मुख्य समाचार २

काठमाडौंमा मात्रै ६५ हजार भूकम्प पीडित अझै त्रिपालमा

काठमाडौंमा मात्रै ६५ हजार भूकम्प पीडित अझै त्रिपालमा काठमाडौं, जेठ ३२ : बैशाख १२ गते गएको भूकम्पबाट बास गुमेर त्रिपालमा बस्नेको संख्या उपत्यकामा मत्रै ६५ हजार छ । ति मध्ये तीन हजार भन्दा बढि भने उपत्यकाबाहिरबाट घर गुमाएपछि विस्थापित भएका हुन् । महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौंका विभिन्न स्थानका शिविरमा मात्र भूकम्पबाट बास गुमेका ४५ हजार जना छन् । ललितपुरमा १० हजार पाँच सय र भक्तपुरमा ६ हजार शिविरमा बस्दै आएका छन् । काठमाडौंको टुँडिखेल, पहेँलोगुम्बा, भुइँखेल चौर, बिजेश्वरी, धर्मस्थली, झोर महांकाल, पाँगा, भत्केको पाटी, झागाझिटी, रामकोटमा ठूलो संख्यामा भूकम्पपीडित त्रिपाल र टेन्टमा बस्दै आएका छन् । …

पूर्व राजारानी पशुपतिको भूमिपूजा समापनमा सहभागी (फोटोफिचर सहित)

पूर्व राजारानी पशुपतिको भूमिपूजा समापनमा सहभागी (फोटोफिचर सहित) काठमाडौं, जेठ ३१ : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह पशुपतिनाथमा आयोजित भूमिपूजाको समापनमा सहभागी भएका छन्।    जेठ २५ देखि पशुपतिनाथ मन्दिरमा आयोजना गरिएको भूमिपूजाको समापनका अवसरमा लक्ष्य हवन महायज्ञमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह पशुपति पुगेका हुन्। १० बजेर ५५ मिनेटमा पशुपति पुगेका उनले ४५ मिनेटको पूजापछि पशुपति कैलाशस्थित रूद्रगाडेश्वरमा लक्ष्य हवन महायज्ञमा पुगी पूर्णाहूति दिएका थिए। दक्षिणबाट पश्चिम ढोका र उत्तर ढोका पुगेर पूर्वराजा रानीले र दर्शन गरे भने पूर्व ढोका गएनन्। ज्ञानेन्द्र ११ बजेर ४० मिनेटमा …

भूकम्पपछि मुलुकनै उद्दार, राहत र पुर्ननिर्माणमा लागेका वेला अपराध आकासियो

भूकम्पपछि मुलुकनै उद्दार, राहत र पुर्ननिर्माणमा लागेका वेला अपराध आकासियो काठमाडौं, जेठ ३१ : मुलुक भूकम्पपछिको पुर्ननिर्माण, राहत र उद्दारमा जुटिरहेका बेला यहाँका अपराधीक गिरोह थप सक्रिय भएर अपराधहरु बढेको देखिएको छ । कालोबजारीदेखि मानवतस्करी, लुटपाटदेखि ढकैतीसम्मका अपराधीक गतिविधि बैशाखयता तिव्र रुपमा बढेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार विपतको मौका छोपी पानीदेखि औषधिसम्मका सामानमा कालोबजारी भएको छ । यसविरुद्ध प्रहरीले सुरुदेखि नै आक्रामक रणनीति अपनाएपनि त्यो प्रभावकारी हुन सकेको छैन । भूकम्पले आक्रान्त बनेका काठमाडौंबासीलाई कालोवजारीले पनि हैरान पारेको छ । काठमाडौंमा मात्र हालसम्म ३३ जनालाई पक्राउ गरी कालोबजारी …

योजना आयोग भन्छ, ‘भूकम्पले बढायो ७ लाख गरिब’

