो बर्ष करिव २५ करोड रुपैयां वरावरको सुन्तला निकासी भएको छ । सुन्तलाका लागि रसिलो र गुलियो सुन्तलाका लागि चर्चित ख्याती कमाएको जिल्लाको खोकु, छिन्ताङ्ग र आँखिसल्ला गाँउ विकास समितिवाट मात्र करिव १४ करोड रुपैयाको सुन्तला निकासी भएको हो । धनकुटा नगरपालिकाको तेलिया लगायतका क्षेत्रवाट पाँच करोड वरावरको सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय धनकुटाले जनाएको छ । अघिल्लो बर्षको तुलनामा यो आर्थिक वर्षमा करिव ३० प्रतिशत सम्म उत्पादन वढेको बताईएको छ । धनकुटामा कुल पाँच सय ५६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिदै आएको छ …

1 99 100 101 102 103