अर्थ​

महङगो भाडा लिन थालेपछि नेपालगंजबाट हुने सबै जार्टर उडान बन्द

महङगो भाडा लिन थालेपछि नेपालगंजबाट हुने सबै जार्टर उडान बन्द काठमाडौं, जेठ १० : बाँकेको नेपालगञ्जबाट प्रदेश नम्बर ५, ६ र ७ का पहाडी क्षेत्रमा गरिने चार्टर्ड उडान बिहीबारबाट बन्द भएको छ । चार्टर्ड उडानका नाममा यात्रुबाट चर्को भाडा असुली हुन थालेपछि उडान बन्द गर्ने निर्णय गरिएको नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए । निजी विमानले चार्टर्ड उडानको नाममा दोब्बरभन्दा बढी भाडा असुल्दै आएका थिए । तिवारीका अनुसार अब समान भाडादर कायम गरिएको छ । नयाँ भाडादर पहिलेको सहुलियत दरभन्दा अलिक महँगो र चार्टरभन्दा सस्तो पर्ने छ । यसअघि सातामा एक दिन मात्र सहुलियत उडान हुने गरेको थियो । चार्टर्ड …

यती र बुद्ध विश्वकै महङगो भाडा लिने एयरलाईन्स

यती र बुद्ध विश्वकै महङगो भाडा लिने एयरलाईन्स काठमाडौं, जेठ ९ : नेपालको आन्तरिक उडानतर्फको हवाई भाडा विश्वकै सबैभन्दा महंगो देखिएको छ । मेलबर्नको ग्लोबल ट्राभल सर्च कम्पनी रोमेटुरीओले गरेको एक अध्ययनमा प्रतिकिलोमिटरका हिसाबले नेपालका एयरलाइन्सहरू यति र बुद्धले लिएको भाडा सबैभन्दा महंंगो देखिएको हो । रोमेटुरीओका अनुसार यति एयरलाइन्सले प्रतिकिलोमिटर १.०८ अमेरीकन डलर र बुद्ध एयरले प्रतिकिलोमिटर १.१८ अमेरीकन डलर बराबरको भाडा लिएको छ । विश्वमा सबैभन्दा कम पैसामा उडान गराउने बिमान कम्पनीहरुको सूचीमा भने अष्ट्रेलियाको टाइगर एयर अग्रस्थानमा देखिएको छ । टाइगर एयरले प्रतिकिलोमिटर ०.०६ अमेरिकन डलरमा उडान …

त्रिभुवन विमानस्थल अव २१ घण्टा खुल्ने

त्रिभुवन विमानस्थल अव २१ घण्टा खुल्ने काठमाडौं, जेठ ७ : एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल थप साढे २ घण्टा खुल्ने भएको छ। विमानस्थलमा भएको एयर ट्राफिक कम गर्न भन्दै सरकारले विमानस्थल संचालन समयावधि थप गर्ने सबै तयारी पुरा गरेको जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्री रविन्द्र अधिकारीले आफ्नो सय दिने कार्ययोजनामा समावेस गरेको उक्त कामको तयारी पुरा भएको र आजदेखि विमानस्थल २१ घण्टा खुल्ला हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। विहान ६ बजेदेखि बेलुका साढे १२ बजेसम्म संचालन हुँदै आएको विमानस्थल अबदेखि विहान ३ बजेसम्म संचालन हुने …

कुलमानको नयाँ निर्देशन, ‘समय प्रसारणलाईनको ठेक्का नसके क्षतिपुर्ती भराउने’

कुलमानको नयाँ निर्देशन, ‘समय प्रसारणलाईनको ठेक्का नसके क्षतिपुर्ती भराउने’ काठमाडौं, जेठ ६ : समयमै प्रसारणलाइन निर्माण नभएका कारण जलविद्युत आयोजनाको विद्युत् खेर जाने अवस्था आयो भने अहिले विद्युत प्राधिकरणले त्यस्ता आयोजनालाई पेनाल्टी तिर्नुपर्छ । विद्युत् प्राधिकरणले त्यस्तो क्षतिपुर्ति बापतको रकम अब भने प्रसारणलाइन समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदारबाट असुलेर जलविद्युत आयोजनाको प्रबर्द्धक कम्पनीलाई दिने भएको छ । सोलु करिडोर समयमै निर्माण नभएका कारण सोलु खोलामा निर्माण भएका आयोजनाहरुबाट विद्युत खेर जाने देखिएको छ । सोलु करिडोर प्रसारणलाइनमा विद्युत जोड्ने गरि अहिले सोलु खोलामा निजी क्षेत्रका २ हजार १७, ५ मेगावाटका ६ …