योजना आयोग भन्छ, ‘भूकम्पले बढायो ७ लाख गरिब’ काठमाडौं, जेष्ठ ३१ : गत बैशाख १२ र त्यसपछि गएका भूकम्पका कारण ७ लाख गरिबीमा धकेलिएका छन् । ‘मुलुकभर करिब ७ लाख गरिब थपिएका छन,’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेलले भने, ‘यो मुलुकभरको प्रारम्भिक तथ्यांक हो ।’ आयोगले विपतपछिको  आवश्यकता पहिचान (पीडीएनए) गर्ने क्रममा विभिन्न तथ्यांक निकालेको हो । पछिल्लो तथ्यांक अनुसार मुलुकमा २३ दशमलव ८ प्रतिशत जनता गरिब छन् । ‘अब २ दशमलव ५ देखि ३ दशमलव ५ प्रतिशतले गरिबी बढ्ने छ,’ पोखरेलले भने । भूकम्पबाट करिब ५ लाख घर क्षतिग्रस्त भएका छन् । गाउँमा बसोबास गर्ने अधिकांशको अन्नपात र बस्तुभाउ पनि नासिएका छन् । करिब २३ …

१६ बुँदे सम्झौता अन्तरिम संबिधान बिपरीत भएको भन्दै राष्ट्रपतिलाई गुहार

१६ बुँदे सम्झौता अन्तरिम संबिधान बिपरीत भएको भन्दै राष्ट्रपतिलाई गुहार काठमाडौं, जेठ ३० : प्रमुख चार दलबीच भएको १६ बुँदे सम्झौताको विरुद्धमा रहेका पाँच दलले आज (शनिबार) राष्ट्रपति डा. रामवरण यादवलाई भेटी ज्ञापनपत्र बुझाउदैं संविधानको रक्षा गरिदिन आग्रह गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा पुगेका उनीहरुले संविधानसभामा पेश गरिएको चार दलका केहि नेताहरुको सहमतिको १६ बुँदे प्रस्ताव अन्तरिम संविधान विपरित भएको भन्दै राष्ट्रपति यादवको ध्यानाकर्षण गराए। चार दलले पेश गरेको प्रस्तावले संविधानसभाको क्षेत्राधिकारमाथि प्रश्न चिन्ह खडा भएको भन्दै असंवैधानिक प्रक्रिया आफूहरुलाई मान्य नहुने जानकारी गराएका थिए। पदको लोभमा मधेसी …

मलेसिया, कतार, साउदी अरब, यूएई, बहराइन, ओमन र कुवेत जाँदा पैसा नलाग्ने

मलेसिया, कतार, साउदी अरब, यूएई, बहराइन, ओमन र कुवेत जाँदा पैसा नलाग्ने काठमाडौं, जेष्ठ ३० : नेपाली कामदारले ‘फ्रि भिसा र फ्रि टिकट’ मै खाडीका ६ मुलुक र मलेसिया जान पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयले शुक्रबार यस्तो सहुलियत घोषणा गरेको हो । यो व्यवस्थाअनुसार नेपाली कामदारहरू मलेसिया, कतार, साउदी अरब, यूएई, बहराइन, ओमन र कुवेत जाँदा लगभग नि:शुल्क पर्नेछ । दुई सातामै यो निर्णय कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ । यी मुलुक नेपाली श्रमिकका लागि मुख्य वैदशिक गन्तव्य हुन् । जहाँ हाल २० लाखभन्दा बढी नेपाली कार्यरत छन् । जेठ २६ को मन्त्रीस्तरीय निर्णयअनुसार कामदारको आतेजाते हवाई टिकट र भिसा खर्च रोजगारदाता कम्पनीले नै …

१६ बुँदे सहमति अनुसार संविधान निर्माणको काम अगाडि नबढाउन ३३ दलीय मोर्चाको माग

१६ बुँदे सहमति अनुसार संविधान निर्माणको काम अगाडि नबढाउन ३३ दलीय मोर्चाको माग काठमाडौं, जेठ २९ : चार दलबीच भएको १६ बुँदे सहमति मुलुकलाई दीर्घकालीन द्वन्द्वमा फसाउने खालको भएको भन्दै सहमति अनुसार संविधान निर्माण नगर्न नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले माग गरेको छ। शुक्रबार मोर्चाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई सिंहदरबार ज्ञापपनपत्र मार्फत १६ बुँदे सहमति अनुसार संविधान निर्माणको काम अगाडि नबढाउन माग गरेको हो। १६ बुँदे सहमति २०६२/०६३ को राजनीतिक परिवर्तन तथा नेपाली जनताको भावना विपरितको भएको दाबी पनी मोर्चाले गरेको छ। चार दलले १६ बुँदे सहमति गरेर संविधान निर्माणको काममा आफूहरुलाई संलग्न नगराउने नियत देखाएको भन्दै …

