मनोरञ्जन​

‘अझै पनि’ लाई यूनिभर्सल सटिफिर्केट

‘अझै पनि’ लाई यूनिभर्सल सटिफिर्केट काठमाडौं, फागुन ६ : फागुन १५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अझै पनि’ लाई सेन्सर बोर्डले ‘यूनिभर्सल’ सटिफिर्केट दिएको छ। स्वर्गिय निर्देशक आलोक नेम्वाङको अन्तिम चलचित्र अझै पनि हेरिसकेपछि चलचित्र सेन्सर बोर्डका कर्मचारीले प्रशंसा गर्दै ‘यूनिभर्सल’ सटिफिर्केट दिएका हुन्। नारीको गहना मानिने सिन्दुर र पोतेलाई मुख्य बिषयबस्तु बनाईएको चलचित्र पूनम गौतम र सुदर्शन थापाले मिलेर बनाएका हुन्। निर्माता रहेका सुदर्शन चलचित्रमा मुख्य कलाकार समेत हुन् । सुदर्शनका अलवा चलचित्रमा पूजा शर्मा, सुरक्षा पन्त, विशाल ढुंगाना, पुष्प खड्का, विजय लामा, लगायतका कलाकारको …

किन सर्‍यो ‘धुन’ ?

किन सर्‍यो ‘धुन’ ? काठमाडौं, फागुन ५: चैत्र ६ लाई प्रदर्शन मिति तोकेको चलचित्र ‘धुन’को रिलिजको मिति सरेको छ । प्रदर्शनको लागी तोकिएको दिन नजिकिँदै गर्दा चलचित्रको प्राविधिक काम नसकिएको र पब्लिसिटी पनि नपुग्ने अवस्था आएको भन्दै निर्माण युनिटले चलचित्रको रिलिज मिति सारेको हो । अब यो चलचित्र जेठ पहिलो साता मात्रै रिलिज हुनेछ,यद्यपी मिति भने तय भएको छैन् ।क्लासिक स्टुडियो बिजुलीबजारमा सम्पादनको क्रममा रहेको यो चलचित्रले सांगीतिक प्रेम कथालाई समेटेको छ । कृष्ण पौडेलको डेब्यु निर्देशन रहेको चलचित्र सर्दै गर्दा यसको प्रत्यक्ष फाईदा भने चैत्र १३ मा आउने चलचित्र ‘भुलभुलैया’ लाई …

सोनम कपूर एयरहोस्टेज बन्दै

सोनम कपूर एयरहोस्टेज बन्दै काठमाडौं, माघ २९ : भारतीय अभिनेत्री सोनम कपुर एयरहोस्टेज नीरजा भनोतको जीवनीमा आधारित चलचित्रमा अभिनय गर्ने भएकी छिन् । सन् १९८६ मा विमान अपहरण हुँदा सो जहाजको एयर होस्टेजको रुपमा कार्यरत नीरजाको साहसी कदम र सुझबुझको कारण प्लेनमा सवार यात्रुको ज्यान बचेको थियो भने उहाँको भने यात्रुलाई बचाउने क्रममै निधन भएको थियो । तिनै साहसी एयरहोस्टेजको जीवनीमा आधारित चलचित्रमा कपूरले अभिनय गर्ने पक्का भएको छ । चलचित्र निर्माता माधवानीले भने आफु अभिनेत्री कपुरको सावरिया चलचित्र हेरेदेखि नै फ्यान भएकाले साहसी एयरहोस्टेज भनोतको भूमिकाका लागि अभिनेत्री कपूर एकदमै फिट …

नेपाली चलचित्र हेरेर रोए दर्शक

नेपाली चलचित्र हेरेर रोए दर्शक काठमाडौं, माघ २५ : सिनेमा हल विहिन पश्चिम नेपालको जिल्ला रोल्पालीले खूल्लामञ्चमा नै नेपाली चलचित्र ‘झोला’ हेर्ने अवसर पाएका छन् । रोल्पामा जारी अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला २०१५ को दोश्रो दिनको सत्र सकिएसँगै रोल्पाको खुल्लामञ्चमा ऐतिहासिक चलचित्र झोला देखाईएको हो । सय बर्ष पहिले आफुभन्दा अगाडी श्रीमानको निधन भए पश्चात जिउँदै चितामा जलेर सती जानुपर्ने महिलाको अवस्थाको यथार्थ कुरा बाहिर ल्याएको चलचित्र लिएर रोल्पा पुगेका निर्देशक यादवकुमार भट्टराई र निर्माता राज तिमिल्सेनाको स्थानीय दर्शकले खुलेर तारिफ गरे । दुई तीन सय बराबरको संख्यामा …

प्रियङ्का सवैभन्दा बढी रकम लिने कलाकार

प्रियङ्का सवैभन्दा बढी रकम लिने कलाकार काठमाडौं, माघ २२ः बलिउडका अभिनेत्रीहरूले स्टेज पर्फमेन्सबाट आकर्षक रकम लिने गरेको समाचार सुनिए पनि अभिनेत्री प्रियङ्का चोपडाले हालै एक कार्यक्रममा लिएको रकम सुन्दा सबै चकित पर्ने खालको छ । एक अवार्ड वितरण कार्यक्रममा चोपडाले एक करोड २५ लाख भारू लिएको चर्चासँगै उहाँ बलिउडमा स्टेज कार्यक्रमको सबैभन्दा बढि रूपिँया लिने कलाकार बनेकी छन् । हालै स्टार गिल्ड अवार्ड वितरण कार्यक्रममा चार मिनेटको पर्फमेन्सका लागि अभिनेत्री चोपडाले गुन्डे चलचित्रको गीत अस्सलामे– ए– इश्कुम बोलको गीतमा केही समय स्टेज तताएकी थिइन् । यो पर्फमेन्सवापत यति धेरै रकम लिएको भारतीय …

