मुख्य समाचार

डिआइजी रमेश खरेलले दिए राजीनामा, यस्तो छ कारण ?

डिआइजी रमेश खरेलले दिए राजीनामा, यस्तो छ कारण ? काठमाडौँ, चैत्र २८ः डिआइजी रमेश खरेलले राजीनामा दिएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नवनियुक्त आइजिपी सर्वेन्द्र खनाललाई बधाई दिँदै प्रहरी सेवाबाट आफूले राजीनामा दिएको घोषणा गरेका छन् । राजीनामा दिएको घोषणा गर्दै उनले फेसबुकमा लेखेका छन्,‘ नवनियुक्त प्रहरी महानिरीक्षकज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै २९ वर्षको सेवा अवधिबाट अलग्गिने निर्णय गर्दछु । साथै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदीबहिनीप्रति आभार व्यक्त गर्न चाहन्छु । जय नेपाल ।’ मंगलबार साँझ बसेको …

तोकियो प्रदेश ४ को मुख्यमन्त्री र मन्त्रीहरुको तलब, हेर्नुहोस् कसको तलब कति ?

तोकियो प्रदेश ४ को मुख्यमन्त्री र मन्त्रीहरुको तलब, हेर्नुहोस् कसको तलब कति ? काठमाडौं, चैत्र २७ः प्रदेश ४ को सोमबारको प्रदेश सभा बैठकले मुख्यमन्त्रीको तलब मासिक ६० हजार ९ सय ७० रुपैयाँ कायम गरेको छ। मन्त्रीहरुको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार रुपैयाँ मासिक पारिश्रमिक तोकिएको छ। सबैलाई आवास, सवारी साधन, सञ्चार सुविधा, अथिति सत्कार लगाएतका सुबिधा थप छन् ।  विधेयक प्रदेशस भाको चैत १२ को प्रदेशसभामा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले पेश गरेका थिए। सोमबारको बैठकमा मन्त्री चुमानले विधेयक निर्णायार्थ प्रस्तुत गरेकोमा ध्वनि मतका आधारमा सर्वसम्मतले पारित भएको हो। विधेयकमा मन्त्री, …

आज काँग्रेसको स्थापना दिवस, देउवाले दिए यस्तो शुभकामना

आज काँग्रेसको स्थापना दिवस, देउवाले दिए यस्तो शुभकामना काठमाडौं, चैत्र २७ः आज काँग्रेसको स्थापना दिवस । आजबाट काँग्रेस ६८ बर्षको भएको हो । चैत्र २७ गते २००७ सालमा काँग्रेसको स्थापना भएको थियो । काँग्रेस सभापति शेरबहादुर देउवाले स्थापना दिवसका अवसरमा शुधकामना दिदै भनेका छन्,‘नेपाली कांग्रेस स्थापना भएको आज ६८ बर्ष पुगेको अवसरमा सबै लोकतन्त्रवादी साथिहरु, नेपाली कांग्रेसका विभिन्न तहमा रहनुभएका मित्रहरु लगायत सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । ’आज चैत २७ गतेकै दिन २००६ सालमा नेपाली राष्टिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भएर नेपाली कांग्रेसको स्थापना भएको थियो । त्यसपछिका विभिन्न …

योगी प्रतिनिधि सभा र फुँयाल राष्ट्रिय सभाको सचिवमा सिफारिश

योगी प्रतिनिधि सभा र फुँयाल राष्ट्रिय सभाको सचिवमा सिफारिश काठमाडौं, चैत्र २६ः संघीय संसद सचिवालयमा दुई सचिव थपिने भएका छन् । सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले एक एक जना सचिव नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन् । प्रतिनिधिसभाको सचिवमा गोपालनाथ योगी र राष्ट्रिय सभामा राजेन्द्र फुयाँलको नाम सिफारिस भएको हो। संविधानको धारा १०६ को १ मा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सभामुखरअध्यक्षको सिफारिसमा सचिव नियुक्तिको व्यवस्था छ। सचिवहरूले संसद बैठक सञ्चालनमा सहजीकरण गर्नेछन्। तर व्यवस्थापनको काम भने गर्न पाउने छैनन्। योगीको नाम विगतमा ओनसरी घर्तीले पनि राष्ट्रपति …

केपी शर्मा ओली बने दोस्रो पटक डाक्टर !

केपी शर्मा ओली बने दोस्रो पटक डाक्टर ! काठमाडौं, चैत्र २५ः भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले विज्ञानमा पीएचडीको मानार्थ उपाधि प्रदान गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयमा आयोजित समारोहमा क्याम्पसका कुलपतिले ओलीलाई डक्टर अफ साइन्सको मानार्थ उपाधि प्रदान गरेको हो । ओलीको यो दोस्रो मानार्थ पीएचडी हो । यसअघि ८ वर्षअघि ओलीलाई काठमाण्डुमै ग्रिनफ्रोर्ड युनिभर्सिटीले मानार्थ पीएचडीको उपाधि दिएको थियो । ओलीसँगै नेता विजयकुमार गच्छदार, कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, …

एकीकृत पार्टीमा कस्तो होला अध्यक्षद्वयको हैसियत ?