ताप्लेजुङको लिवाङ गाविसमा १४ जना अझै उद्धारको पखाईमा

ताप्लेजुङको लिवाङ गाविसमा १४ जना अझै उद्धारको पखाईमा ताप्लेजुङ, जेठ २९ : ताप्लेजुङको पश्चिमी क्षेत्रमा बुधबार राती गएको पहिरोमा परी लिवाङ गाविसको ल्यामल्याममा फसेका १४ जनाको उद्धारमा समस्या देखिएको छ । वारीपारीको पहिरोले बीचमा फसेका उनीहरुलाई उद्धार गरी ल्याउन गएको हेलिकप्टर बिहिबार सांझ मौसमको गडबढीका कारण गन्तव्य नपुगी फर्किएको थियो भने बर्षासँगै कुहिरोले ढाकेपछि शुक्रबार बिहान पनि उनीहरुलाई उद्धार गर्न लिवाङ तर्फ पठाउने प्रयास सम्भव हुन नसकेको हो । निरन्तरको पानी र मौसममा देखिएको परिवर्तनका कारण उद्धारको प्रयास संम्भव नभएको र मौसमा सुधार आउनासाथ हेलिकप्टरलाई लिवाङ तर्फ पठाईने प्रमुख जिल्ला अधिकारी …

दाता सम्मेलनको निम्तो गर्न दिल्ली पुगेका महतले मोदीलाई भेट्नै पाएनन्

दाता सम्मेलनको निम्तो गर्न दिल्ली पुगेका महतले मोदीलाई भेट्नै पाएनन् काठमाडौं, जेष्ठ २९ : भारतीय प्रधानन्त्री नरेन्द्र मोदीलाई असार १० गते हुने दाता सम्मेलनको निम्तो बोकेर नयाँ दिल्ली पुगेको अर्थ मन्त्री रामशरण महतले मोदीसँग भेटनै नगरी फर्किने भएका छन् । प्रधानमन्त्री सुशील कोइरालाको पत्र बोकेर भारत गएका महतले विहिबार साँझ ४ वजे प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम थियो । तर तोकिएको समय भन्दा केही वेर मात्रै अघि उक्त भेट भारतीय प्रधानमन्त्री कार्यालयले रद्द गर्‍यो । असार १० गते हुने दाता सम्मेललनमा भारतीय प्रधानमन्त्री मोदी आएर नेपालको भूकम्प पछिको पुर्ननिर्माणमा भारतको सहयोग होस् भन्ने नेपालले चाहना राखेको …

ताप्लेजुङ पहिरोमा परी ३१ जना भन्दा बढीको मृत्यु, दर्जनौ बेपत्ता

ताप्लेजुङ पहिरोमा परी ३१ जना भन्दा बढीको मृत्यु, दर्जनौ बेपत्ता ताप्लेजुङ्, जेठ २८ : वुधबार साँझदेखि परेको अविरल बर्षा संगै ताप्लेजुङको पश्चिमी क्षेत्रका बिभिन्न गाउँहरुमा गएको पहिरोमा परी हालसम्म ३१ जना भन्दा बढीको मृत्यु भईसकेको छ भने ६ जना गम्भीर घाईते भएका छन्। पहिरोमा ताप्लेजुङका बिभिन्न ठाउँहरुमा गरी ३१ जनाको मृत्यु भएको र १९ जना भन्दा बढी हराईरहेको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले डिजिटल दैनिकलाई बताए। उनका अनुसार धेरै मान्छे सम्पर्कविहिन भएका कारण मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। पहिरोले लिवाङ, खोप्लिङ, थिङ्लावु, लिङतेव, खाम्लुङ् लगाएतका ठाउँ बढी प्रभावित भएको …

1 336 337 338 339 340 366