लाईफस्टाइल​

दसैँमा मासु कसरी खाने, यस्तो छ डाक्टरको सुझाव

दसैँमा मासु कसरी खाने, यस्तो छ डाक्टरको सुझाव काठमाडौँ, असोज १४: दसैँको रौनक घरसम्म आइपुगेको छ । दसैँका लागि घरजाने क्रम सुरु भएको छ । रातो टीका र जमराको पर्वको रुपमा चिनिने दसैँमा खानपानको पनि उत्तिकै महत्व छ । दसैँ भन्नेबित्तिकै मासुको कुरा पनि आइहाल्छ । दसैँमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन् । तर दसैँमा मासु र अन्य खानेकुरा खाँदा बिरामी मात्र होइन स्वस्थ मानिस पनि बिरामी बन्ने अत्यधिक सम्भावना रहन्छ । खानपिनमा ध्यान नदिँदा धेरै नागरिक दसैँका समयमा अस्पतालमा पुग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन् । खानपिनमा सामान्य ध्यान …

स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बच्न सकिन्छ

स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बच्न सकिन्छ काठमाडौँ, असोज ८: मानिसले स्वस्थ खानपिन गर्ने, व्यायाम गर्ने र आफ्नो जीवनशैलीमा ध्यान दिएमा सम्भावित मुटुरोगबाट बच्न सकिने मुटुरोग विशेषज्ञले बताएका छन् । शनिबार नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले विश्व मुटु दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रममा अस्पतालका मुटुरोग विभाग प्रमुख तथा मुटुरोग विशेषज्ञ प्रा डा यादव भट्टले मद्यपान नगर्ने र दैनिक आचरणमा ध्यान दिने हो भने मुटुसम्बन्धी समस्याबाट बच्न सकिने बताए । उपयुक्त उपचार, नियमित औषधि सेवन र स्वस्थ जीवनशैलीले मुटु रोगबाट बच्न सकिने उनको भनाइ छ । मुटुरोग शल्यचिकित्सक डा ज्योतिन्द्र शर्माले धेरै …

धेरै सुत्ने मानिसको स्वास्थ्यमा पर्ने असर, कुन उमेर समूहलाई कति सुत्दा उत्तम

धेरै सुत्ने मानिसको स्वास्थ्यमा पर्ने असर, कुन उमेर समूहलाई कति सुत्दा उत्तम एजेन्सी: निन्द्रा मानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ । पर्याप्त निन्द्रा भएमा शरिर फूर्तिलो हुन्छ । कुनै कामले निन्द्रामा असर गर्यो र पर्याप्त निन्द्रा पुगेन भने त्यसले प्रत्यक्ष क्रियाकलापमा समेत असर गर्ने गर्दछ । त्यसैले सुत्ने तरिका मर्यादित बनाउनु जरुरी रहेको छ । एउटै रुटिङ्गमा सुत्ने बानी गर्नु स्वास्थ्यको लागि राम्रो पनि हुन्छ । कम समय सुत्यो भने शरिर फूर्तिलो हुँदैन । र बढी सुत्यो भने पनि झन् त्यसले स्वास्थ्यलाई असर गर्छ । उमेरले पनि मानिसको निन्द्राको आवश्यकतामा महत्वपूर्ण भूमिका निर्धारण गर्ने गर्दछ । मानिसको उमेर अनुसार सुत्ने समय …

अरु व्यायामभन्दा योग नै किन ?

