मुख्य समाचार

वाम गठबन्धन मिल्नुको कुनै पनि विकल्प छैन् : नेम्वाङ

वाम गठबन्धन मिल्नुको कुनै पनि विकल्प छैन् : नेम्वाङ काठमाडौं, माघ ६ः नेकपा एमालेका नेता सुवास नेम्वाङले एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकता निष्कर्षमा पुगिरहेको बताएका छन् । संघीय मामिला तथा कानून विभाग अनेरास्ववियुले आज यहाँ ‘सत्ता हस्तान्तरणको वर्तमान गतिरोध तथा तीन तहको जनउत्तरदायी सरकारः अधिकार र कर्तव्य’ विषयमा गरेको अन्तक्र्रिया कार्यक्रममा उनले वाम गठबन्धन मिल्नुको कुनै पनि विकल्प नभएकाले चाँडै नै दुई पार्टी एक हुने बताए । संविधानको गलत व्याख्या गरेर नयाँ सरकार गठनको गतिरोध हट्न नसकेको उल्लेख गदै उनले भने, “संविधानको कमजोरीले नयाँ सरकार गठनमा अड्चन आएको भनेर व्याख्या गरियो । गतिरोध …

यस्ता छन् प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको २५ जिम्मेवारी

यस्ता छन् प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको २५ जिम्मेवारी काठमाडौं, माघ ६ः सातै प्रदेशमा मुख्यमन्त्री नियुक्ति छिट्टै हुने भएकाले सरकारले मुख्यमन्त्रीको नेतृत्वमा रहने प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयको कामलाई अघि बढाउन कार्यालयको स्वरूप र जिम्मेवारी निर्धारणसहितको अन्तरिम व्यवस्थापन खाका बनाएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । संविधानअनुसार भने प्रदेशस्थित मुख्यमन्त्रीको कार्यालय र मन्त्रीहरूको कार्यालयको कार्यसम्पादनसहितको कार्यविभाजन नियमावली बनाउने अधिकार प्रदेश सरकार स्वयंको हो। संविधाको धारा १८३ अनुसार प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको चुनावको अन्तिम परिणाम घोषणा भएको …

प्रदेश प्रमुखः सुविधासम्पन्न गाडी, अंगरक्षक सेना र निवासमा प्रहरी

प्रदेश प्रमुखः सुविधासम्पन्न गाडी, अंगरक्षक सेना र निवासमा प्रहरी काठमाडौं, माघ ५ः सरकारले प्रदेश प्रमुखलाई नेपाली सेनाको सुरक्षा दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखलाई मन्त्रीसरहको सुरक्षा प्रदेश प्रमुखलाई दिने निर्णय गरिसकेको छ । प्रदेश प्रमुखको निवास र कार्यालयको सुरक्षा भने नेपाल प्रहरी र सशस्त्र प्रहरीले गर्नेछन्। नेपाली सेनाका अनुसार सपथ ग्रहणपछि नै सेनाले प्रदेश प्रमुखलाई सुरक्षा दिएको जानकारी दिए। उनका अनुसार प्रमुखको अंगरक्षकमा सेनाले पदीक खटाएको छ । प्रदेश प्रमुखका लागि प्रदेशको अस्थायी राजधानीमा निवासको व्यवस्था गर्ने सरकारको तयारी छ । सातवटै प्रदेशका प्रमुख शनिबार मुकाम लाग्दैछन् । गृह …

कांग्रेस बैठकमा नेतृत्वको आलोचनाः कसले के भने ?

कांग्रेस बैठकमा नेतृत्वको आलोचनाः कसले के भने ? काठमाडौं, माघ ५ः राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरू आरोप–प्रत्यारोपमा उत्रिएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ‘निर्वाचनबारे बोल्नुस्, पराजयको समीक्षा पछि गरौँला’ भन्दै बैठकको सुरुवात गरेका थिए । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको बैठकमा २९ केन्द्रीय सदस्यले पक्ष र विपक्षमा धारणा राखे । आजको नयाँ पत्रिकामा खबर छ । सभापति देउवाले संविधान निर्माण कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्व तथा संविधानको कार्यान्वयनका लागि तीन तहको निर्वाचन पनि कांग्रेसकै नेतृत्वमा …

अहिले तोकिएका केन्द्र स्थायी होईनन्, आन्दोलन गर्न पर्दैन्ः ओली

अहिले तोकिएका केन्द्र स्थायी होईनन्, आन्दोलन गर्न पर्दैन्ः ओली काठमाडौं, माघ ४ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले–माओवादी पार्टी एकता तीव्रताका साथ अगाडि बढेको बताएका छन् । नियमित स्वास्थ्य परीक्षण गराएर स्वदेश फर्केका ओलीले आज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले भने ‘पार्टी एकताको काम जतिसक्दो छिटो हुन्छ । आशा र आशंका गर्ने दुवैले चिन्ता मान्नु पर्दैन ।’ पुस २६ गते नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएका ओलीले आफ्नो स्वास्थ्यस्थिति ठिकठाक भएको बताए । प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न ढिलाई भए पनि त्यो सरकारको क्षेत्राधिकारभित्र पर्ने भन्दै ओलीले यसमा आफूहरुको आपत्ति नरहेको बताए …

