मनोरञ्जन​

शीतलहर पीडितले दिए धुर्मुस–सुन्तलीलाई आशिर्वाद

शीतलहर पीडितले दिए धुर्मुस–सुन्तलीलाई आशिर्वाद बर्दिवास, माघ ३ः ‘हजुर, बुझायल जे हमरो सभ के याद करबाला कोई अई’ हामीलाई सम्झने पनि कोही रहेछन् । मंगलबार हास्य कलाकार धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) ले पठाइदिएका न्यानो कम्बल थर्थरी कामेको हातले समाउँदै महोत्तरीको भङ्गाहा नगरपालिका–४ पलारको बाँतर जातिको बसोबास रहेको दलित बस्तीका ७५ वर्षीय चौठी बाँतरले भने । दुई साता लामो शीतलहर चारैतिर भ्वाङ परेको पराले झुप्रोमा काटेका सो बस्तीका चौठीसहितका ३१ घरपरिवार बाँतरले धुर्मुस–सुन्तलीलाई आफुहरुलाई दुःखमा सम्झेको भन्दै मंगलबार यो जोडीको सधैँ भलो होस् भन्ने आशिष दिए । धुर्मुस–सुन्तलीको सौगात …

युट्युबमा ‘शत्रु गते’ को ‘रुपै मोहनी’ हिट (भिडियोसहित)

युट्युबमा ‘शत्रु गते’ को ‘रुपै मोहनी’ हिट (भिडियोसहित) काठमाडौं, पुस १५ः चलचित्र ‘शत्रु गते’ को ‘रुपै मोहनी’ गीत सार्वजनिक भएको छ । मह सञ्चारको प्रस्तुति तथा प्रदीप भट्टराईको निर्देशनमा निर्माण भएको चलचित्र ‘शत्रु गते’ को गीत रुपै मोहनी शुक्रबार बेलुका युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक गरेको केहि समयमा नै यो गीतलाई धेरै दर्शकले रुरचाएका छन् । शुक्रबार मात्र सार्वजनिक गरिएको यो गीतले यो समाचार तयार पार्दासम्म ७ लाख वढी भ्युअर पाएको छ ।  ठमेल बजार, काले दाइसहितका गीतबाट चर्चामा आएकी गायिका मीना निरौला पोख्रेल र टंक बुढाथोकीको स्वरमा रहेको गीतमा चर्चित कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, …

जनवादी गायक तथा पूर्वसासंद खुसीराम पाख्रिनको निधन

जनवादी गायक तथा पूर्वसासंद खुसीराम पाख्रिनको निधन काठमाडौं, मंसिर ५ः पूर्वसांसद तथा जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ । पाख्रिनको हृदयघातका कारण निधन भएको नारायणी सामुदायिक अस्पतालले जानकारी दिएको छ। अस्पतालको अनुसार अस्पताल ल्याउँदै उनी अर्धचेत अवस्थामा थिए। प्रेसर र सुगरका समेत बिरामी रहेकाले उनलाई बचाउन नसकिएको हो। उनी चितवनको भरतपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी भएका थिए। सो क्रममा अकस्मात असहज भएपछि उनलाई नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो …

‘कान्छी’को ‘चरी चट्ट परी’ लाई उत्साहजनक ‘भ्युअर’

‘कान्छी’को ‘चरी चट्ट परी’ लाई उत्साहजनक ‘भ्युअर’ काठमाडौं, कात्तिक १९ः आगामी माघ २६ गतेबाट रिलिज हुने चलचित्र ‘कान्छी’ को ‘चरी चट्ट परी भुरुरु’ बोलको गीतले हालसम्म ७ लाख धेरै भ्युअर पाएको छ । उक्त गीत युटुबमा रिलिज गरेको २ दिनमै ७ लाख ३४ हजार भ्युअर पाएको हो । ‘चरी चट्ट परि’बोलको सार्वजनिक गीतमा स्वेता र अभिनेता दयाहाङ राईले कम्बर मर्काएका छन् ।  ललितपुरको श्रीकाली चौरमा सेट डिजाइन सहित खिचिएको बताइएको यो गीत छायाँकनका लागि तीन दिन लागेको निर्माण युनिटले कार्यक्रममा जानकारी दियो । लोक शैलीको गीतम शब्द, स्वर र संगीत राजनराज शिवाकोटीको छ, भने उनलाई अञ्जु पन्तले पनि साथ दिएकी छन् । आकाश अधिकारीले निर्देशन गरेको …

निर्देशक नबिनबाबु गुरुङद्धारा निर्देशित म्युजिक भिडियो सार्बजनिक

निर्देशक नबिनबाबु गुरुङद्धारा निर्देशित म्युजिक भिडियो सार्बजनिक काठमाडौं, कात्तिक १८ः फोटो पत्रकार तथा निर्देशक नबिनबाबु गुरुङ द्वारा निर्देशित लोक राईको शब्द र राजेश पायल राइको स्वरमा रहेको गीत “के देखेथे एकै नजर”को म्युजिक भिडियो शुक्रबार देखि सार्वजनिक भएको छ। सागर थापा र सब्बु गुरुङको अभिनय रहेको उक्त म्युजिक भिडियोलाई सतिस श्रेष्टले सम्पादन गरेका हुन्। म्युजिक भिडियोलाई जिनियस डिजिटलले बजार ब्यबस्थापन गरेको छ। फोटो पत्रकारिता संगै म्युजिक भिडियो निर्देशन र छायांकनमा ब्यस्त बनेका नबिनले यस म्युजिक भिडियोमा मेगा स्टार राजेश पायल राइको स्वर अनि उत्तिकै मिठो दिनेश सुब्बाको संगीत रहेको बताए। कुमार थापाको संगीत …

‘छक्का पञ्जा २’ ले गर्यो रेकर्ड ब्रेकर, कति कमायो २ सातामा ?