कफी ब्राण्ड नेस्लेले ७ सय करोडमा गर्यो स्टारबक्स कफि विक्रि सम्झौता

कफी ब्राण्ड नेस्लेले ७ सय करोडमा गर्यो स्टारबक्स कफि विक्रि सम्झौता काठमाडौं, बैशाख २५ : स्विटजरल्याण्डको कम्पनी नेस्लेले स्टारबक्सको कफी बिक्रीका लागि कम्पनीसँग ७१० करोड डलरको सम्झौता गरेको छ । हाल नेस्लेले नेस्क्याफे, नेस्फ्रेसो ब्रान्डका कफी बेच्दै आएको छ । पछिल्लो सम्झौतासँगै नेस्लेले अब स्टारबक्सको कफी पनि बेच्ने छ । यो सम्झौतापछि वर्षेनी २ सय करोड डलरको कफी बिक्री हुने नेस्लेको विश्वास छ । नेस्लेका मुख्य कार्यकारी अधिकृत मार्क श्नाइडरले कम्पनीका लागि कफीको कारोबार निकै महत्वपूर्ण रहेको र यो सम्झौतासँगै उत्तरी अमेरिकामा कारोबार बिस्तार गर्ने बलियो अवसर मिलेको बताएका छन् । श्नाइडर दुई वर्षअघि नेस्लेको मुख्य …

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो काठमाडौं, चैत २०ः नेपाल आयल निगमले केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सोमबारदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १०५, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ कायम भएको छ । निगमले पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै स्वचालित मूल्य प्रणालीअनुरुप मूल्य समायोजन गर्दै आएको छ …

शेयर बजारमा सुधारः ३९ अंकले बढ्यो नेप्से

शेयर बजारमा सुधारः ३९ अंकले बढ्यो नेप्से काठमाडौँ, चैत्र १३ः सोमबार ५२ अंकले ओरालो लागेको शेयर बजार आज थामिएर ३९.१६ बिन्दुले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ८.०९ बिन्दुले बढेर २५७.७४ बिन्दुमा पुगेको छ । आज कूल १६६ कम्पनीको १५ लाख ११ हजार ६४० कित्ता शेयर रु ५० करोड ६१ लाख २६ हजार मूल्यमा कारोबार भएको छ । व्यापार उपसूचकबाहेक अरु सबै उपसूचक उकालो लागेका छन् । व्यापार समूह ३.१३ बिन्दुले ओरालो लाग्दा बैंकिङ ३३.२७, होटल १२६.२६, विकास बैंक ४१.७, जलविद्युत् ६१.७७, फाइनान्स २.४३, बीमा २९३.८६, उत्पादन १४.७६, अन्य ३.८८ र माइक्रोफाइनान्स समूह ६५.५ बिन्दुले …

सात महिनामा ४३ अर्बको इन्धन आयात

सात महिनामा ४३ अर्बको इन्धन आयात काठमाडौं, फागुन १०ः चालु आर्थिक वर्षको सात महिनामा बीरगन्ज नाका भएर ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म बीरगञ्ज नाकाबाट ६ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार नौसय ३९ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात गरिएको छ । आर्थिक वर्ष २०७३/७४ को साउनदेखि माघसम्मको सात महिनामा बीरगन्ज नाका भएर ३३ अर्ब १० करोड ६६ लाख मूल्यको पाँच लाख ५५ हजार २५६ किलोलिटर इन्धन र एक लाख दुई सय ४६ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको थियो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ …

प्रदेशले घरजग्गादेखि मनोरञ्जन करसम्म उठाउन सक्ने

प्रदेशले घरजग्गादेखि मनोरञ्जन करसम्म उठाउन सक्ने काठमाडौँ, फागुन ५ः करदाताप्रति सम्मानपूर्वक व्यवहार गर्दै कर निर्धारण तथा असुली गर्ने पाउने अधिकार प्रदेश सरकारलाई दिइएको छ । घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन र कृषि आयमा कर लगाउनसक्ने अधिकार प्रदेशलाई प्रत्यायोजन गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । नेपालको संविधानको धारा १९७ अनुसार प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा बनेको नमूना विद्येयकमा प्रदेश कर कार्यालयले कर तिर्नुपर्ने व्यक्ति वा करदाताको पहिचान गरी कर दायित्व विवरण खुलाएर कर लिनसक्ने व्यवस्था गरेको छ । संविधानअनुसार सातवटै प्रदेशमा प्रदेश सरकार गठन …

नेपाल सरकारलाई १० अर्ब ऋण सहयोग

नेपाल सरकारलाई १० अर्ब ऋण सहयोग काठमाडौं, माघ २९ः एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न १० अर्ब रुपैयाँ ऋण सहयोग प्रदान गर्ने भएको छ । उक्त बैंकले स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनर्संरचनाका लागि १० करोड रुपैयाँ बराबरको प्राविधिक सहायता पनि उपलब्ध गराउने भएको छ । सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण तथा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदाख्नोभ र अर्थसचिव शंकरप्रसाद अधिकारीले हस्ताक्षर गरे । उक्त परियोजना अन्तर्गत मुलुकका विभिन्न १६ जिल्लाका ३ सय ८८ किलोमिटर …

1 2 3 4 102