स्वास्थ्य

सिन्धुपाल्चोकमा एचआइभी सक्रमित बढे

सिन्धुपाल्चोक, माघ २५ : सिन्धुपाल्चोक जिल्लामा एचआइभी सक्रमितको सङ्ख्या १ सय ७७ पुगेको छ । लामो समयदेखि जिल्लामा एचआइभी एड्स नियन्त्रणका लागि काम गर्दै आएको मिर्मिरे समूहले यो तथ्याङ्क सार्वजनिक गरेको हो । सार्बजनिक तथ्याङकअनुसार संक्रमितमध्ये ८४ महिला र ८२ पुरुष रहेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने इचोक गाविसमा सबैभन्दा बढी एचआइभी संक्रमित पाईएको छ । ५३ जना संक्रमित रहेको इचोकमा ३५ जना महिला र २३ जना पुरुष रहेका छन् । गएको वर्ष जिल्लामा ५३ महिला र ६८ पुरुष गरी १२१ मा एचआइभी संक्रमित देखिएको थियो । जिल्लामा एचआइभी संक्रमितको सङ्ख्या बढ्दै गर्दा …

नेपालमा तीन लाख मानिस मात्रै मोटा, सबैभन्दा मोटा अमेरिकन

काठमाडौं, माघ २९ः खानपान र जीवनशैलीले विश्वभर मोटोपनाको समस्या बढ्दै गएको छ । तर, नेपालमा भने कुल जनसंख्याको १ प्रतिशत मानिसमात्रै मोटो रहेको पाइएको छ । अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताको अनुसन्धानअनुसार मोटोपना भएका विश्वका देशको सूचीमा नेपाल पुछारबाट दोस्रोमा परेको छ । नेपालभन्दा पछि बंगलादेश र इथियोपिया  परेका छन् । अनुसन्धानअनुसार सबैभन्दा बढी मोटोपना भएको देश दक्षिण प्रशान्त महासागरमा रहेको टापु देश अमेरिकन समोआ रहेको पाइएको छ । त्यहाँको कुल जनसंख्याको ७५ प्रतिशत मानिस मोटा छन् । खानपान र जीवनशैलीले विश्वभर मोटोपनाको समस्या बढ्दै गएको छ …

1 32 33 34