मुख्य समाचार २

नयाँ मदिरा उद्योग खेल्न बन्देज, बेच्ने समय ५ घण्टा मात्रै

नयाँ मदिरा उद्योग खेल्न बन्देज, बेच्ने समय ५ घण्टा मात्रै काठमाडौं, मंसिर १६ : मदिरा बिक्री वितरणमा कडाइ गर्दै आएको सरकार यसमा थप बन्देज लगाउने तयारीमा जुटेको छ। हाल सञ्चालनमा रहेका बाहेक नयाँ मदिरा उद्योग खोल्न नै रोक लगाउनेबारे गृहकार्य भइरहेको छ। साथै मदिरा बिक्री वितरण समय पनि तोकिने तयारी छ। यसका लागि सरकारले मदिरा उत्पादन र बिक्री वितरण नियम तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश–२०७५ जारी गर्ने भएको छ। आदेशको मस्यौदा तयार भएर छलफल क्रममा रहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिएका छन्। मस्यौदामा नयाँ मदिरा उद्योग अनुमति तथा दर्ता गर्ने काम हाललाई स्थगित गर्ने भनिएको छ। …

कोप २४ सहभागी हुन राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान

कोप २४ सहभागी हुन राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान काठमाडौं, मंसिर १५ : राष्ट्रपति विद्यादेवी भण्डारी आज पोल्याण्डको भ्रमणमा जाने भएकी छिन् । पोल्याण्डको कातोबिचमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धि कोप २४ औं सम्मेलनमा सहभागी हुन उनी त्यता जान लागेकी हुन् । उनले सोमबार सम्मेलनलाई सोम्बोधन गर्नेछिन् । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसहित केही सांसद र उच्च पदस्थ अधिकारीहरु पनि पोल्याण्ड जाँदैछन् । भ्रमणका क्रममा पोल्याण्डका राष्ट्रपतिसहित विभिन्न उच्च स्तरीय भेटघाट पनि हुँदैछ । भ्रमणबारे राष्ट्रपतिको कार्यालयले विज्ञप्तिबारे जानकारी दिएको छ …

ईन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा भट्ट निर्वाचित

ईन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा भट्ट निर्वाचित काठमाडौं, मंसिर १३ : ईन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन आईएसपिएएनको अध्यक्षमा भोजराज भट्ट निर्वाचित भएका छन् । नेटम्याक्स टेक्नोलोजिज् प्रालिका प्रवन्ध निर्देशन भट्ट गत मंसिर ९ गते बसेको सारणसभाबाट अध्यक्षमा निर्वाचित भएका हुन् । संस्थाको उपाध्यक्षमा विनय मोहोन साउद र प्रमेस खरेल निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा मधुकुमार अमात्य, कोषध्यक्षमा पुष्करसिह बडाल र सचिवमा लक्ष्मण यादव निर्वाचित भएका छन् । त्यसैगरी सदस्य तथा वरिष्ठ सल्लाहकारमा विनय बोहोरा र विजय जलान र सदस्यहरुमा विनोद तिमिल्सीना, कमल बास्तोला र नविन कुमार श्रेष्ठ निर्वाचित भएका छन् …

दोहा बैकको शाखा नेपालमा

दोहा बैकको शाखा नेपालमा काठमाडौं, सिर १२ : कतारको सबैभन्दा ठूलो वाणिज्य बैंक दोहा बैंकले नेपालमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। थापाथलीमा कार्यालय खोलेर काम सुरू भए पनि डिसेम्बरको अन्तिममा मात्रै औपचारिक घोषणा गरिने भएको हो। नेपालस्थित बैंकका प्रमुख प्रतिनिधि सुरज विक्रम शाहीले यहाँका बैंकहरुलाई दोहा बैंकका अन्य शाखासँग जोडिन यस कार्यालयले सहजकर्ताको काम गर्ने जानकारी दिए। ‘बैंकको स्वीफ्ट कोड मार्फत दोहा बैंकका अन्य शाखासँग जोडिन हामीले सहजकर्ताको रूपमा काम गर्छौँ’ उनले भने। हाल नेपालका एक दर्जन बढी वाणिज्य बैंकहरुसँग आरएमए (रिलेसनसिप म्यानेजमेन्ट एप्लिकेसन) को काम …

नेविसंघको महाधिवेशन पुस अन्तिम साता हुने

नेविसंघको महाधिवेशन पुस अन्तिम साता हुने काठमाडौं, मंसिर ११ : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पुस अन्तिम साता केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ । आगामी पुस २८ गते महाधिवेशन गर्ने गरी नेविसंघले नयाँ मिति तय गरेको हो । महाधिवेशनको नयाँ मिति सार्वजनिक गर्न नेविसंघ अध्यक्ष नैनसिंह महरले आज पत्रकार सम्मेलन गर्दैछन् । आगामी १२ औं महाधिवेशनबारे दिउँसो १२ः४५ बजे संघको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको अध्यक्ष महरले जानकारी दिए । नेविसंघको ११ औं महाधिवेशन गत भदौमै हुनुपर्ने थियो । तर, आन्तरिक विवाद र विधान संशोधन लगायतका कारण उक्त मितिमा महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसले तीन …

