मुख्य समाचार

एक व्यक्ति एक पदको नीति सहित नेकपामा ३५ विभागको प्रस्ताव

एक व्यक्ति एक पदको नीति सहित नेकपामा ३५ विभागको प्रस्ताव काठमाडौं, जेठ १४ : नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत बढीमा ३३ देखि ३५ वटा विभाग प्रस्ताव गरिएको छ । पार्टीको नियमावली मस्यौदामा तत्कालिन एमालेले अभ्यास गरेको ढाँचा अनुसार विभागहरु बनाउने प्रस्ताव गरिएको हो । बेदुराम भुसाल र खिमलाल देवकोटाको उपसमितिले तयार पारेको पार्टी सञ्चालन नियमावली महासचिव बिष्णु पौडेल नेतृत्वको समितिमा पेश भएको छ । समितिमा छलफलपछि केही थपघट गर्न पुन भुसाल उपसमितिलाई दिइएको स्रोतले जनाएको छ । उपसमितिले जेठ १८ गते अन्तिम मस्यौदा बुझाउनेछ । नियमावली मस्यौदा गर्न केन्द्रीय सचिवालयले महासचिव पौडेलको संयोजकत्वमा देव …

बर्षमा १०० दिन रोजागारी दिने सरकारको तयारी

बर्षमा १०० दिन रोजागारी दिने सरकारको तयारी काठमाडौं, जेठ १३ : सरकारले आगामी वर्षको बजेटमार्फत इतिहासमै पहिलोपटक बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी दिन सुरु गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा घोषणा गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत विपन्न बेरोजगार नागरिकलाई कम्तिमा एक सय दिनको रोजगारको ग्यारेन्टी गर्ने तयारी गरेको हो । यो कार्यक्रम पहिलो वर्ष प्रदेश ६ र ७ का विपन्न वर्गका नागरिकबाट सुरु गर्ने योजना बनाइएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । उनकाअनुसार अहिले मौसमी कामका लागि भारत जानेहरुलाई लक्षित गर्दै यो कार्यक्रम सुरु हुनेछ । अब सरकारले रोजगारी …

काठमाडौ–डडेलधुराको अत्याधुनिक बसमा बसमा आगलागी

काठमाडौ–डडेलधुराको अत्याधुनिक बसमा बसमा आगलागी डडेलधुरा, जेट १२ : काठमाडौंबाट डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ । शुक्रबार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको बसमा आगलागी भएको हो । ओभरट्याक गर्ने क्रममा बसको अगाडिको चक्कामा लागेको आगो फैलँदा बस पूर्ण रुपमा जलेको छ । अगाडिको चक्काबाट लागेको आगोले केही क्षणमा भयानक रुप लिए पनि यात्रु भने सकुशल छन् । बसमा कति यात्रु थिए भन्नेबारे केही खुलाइएको छैन । गाडीमा भएका यात्रुहरुका समान पनि गाडीसँगै जलेका छन् । दमकल समयमा नपुग्दा गाडी पूर्णरुपमा जलेको बताइएको छ । नेपालमै पहिलोपटक डडेल्धुराको …

विवाहमा ४० ग्रामभन्दा बढि सुन दाईजो दिन नपाईने

विवाहमा ४० ग्रामभन्दा बढि सुन दाईजो दिन नपाईने काठमाडौं, जेठ ११ : विवाहमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने कानून बन्ने भएको छ। गृह मन्त्रालयले तयार पारेको सामाजिक सुधार विधेयकमा दुलाहा पक्षले दुलहीलाई ४० र दुलही पक्षले दुलाहालाई बढीमा २० ग्राम सुन दिन मिल्ने उल्लेख छ। दाइजो, जन्ती र आफूखुसी भोजभतेर गर्दा विभिन्न समस्या भएको भन्दै मन्त्रालयले नयाँ ऐन ल्याउने तयारी गरेको हो। विवाहमा बोलाइएका व्यक्तिले ५ सय रुपैयाँ वा सो बराबरको मात्र उपहार दुलाहा वा दुलहीलाई दिन पाउने विधयेकमा व्यवस्था गरिएको छ। ऐन लागु भएपछि दुलाहा पक्षबाट २५ र दुलही पक्षबाट ३५ जनामात्र जन्ती जान पाउने छन्। विवाह भोजमा २ सय ५० र …

महङगो भाडा लिन थालेपछि नेपालगंजबाट हुने सबै जार्टर उडान बन्द

महङगो भाडा लिन थालेपछि नेपालगंजबाट हुने सबै जार्टर उडान बन्द काठमाडौं, जेठ १० : बाँकेको नेपालगञ्जबाट प्रदेश नम्बर ५, ६ र ७ का पहाडी क्षेत्रमा गरिने चार्टर्ड उडान बिहीबारबाट बन्द भएको छ । चार्टर्ड उडानका नाममा यात्रुबाट चर्को भाडा असुली हुन थालेपछि उडान बन्द गर्ने निर्णय गरिएको नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए । निजी विमानले चार्टर्ड उडानको नाममा दोब्बरभन्दा बढी भाडा असुल्दै आएका थिए । तिवारीका अनुसार अब समान भाडादर कायम गरिएको छ । नयाँ भाडादर पहिलेको सहुलियत दरभन्दा अलिक महँगो र चार्टरभन्दा सस्तो पर्ने छ । यसअघि सातामा एक दिन मात्र सहुलियत उडान हुने गरेको थियो । चार्टर्ड …

