राजनीति

अनुगमनमा अर्बौ खर्च, उपलब्धि शुन्य !

अनुगमनमा अर्बौ खर्च, उपलब्धि शुन्य ! काठमाडौं, भदौं २ः गत साउन २८ गते प्रधानमन्त्री शेरबहादुर देउवा मुलुकको लाईफ लाईन सडकका रुपमा रहेको नारायणगढ मुग्लिन सडकखण्डको अनुगमनमा निस्के । उनले उक्त खण्डको २० किलोमिटर सडकको अवलोन गरेपछि आयोजना प्रमुख तथा ठेकेदारलाई निर्देशन दिए, तपाईँहरुले यो सडकमा कुनै खालको ढिलासुस्ती गर्नुभयो भने त्यो सहन सकिँदैन। कामको गति तीव्र बनाएरु जतिसक्दो छिटो यो सडक निर्माण पुरा गर्नुहोस्।’ यो खबर आजको नागरिकमा छ ।  प्रधानमन्त्रीको मुग्लिन कडक खण्डको अनगममा गएको एक महिनाअघि असार १३ गते संसदको विकास समितका सभापति रवीन्द्र अधिकारीसहितको टोली सोही सडक खण्डको स्थलगत अनुगमन …

सांसदहरुको मागः भ्रष्टाचारीले पनि तीन वर्षमा निर्वाचन लड्न पाउनुपर्छ

सांसदहरुको मागः भ्रष्टाचारीले पनि तीन वर्षमा निर्वाचन लड्न पाउनुपर्छ काठमाडौं, भदौं २ः सांसदहरूले भ्रष्टाचार र नैतिक आचरणमा कारबाहीमा परेका व्यक्तिले तीन वर्षमै निर्वाचनमा उम्मेदवारी दिन पाउनुपर्ने माग गरेका छन् । भ्रष्टाचार, जबर्जस्ती करणी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोगलगायत अभियोगमा कारबाहीमा परेका व्यक्तिले ६ वर्षसम्म निर्वाचन लड्न नपाउने व्यवस्था कानुनमा छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि परेका संशोधन प्रस्तावमा व्यवस्था गर्न प्रस्ताव गरिएको छ । तर, सांसदहरूले सो व्यवस्था घटाई तीन वर्षमा झार्न माग गरेका हुन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ । विधेयकमाथिको दफावार …

चीनसँग ठोस प्रस्ताव राख्न चुक्यो नेपाल, नेपालले किन ‘मिस’ गर्‍यो यस्तो अवसर ?

चीनसँग ठोस प्रस्ताव राख्न चुक्यो नेपाल, नेपालले किन ‘मिस’ गर्‍यो यस्तो अवसर ? काठमाडौं, भदौं २ः चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपाल भ्रमण पूरा गरी बिहीबार फर्केका छन् । यो पछिल्लो ६ वर्षमा चीनबाट नेपालमा भएको उच्चस्तरीय भ्रमण हो । तत्कालीन चिनियाँ प्रधानमन्त्रीले सन् २०१२ जनवरीमा संक्षिप्त भ्रमण गरेयता उच्च तहको भ्रमण हुन सकेको थिएन । चीनबाट भएको उच्च तहको भ्रमणलाई सरकारले महत्व दिए पनि तत्काल हेर्दा नेपाललाई उपलब्धि भने शून्यप्रायः देखिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । ब्रेक थ्रुु हुन सकेन वाङको भ्रमणअघि सरकारका तर्फबाट पर्याप्त तयारी नहुँदा के एजेन्डा पेस गर्ने भन्नेमा अन्योल देखिएका कारण पुरानै विषयले प्रवेश पाए । तर, …

लोकतन्त्र जोगाउन संविधान मिचेको पूर्वराष्ट्रपति यादवको खुलासा

लोकतन्त्र जोगाउन संविधान मिचेको पूर्वराष्ट्रपति यादवको खुलासा काठमाडौं, भदौ २ः प्रथम राष्ट्रपति डा.रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र जोगाउन आफूले अन्तरिम संविधान मिचेको स्वीकार गरेका छन् । गणतन्त्र स्थापनापछि राष्ट्राध्यक्षका रूपमा सात वर्ष शीतल निवासमा बिताएका यादवले निवृत्त भएको झन्डै दुई वर्षपछि यस्तो स्वीकार गरे । लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि मैले संविधानलाई (इन्क्रोच) हस्तक्षेप गरेकै हुँ। मैले त्यो नगरेको भए देशको राजनीतिक कोर्स नै अलग बाटोमा जान्थ्यो, उनले दाबीका साथ भने, तर, त्यो बुझेर गरिएको निर्णय थियो । किनभने, देशमा दुईवटा सेना थिए । सेनालाई कार्यकारी प्रधानमन्त्रीले चलाउने संवैधानिक …

आउँदो ५ गते संविधान संशोधन विधेयक पारित : प्रचण्ड

आउँदो ५ गते संविधान संशोधन विधेयक पारित : प्रचण्ड धनुषा, भदौ १ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ नं प्रदेशमा बाढीका कारण निकै नै क्षति भएकाले सबै दलले संकल्प लिई राहत र उद्धारमा जुट्न आह्वान गरेका छन् । आज धनुषाको मिथिलेश्वर मौवाहीमा हुन लागेको शहीद चन्देश्वर मण्डलको स्मृति दिवसका अवसरमा शालिक अनावरण कार्यक्रममा सहभागी हुन आएका पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै यस्तो समयमा कुनै पनि दलले प्रतिपक्षीको भूमिका निर्वाह नगरी सबै मिलेर बाढीपीडितको उद्धारमा लाग्नुपर्नेमा जोड दिए ।  बुधबार बसेको सर्वदलीय बैठकमा पनि …

