अर्थ​

नयाँ नियमावली अनुसार शुरु भयो क्यासिनो

नयाँ नियमावली अनुसार शुरु भयो क्यासिनो काठमाडौ, माघ २०ः एक बर्षदेखि बन्द भएका राजधानीका आधा दर्जन क्यासिनो नयाँ व्यवस्थापनका साथ फेरि सुरु हुने भएका छन् । होटल साङ्ग्रिलामा संचालनु हुने ‘द मिलियनएयर्स क्लब एन्ड क्यासिनो’ आजबाट सञ्चालनमा आएको छ । पञ्चे बाजाका साथ उद्घाटन गरिएको उक्त क्यासिनो नियमावली अनुरुप आफूहरुले व्यावसायिक रुपमा सञ्चालन सुरु गरेको र यसले पर्यटन व्यवसायमा समेत थप टेवा पुग्ने सञ्चालक राजेन्द्र बजगाईल बताए । राजधानीमा नौ र पोखरामा एक सहित मुलुकभर दश क्यासिनो सञ्चालनमा थिए । क्यासिनोमा जुवा जित्ने रकममा सरकारलाई तिर्नुपर्ने करका विषयमा संचालक र सरकारबीच विवाद भएपछि …

१५ लाखसम्म बिनाधितो कर्जा

१५ लाखसम्म बिनाधितो कर्जा काठमाण्डौं, माघ १९: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १५ लाख रुपैयाँसम्म बिनाधितो कर्जा दिने योजना ल्याएको छ । वार्षिक १३ प्रतिशत ब्याजदरमा सो कर्जा लिन सकिने बैंकले जनाएको छ । बैंकले मासिक किस्तामा पाँच वर्षभित्र भुक्तानी गर्ने गरी बिनाधितो कर्जा योजना ल्याएको आइतबार आयोजित एक कार्यक्रममा जानकारी दियो। न्यूनतम ३ लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सकिने छ । बिनाधितो कर्जाबाट ग्राहकको वित्तीय आवश्यकता सहज तरिकाले परिपूर्ति भई ग्राहक लाभान्वित हुने विश्वास बैंकले गरेको छ। बेरोजगारका लागि यो योजनाले आवश्यकता पूरा गर्न नसक्ने तर …

पाँचौं वालिङ महोत्सव सम्पन्न

पाँचौं वालिङ महोत्सव सम्पन्न स्याङ्जा, माघ १९: हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान भन्ने उद्घोषका साथ स्याङ्जाको बालिङ् खेलमैदानमा माघ ८ गतेबाट शुरु भएको पाँचौ बालिङ् महोत्सब करिब ९ करोडको कारोबार गर्दै आईतबार सकिएको छ । ११ दिनसम्म सञ्चालनमा गरिएको पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक, कृषि पर्यटन, साँस्कृतिक एवम् सुचना प्रबिद्यी मेला २०७१ भनेर नामाकरण गरिएको मेलामा २० कृषिसहित २ सय ४ वटा स्टलहरु राखिएको थियो । महोत्सवमा कूल ३ लाख ५१ हजार दर्शकले मेला अवलोकन गरेको र कूल ८ करोड ९२ लाखको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवमा सबै भन्दा बढी दर्शकहरुको भीड फेन्सी तथा …

६ सयले सुन बढ्यो

६ सयले सुन बढ्यो काठमाडौं, माघ १८ः आइतबार स्थानीय बजारमा सुनको भाउँ तोलामा ६ सयले बढ्यो । आइतबार छापावाल सुन तोलाको ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलाको ५३ हजार ५ सयमा कारोबार भएको थियो । यसदिन चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर ७ सय २०मा कारोबार भएको महासंघले जनाएको छ । आइतबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस १२ सय ७८ डलर बराबरमा कारोबार भैरहेको थियो …

मोबाईल फोनमा ५० प्रतिशत छुट

मोबाईल फोनमा ५० प्रतिशत छुट काठमाडौं, माघ १५: न्युरोडमा रहेको ताम्रकार कम्प्लेक्सले ५० प्रतिशतसम्मको छुटमा मोवाईल सेटहरु वितरण गर्ने भएको छ । कम्प्लेक्सको सातौ बार्षिक उत्सवको अवसर पारेर आयोजना हुन लागेको ‘मोवाईल महोत्सव २०१५’मा हरेक मोबाईल सेटको खरिदमा ५० प्रतिशत छुट दिने निर्णय भएको जनाइएको छ । शुक्रबार कम्प्लेक्सले जारी गरेको विज्ञप्तिमा फागुन १ देखि ९ गते सम्म हुने मोवाईल महोत्सवमा छुट दिने निर्णय भएको उल्लेख छ । ताम्रकार कम्प्लेक्समा विभिन्न उत्कृष्ट ब्राण्डका मोबाईल सेट, ट्यावलेट, ल्यापटप, एसेसरिज उपलव्ध छ …

