स्वास्थ्य

स्वाइनफ्लुबाट हालसम्म १० को मृत्यु

स्वाइनफ्लुबाट हालसम्म १० को मृत्यु काठमाडौँ, साउन २५ः व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी (स्वाइनपफ्लु) का कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनले एकजना चिकित्सकलाई सो रोग लागी निको समेत भएको जनाउँदै फ्लुले महामारी रुप भने नलिएको तथा रोकथामका लागि मन्त्रालय प्रतिबद्ध भएको बताए । मन्त्री पोखरेलले देशका सबै स्वास्थ्य संस्थालाई रुघारोकीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै आवश्यक सचेतना र नियन्त्रणका लागि सांसद, सञ्चारकर्मी र सबै सरोकारवाला पक्षमा आग्रह गरे । बैठकमा सामाजिक न्याय …

अनसनरत डा.केसीको स्वास्थ्य अवस्था नाजुक, मुटुको चाल अस्वभाविक रुपमा घटबढ

अनसनरत डा.केसीको स्वास्थ्य अवस्था नाजुक, मुटुको चाल अस्वभाविक रुपमा घटबढ काठमाडौं, साउन २४ः विगत १६ दिनदेखि आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर बन्दै गएको छ । डाक्टर केसीको रोग प्रतिरोधात्मक क्षमता अत्यन्तै कमजोर भैसकेको उपचारमा संलग्न डाक्टर सन्तोष क्षेत्रीले बताए । केसीको छातीमा समस्या देखिएको, मुटुको चाल अस्वभाविक रुपमा घटबढ हुने गरेको र शरीरमा नुन तथा चिनीको मात्रा पनि निकै कम भएकाले जुनसुकै बेला जे पनि हुनसक्ने अवस्था रहेको बताईएको छ । माथेमा प्रतिवेदनमा भएका कुरा समेटेर चिकित्सा शिक्षा ऐन ल्याउनुपर्ने मुख्य माग राखेर १६ दिनदेखि आमरण अनसनमा बसेका डाक्टर केसीका प्रतिनिधी र सरकारी …

स्वदेशमै मेडिकल पढेका ३५ प्रतिशत काउन्सिलको परीक्षामा फेल

स्वदेशमै मेडिकल पढेका ३५ प्रतिशत काउन्सिलको परीक्षामा फेल काठमाडौं, साउन २४ः प्रा.डा. गोविन्द केसी पटक–पटक किन आमरण अनशन बस्छन्रु उत्तर थाहा पाउन मुलुककै मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेकाहरूको लाइसेन्स परीक्षाको परीणाम हेरे छर्लंग हुन्छ । गत वर्ष स्वदेशी मेडिकल कलेजबाट एमबीबीएस गरेका ३५ प्रतिशतभन्दा बढी विद्यार्थी मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा पास हुन सकेनन् । २ सय ७६ जनाले परीक्षा दिएकामा एक सय ७८ मात्र उत्तीर्ण भए । काउन्सिलका अनुसार यो अनुत्तीर्ण प्रतिशत हालसम्मकै उच्च हो। ११ मुलुकका विश्वविद्यालयबाट एमबीबीएस पढेर आएका ८ सय ८९ जनाले उक्त परीक्षा दिएकामा ३ सय ९१ मात्रै सफल भए। काउन्सिलको परीक्षा …

स्वाइन फ्लूले राजधानीमा एक महिलाको मृत्यु, मृत्युु हुनेको संख्या ४ पुग्यो

स्वाइन फ्लूले राजधानीमा एक महिलाको मृत्यु, मृत्युु हुनेको संख्या ४ पुग्यो काठमाडौं, साउन १८ः स्वाइन फ्लूका कारण काठमाडौंमा थप एक जनाको ज्यान गएको छ । धापासीस्थित ग्रीनसिटी अस्पतालको आइसियूमा उपचाररत कास्कीकी एक महिलाको बुधबार ज्यान गएको हो । पोखराकी ३६ वर्षे महिलाको स्वाइन फ्लुका कारण ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यो वर्ष मात्र काठमाडौंमा स्वाइन फ्लुबाट चार जनाको ज्यान गएको छ । गएको हप्ता मात्र शिक्षण अस्पतालमा दुई र ग्रान्डी इन्टरनेसनल अस्पतालमा एक जनाको ज्यान गएको थियो …

दुई वर्षदेखि वीर अस्पतालमा रेडियोथेरापी विहीन, पाँच हजारमै पाउने सेवालाई दुई लाख ?

दुई वर्षदेखि वीर अस्पतालमा रेडियोथेरापी विहीन, पाँच हजारमै पाउने सेवालाई दुई लाख ? काठमाडौं, साउन ८ः वीर अस्पतालमा गत वर्ष क्यान्सर रोगपीडित करिब ६ सय बिरामी भर्ना भए । यीमध्ये ४ सय ५० लाई रेडियोथेरापी गर्नुपर्ने भयो । तर, रेडियोथेरापी नहुँदा उनीहरूले उपचार पाएनन् । दुई वर्षदेखि वीरमा रेडियोथेरापी मेसिन छैन । ‘उपचारका लागि आएका प्रायः विपन्न वर्गका थिए, हामीकहाँ मेसिन नहुँदा उनीहरूको उपचार गर्न सकेनौँ,’ वीर अस्पताल क्यान्सर विभाग प्रमुख डा. विवेक आचार्यले भने, ‘यहाँ आउने बिरामीमध्ये अधिकांशलाई रेडियोथेरापी गर्नुपर्ने हुन्छ, तर हामीकहाँ यो सुविधा छैन । बाध्य भएर बाहिर रिफर गरेका छौँ, उनीहरूले उपचार गरे–नगरेको हामीलाई थाहा हुँदैन …

