मुख्य समाचार

धम्कीले सभासदहरु डराउंदैनन्: गृहमन्त्री बामदेब

धम्कीले सभासदहरु डराउंदैनन्: गृहमन्त्री बामदेब बर्दिया, माघ १९: उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले एमाओवादी लगायतका दलहरुको संविधानसभा वहिष्कार गर्ने दिएको धम्कीले संविधानसभाका सदस्यहरु नडराउने बताएका छन् । आईतबार बर्दियामा कृषि विकास कार्यालको एक कार्यक्रममा बोल्दै गृहमन्त्री गौतमले पहिलो संविधानसभामा नेपाली कांग्रेस र एमालेले स्पष्ट वहुमत नल्याउंदा ठूलो पार्टी एमाओबादीको गल्तीले संविधान जारी नभएको स्पष्ट समेत पार्नुभयो । यस पटक पनि ठूला पार्टीलाई संविधान जारी गर्नबाट असफल वनाउन खेलिएको खेल कुनै हालतमा सफल नहुने गौतमको दावी थियो । संविधानसभा सदस्यहरुको महत्वपूर्ण कार्य संविधान जारी …

राष्ट्रिय लिगमा एपिएफ र मोरङ् भिड्दै

राष्ट्रिय लिगमा एपिएफ र मोरङ् भिड्दै काठमाडौं, माघ १९: रेडबुल राष्ट्रिय लिग अन्तर्गत सोमबार एपिएफ र मोरङ फुटबल क्लब भिड्दै छन् । गत बर्षको डिभिजन लिगमा सुपर सिक्समा प्रवेश गरेको एपिएफले यसपटक पहिलो खेलमा अर्को विभागिय टोली त्रिभुवन आर्मीसंग १–१ को बराबरी खेलेको थियो । पहिलो पटक राष्ट्रिय लिग खेलेको मोरङलाई भने थ्री स्टारले ३–० ले हराएको थियो । ९ टोलीको सहभागिता रहेको लिगमा थ्री स्टार र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लबको समान ६–६ अंक छ । त्यस्तै, आर्मीको ४, जगदम्बा लुम्बिनीको ३ र एपिएफको १ अंक रहेको छ । पुलिससहित झापा, मोरङ र सुदूरपश्चिम अंक विहिन रहेका छन् …

गरिवी निवारण कोषका कार्यकारी निर्देशक आर्थिक अनियमितताको आरोपमा निलम्वित

गरिवी निवारण कोषका कार्यकारी निर्देशक आर्थिक अनियमितताको आरोपमा निलम्वित काठमाडौं, माघ १८ : गरिवि निवारण कोषका कार्यकारी निर्देशक राजवावु श्रेष्ठलाई कोषको रकम हिनामिना गरेको आरोपमा पदबाट निलम्वन गरिएको छ । आईतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारले विनियोजन गरेको र दातृ निकायबाट कोषको नाममा आएको रकम दुरुपयोग भएको ठहर गर्दै श्रेष्ठलाई निलम्वन गर्न सिफारीस गरेको थियो । अख्तियारले सिफारीस गरे लगत्तै कोषका अध्यक्ष समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले श्रेष्ठलाई गरिवी निवारण कोषको कार्यकारी निर्देशकबाट निलम्वन गरेका हुन् ।  ‘अख्तियारले आर्थिक अनियमितता गरेको ठहर गर्दै निलम्वन सिफारीस गरेकोले त्यसको कार्यन्वय …

सहमति विना संविधान बन्दैन : थापा

सहमति विना संविधान बन्दैन : थापा काठमाडौं, माघ १५: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले प्रमुख दलहरुको सहमतिविना संविधान बनाउन सम्भव नभएको बताएका छन् । उनले अघिल्लो हप्ता सत्तारुढ कांग्रेस र एमालेले हटाथमा प्रक्रियामा जाने निर्णय गरेर गल्ति गरेको समेत बताएका छन् । शनिबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संविधानसभाका जेष्ठ सदस्य समेत रहेका थापाले माघ ८ मा संविधान जारी गर्न नसकेकोमा सबैले संयुक्त वक्तव्यमार्फत क्षमायाचना गरेको भए सकरात्मक सन्देश जाने र त्यसले सहमतिको वातावरण बनाउने बताए । ‘माघ ८ मा संविधान नबन्दा आकास नखसेको र धर्ती …

संविधान निर्माणमा सहकार्य चाहिन्छ : प्रधानमन्त्री

संविधान निर्माणमा सहकार्य चाहिन्छ : प्रधानमन्त्री ललितपुर, माघ १७ : प्रधानमन्त्री सुशील कोइरालाले सबै राजनीतिक दलहरुको संयुक्त प्रयासले हासिल गरेका उपलब्धिहरु संस्थागत गर्ने संविधान निर्माणमा सहकार्यको आवश्यकता रहेको बताएका छन् । गणेशमानसिंह स्वास्थ्य सहकारी संस्था लिमिटेडद्वारा स्थापित गणेशमान सिंह मेमोरियल अस्पताल एण्डं रिसर्च सेन्टरको ललितपुर महालक्ष्मीस्थानमा उद्घाटन गर्दै कोेइरालाले यस्तो धारणा राखेका हुन् । ‘सहमति सहकार्य एकता र मेलमिलापका आधारमा नै शान्ति प्रकृया यहाँसम्म आइपुग्यो । हतियार व्यवस्थापन र लडाकू समायोजन जस्ता जटील कामहरु सम्पन्न हुन सके । संविधान निर्माणमा सहकार्य किन हुन …