आयल निगमले थाल्यो राजधानीमा ग्यास बितरण

आयल निगमले थाल्यो राजधानीमा ग्यास बितरण काठमाडौ,माघ १५: खाना पकाउने ग्यासको सहज आपुर्तिका लागि नेपाल आयल निगमले राजधानीका बिभिन्न स्थानमा बिहिबार बिहानदेखि ग्यास बिक्री सुरु गरेको छ । व्यवसायीसँको सहकार्यमा बिहिबार नयाँ वानेश्वर, काटेश्वर, वत्तिसपुतली, शंखमुल, माइतीघर, वुद्धनगर, बबरहमहलमा दिनभरी नै ग्यास बिक्री गरिने नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार बिहिबारदेखि १ दिन बिराएर आगामी २७ गते सम्म बिभिन्न स्थानमा ग्यास बिक्री गर्न लागिएको हो । केहि दिन अगाडी नेशनल टेनिङ सेन्टरमा ग्यास बिक्री गरेतापनी ब्यबसायीको बिरोधका कारण रोकिएको थियो । निगमले ग्यास बिक्री थालेपछि ग्याँसको चरम अभाव …

वालिङ महोत्सवमा दर्शकको घुईचो

स्याङजा: स्याङजाको वालिङमा जारी पांचौ वालिङ महोत्सवमा दर्शकको घुइचो बढ्न थालेको छ । वालिङ् उद्योग वाणिंज्य संघले हरेक दुई/दुई बर्षमा आयोजना गर्ने महोत्सवमा यस पनि दिन दर्शकहरुको घुइचो बढेको हो । दर्शकहरुको घुइचो बढेसंगै आर्थिक कारोवारमा समेत बृद्धि भएको छ । महोत्सव अवलोकन गर्न आउने दर्शकहरुका लागि सबै बिषयको राम्रो व्यवस्था मिलाएकाले पनि महोत्सवमा दर्शकहरुको घुइचो लागेको आयोजकको भनाई छ । सबै भन्दा बढी दर्शकहरुको भीड फेन्सी तथा कपडाका पसलहरुमा र होटलहरुमा लागेको छ । महोत्सवका लागि २ सय स्टलहरुमा हस्तकलाका सामाग्री, फोटो प्रदर्शनी, कृृषि तथा होटल र फेन्सी …

संविधानसभा गतिरोध हटे लगत्तै शेयर वजार फेरि आकासियो, सेयर बजार करिव १० अंकले बढ्यो, इन्भेष्टमेन्ट बैंकको ८२ करोडको संस्थापक सेयर कारोबार

काठमाडौं: संविधान सभामा प्रश्नावली समिति बनाउने प्रस्ताव पारित भएपछि सेयर बजारमा त्यसको सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ८१ अंकले बढेको छ । जलविद्युत् र उत्पादनमूलक समूहवाहेक सबै सुचकहरु उकालो लागेको छ । बैंकिङ, होटल, बिमा, अन्य र विकास बैंक सुचक धेरै अंकले बढेको छ । फाइनान्स सुचक पनि सामान्य बढेको छ । बजारको बृद्धिसँग कारोबार रकम पनि वढेको छ । आइतबार राष्ट्रिय वाणिज्य बैंकले बिक्री गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको किनबेच भएकाले कुल कारोबार रकम एक अर्ब आठ करोड रुपैयाँ नाघेको छ । इन्भेष्टमेन्ट बैंकको संस्थापक …

संविधानसभा गतिरोध हटे लगत्तै शेयर वजार फेरि आकासियो

काठमाडौं: संविधान सभामा प्रश्नावली समिति बनाउने प्रस्ताव पारित भएपछि सेयर बजारमा त्यसको सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ८१ अंकले बढेको छ । जलविद्युत् र उत्पादनमूलक समूहवाहेक सबै सुचकहरु उकालो लागेको छ । बैंकिङ, होटल, बिमा, अन्य र विकास बैंक सुचक धेरै अंकले बढेको छ । फाइनान्स सुचक पनि सामान्य बढेको छ । बजारको बृद्धिसँग कारोबार रकम पनि वढेको छ । आइतबार राष्ट्रिय वाणिज्य बैंकले बिक्री गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको किनबेच भएकाले कुल कारोबार रकम एक अर्ब आठ करोड रुपैयाँ नाघेको छ । इन्भेष्टमेन्ट बैंकको संस्थापक …

1 100 101 102