अर्थ​

कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ, कुन जिल्लामा कति घन्टा ?

कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ, कुन जिल्लामा कति घन्टा ? काठमाडौं, माघ २८ः संघीय राजधानी लगायत देशका ठूला सहरहरु झिलिमिलि भइरहँदा उर्जाका लागि धनी क्षेत्र कर्णाली भने अँध्यारोमा छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। मिनेट र घन्टाका हिसाबले होइन दिनको हिसाबले लोडसेडिङ हुन्छ। डोल्पा सदरमुकाम दुनैका बासिन्दा एक दिन विराएर अँध्यारोमा बस्न बाध्य छन्। त्यस्तै जुम्लामा दैनिक १४ घन्टा, हुम्लामा १० घन्टा र कालिकोटमा दुई घन्टा लोडसेडिङ हुँदै आएको छ। स्थानीय बासिन्दा राज्यको वेवास्ताले अँध्यारोमा बस्नुपरेको बताउँछन्। राष्ट्रिय प्रशारण लाइनबाट वञ्चित कर्णाली क्षेत्रका पाँच जिल्ला नेपाल विद्युत …

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो काठमाडौं, माघ १९ः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले खाना पकाउने एलपी ग्यास बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई/दुई रुपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर ५ रुपैयाँ र बाह्यमा प्रतिकिलोलिटर एक सय डलर बढाएको निगमले जनाएको छ । अब पेट्रोल एक लिटरको १ सय ५ रुपैयाँ, डिजेल र मट्टितेल ८३ रुपैयाँ, हवाई इन्धन आन्तरिक ९५ रुपैयाँ पर्ने भएको छ । यसअघि मंसिर २२ र पुस ४ गते मूल्य बढाएको निगमले फेरि पनि भाउ बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको र …

१० अर्बको लगानी कोष स्थापना गर्दै एनआरएन

१० अर्बको लगानी कोष स्थापना गर्दै एनआरएन काठमाडौं, माघ १७ः गैरआवासीय नेपाली संघ (एनआरएन) ले नेपालको लगानी प्रवर्द्धनका लागि १० अर्ब रुपैयाँको लगानी कोष स्थापना गर्ने भएको छ । एनआरएन र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच मंगलबार भएको छलफलका क्रममा संघका अध्यक्ष भवन भट्टले भौतिक पूर्वाधारको विकास र लगानी प्रवद्र्धनका लागि कोष स्थापना र परिचालन गर्न लागिएको जानकारी दिए । कोषको स्थापनाका लागि सरकारका निकायसँग छलफल जारी रहेको उल्लेख गर्दै अध्यक्ष भट्टले अब कुरा होइन काम गर्ने समय आएको बताए । एनआरएनले गोरखा भूकम्पबाट क्षतिग्रस्त ‘लाप्राक नमूना वस्ती’ निर्माण गरिरहेको छ । कुल ३२७ घरको पुनः निर्माणको …

भोलिदेखि चितवनमा यातायात व्यबसायीको महाधिवेशन

भोलिदेखि चितवनमा यातायात व्यबसायीको महाधिवेशन चितवन, माघ १६ः यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन बुधबार (भोली) देखि चितवनमा शुरु हुँदै छ । महासंघले मंगलबार पत्रकार सम्मेलन गरी महाधिवेशनको सबै तयारी पूरा भएको जनाउँदैं महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने तय गरिएको जनाएको छ । महासंघमा आवद्ध ३ सय सदस्य संघ समिति र प्रालिबाट करिब २३ सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुने महासंघले जनाएको छ । अधिवेशनले अध्यक्ष, ३ जना वरिष्ठ उपाध्यक्ष, ८ जना उपाध्यक्ष, महासचिव, ३ जना उपमहासचिव, ३ जना सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्ष, १० जना …

स्याङ्जा महोत्सवको तयारी तिव्र

स्याङ्जा महोत्सवको तयारी तिव्र स्याङ्जा, माघ १४ः स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको पाँचौं स्याङ्जा महोत्सवको तयारी तिव्र पारिएको छ । माघ २६ देखि फागुन ८ गतेसम्म १२ दिन चल्ने महोत्सवको मिति नजिकिदै जाँदा तयारीलाई तिव्र पारिएको हो । “स्याङ्जा महोत्सवको आधार, कृषि, पर्यटन र आर्थिक समृद्धिको आधार” भन्ने नारा लिएर हुन लागेको महोत्सवले स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तुको प्रवद्र्धन, सम्भावित पर्यटकीय क्षेत्रको पहिचान, कला सा“स्कृतिक जर्गेना र सूचना प्रविधिको समयानुकूल प्रयोगलाई प्राथमिकता दिदै आएको छ ।  झण्डै ३ लाख आन्तरिक र बाह्यि पर्यटक भित्र्याउने लक्ष्य …

