मुख्य समाचार २

काठमाडौंको थापा गाउँमा मृत अवस्थामा शव भेटियो

काठमाडौंको थापा गाउँमा मृत अवस्थामा शव भेटियो काठमाडौं, चैत ९ : राजधानीको थापागाउँमा हत्या गरेर फालिएको अवस्थामा एक पुरूषको शव फेला परेको छ ।सिंहदरबार छेउको हनुमानथानबाट थापागाउँतर्फ जाने पुलकै छेउमा साेमबार बिहान शव फेला परेको हो । राति कसैले मारेर फालेको भेटेपछि स्थानीयले बिहानै प्रहरीलाई खबर गरेका थिए । सडकमा हत्या गरेर फालिएको शब देखेपछि बिहानै त्यहाँ मानिसको भिड लागेको छ । मृतक युवक थापागाउँ नजिकै डेरा गरी बस्ने व्यक्ति रहेको स्थानीय एक महिलाले सनाखत गरे पनि नाम र थर पत्ता लागेको छैन । खोला छेउमा घोप्टो परेको अवस्थामा फेला परेको शवको टाउकोमा रगत देखिएको  छ । प्रहरीले घटनास्थलमा पुगेर सर्जमिन …

थाइ एयरको विमानमा चरा ठोक्कियो

थाइ एयरको विमानमा चरा ठोक्कियो काठमाडौं, चैत ८ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा थाइ एयरवेजको जहाजमा चरा ठोक्किएको छ। थाइल्यान्डबाट यात्रुसहित आएको बिमानमा चरा ठोक्किएको हो। आईतबार दिउँसो करिब साँढे १२ बजे त्रिभुवन विमानस्थलको धावनमार्गमा अवतरण गरिरहेको थाई एयरवेजको बोइङ ७७७ जहाजमा चिल ठोकिदाँ जहाजको दायाँ इन्जिनमा सामान्य क्षति पुगेको छ। इन्जिनियरहरुले जहाजको परीक्षण गरिरहेको विमानस्थल स्रोतले जनाएको छ। चहाजमा चरा ठोकिएपछि दिउसो १ वजे बैककको लागि उड्नु पर्ने विभान अझै उडेको छैन । विमानस्थल स्रोतका अनुसार विमानको विज्ञहरुले परिक्षण गरेपछि मात्रै उडान गरिने भएको छ । अहिले …

संसदीय समितिद्वारा लोकसेवा आयोगका सात पदाधिकारीको नाम अनुमोदन

संसदीय समितिद्वारा लोकसेवा आयोगका सात पदाधिकारीको नाम अनुमोदन काठमाडौ, चैत ८ : संसदीय सुनुवाइ विशेष समितिले लोकसेवा आयोगका प्रमुख आयुक्त उमेश मैनालीसहित सात जनालाई अनुमोदन गरेको छ। सुनुवाइपछि समितिको आइतबारको बैठकले अध्यक्ष मैनाली सहित ६ जनालाई सर्वसम्मत र कृष्णचन्द्र झाको नाम बहुमतले अनुमोदन गरेको हो। झाको नाममा एमाओवादी प्रमुख सतेचक गिरिराजमणि पोखरेल र समाजवादीका प्रेमबहादुर सिंहले असहमति जनाएका हुन्। प्रमुख आयुक्त मैनालीसँगै सदस्यहरु वृन्दा हाडा, गोविन्द प्रसाद कुसुम, अशोक कुमार झा, श्रीपुरुष ढकाल र बह्मदेब रायको नाम सर्वसम्मतले अनुमोदन भएको हो। संसदीय समितिको अनुमोदनपछि अब नियुक्तिको लागि बाटो समेत …