यती र बुद्ध विश्वकै महङगो भाडा लिने एयरलाईन्स

यती र बुद्ध विश्वकै महङगो भाडा लिने एयरलाईन्स काठमाडौं, जेठ ९ : नेपालको आन्तरिक उडानतर्फको हवाई भाडा विश्वकै सबैभन्दा महंगो देखिएको छ । मेलबर्नको ग्लोबल ट्राभल सर्च कम्पनी रोमेटुरीओले गरेको एक अध्ययनमा प्रतिकिलोमिटरका हिसाबले नेपालका एयरलाइन्सहरू यति र बुद्धले लिएको भाडा सबैभन्दा महंंगो देखिएको हो । रोमेटुरीओका अनुसार यति एयरलाइन्सले प्रतिकिलोमिटर १.०८ अमेरीकन डलर र बुद्ध एयरले प्रतिकिलोमिटर १.१८ अमेरीकन डलर बराबरको भाडा लिएको छ । विश्वमा सबैभन्दा कम पैसामा उडान गराउने बिमान कम्पनीहरुको सूचीमा भने अष्ट्रेलियाको टाइगर एयर अग्रस्थानमा देखिएको छ । टाइगर एयरले प्रतिकिलोमिटर ०.०६ अमेरिकन डलरमा उडान …

भारतको केरलामा फैलियो ज्यानमारा भाइरसको संक्रमण, नेपालमा कति जोखिम ?

भारतको केरलामा फैलियो ज्यानमारा भाइरसको संक्रमण, नेपालमा कति जोखिम ? काठमाडौं, जेठ ८ : भारतको केरलामा एक भाइरसले मृत्युको जोखिम बढाइरहेको छ । यसको नाम हो निपाह । पछिल्लो दुई हप्तामा केरलाको तटीय शहर कोझिकोडमा एकै परिवारका तीन जनाको मृत्यु भइसकेको छ भने अरु धेरै यसबाट पीडित छन् । त्यसको कारण यही भाइरस भनिएको छ । एनडीटीभीका अनुसार राज्यका स्वास्थ्यमन्त्री केके शायलजाले भने यस भाइरसको प्रकृति पूर्णरुपमा पत्ता लागिनसकेको बताएका थिए । उनका अनुसार मृतकको बिरामीको पछाडि कुन भाइरस छ, यो अझै रहस्यमै छ । मृतकको रगत लगायतका नमूना परीक्षणका लागि पुणेस्थित नेशनल वायरोलोजी इन्सटिच्युटमा पठाइएको छ । तर, मृतकका छिमेकीहरुले स्वास्थ्य …

विप्लव माओवादीका सात नेतालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

विप्लव माओवादीका सात नेतालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश काठमाडौं, जेठ ७ : सर्वोच्च अदालतले अमर झाँक्रीसहित विप्लव समूहका सात नेतालाई थुनामुक्त गर्न आदेश दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसंध्यामा २५ वैशाखमा पक्राउ परेका उनीहरुविरुद्ध केही सार्वजनिक अपराधको मुद्दा चलाइएको छ । तर, ३५ दिनभित्र थुनामा राखेर अनुसन्धान गर्न आदेश दिँदा म्याद थप गर्नु पर्ने औचित्य पुष्टि हुने वस्तुनिष्ठ आधार कारण उल्लेख नभएको सर्वोच्चको ठहर छ । न्यायाधीश ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको इजलासले ‘मनासिव माफिकको कारण र औचित्य पुष्टि नगरी स्वेच्छाचारी रुपमा अनुसन्धानका लागि भनि म्याद थप गरी …

मुख्यमन्त्रीको भ्रमण रोक्नु मेधस विरोधी काम : यादव

मुख्यमन्त्रीको भ्रमण रोक्नु मेधस विरोधी काम : यादव काठमाडौं, जेठ ७ : संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएकोमा आपत्ति जनाएको छ । वीरगञ्जमा सोमबार पत्रकार सम्मेलन गरेर फोरम नेपाल पर्साका अध्यक्षसमेत रहेका सांसद यादवले भ्रमणमा रोक लगाउनु मधेस विरोधी काम भएको बताए । प्रेस फोरम पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद् यादवले प्रदेश नम्बर २ लाई कसरी कमजोर बनाउने भनेर संघीय सरकार लागेको अरोपसमेत लगाए । ‘प्रदेश नम्बर २ लाई कसरी कमजोर बनाउने भन्नेमा लागेका छन् । मुख्य मन्त्रीको अमेरिका भ्रमण रद्द गर्ने काम निन्दनीय हो …

एमाले छान्यो ४२ जना केन्द्रीय सदस्यको नाम (सुची सहित)

एमाले छान्यो ४२ जना केन्द्रीय सदस्यको नाम (सुची सहित) काठमाडौं, जेठ ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीमा तत्कालीन नेकपा ९एमाले० तर्फबाट ४२ जना थप सदस्यको नाम टुंगो लागेको छ। नेकपाका अध्यक्ष केपी शर्मा ओली र सचिवालय सदस्य माधवकुमार नेपालले थप केन्द्रीय सदस्यको नाम टुंगो लगाएको बुझिएको छ। केन्द्रीय सदस्यमा टुंगो लागेकामा खगराज अधिकारी, गोकुल बाँस्कोटा, महेश बस्नेत, विष्णु रिजाल, नरुलाल चौधरी, डोरमणि पौडेल, तीलकुमार मेन्याङ्बो, राजेन्द्र गौतम, आनन्द पोखरेल, कैलाश ढुंगेल, गुरुप्रसाद बराल, युवराज खतिवडा, बलराम बाँस्कोटा, केशवलाल श्रेष्ठ, रामेश्वर फुयाँल, कृष्ण राई, बसन्त मानन्धर र नीरज आचार्य …

1 2 3 4 5 316