ठूला अस्पतालको चरम लापरबाही, स्वास्थ्य जाँचमा ३० वर्ष पुराना उपकरण

ठूला अस्पतालको चरम लापरबाही, स्वास्थ्य जाँचमा ३० वर्ष पुराना उपकरण काठमाडौं, असार ३१ः उपत्यकाका ठूला सरकारी अस्पतालमा स्वास्थ्य जाँच गर्ने उपकरण ३० वर्षभन्दा पुराना छन् । त्यस्ता उपकरणको आयु औसत दुईदेखि पाँच वर्षको हुन्छ । वीर, टिचिङ, सिभिल लगायतका अस्पतालले वर्षौं पुराना उपकरण प्रयोग गरिरहेका छन् । ‘दुईदेखि पाँच वर्ष मात्रै औसत आयु हुने भए पनि सरकारी अस्पतालमा पुराना उपकरण प्रयोगमा छन्,’ सिभिल अस्पतालका निर्देशक आरपी चौधरीले भने ।  त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगन्जमा पनि पुराना उपकरण प्रयोगमा आइरहेका छन् । अस्पतालका मेन्टिनेन्स शाखाका इन्जिनियर अमितकुमार चौधरीले स्थापनादेखिका उपकरणबाटै …

मनमोहन अस्पतालको चरम लापरवाही, पत्थरीको अप्रेसन गर्दा मिर्गौला निकालियो

मनमोहन अस्पतालको चरम लापरवाही, पत्थरीको अप्रेसन गर्दा मिर्गौला निकालियो काठमाडौं, असार २१ः मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ । नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला झिकिएको हो । अप्रेसन गरेको स्थानबाट निरन्तर रक्तश्राव भएपछि बिरामीका आफन्तले अस्पतालमा सिकायत गरेका थिए । त्यसपछि मात्र अप्रेसन गर्दा मिर्गौला फुटेका कारण चिकित्सकहरूले निकालेको अस्पताल प्रशासनले स्विकारेको थियो । जबर्जस्ती सम्झौतापत्र रिमाल पत्थरीको अप्रेसन गर्न गत २५ जेठमा अस्पताल भर्ना भएका थिए । अप्रेसन गर्ने क्रममा चिकित्सकहरूले मिर्गौला निकालेको रिमाल परिवारले …

काठमाडौंमा फेरी स्वाइन फ्लू देखियो, सर्तकता अपनाउन सल्लाह

काठमाडौंमा फेरी स्वाइन फ्लू देखियो, सर्तकता अपनाउन सल्लाह काठमाडौं, असार १२ः काठमाडौंमा स्वाइन फ्लू देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले स्वाइन फ्लू देखिएको पुष्टि गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै भर्ना भएकी काठमाडौं कुलेश्वर १६ की ३८ वर्षीया महिलामा स्वाइन फ्लू संक्रमण भएको पुष्टि भएको हो । खोकी, ज्वरो र सास फेर्न अप्ठारो भएर अस्पताल भर्ना भएकी उनमा इन्फ्लून्जा ए पिडिएम २००९ अर्थात स्वाइन फ्लू देखिएको टेकु अस्पतालका डाक्टर अनुप बाँस्तोलाले जानकारी दिए । पछिल्लो समय अस्पतालमा मौसमी रुघाखोकीका बिरामी बढेका छन् । स्वाइन फ्लू बर्खाको सुरुवात र जाडोको अन्त्यतिर बढि देखिने …

अस्पताल परिसरमा आफनै फार्मेसी सञ्चालन

अस्पताल परिसरमा आफनै फार्मेसी सञ्चालन इटहरी, जेठ २६ः नेपाल सरकारको पछिल्लो स्वास्थ्य सुधार नीतिअन्तर्गत सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा रहेको जिल्ला अस्पतालले आजदेखि अस्पताल परिसरमा आफ्नै फार्मेसी पसल सञ्चालनमा ल्याएको छ । सरकारको स्वास्थ्य नीतिअनुसार जिल्ला अस्पताल सुनसरीले सरकारले तोकेको निःशुल्क औषधिबाहेक चिकित्सकले सिफारिस गरेका औषधि अस्पताल परिसरमा नै बिरामीका आफन्तले सहजरुपमा खरिद गर्न सक्नेगरी फार्मेसी सञ्चालनमा ल्याएको जिल्ला जनस्वास्थ्य प्रमुख मुकुन्दराज गौतमले जानकारी दिए । रु पाँच लाखको औषधि खरिद गरेर अस्पतालले सञ्चालनमा ल्याएको फार्मेसी सेवाको सुनसरीका प्रमुख …

सबै अस्पतालमा फार्मेसी सेवा अनिवार्य, वीर अस्पताल सुविधासम्पन्न

सबै अस्पतालमा फार्मेसी सेवा अनिवार्य, वीर अस्पताल सुविधासम्पन्न काठमाडौँ, जेठ १६ः भूकम्पले क्षति पुर्याएका स्वास्थ्य संस्थाको आगामी दुई वर्षभित्र पुनःनिर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । भूकम्प अतिप्रभावित जिल्लामा दुई हजार स्वास्थ्य संस्था तथा उपकरणका लागि रु १७ अर्ब लाग्ने प्रक्षेपण गरिएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका–संसद्मा सार्वजनिक गरेको आव २०७४/०७५ को वजेट वक्तव्यमा स्वास्थ्य संस्था सञ्चालनको जिम्मा स्थानीय निकायमा हस्तान्तरण गर्ने प्रतिबद्धता जनाइएको छ ।  स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीका तलब सुविधा स्थानीय तहबाटै वितरण गरिने तथा एकीकृत …

1 2 3 4 5 34