राष्ट्रपति रामवरण यादवले आज अपरान्ह राजनीतिक दलका शिर्ष नेताहरुसंग भेट्दै

राष्ट्रपति रामवरण यादवले आज अपरान्ह राजनीतिक दलका शिर्ष नेताहरुसंग भेट्दै काठमाडौं, चैत ८ : राष्ट्रपति रामवरण यादवले आज अपरान्ह ४ बजे प्रमुख दलका नेताहरुलाई शितल निवास डाकेका छन् । राष्ट्रपति कार्यालयले संविधानसभामा तीनभन्दा बढी सभासदहरुको प्रतिनिधित्व गर्ने राजनीतिका दलका अध्यक्षलाई छलफलको लागि पत्र लेखेर आमन्त्रण गरिएको जनाएको छ । सो छलफलमा संविधानसभाको अध्यक्ष सुवास नेम्वाङ पनि सहभागी हुनेछन् । राष्ट्रपति यादवको यही चैत १२ गते देखि १८ गतेसम्म लागि 'बोआओ फोरम फर एसियाको' वार्षिक सम्मेलनमा भाग लिन चीन जाने कार्यक्रम तय भईसकेको छ । संविधान लेखनको विषयमा प्रमुख दलहरुबीच सहमति हुन नसकेको अवस्थामा राष्ट्रपति डा. यादवको चीन …

डा.गोविन्द केसी आजदेखि अनशन बस्ने

डा.गोविन्द केसी आजदेखि अनशन बस्ने काठमाडौ, चैत्र ८ : चिकित्सा शिक्षा र सेवा क्षेत्रका विसंगतिविरुद्घ आन्दोलनरत प्रा.डा. गोविन्द केसीले सरकारले १० बुँदे माग सम्बोधन नगरेको जनाउँदै आइतबारदेखि आमरण अनशन थाल्ने भएका छन् । यसअघि सरकारले उनको माग पुरा गर्नेभन्दै चिकित्सा शिक्षा राष्ट्रिय नीति बनाउन कार्यदल गठन गरेको थियो । तर कार्यदलको प्रतिवेदनै नआई प्रधानमन्त्रीकै निर्देशनमा शिक्षा मन्त्रालयले विवादास्पद दुई मेडिकल कलेजलाई संवन्धन दिने प्रक्रिया अघि बढाएपछि डा.केसी फेरि अनशन बस्ने निर्णयमा पुगेका हुन । शिक्षा मन्त्रालयले देवदह र मनमोहन मेडिकल कलेजलाई एमविविएसका लागि सम्वन्धन दिन …

भिभिआईपीको विदेश उपचार खर्च सरकारले नदिने

भिभिआईपीको विदेश उपचार खर्च सरकारले नदिने काठमाडौ, चैत्र ७ : सरकारले अति विशिष्ट र विशिष्ट व्यक्तिहरू (भीभीआईपी र भीआईपी) ले मुलुकमै उपचार सेवा भएको रोगमा राज्य कोषबाट रकम लिएर विदेश जान नपाउने भएका छन् । विशिष्ट व्यक्तिहरु विदेश उपचारमा जानु पर्ने भए अवदेखि चिकित्सकहरू संलग्न स्वतन्त्र बोर्डले विदेश जानुपर्ने प्रमाणित गरी सिफारिस गरे मात्र राज्यले उनीहरूलाई सुविधा उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीको प्रस्तावमा एक साता अघि मन्त्रिपरिषद् बैठकले भीभीआईपी उपचारमा अंकुश लगाउन यस्तो निर्णय गरेको हो । पछिल्लो एक बर्षमा मात्रै भीभीआईपी उपचारमा राज्य कोषबाट ५० …

‘ब्युटी’ बिगार्न एसिड हानेको आक्रमणकारीको बयान (फोटोफिचर र भिडियोसहित)

‘ब्युटी’ बिगार्न एसिड हानेको आक्रमणकारीको बयान (फोटोफिचर र भिडियोसहित) काठमाडौं, चैत ६ : एसीड आक्रमणमा पक्राउ परेका रामेछाप फुलासी–८ निवासी जीवन विकले एसीड प्रहार गरेको स्विकारेका छन्। लामो समयको अनुसन्धान पछि पक्राउ परेका विकले प्रहरीसँगको बयानमा संगीता पुलामी मगर, सीमा बस्नेत र हेमु मुखर्जीलाई एसिड हानेको स्विकारेका हुन्। महानगरीय प्रहरी प्रभागमा शुक्रबार गरिएको सार्वजनिक कार्यक्रममा उनले भारतीय टेलिभिजनबाट प्रभावित भएर केटीको ‘ब्युटी’ बिगार्न एसिड हानेको स्विकारे। [caption id="attachment_4496" align="alignnone" width="720"] आक्रमणकारी जीवन विकको नेपाली नागरिकताको प्रमाणपत्र।[/caption] आक्रमणकारीले आफू ६९ सालदेखि संगितालाई मन पराएको र संगिताले पनि …