‘छक्का पञ्जा २’ ले गर्यो रेकर्ड ब्रेकर, कति कमायो २ सातामा ? काठमाडौं, असोज २२ः असोज ११ गते फूलपातीको दिनदेखि प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ ले प्रदर्शन भएको दिन देखि नै दमदार व्यापार गरिरहेको छ । यो सिनेमा दोस्रो सातामा पनि हाउसफूल छ । प्रदर्शनमा आएको ११ दिनमा सिनेमाले १० करोड रुपैयाँभन्दा माथिको कारोबार गरिसकेको छ । गत वर्षको रेकर्ड ब्रेकर सिनेमा ’छक्का पञ्जा‘को सिक्वेल ‘छक्का पञ्जा २’ ले छोटो समयमै नेपाली सिनेमाको इतिहासमा रचिएका प्रायः रेकर्ड तोडिसकेको छ ।  एक हप्तासम्म दिनहुँ करोडको कारोबार गर्ने पहिलो नेपाली सिनेमाको रेकर्ड ‘छक्का पञ्जा–२’ को नाममा छ । देशभरका सयभन्दा धेरै हलहरुबाट एकसाथ प्रदर्शनमा आएको …

पोखराका बुद्ध लामा बने पहिलो नेपाल आइडल

पोखराका बुद्ध लामा बने पहिलो नेपाल आइडल काठमाडौं, असोज ७ः नेपाल आइडलको उपाधि पोखरा नयाँबजारका बुद्ध लामाले जितेका छन् । कतारमा शुक्रबार बेलुकी भएको नेपाल आइडलको फाइनलमा उनले सर्वाधिक मत पाएर जितेका हुन् । अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै पोखरा नयाँबजारका बुद्ध पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएका हुन्। उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। [caption id="attachment_78883" align="alignnone" width="900"] फोटोः अन्नपूर्ण अनलाइन[/caption] जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका हुन्। यो जितसँगै …

नेपाल आइडलविरुद्ध परेको रिट अदालतद्धारा खारेज

नेपाल आइडलविरुद्ध परेको रिट अदालतद्धारा खारेज काठमाडौं, भदौ २३ः नेपाली टेलिभिजन रियालिटी शो नेपाल आइडलविरुद्ध परेको रिट काठमाडौं जिल्ला अदालतले खारेज गरिदिएको छ । न्यायाधीश दिवाकर भट्टको एकल इजलासले अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिट खारेजको आदेश दिएको हो । अधिवक्ता न्यौपानेले नेपाल आइडलमा भोट गन्ने काम एक पक्षीय भएको भन्दै काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए । यसअघि बुधबार दिवाकर भट्टको एकल इजलासले नेपाल आइडल आयोजकलाई भोट गन्ने काम रोक्न र सक्कल फाइलसहित अदालतमा उपस्थित हुन आग्रह गरेको थियो …

छक्का पञ्जा २ को ट्रेलर युट्युबमा हिट (ट्रेलर सहित)

छक्का पञ्जा २ को ट्रेलर युट्युबमा हिट (ट्रेलर सहित) काठमाडौं, भदौं २२ः चलचित्र छक्का पञ्जा २ को ट्रेलर युट्युबमा सार्वजनिक भएको एक दिनमै दर्शकको राम्रो भ्युअर पाएको छ । सार्वजनिक भएको २४ घण्टामै ट्रेलर ५ लाख ८१ हजार भन्दा बढी पटक हेरिएर युट्युब ट्रेन्डिङको नम्बर १ मा पर्न सफल भएको हो । यसअघि नै सार्वजनिक भएको छक्का पञ्जा २ को गीत ‘ए दाजु नसमाउ नाडीमा’ केही विवादका बिच निकै नै लोकप्रिय भएको थियो । दीपाश्री निरौलाको निर्देशन रहेको यस चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, गौरव पहारी, स्वस्तिमा खड्का, लक्ष्मी गिरी, जयनन्द लामा, शिवहरि पौडेल, किरण केसी, राजाराम …

मार्मिक दशैं गीत ‘खरैको झुपडी’ (भिडियोसहित)

मार्मिक दशैं गीत ‘खरैको झुपडी’ (भिडियोसहित) काठमाडौं, भदौ २२ः सुनिल केसीको मार्मिक दशै तिहार गीत खरैको झुपडी सार्वजनिक गरिएको छ । गीतमा लामो समयपछि बिष्णु खत्री र बिष्णु माझीले एक साथ स्वर दिएका छन् । प्रस्तुत गीतमा गणेश अधिकारीको लय रहेको छ भने शब्द सुनिल के.सी रहेको छ । अनु श्रेष्ठ र विपेश घिमिरेको अभिनय रहेको यस गीतको निर्देशन भने कपिल लामाले गरेका छन् । पछिल्लो समय उत्कृष्ठ गीतहरु बजारमा ल्याएको मालती डिजिटल प्रा.लीले यो गीतलाई बजार व्यवस्थापन गरेको छ …

1 2 3 4 63