अरु व्यायामभन्दा योग नै किन ? सवै मानिस आफूलाई स्वस्थ राख्न चाहन्छन् । स्वस्थ्य रहनका लागि मानिस बिहानबिहानै दौडिनेदेखि लिएर जिम जानेसम्म गर्छन् । तरपनि आफूलाई पूर्णरुपमा स्वस्थ राख्न सकिरहेका छैनन । विभिन्न किसिमका खेलहरुमध्ये ब्याडमिन्टन, कराँतेलगायतका खेल पनि मानिस स्वस्थ्य रहने उपायकै रूपमा लिन्छन् । स्वस्थ्य रहन अपनाइने यस्ता अभ्यासले मानिसलाई फाइदा पुर्‍याए पनि पूर्णरुपमा भने पुर्‍याउदैन । शारीरिक अभ्यासका रुपमा जबसम्म योगलाई आत्मसात् गरिँदैन अरु कुनै उपायले त्यो सन्तुष्टि दिन सक्दैन । हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो । हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा …

फोटोग्राफरको तस्वीर हेर्नुहोस्, तपाईंलाई रिङ्गटा लाग्नेछ

फोटोग्राफरको तस्वीर हेर्नुहोस्, तपाईंलाई रिङ्गटा लाग्नेछ एजेन्सी, भदौँ ४: कोहि फोटोग्राफर यस्ता हुन्छन् जो आफ्नो फोटोग्राफीको अरु निखारनका लागि आफ्नो ज्यानको समेत बाजी लगाएका हुन्छन् । फोटोग्राफर एंजेला निकोलौंले पनि फोटोग्राफीको गुण सिकेकी छन् । उनी फोटोको लागि जस्तै सुकै हदसम्म पनि जान सक्छिन् । एंजेलाले आफ्नो सेल्फी फोटो खिच्न कुनै पनि सीमा पार गर्छिन् …

बलिउड स्टार जसले आफ्नो नामै बदले

बलिउड स्टार जसले आफ्नो नामै बदले काठमाडौँ: नेपाली चलचित्र क्षेत्रमा नाम परिवर्तन गर्ने थुप्रै कलाकारहरु रहेका छन् । आफ्नो वास्तविक नाम परिवर्तन नेपाली फिल्मी क्षेत्रमा मात्र नभई बलिउडमा समेत रहेको छ । थुपै बलिउड स्टारहरुले आफ्नो नाम परिवर्तन गरेका छन् । बलिउड स्टार सलमान खान आफ्नो फिल्म, लव लाइफ र पारिवारिक विवादका साथै अन्य विविध कारणले चर्चामा आईरहेका हुन्छन् । आज हामी यहाँ भारतीय अनलाइन मिडियाले तयार पारेको बलिउड स्टारको वास्तविक नामको बारेमा चर्चा गछौं । २७ डिसेम्बर १९६५ मा जन्मिएका सलमान खानको वास्तविक नाम अब्दुल राशिद सलीम हो । बलिउडमा छिरेपछि उनले आफ्नो नाम परिवर्तन गरेका हुन् …

बच्चा सुताउन गाह्रो छ ? यी टिप्सहरु अपनाउनुस्

बच्चा सुताउन गाह्रो छ ? यी टिप्सहरु अपनाउनुस् बच्चा समयमा नसुत्नाले आमाबाबुलाई समेत असर गर्दछ । प्राय बालबालिकाहरुमा कम समय सुत्ने र बढी बिउजिने एक अध्ययनले जनाएको छ । विभिन्न खोज अनुसन्धानले बच्चाको निद्रामा के कारणले असर पार्छ भन्ने यकिन निष्कर्ष अझै निकाल्न सकेका छैनन् । आज हामी यहाँ बालबालिकालाई सुताउनको लागि सहयोग गर्ने केहि टिप्सहरुको बारेमा चर्चा गर्दछौँ जसको सहयोगले आमाहरुलाई केहि सहजता प्रदान गर्दछ । शारीरिक गतिविधिमा ध्यान दिनुहोस् अधिकांश समय विद्यालयमा विताएपछि पनि बालबालिकाहरु घरमा आएर खेल्न मन पराउछन् । दिनभर नै हुने शारीरिक गतिविधिले बालबालिकालाई राम्रोसँग सुत्न सहयोग …

यसरी पाउनुहोस्, घुर्ने समस्याबाट छुटकरा !