चैत दोस्रो साता लगानी सम्मेलन हुने

चैत दोस्रो साता लगानी सम्मेलन हुने काठमाडौं, मंसिर १० : सरकारले आउने चैतको दोस्रो साता लगानी सम्मेलन गर्ने भएको छ। लगानी बोर्डको आइतबार साँझ बसेको बैठकले चैत दोस्रो साता दुई दिने लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो। लगानी सम्मेलनबारे तयारी गर्न अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा एक समिति पनि बनाइएको छ। ‘लगानीसँग सम्बन्धित नीतिहरूमा हामीले धेरै सुधार गरेका छौं, हाम्रा लगानीकर्ता र अन्तर्राष्ट्रिय समुदायलाई त्यसबारे जानकारी दिन सम्मेलन हुन लागेको हो,’ बोर्डका प्रवक्ता उत्तमभक्त वाग्ले …

सरकारको अनुमतिविनै गोप्य दस्तावेज विदेश पठाउने धन्दामा भिएफएस

सरकारको अनुमतिविनै गोप्य दस्तावेज विदेश पठाउने धन्दामा भिएफएस काठमाडौं, मंसिर ८ : भिएफएस नेपालले नेपाल सरकारसँग कुनै अनुमतिनै नलिई नेपालीहरुको गोप्य कागजात, बायोमेट्रिक डाटा लगायतका महत्वपूर्ण दस्तावेजहरु विदेश पठाउने गरेको भेटिएको छ । विभिन्न देशको भिषा निवेदन जम्मा गर्ने भिएफएस भन्ने कम्पनीले नेपाल सरकासँगको अनुमति विनै विभिन्न देशको भिषा निवेदनको नाममा फासपोर्ट, फोटो, व्यक्तिको सम्पती विवरण लगायतका व्यक्तिगत दस्तावेज कलेक्नस गर्ने गरेको छ । लगनखेलको एकेडेमी अफ कलनरी आर्ट भवनमा रहेको भिएफएस मरिसस्को कम्पनीको नेपाल शाखा हो । विदेशी वा स्वदेशी कम्पनीले नेपालीको गोप्य तस्तावेजहरु संकलन गर्न नेपाल सरकार परराष्ट्र …

नेपालका ठूला लगानीमा भएको खर्च निराशाजनक : एडिवि

नेपालका ठूला लगानीमा भएको खर्च निराशाजनक : एडिवि काठमाडौं, मंसिर ७ : नेपालको मुख्य विकास साझेदार एसियाली विकास बैंक ९एडिबी०ले आफूले लगानी गरेका आयोजनाको कार्यान्वयन सन्तोषजनक भए पनि केही आयोजनामा निराशाजनक भएको बताएको छ। काठमाडौंमा शुक्रबार भएको त्रिपक्षीय पोर्टफोलियो रिभ्यू मिटिङमा बोल्दै एडिबीका उपमहानिर्देशक दिनेश शरणले सरसफाइ र उड्डयन क्षेत्रका आयोजनाको कार्यान्वयन अपेक्षित नभएको बताए। उनले अहिले २ अर्ब ८० करोड अमेरिकी डलरका ३६ परियोजनामा काम भइरहेकोमा केही ठूला परियोजनाको खर्च निराशाजनक भएको बताए। पछिल्लो समय भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति सन्तोषजनक रूपले बढे पनि …

एक कदम अघि बढेर काम गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन

एक कदम अघि बढेर काम गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन काठमाडौं, मंसिर ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवलाई एक कदम अगाडि बढ्न निर्देशन दिएका छन्। सरकार गठन भएको नौ महिना हुँदा पनि विकास, निर्माणमा प्रगति गर्न नसकेको आरोप खेपेपछि मन्त्री र मन्त्रालयका कामकाजको समीक्षा सुरू गरेका प्रधानमन्त्री ओलीले बिहीबार मन्त्री र सचिवहरुलाई प्रभावकारी काम गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले हरेक क्षेत्रका काम अघि बढाउनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए। ‘अब हामी …

सर्वोच्चका न्यायधीशकी पत्नी २० दिनपछि थुना मुक्त

सर्वोच्चका न्यायधीशकी पत्नी २० दिनपछि थुना मुक्त काठमाडौं, मंसिर ५ : सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी पत्नी ललिताकुमारी थुनामुक्त भएकी छन् । जिल्ला अदालतको आदेशपछि ललिताकुमारीसँगै उनका दुई दाजु र एक भाउजुलाई प्रहरीले छाडेको हो । १४ कात्तिकमा पक्राउ परेकी ललिता मंसिर ३ गतेसम्म प्रहरी हिरासतमा बसिन् । उनीविरुद्ध कीर्तेको मुद्दा परेको थियो । तर, जिल्ला न्यायाधीश तीर्थराज केसीको इजलासले सरकारी कागज कीर्तेको मुद्दामा प्रमाण नष्ट गर्न सक्ने सम्भावना नभएकाले हिरासतमा नराखी अड्डाले खोजेको बेला उपस्थित हुने गरी छाड्न सोमबार आदेश दिएको हो । जिल्ला अदालतको आदेशलगत्तै प्रहरीले उनीहरुलाई रिहा …

1 2 3 4 372