फिल्मफेयरमा अवार्डमा शाहीद र कंगना सर्वोत्कृष्ट

फिल्मफेयरमा अवार्डमा शाहीद र कंगना सर्वोत्कृष्ट काठमाडौं, माघ१९ः  ६० औं फिल्मफेयर अवार्डमा अभिनेता शाहीद कपुर र कंगना राणाबतले बाजी मारेका छन् । ‘हैदर’वाट शाहीदले सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाए भने ‘क्वीन’वाट कंगना राणावतले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन । हैदरले सर्वोत्कृष्ट नायक सहित सह-अभिनेत्री, सह-अभिनेता लगायत चार विधामा अवार्ड पाएको छ । त्यस्तै  समारोहमा ‘क्वीन’ले सर्वोत्कृष्ट फिल्म, निर्देशक सहित ६ विधामा अवार्ड हात पारेको छ । त्यस्तै अर्को चर्चित फिल्म ‘पिके’ ले जम्मा २ विधामा चित्त बुझाउन पर्‍यो । मुम्बईमा सम्पन्न कार्यक्रममा बलिउडका प्रायः सबै कलाकारको उपस्थिती थियो …

दंगलमा आमिर खान कुस्तीवाजको भुमिकामा

दंगलमा आमिर खान कुस्तीवाजको भुमिकामा काठमाडौं : वलिउडका चर्चित अभिनेता आमिर खानको नयाँ फिल्न दंगलमा उन एक कस्तीवाजको भुमिकामा देखिने भएका छन् । आफ्ना हरेक सिनेमामा आमिर खान फरक शैलीमा देखिने गर्छन जसका लागि उनी ठूलै मिहेनत गर्ने गर्छन। आमिरको आगामी फिल्म ‘दंगल’मा आमिर खानको अवतार कस्तो हुनेछ भन्नेमा सबैको कौतुहलता रहिआएको थियो। ‘दगंल’को तयारीमा रहेका आमिरले सो सिनेमाको अवतारमाथीको कौतुहल्तालाई टुंगाइदिएका छन। कुस्तीबाजको भुमिकामा देखिन थालेका आमिर सो सिनेमामा ‘साल्ट एण्ड पेपर’ लुकमा देखिनेछन। सिनेमालाई नितेश तिवारीले निर्देशन …

पिके अब चीनमा पनि

पिके अब चीनमा पनि मुम्बई, माघ १७: बलिउडमा सर्वाधिक कमाइको रेकर्ड बनाएको राजकुमार हिरानी निर्देशित फिल्म पीके अब चीनमा पनि प्रर्दशन हुने भएको छ। वर्षमा ३४ ओटा विदेशी फिल्ममात्र आयात गर्ने नियम भएको चीनमा यसअघि थ्री इडियट्स फिल्म पनि प्रदर्शन गरिएको थियो। निर्देशक हिरानी फिल्म प्रदर्शनका लागि सम्झौता गर्न र कानुनी प्रक्रिया पुरा गर्न हाल बेइजिङमा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। भगवानको नाममा भइरहेको व्यापारलाई व्यङ्ग गरिएको फिल्मले साम्यवादी चीनमा राम्रो प्रभाव छोडने हिरानीको विश्वास …

प्रख्यात अभिनेता अमिरले सबै अंगदान गर्ने

प्रख्यात अभिनेता अमिरले सबै अंगदान गर्ने माघ १५, एजेन्सी प्रख्यात भारतीय अभिनेता अमिर खानले मृत्युपर्यान्त अंगदान गर्ने भएका छन् । उनले मृत्युपश्चात आाखा, मुटु, फोक्सो किड्नी, लगायत शरिरका अधिकांश अंग दान गर्न लागेका हुन् । अमिरसंगै उनकी श्रीमती किरण रावले पनि आफ्ना अंग दान गर्ने भएकी छन् । सामाजिक चेतनाका लागि आफ्नो अंग दान गर्न लागिएको अमिर दम्पतीले उल्लेख गरेका छन् । सामाजिक सचेतना सम्वन्धी अभियान चलाउने अमिरको सत्यमेव जायते कार्यक्रम निकै चर्चित छ …

करिनाको ठाउंमा ज्याकलिन

करिनाको ठाउंमा ज्याकलिन एजेन्सी/१४ माघ: भारतीय पूर्व क्रिकेट कप्तान मोहम्मद अजरुद्दिनको जीवनीमा निर्माण हुन लागेको सिनेमामा ज्याकलिन फर्नानडिज अजरुद्दीनकी दोस्री पत्नीको भुमिकामा अभिनय गर्ने सम्भावना देखिएको छ। ‘मिड डे’ पत्रिकाले जनाए अनुसार ज्याकलिनलाई अजरुद्दिनकी दोस्री पत्नी संगिता बिजलानीको भुमिकाको लागि प्रस्ताव गरिएको छ। यस अघि यस रोललाई करिना कपुरले गर्ने बताइएको थियो तर करिना ‘उडता पञ्जाब’मा व्यस्त हुनेभएपछि उनले सिनेमा छाडेकी छिन्। सिनेमामा इमरान हास्मी मोहम्मद अजरुद्दिनको भुमिकामा हुनेछन भने अजरुद्दिनको पहिलो पत्नीको भुमिकामा प्राची देसाई रहनेछिन्। …

1 59 60 61 62