एकीकृत पार्टीमा कस्तो होला अध्यक्षद्वयको हैसियत ? काठमाडौं, चैत्र २५ः एकीकृत पार्टीमा केपी ओली र प्रचण्ड दुवै अध्यक्षको हैसियतमा रहने निश्चित भइसकेको छ । दुवै अध्यक्षको जिम्मेवारी मिलाउन पहिलो नम्बरको वरीयता परिवर्तन हुने गरी अन्तरिम विधान बनाइएको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। अन्तरिम विधानसम्बन्धी कार्यदलले बैठकको अध्यक्षता गर्ने अध्यक्ष नै पहिलो नम्बरको नेता हुने गरी विधान प्रतिवेदन बनाएको हो । कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । ‘एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीमा दुई अध्यक्ष रहने, दुवै अध्यक्षले बैठकको आलोपालो अध्यक्षता गर्ने, बैठकको अध्यक्षता जसले गर्छ, त्यतिबेला …

अब समुद्रसम्म नेपालको पहुँचः मोदी, होला त ओलीको सपना साकार ?

अब समुद्रसम्म नेपालको पहुँचः मोदी, होला त ओलीको सपना साकार ? काठमाडौं, चैत्र २४ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अब समुद्रसम्मको पहुँच सहज हुने जिकीर गरेका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले आज भएको औपचारिक भेटमा नेपालका नदी हुँदै समुद्रसम्म सामान ओसारपसार गर्ने विषयमा सहमति भएको उल्लेख गरेका हुन्। ‘सगरमाथाको देश अब सागरससम्म पनि पहुँच हुनेछ,’ मोदीले भने ‘नेपाल अब ल्यान्ड लिंक मात्र होइन वाटर लिंक पनि हुनेछ।’ तीन तहका निर्वाचन सम्पन्न हुनु नेपालका लागि ठूलो उपलब्धी भएको उल्लेख गर्दै यसका लागि नेपाली जनता र सरकारलाई अभिनन्दन गर्न चाहेको …

यातायातमा सिन्डिकेट तोडिदैं, देशभर रुट इजाजत खुला

यातायातमा सिन्डिकेट तोडिदैं, देशभर रुट इजाजत खुला काठमाडौं, चैत्र २४ः यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँगको छलफलपछि रुट इजाजत खुल्ला गर्ने निर्णय भएको हो । यो निर्णयपछि विभागले सबै यातायात कार्यालयहरुमा परिपत्र गरेको छ । कम्पनी वा फर्ममार्फत पन्जीकरण भएर आएका व्यवसायीले मागे अनुसारकै रुट इजाजात वितरण गर्न भन्दै देशभरका यातायात कार्यालयलाई पत्रचार गरिएको विभागका महानिर्देक रुपनारायण भट्टराईले जानकारी दिए । विभागले एक साता अघि मात्रै यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै विभिन्न समितिको सिफारिसमा वितरण हुँदै आएको रुट इजाजत बन्द गरेर …

भारतीय व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

भारतीय व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह काठमाडौं, चैत २३ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ढुक्क भएर लगानी गर्न भारतीय व्यवसायीसँग आग्रह गरेका छन् । आफ्नो सरकारले भ्रष्टाचाररहित प्रशासनको कल्पना गरेकोले भारतीय लगानीकर्तालाई नेपालमा कुनै प्रशासनिक झैझमेला नहुने पनि उनको दाबी छ । तीनदिने राजकीय भ्रमणमा भारतको राजधानी नयाँ दिल्ली पुगेलगत्तै नेपाल तथा भारतका उद्योगी व्यवसायीको संयुक्त छलफलमा प्रधानमन्त्री ओलीले नेपालले दशकौं पछि स्थिर सरकार पाएको भन्दै यसको लाभ लिन भारतीय व्यवसायीलाई आग्रह गरे । भारतीय उद्योगी व्यवसायीका कुरा आफूले ध्यानपूर्वक सुनेको भन्दै उनले लगानी सुरक्षाको …

को को छन् प्रधानमन्त्रीको भारत भम्रण टोलीमा ?

को को छन् प्रधानमन्त्रीको भारत भम्रण टोलीमा ? काठमाडौं, चैत २३ः प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी भारतको राजकीय भ्रमणमा प्रस्थान गरेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमणबाट हुन लागेको हो । काठमाडौँबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहित भ्रमण टोली ५४ हुने सहभागी छन् । नेपाल वायु सेवा निगमको नियमित उडानबाट शुक्रबार बिहान ९ः०० बजे भारत प्रस्थान गरेका प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा …

1 2 3 4 311