संघीय समाजवादीका २ नेताले पार्टी छोडे

संघीय समाजवादीका २ नेताले पार्टी छोडे सुनसरी, माघ १६: संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य विनोद राई र धरान उपमहानगरपालिकाका अध्यक्ष अजय राईले पार्टी परित्याग गरेका छन् । शुक्रबार धरानमा पत्रकार सम्मेलन गरी उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् । संघीय समाजवादीमा घिनलाग्दो जातीय राजनीति हावी भएको र त्यस्तो राजनीतिले नेपाली समाजलाई विखन्डन गर्ने भन्दै पार्टी परित्याग गरेको उनीहरुले बताएका छन् । पार्टी अध्यक्ष अशोक राईले पार्टीलाई सबै जातजातिको पार्टी बनाउन छाडेर सीमित समुदायको मात्र पार्टी बनाउन अग्रसर देखिएकाले पार्टीको भविष्य र औचित्य नरहेको महशुस गरेर आफूहरुले पार्टी …

चार दिनको सेनाको खाजा खर्च एक करोड

चार दिनको सेनाको खाजा खर्च एक करोड काठमाडौं:  नेपाली सेनाले सार्क सुरक्षामा खटिए वापत खाजा खर्च मात्रै एक करोड रुपैया निकासा लिएको छ । गत मंसिरमा सम्पन्न दक्षिण एसियाली सहयोग संगठन (सार्क)को सुरक्षार्थ खटिएको सेनाले चार दिनको खाँजा खर्चमा सोकी काममा नेपाल प्रहरीले पाएको भन्दा चार गुणबढि लिएको हो । सबैभन्दा कम संख्यामा सार्क सुरक्षामा खटिएपनि सेनाले अन्य सुरक्षा अंगले भन्दो बढि रकम निकास लिएको छ । अर्थ मन्त्रालयले सेनाले माग गरे अनुसार सुरक्षार्थ खटिएका सेनालाई खाजाका लागि एक करोड ४ लाख १०हजार ७ सय ५० रुपैया गत हप्ता निकासा गरेको छ । अर्थ मन्त्रालयले भैपरी आउने शिर्षकबाट सेनालाई उक्त रकम …

७० हजार घुस लिने सव–ईन्जिनियर अख्तियारको फन्दामा

७० हजार घुस लिने सव–ईन्जिनियर अख्तियारको फन्दामा पाल्पा, माघ १५: जिल्ला विकास समिति पाल्पाका सव–ईन्जिनीयर ईवराज घिमिरे ७० हजार घुस लिदाँलिदै अख्तियारको टोलिद्वारा पक्राउ परेका छन् । जिल्ला भित्र पुल मर्मत सम्बन्धी ठेक्का दिलाई दिने भनी सेवाग्राहीसँग घुस माग गरेको भन्ने सुचनाको आधारमा आयोगको बुटवलस्थित अख्तियारको कार्यालयबाट खटिई गएको टोलीले ७० हजार घुस लिँदा लिँदै सब ईन्जिनियर घिमिरेलाई अख्तियारले प्रक्राउ गरेको हो । घिमिरेलाई बुटबल ट्राफिक चोकस्थित न्यू सुजाता होटलबाट पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ …

एमाओवादीले संसद र संविधानसभाका समिति बहिस्कार गर्ने

एमाओवादीले संसद र संविधानसभाका समिति बहिस्कार गर्ने काठमाडौं, माघ १४: संधिानसभा अध्यक्ष सुवास नेम्वाङसँग क्रुद रहेको एकीकृत नेकपा माओवादीले संविधानसभा र व्यवस्थापिका संसद अन्तरगतका सबै समिति बहिस्कार गर्ने निर्णय गरेको छ । बुधबार विहान बसेको एमओवादी संसदीय दलको बैठकले संसद र संविधानसभा दुवैका समितिहरुको बैठक बहिस्कार गर्ने निर्णय गरेको हो । माओवादीले बहिस्कार घोषणा गरेपछि व्यवस्थापिका संसद अन्तरगतका दुई महत्वपूर्ण समितिहरु सार्बजनिक लेखा समिति र परराष्ट्र तथा श्रम सम्वन्ध समिति अन्तरगतका कामकारवाही प्रभावित हुने भएका छन् । यि दुवै समितिमा एमाओवादीका सभासद् सभापति छन् । लेखा समितिको सभापति जनार्दन …

एमाओवादीको आन्दोलन सम्भव छैन: खनाल

एमाओवादीको आन्दोलन सम्भव छैन: खनाल काठमाडौ, १४ माघः पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले विपक्षीले घोषणा गरेको आन्दोलन अघि बढ्ने नसक्ने दावी गरेका छन् । उनले आन्दोलनलाई जनताले साथ दिएको भए प्रश्नावली समिति गठन भएकै दिनबाट आन्दोलन सुरु हुनु पर्ने बताउदै एमाओवादी नेतृत्वमा आन्दोलन सम्भव नभएको ठोकुवा गरेका हुन । रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कारमा खनालले आन्दोलनको विषयलाई लिएर विपक्षी दलहरु नै असमञ्जसमा रहेको दावी गर्दै विपक्षीले आन्दोलन सुरु गरे जनताले प्रक्रियाको स्वागत विरोधमा गर्दै जुलुस निकाल्ने बताए । ‘विपक्षी दलहरु प्रक्रियामा नआए उनीहरुको …

1 292 293 294 295