राजनीति

एमाले घुडा टेकेर कांग्रेसको एजेण्डामा आएको छः प्रधानमन्त्री

एमाले घुडा टेकेर कांग्रेसको एजेण्डामा आएको छः प्रधानमन्त्री काठमाडौं, फागुन १४ : प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले संविधान निर्माण लगायतका प्रक्रियामा कांग्रेसकै एजेण्डामा एमाले लगायतका दलहरु पनि आएको भन्दै ‘एमालेको होईन, कांग्रेसको पुच्छर एमाले’ भएको बताएका छन् । आफुमाथि लागेको संविधान ल्याउन नसकेको र एमालेको छायाँमा परेको भन्ने अरोपको खण्डन गर्दै बुधबारको केन्द्रीय समिति बैठकमा यस्तो जवाफ दिएका हुन । कोइरालाले एमाले कांग्रेसको एजेण्डामा घुडा टेकेर आएको र केही दिनभित्र एमाओवादी लगायतका दलहरु पनि आउने दावी गरेका थिए । ‘एमाले संविधानका एजेण्डामा हाम्रो पुच्छर भएर आएको छ’ प्रधानमन्त्री …

संघीयता विवाद स्थानीय जनमत संग्रहमा लैजाने प्रस्ताव

संघीयता विवाद स्थानीय जनमत संग्रहमा लैजाने प्रस्ताव काठमाडौं, फागुन १३ : कांग्रेसमा संविधान निर्माणमा सबैभन्दा बढि विवादको रुपमा देखिएको संघियताको सिमांकनको विवाद जुन जुन क्षेत्रमा छ सोही क्षेत्रमा जनमत संग्रह गरेर टुंगाउनु पर्ने धारणा आएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश शिर्ष नेताहरुले संघीयताका बारेमा विभिन्न जिल्लाहरुमा देखिएको विवाद सोही क्षेत्रमा मात्रै आवधिक जनमत संग्रह गरेर टुंगाउनु उपयुक्त विकल्प हुने धारणा अघि सारेका हुन् । कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले पूर्व र पश्चिमका केही जिल्लाहरु फुटाउने वा कुन प्रदेशमा राख्ने भन्ने विषयमा …

कानुनी कारवाही हुने चेतावनी, गृह मन्त्रालय

कानुनी कारवाही हुने चेतावनी, गृह मन्त्रालय काठमाडौं, फागुन १३ : गृह मन्त्रालयले एमाओवादीको ३० दलीय मोर्चाको जुुलुसमा लाठी प्रयोग भएकोमा ध्यानाकर्षण भएको जनाएको छ । यसले जनता आतंकित भएको भन्दै मन्त्रालयले कानुनी कारवाणी गर्ने चेतावनी समेत दिएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ जनप्रदर्शनको नाममा कानून हातमा लिई जनजीवन आतंकित गर्ने कार्य गैर कानुनी भएको हुँदा यस्ता गतिविधि नगर्न नगराउन सबैमा गृह मन्त्रालय अपील गर्दछ । यस्तो गैरकानुनी क्रियाकलाम गरेका, संलग्न भएको पाईएमा कानून बमोजिम कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । एमाओवादीको युवा संगठन बाइसीएले हिजो मंगलबार गरेको …

माओवादी र राजसंस्था उस्तै हुन् : ओली

माओवादी र राजसंस्था उस्तै हुन् : ओली काठमाडौं, फागुन १३ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकीकृत माओवादी बैचारिक र रणनीतिक हिसावले समाप्त हुन लागेको दावी गरेका छन्। बुधबार नेपाल युवा संघको प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो अभिव्यक्ति र माओवादीको पछिल्लो गतिविधिको तुलना गर्दै ‘अवसान हुने बेलाको आक्रोश’ भएको दावी गरेका हुन्। ‘राजसंस्था र एमाओवादी दुवै अन्त्य हुने बेलामा छटपटाई रहेका छन्’ ओलीले भने। पूर्वराजाले धोका भयो भनेको प्रति संकेत गर्दै उनले भने‘हामीले राजतन्त्र उखेलेरै फालिदियौ राजालाई धोका हुनु स्वभाविक हो।’ माओवादीले लाठी जुलुस र मसाल …

वाइसीएलद्वारा राजधानीमा लाठीसहित मार्चपास (फोटोफिचर सहित)

वाइसीएलद्वारा राजधानीमा लाठीसहित मार्चपास (फोटोफिचर सहित) काठमाडौं, फागुन १२ : एकीकृत माओवादीको युवा संगठन वाइसीएलले मंगलबार अपरान्ह राजधानीमा लाठीसहिच मार्च पास गरेको छ। फागुन १६ गते हुने विरोध प्रदर्शनको तयारीका लागि एकीकृत माओवादीले युवा संगठनलाई मंगलबार राजधानीमा मार्चपासका लागि उतारेको हो। भृकुटीमण्डपबाट सुरु भएको मार्चपास, सहिदगेट, न्यूरोड, रत्नपार्क पुतलीसडक हुंदै पुनः रत्नपार्क पुगेर समापन भएको थियो। यथास्थिति र प्रतिगमन बिरुद्ध संघर्ष गरौं, पहिचान र अधिकारसहितको संघीय संविधान निर्माण गरौं भन्ने नारासहित मार्चपास गरिएको माओवादीले जनाएको छ। सहमतिका आधारमा संविधान निर्माण गर्नका लागि सत्ता …