आज घोडे जात्रा, बिभिन्न कार्यक्रम गरी मनाईदै (फोटो फिचर)

आज घोडे जात्रा, बिभिन्न कार्यक्रम गरी मनाईदै (फोटो फिचर) काठमाडौं, चैत ६ : काठमाडौ उपत्यकामा आज घोडेजात्रा पर्व मनाईदै छ। हरेक बर्ष चैत्रकृष्ण औंसीका दिन घोडेजात्रा पर्व मनाउने प्रचलन छ। काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ। घोडेजात्राको अवसरमा आज नेपाली सेनाले राजधानीको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दैछ। यसक्रममा नेपाली सेनाले शारीरिक व्यायाम, अश्वकला, मोटरसाइकल खेल र युद्धकला लगाएत प्रदर्शन गर्नेछ। उपत्याकाका नेवार समुदायले भने आजको दिनलाई पिशाच चतुर्दशीका रुपमा भोजभतेर गरेर मनाउने गर्दछन्। यसै अवसरमा ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने …

नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने फ्याकल्टी बोर्डको निर्णय

नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने फ्याकल्टी बोर्डको निर्णय काठमाडौं, चैत ५ : चिकित्साशास्त्र अध्यनन संस्थान आईओएमको फ्याकल्टी बोर्डको बैठकले नयाँ मेडिकल कलेजलाई तत्काल सम्बन्धन नदिने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले आइओएमकै क्षमता नभएको ठहर गर्दै नयाँ कलेजलाई सम्बन्धन दिन नसक्ने बताएको छ । प्रधानमन्त्री कार्यालयले नै सम्बन्धन दिनेबारे प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि त्रिवि उपकुलपतिको कार्यालयले पटक पटक ताकेता गरेको थियो। मनमोहन मेडिकल कलेजसहित चार केजललाई सम्बन्धन दिलाउने प्रयास स्वरुप त्रिविले फ्याकल्टी बोर्डको बैठक बोलाउन आइओएमलाई दबाव दिँदै आएको थियो । चर्को दबावपछि बसेको फ्याकल्टी बोर्डको …

अस्पतालको शैयाबाटै दिए सीमा र संगीताले एसएलसी परीक्षा (भिडियोसहित)

अस्पतालको शैयाबाटै दिए सीमा र संगीताले एसएलसी परीक्षा (भिडियोसहित) काठमाडौं, चैत ५ : एसिड आक्रमणबाट घाईते भएका दुई युवतीले अस्पतालकै शैयाबाट एसएलसी परीक्षा दिएका छन्। एसिड आक्रमणबाट घाइते भएर उपचार गराईरहेकी सीमा बस्नेतले वीर अस्पतालबाट एसएलसी परीक्षामा सहभागी भएकी हुन भने अर्की घाइते संगीता मगर काठमाडौं मेडिकल कलेजबाटै सहयोगीका साथमा एसएलसी परीक्षा लेखेकी हुन्। दुई युवतीले अस्पतालको शैयाबाटै दुखेको घाउँलाई बिर्सदै आज ‘अनिवार्य अंग्रेजी’ को परीक्षा दिएका हुन् । गत फागुन १० गते बिहान ट्यूसन पढ्न गएका यी दुई किशोरीमाथि काठमाडौंको वसन्तपुरमा ट्यूसन सेन्टरमा बसिरहेका बेला एसिड हानिएको थियो। एसीड आक्रमणबाट घाईते …

1 359 360 361 362 363 370