मुख्य समाचार २

आन्दोलनका थप कार्यक्रम घोषणा हुन्छ : निधि

आन्दोलनका थप कार्यक्रम घोषणा हुन्छ : निधि काठमाडौं, साउन ८ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक नआएसम्म आन्दोलन नरोकिने बताएका छन् । एक साता लामो यूरोप भ्रमण सकाएर मंगलबार स्वदेश फर्किएका निधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘हुबहु पारित नगरेसम्म आन्दोन जारी रहन्छ ।’ सम्बोधन भइसकेको विषयलाई सरकारले खोतलेर अनावश्यक विवाद सिर्जना गरेको उनको आरोप छ । निधिले साउन १० गते पार्टीको बैठक बसेर आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए । सरकारको रबैयाबिरुद्ध कांग्रेस सडक र सदन दुवै मोर्चामा उत्रिएको …

जुम्ला घटना छानविन गर्न समिति

जुम्ला घटना छानविन गर्न समिति काठमाडौं, साउन ७ : जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घटना छानबिनका लागि प्रदेश प्रहरीले छानबिन टोली गठन गरेको छ। प्रहरी प्रधान कार्यालयले घटनाको छानबिन गर्न ६ नम्बर प्रदेश प्रहरीलाई निर्देशन दिएपछि प्रदेश प्रहरीले अनुसन्धान टोली गठन गरेको हो। नेपाल प्रहरीका डिआइजी सुरेन्द्रविक्रम शाहको नेतृत्वमा टोली गठन भएको छ। टोलीमा एसपी केदार रजौरे र डिएसपी चुडामणि बुढाथोकी रहेका छन्। घटनाको अनुसन्धान गर्न टोली जुम्ला पुगिसकेको छ। अनसनरत केसीलाई काठमाडौं ल्याउने तयारी भएपछि प्रहरी र केसी समर्थकबीच झडप भएको थियो। सोही झडपका क्रममा एक जना …

डा.केसीको अनशन नतोडिएपछि देउवाको विदेश भ्रमण स्थगित

डा.केसीको अनशन नतोडिएपछि देउवाको विदेश भ्रमण स्थगित काठमाडौं, साउन ६ : देशमा केही दिनयता विकसित भैरहेको राजनीतिक परिस्थितिका कारण भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो ७ दिने विदेश भ्रमण स्थगित गरेका छन्। उनी आजै सिंगापुरका लागि उड्ने कार्यक्रम थियो। कांग्रेसको केन्द्रीय कार्यालयले विज्ञप्तिमार्फत् सभापति देउवाको विदेश भ्रमण स्थगित भएको जानकारी गराएको छ। कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षर भएको विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको स्थितिमा देशमै रहेर कार्य गर्नुपर्ने आवश्यकताका कारण उहाँले भ्रमण स्थगित गर्नु भएको जानकारी गराइन्छ।’ चिकित्सा शिक्षा …

विराटनगरको कोइराला निवास अंशवण्डाले टुक्रैटुक्रा

विराटनगरको कोइराला निवास अंशवण्डाले टुक्रैटुक्रा बिराटनगर, साउन ६ : विगतमा एक समय नेता कार्यकर्ताहरुको भीड लाग्ने बिराटनगरस्थित कोइराला निवास अचेल सुनसान छ । लामो समय कोइराला परिवारसँग नजिक भएर काम गरेका शुभनारायण यादवले पुरानो रौनकमा कमी आएको बताए । विगतमा विभिन्न ठाउँबाट बिराटनगर आउने अधिकांश कांग्रेसजन एकपटक कोइराला निवास कस्तो रहेछ हेरौं भन्दै पुग्ने गरेको यादवले सम्झन्छन् । तीनजना प्रधानमन्त्री हुर्काउने घर बिराटनगरस्थित ‘कोइराला निवास’का रुपमा चर्चित यही घरमा तीन पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, वीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको बाल्यकाल बितेको थियो । मुलुकका लागि धेरै …

कितावमा लुकाएर गाजा तस्करी गर्ने पक्राऊ

कितावमा लुकाएर गाजा तस्करी गर्ने पक्राऊ विरगंज, साउन ५ : सुरक्षाकर्मीले कडाइ गर्न थालेपछि तस्करहरुले नयाँ शैली अपनाएर गाँजाको तस्करी गर्न थालेका छन् । किताब भनेर गाँजा लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले दुई जनालाई पर्साबाट पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो । सशस्त्र प्रहरीले शुक्रबार राति पर्साबाट ७० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–३, बढनिहार बस्ने २६ वर्षीय गोविन्दकुमार चौधरी र पर्सागढी नगरपालिका–९, बडेर्वा बस्ने ३३ वर्षीय दिनेशकुमार दास थारु रहेका छन् । गोविन्द टाटासुमोका चालक हुन् । काठमाडौंबाट पर्सागढी नगरपालिका तर्फ आइरहेको ना१ज २४९३ …