सत्तारुढ दलका नेता शान्ति प्रक्रिया बिरोधी रहेको भट्टराईको आरोप

सत्तारुढ दलका नेता शान्ति प्रक्रिया बिरोधी रहेको भट्टराईको आरोप काठमाडौं, फागुन १२ : एमाओवादीका नेता डा.बाबुराम भट्टराईले सत्तारुढ दलका शीर्ष नेताहरुको प्रवृत्तिका कारण देशमा द्वन्द्वको खतरा बढ्दै गएको बताएका छन् । मंगलबार नवलपरासीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता भट्टराईले सत्तारुढ दलका नेता शान्ति प्रक्रिया बिरोधी रहेको गम्भीर आरोप लगाए । फागुन १६ को आन्दोलनपछि देशमा नयाँ तरङग आउने र नयाँ चिज बन्ने उनले जिकिर गरे । सहरका जनताले आन्दोलन बिर्सेका छन् तर जातीय, क्षेत्रीय, उत्पीडित वर्ग शान्तिपूर्ण आन्दोलनको पक्षमै रहेको उनको भनाई थियो …

राजेन्द्र क्षेत्रीलाई रथीमा बढुवा

राजेन्द्र क्षेत्रीलाई रथीमा बढुवा काठमाडौं, फागुन १२ : मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नेपाली सेनाका उपरथी राजेन्द्र क्षेत्रीलाई रथीमा बढुवा गरेको छ। बढुवासँगै क्षेत्रीको प्रधानसेनापति बन्ने बाटो समेत खुलेको छ। उनीभन्दा बरिष्ठ बलाध्यक्ष रथी प्रदीप विक्रम राणाले जेठ २५ गते अवकास पाउने भएपछि क्षेत्रीलाई प्रधानसेनापति बन्ने बाटो समेत खुलेको हो। प्रधानसेनापति गौरव शमसेर जबराले भदौ २२ गते अवकास पाउंदैछन्। बैठकले प्राविधिक उपरथी योगेन्द्र बहादुर खाँडलाई पनि बढुवा गरि विकास निर्माण स्थापित निर्देशनालयमा पदस्थापन गरेको छ । यस्तै, बैठकले राष्ट्रबैंकका गर्भनर छनोटका लागि …

निर्वाचनमा अन्तरघातको अरोप लागेका सुजातासहित दुई सयको कारवाही फुकुवा

निर्वाचनमा अन्तरघातको अरोप लागेका सुजातासहित दुई सयको कारवाही फुकुवा काठमाडौं, फागुन ११ः कांग्रेसले अनुशासनको कारवाहीमा परेकी केन्द्रीय सदस्य सुजाता कोइरालाको कारवाही फुकुवा गरेको छ । कारवाही गर्ने÷नगर्ने विषयमा देखिएको विवादकाबीच केन्द्रीय समिति बैठकले सोमबार कारवाहीको फिर्ता लिदै उनीहरुको क्रियाशिल सदस्यता समेत नियमित हुने निर्णय गरेको हो । ‘संविधानसभाको दोस्रो निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध वागी उम्मेदवारी दिएका व्यक्ति र निजका प्रस्तावक, समर्थक बाहेकका पार्टीका पुनरावेदक सदस्यहरुको हकमा बाँकी रहेको सजायजन्य पार्टीको पदीय जिम्मेवारी र दायित्व अनुसार काम कारवाही गर्न नपाउने गरी लगाइएको प्रतिवन्ध र …

सरकार कमजोर भएको भन्दै राष्ट्रिय सरकार गठनको माग

सरकार कमजोर भएको भन्दै राष्ट्रिय सरकार गठनको माग काठमाडौं, फागुन ११ : कांग्रेसमा बहुमतिय प्रक्रियाबाट संविधान जारी गर्न नसकिने भन्दै अधिकांश सदस्यहरुले सहमतिमा संविधान जारी गर्न राष्ट्रिय सरकार गठनको ढोका खोल्न माग गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकमा नेताहरुले सहमतिबाट संविधान जारी गर्न आन्दोलनरत दलहरुको समेत सहभागितामा राष्ट्रिय सरकार गठनको माग गरेका हुन् । ‘सहमतिमा संविधान जारी गर्न राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्छ’ केन्द्रीय सदस्य बालकृष्ण खाँडले बैठकमा भने, ‘सके हाम्रै पार्टी सभापति न भए जसको नाममा सहमति हुन्छ उसैको नेतृत्वमा सरकार बनाउनु पर्छ …

प्रक्रियाको खारेज नभएसम्म सहमति हुँदैन्: भट्टराई

प्रक्रियाको खारेज नभएसम्म सहमति हुँदैन्: भट्टराई जाजरकोट, फागुन ११ : एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराईले आफू वार्ता विरोधी नभएको बताएका छन् । सोमबार जाजरकोटको सदरमुकाम खलंगामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले एनेकपा माओवादी नेतृत्वको मोर्चाका अरु नेताहरुले सहमति गर्न खोजेको तर बाबुरामले हुन नदिएको भन्ने कुराको खण्डन गरेका हुन् । कांग्रेस एमालेले संविधानसभालाई अपहरण गरेको आरोप लगाउदै उनले भने ‘संविधान सभाको मुद्दा उठाउदा हाम्रो टाउकोको मूल्य ५० लाख तोक्ने कांग्रेस एमालेले अहिले संविधानसभा अपहरण गरेका छन् ।’ माघ ११ गते संविधानसभाको नियम र विधि मिची प्रक्रिया अगाडि बढाएर …

1 1,005 1,006 1,007 1,008 1,009 1,016