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो काठमाडौँ, माघ ३ः नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आज रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य समायोजन गरेको हो । समायोजित मूल्यअनुसार पेट्रोलमा रु एक, डिजल र मट्टितेलमा रु दुई मूल्य बढ्ने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । मूल्य बढेपछि पेट्रोल रु १०३ र डिजल तथा मट्टितेलको मूल्य रु ८१ कायम भएको छ । जनवरी १५ मा इण्डियन आयल कर्पोरेशन आइओसीले पठाएको मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो । प्रत्येक १५ दिनमा पेट्रोल, डिजल र मट्टितेलको मूल्यमात्रै आइओसीले …

तनहुँ उद्योग वाणिज्य संघमा मानकाजी प्यानल विजयी

तनहुँ उद्योग वाणिज्य संघमा मानकाजी प्यानल विजयी तनहुँ, पुस ३०ः तनहुँ उद्योग वाणिज्य संघको १५ औँ अधिवेशनबाट अध्यक्षमा मानकाजी श्रेष्ठ विजयी भएका छन् । ईश्वरबहादुर विष्टलाई ५ सय २९ मतले पछि पार्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठको पक्षमा १ हजार ५ सय २९ र विष्टको पक्षमा १ हजार मत खसेको निर्वाचन समितिका संयोजक शिवदत्त ढकालले जानकारी दिए । त्यसैगरी प्रथम उपाध्यक्षमा बैकुण्ठनाथ मिश्र १ हजार ४ सय ४२ र द्घितीय उपाध्यक्षमा हरिबहादुर थापा १ हजार ५ सय ३३ मत प्राप्त गरी विजयी भए । विजयी दुवै उम्मेदवार मानकाजी श्रेष्ठ प्यानलकै उम्मेदवार हुन् …

मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च हुने

मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च हुने काठमाडौं, पुस २३ः मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ । १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढेको आयोजनाले जनाएको छ । खानेपानी तथा सरसफाई मन्त्रालयका अनुसार हालसम्म २३ हर्ब ६७ लाख २६ हजार रुपैयाँ खर्च भइसकेको छ । यो खबर आजको कारोबार दैनिकले छापेको छ । हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको वित्तीय खर्च भने ८४ प्रतिशत मात्रै छ। सन् २०१४ मा लागत संशोधन गरी २३ अर्ब ४५ करोड पुर्याइएको आयोजना सुरु भएदेखि अहिलेसम्म २३ अर्ब ६७ करोड खर्च भइसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना …

इन्धनको मूल्य बढ्यो, ग्यासको पनि मूल्य बढ्यो

इन्धनको मूल्य बढ्यो, ग्यासको पनि मूल्य बढ्यो काठमाडौैं, पुस १८ः सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक एक रुपैयाँ मूल्य बढाइएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिक तर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोल एक लिटरलाई १०२ रुपैयाँ पर्ने छ । डिजेल र मट्टितेलको एक लिटरको मूल्य ७९, ७९ रुपैयाँ पुगेको छ । यसैगरी खाना पकाउने ग्यास एक सिलिण्डर किन्दा १ हजार ३ सय …

ओलीलाई फकाएर आयल निगम फर्किन खोज्ने दाउमा खड्का

ओलीलाई फकाएर आयल निगम फर्किन खोज्ने दाउमा खड्का काठमाडौं, पुस ११ः इन्धन भण्डारणको जग्गा खरिद अनियमितता आरोपमा कारबाहीमा परेका नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्काले फेरि निगम फेर्किन लबिङ गरेका छन्। खड्काले भावी प्रधानमन्त्रीको रुपमा चर्चामा आएका एमाले अध्यक्ष केपी ओलीलाई भेटेर निगम फर्किने व्यवस्था मिलाईदिन अनुरोध गरेका खबर आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन्। खड्काले विगतदेखि नै ओली निकट शक्ति दलाल समूहसँग मिलेर काम गर्दै आएका छन्। निगमको इन्धन भण्डारण जग्गा खरिदमा पनि उक्त समूहको संलग्नता छ, जसले मुलुकका विभिन्न व्यवसाय क्षेत्रमा आफ्नो पहुँच वढाउँदै लगेको छ। तिनैको …

1 2 3 4 5 102