नक्कली सुन विक्रि गर्ने तीन जना पक्राउ

नक्कली सुन विक्रि गर्ने तीन जना पक्राउ काठमाडौं, साउन ४ : प्रहरीले दुई किलो नक्कली सुनसहित ३ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरले नक्कली सुन विक्री गर्न लागेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सार्वजनिक गर्न परिसरले दिउँसो १ बजे पत्रकार सम्मेलन राखेको छ …

कम्युनिष्ट सरकार कमाउने धन्दामा : पौडेल

कम्युनिष्ट सरकार कमाउने धन्दामा : पौडेल काठमाडौं, साउन ३ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकार कमाउ धन्दामा लागेको बताएका छन । नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले भने, ‘कम्युनिस्ट सरकार कमाउ धन्दा गर्नेलाई मात्रै पोस्दै छ । यो कुराको पुष्टि सरकारले संसदमा पेश गर्ने तयारीमा रहेको चिकित्सा शिक्षा सम्बन्धी विधेययकबाट हुन्छ ।’ गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको भन्दै पौडेलले कम्युनिस्ट सरकार माफिया पोस्न लागेको आरोप लगाए । उनले डा। गोविन्द केसीका माग जायज भएकाले त्यसको रक्षामा लाग्न …

सरकारको विरोध गर्नेको प्रतिवादन गर्न ओलीको निर्देशन

सरकारको विरोध गर्नेको प्रतिवादन गर्न ओलीको निर्देशन काठमाडौं, साउन २ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोधी गर्नेको प्रतिवाद गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीका कार्यकर्तासँगको भेटमा ओलीले सरकारले देशलाई सही बाटोमा हिँडाउन खोजेको जिकिर गर्दै विरोध गर्नेको आआफ्नो ठाउँबाट प्रतिवाद गर्न निर्देशन दिएका हुन् । ‘सरकारले जनताका आकांक्षा पूरा गर्छ भन्ने बुझेका विरोधीहरूले,सामाजिक न्याय हुन नदिनेहरूले सरकारका विरुद्ध अफवाह फैलाएका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘पार्टीका नेता कार्यकर्ता र सर्वसाधारणले यस्ता कुराको प्रतिवाद …

डा.केसीको अनशनप्रति नेकपा अनुदार, बैठकमा छलफल हुने

डा.केसीको अनशनप्रति नेकपा अनुदार, बैठकमा छलफल हुने काठमाडौं, साउन १ : पार्टी सञ्चालन नियमावली र विधानको केही प्राविधिक विषय टुंगो लगाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नियमावली र विधानबारे छलफल हुनेछ । वामदेव गौतम कार्यदलले गरेको सिफारिसमा केही विवाद देखिएको नेताहरुले बताएका छन् । कार्यदलले केन्द्रीय सदस्यलाई गाउँपालिका इञ्चार्ज बनाउने, जिल्ला अध्यक्ष र इञ्चार्जहरु प्रदेश कमिटीमा नराख्ने लगायतका सुझाव दिएको छ । विधान र नियमावली प्रकाशनमा पठाउनु अघि नेताहरूबीच सर्वसम्मति कायम गर्न महासचिव विष्णु पौडेलले सचिवालय बैठक राखेको …

शान्तिपूर्ण धर्नामा बसेका मानवअधिकारकर्मी पक्राउ

शान्तिपूर्ण धर्नामा बसेका मानवअधिकारकर्मी पक्राउ काठमाडौं, असार ३२ : संसद भवन अगाडि शान्तिपूर्ण धर्ना दिने क्रममा अधिकारकर्मी कृष्ण पहाडीसहितका दर्जनौ पक्राउ परेका छन् । सरकारले स्वतन्त्रता विरोध र स्वेच्छाचारी निर्णय तथा गतिविधि गरेको भन्दै मानवअधिकार तथा शान्ति समाजले संसद भवनको ३ नम्बर गेट अगाडि धर्ना दिएको थियो । तर, धर्नामा बसेका २० भन्दा धेरै अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष …

1 2 3 4 5 365