यसरी पाउनुहोस्, घुर्ने समस्याबाट छुटकरा ! तपाई राती सुत्दा घुर्ने समस्या छ। यदि छ भने तलका उपायहरु तपाईका लागि फाइदाजनक हुन सक्छन् : - यदि तपाइँको शरीर मोटो छ भने तौल घटाउन कोसिस गर्नुहोस्। ब्लड प्रेसर सामान्य अवस्थाबाट एक्कासि बढ्दा घुर्ने समस्या निम्तिन्छ त्यसैले ब्लडप्रेसर नियन्त्रणमा राख्नु पनि उत्तिक जरुरी छ।  - धूमपान तथा चुरोट सेवन पनि घुर्ने समस्याको प्रमुख कारण हो त्यसकारण चुरोट सेवन गर्न छोडिदिनुहोस्। घाँटीमा कफ पैदा हुँदा घुर्ने समस्या हुन्छ। - राति सुत्नुअघि दूध, तेलयुक्त परिकार, चकलेटजस्ता खाना नखानु राम्रो मानिन्छ। प्रशस्त मात्रामा पानी पिउन भने जोड गर्नुहोस्। - पंखा र एसीको सीधा …

यी हुन् संसारकै मोटो कम्मरकी धनी महिला (फोटोफिचरसहित)

यी हुन् संसारकै मोटो कम्मरकी धनी महिला (फोटोफिचरसहित) संसारमा यस्ता मान्छेहरु हुन्छन् जसलाई देखेर सामान्य मान्छेहरु अचम्मै पर्दछन्। यसरी अचम्ममा पार्ने ब्यक्तिहरु मध्ये कोहि निकै अग्ला र कोही निकै होचा, कोहि निकै पातला र कोहि निकै मोटा हुने गर्दछन्।  तर हामी यँहा यी भन्दा फरक तर रोचक बिषयको कुरा गर्दैछौँ। हो, हामीले विश्वकै सबैभन्दा मोटो कम्मर भएकी महिलाको कुरा गर्न लागेका हौँ। एकपल्ट सोच्नुहोस् त २ सय २२ केजी तौल भएकी महिला भनेपछि उनको शरीर कत्रो होला ? अनुमान लगाउनुभयो भयो होला पक्कै पनि निकै ठुलो हुनुपर्दछ।  हो उनको शरीर हामीले सोचेभन्दा पनि ठूलो लाग्छ। २ सय २२ केजी तौल भएकी यि महिला हुन बबी जो वेस्ट जसको उमेर …

पत्याउनुहुन्छ ? समुद्री मार्गबाट विश्व भ्रमण गर्दैछ कुखुरा ! (फोटोफिचरसहित)

पत्याउनुहुन्छ ? समुद्री मार्गबाट विश्व भ्रमण गर्दैछ कुखुरा ! (फोटोफिचरसहित) जीवनमा एउटा कुखुराले कति यात्रा गर्ला रु घर, करेसाबारी, खोरमा सीमित हुने कुखुरा विश्व भ्रमणमा निस्कियो भन्दा धेरैलाई अचम्म लाग्न सक्छ।  फ्रान्सका सञ्चारमाध्यमका अनुसार एक यात्रीले आफ्नो साथमा कुखुरालाई विश्व भ्रमणमा लिएर हिँडेका छन् । ती व्यक्तिसँगै मोनिका दुई वर्षदेखि समुद्री मार्ग हुँदै विश्व भ्रमणमा छन्। उनीहरु सन् २०१४ को मे महिनादेखि विश्व भ्रमणमा छन्। गुइरेक नाम गरेका यात्रीले अफ्रिकाको पश्चिमी तट नजिकैको स्पेनमा पर्ने क्यानेरी द्विपबाट विश्व भ्रमणको यात्रा सुरु गरेका हुन्। समुद्री मार्गबाट विश्व भ्रमण गरिरहेका तीन युवक र कुखुराको तस्वीर हालै …

1 2 3 4 5 10