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, मुख्य एजेण्डा राष्ट्रियसभा

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, मुख्य एजेण्डा राष्ट्रियसभा काठमाडौं, माघ ४: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रियसभा चुनावको तयारीबारे छलफल हुने छ । प्रवक्ता विश्वप्रकाश शर्माले भने राष्ट्रियसभा चुनावको तयारीबारे छलफल सकेर विगतको चुनावको समिक्षा गरिने बताए । प्रदेश र प्रतिनिधिसभा चुनावमा पराजय व्यहोरेलगतै नेताहरुले गम्भीर समिक्षाको आवश्यकता …

एमाले स्थायी कमिटि बैठकः के भयो निर्णय ?

एमाले स्थायी कमिटि बैठकः के भयो निर्णय ? काठमाडौं, माघ ३ः एमालेले राष्ट्रिय सभा निर्वाचन तोकेको समयमै सम्पन्न गर्न सरकार र निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ । बुधबार एमाले पार्टी कार्यलय धुम्बाराहीमा कार्यवहाक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा बसेको स्थायी कमिटि बैठकले निर्वाचन गराउन भईरहेको ढिलाईप्रति गम्भिर चिन्ता व्यक्त गर्दै त्यसअघि प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सरकारको ध्यानकर्षण गराएको हो । बैठकपछि एमाले सचिव योगेश भटट्राइले प्रदेश प्रमुख र अस्थायी तोक्न भईरहेको ढिलाईले राष्ट्रिय सभा निर्वाचन प्रभावित हुन खोजेकाले अन्यौल बढेकाले तोकेकै मितिमा निर्वाचन गर्न निर्वाचन आयोग …

राष्ट्रियसभा निर्वाचनका लागि चार बेग्लाबेग्लै मतपत्र

राष्ट्रियसभा निर्वाचनका लागि चार बेग्लाबेग्लै मतपत्र काठमाडौं, माघ ३ः निर्वाचन आयोगले माघ २४ मा हुने राष्ट्रियसभाको निर्वाचनका लागि बेग्लाबेग्लै चार प्रकारका मतपत्र बनाउने भएको छ । मतपत्रको प्रारम्भिक डिजाइन तयार पारिसकेको आयोगले यसबारे दलहरूसँग मंगलबार राय सुझाव लिएको थियो । आयोगले राष्ट्रियसभाको चुनाव तयारीबारे जानकारी दिन र आवश्यक राय सुझाव लिन मंगलबार पाँच राजनीतिक दलका प्रतिनिधिलाई आयोगमै डाकेको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ । राजनीतिक दलका प्रतिनिधिहरूले पनि चार प्रकारका मतपत्र बनाउन उपयुक्त हुने सुझाव दिएपछि आयोगले सोहीअनुसार मतपत्र बनाउने निष्कर्षमा पुगेको हो । ‘आयोगले मतपत्रको …

मन्त्रिपरिषद बैठक स्थगित, भोलि बिहान ९ बजे बस्ने

मन्त्रिपरिषद बैठक स्थगित, भोलि बिहान ९ बजे बस्ने काठमाडौं, माघ २ः आज बस्ने तय भएको मन्त्रिपरिषद बैठक भोलिका लागि स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेताहरुसँग गरेको झण्डै चार घण्टा लामो छलफलपछि आजका लागि तय भएको मन्त्रिपरिषद बैठक स्थगित गरेका हुन् । बैठक भोलि बिहान बस्ने प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाले जानकारी दिए । यता, प्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिमै प्रदेश प्रमुख नियुक्ति गर्न संसदमा प्रतिनिधित्व गरेका प्रमुख ५ दलसँग नामावली मागेपनि एमालेले नाम नपठाउने भएको छ । एमाले नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्रीसँग दलीय छलफल भएपनि आफ्नो पार्टी प्रदेश प्रमुख …

कोइराला र कटवाललाई प्रदेश प्रमुख नियुक्ति गर्न कांग्रेसभित्रै लबिङ

कोइराला र कटवाललाई प्रदेश प्रमुख नियुक्ति गर्न कांग्रेसभित्रै लबिङ काठमाडौं, माघ २ः पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल र अधिकारकर्मी अनुराधा कोइरालालाई प्रदेश प्रमुख नियुक्ति गर्न कांग्रेसभित्रै लबिङ भइरहेको छ । कटवालका लागि आरजु राणा, डा. प्रकाशशरण महत, बालकृष्ण खाणसहितका नेताले लबिङ गरिरहेका छन् । यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ। पौडेल पक्षका केही नेताले भने त्यसमा विरोध जनाएका छन् । कांग्रेस महामन्त्री डा शशांक कोइरालाले अनुराधा कोइरालाका लागि लबिङ गरिरहेका छन् । उनको नाममा संस्थापन देउवा पक्षका नेताहरू असहमत रहेको कांग्रेसका एक नेताले बताए । राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले आफ्ना नातेदार उमाकान्त …

1 2 3 295