प्रधानमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण, सरकारले सक्दो चाँडो क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता

प्रधानमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण, सरकारले सक्दो चाँडो क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता बर्दिया, भदौं १ः प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बाढी प्रभावित क्षेत्रको आज हवाई तथा स्थलगत निरीक्षण गरेका छन् । गुलरिया नगरपालिका–८ स्थित गोलपार्कमा बाढी विस्थापितसँग भेटघाट गर्दै प्रधानमन्त्री देउवाले सरकारले सक्दो चाँडो क्षतिपूर्ति उपलब्ध गराउने बताए । उनले बाढी पीडितलाई राहत उपलब्ध गराउन सरकार लागिपरेको पनि बताए ।  बाढीबाट अत्यधिक धनजनको क्षति भएकामा प्रधानमन्त्री देउवाले दुःख व्यक्त गरे । तत्काल क्षति अनुसारको सहयोग गर्न नसके पनि बाढी पीडितलाई औषधि उपचार, बिचल्लीमा परेकालाई लत्ताकपडा तथा खाद्यान्न उपलब्ध गराउने उनले आश्वासन थियो …

बाढी पहिरोबाट ज्यान गुमाएकाका परिवारलाई ५ लाख क्षतिपूर्ति

बाढी पहिरोबाट ज्यान गुमाएकाका परिवारलाई ५ लाख क्षतिपूर्ति काठमाडौं, भदौ १ः संसदको अर्थ समितिले बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबारको बैठकले बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको हो । बैठकले बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत वितरणमा ढिलाई नगर्न पनि सरकारलाई निर्देशन दिएको समितिका सभापति प्रकाश ज्वालाले जानकारी दिए । बैठकमा समितिका सदस्यले राहत वितरणमा हुन सक्ने अनियमितता र ढिलाईमा सजग रहन सरकारको ध्यानाकर्षण गराएका थिए । यस्तै भारतीय बाँधका कारण आउँदा दिनमा डुबानको …

‘अकुत’ कारबाहीमा अख्तियार असफल

‘अकुत’ कारबाहीमा अख्तियार असफल काठमाडौं, भदौ १ः भ्रष्टाचार कानुनमा राष्ट्रसेवकलाई सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने कडा व्यवस्था गरिए पनि अकुत (गैरकानुनी) सम्पत्ति पत्ता लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन झण्डै असफलजस्तै भएका छन् । सर्वोच्च अदालतबाट बर्खास्तगीमा परेका अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको करिब चारवर्षे कार्यकालमा अकुत सम्पत्तिमा १७ कर्मचारी र दुई राजनीतिकर्मीमाथि छानबिन भएको छ । अकुतको कारबाहीका लागि अख्तियारले राजनीतिक तहमा हात हाल्न असफल भएको छ । कार्की प्रमुख बनेपछि अख्तियारले पूर्वराज्यमन्त्री सञ्जयकुमार शाहविरुद्ध …

संशोधनको प्रस्तावलाई व्यवस्थापिका संसद्मा प्रस्तुत गर्ने सहमति, एमालेले संसद् अवरोध नगर्ने

संशोधनको प्रस्तावलाई व्यवस्थापिका संसद्मा प्रस्तुत गर्ने सहमति, एमालेले संसद् अवरोध नगर्ने काठमाडौ, भदौ १ः संविधान संशोधनको प्रस्तावलाई व्यवस्थापिका संसद्मा प्रस्तुत गर्ने सर्वदलीय सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति भएलगत्तै संशोधन प्रस्ताव संसद्मा प्रस्तुत भएको छ । बैठकमा नेकपा एमालेले सदनमा संशोधन प्रस्ताव प्रस्तुत गर्दा कुनै बाधा अवरोध नगर्ने सहमति गरेको थियो । बैठकमा सहभागी नेताहरू दिएको जानकारीअनुसार एमालेले प्रस्तावको पक्ष वा विपक्ष कहाँ मत दिने भने यकिन गरेको छैन । बैठकमा प्रधानमन्त्री देउवाले बाढीपीडितको उद्धार र राहत, संविधान संशोधनका साथै प्रदेशसभा र …

संविधान संशोधनमा सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

संविधान संशोधनमा सहयोग गर्न प्रधानमन्त्रीको आग्रह काठमाडौँ, भदौं १ः प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा आज प्रस्तुत भएको संविधान संशोधन प्रस्तावमा सहयोग गर्न संसद्मा प्रतिनिधित्व गर्ने दललाई आग्रह गरेका छन् । बुधबार प्रधानमन्त्रीको बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले संविधान संशोधनमा सहयोग गर्न सबै दललाई आग्रह गरेका हुन् । बैठकमा संशोधनको पक्ष र विपक्षमा दलले आआफ्नो धारणा राखेका थिए । बैठकमा प्रधानमन्त्रीले बाढीपीडितको राहत तथा उद्धारमा सरकारले गरिरहेको प्रयासबारे जानकारी गराउँदै त्यसमा सबै दलको समन्वय आवश्यक रहेको बताए । बैठक संविधान संशोधन, बाढीपीडितको उद्धार तथा राहत र केन्द्र तथा …

1 2 3 836