राजनीति

संविधान जारी गर्ने दायित्वबाट सरकार कुनै पनि हालतमा बिचलित हुँदैन् : कोइराला

संविधान जारी गर्ने दायित्वबाट सरकार कुनै पनि हालतमा बिचलित हुँदैन् : कोइराला काठमाडौं, फागुन ८ : प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी गर्ने दायित्वबाट कुनै पनि हालतमा सरकार विचलित नहुने प्रष्ट पारेका छन् । विश्व शान्ति महासङघ नेपालले शुक्रबार आयोजना गरेका दक्षिण एसियाली शान्ति सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले आफूहरु राष्ट्रिय एकता र विश्व प्रचलित प्रजातान्त्रिक मूल्य मान्यता अनुरुप अधिकतम् लचक भएर समावेशी प्रजातन्त्रलाई संस्थागत गर्न अग्रसर रहेको बताए । शान्तिका दूत गौतम बुद्ध जन्मेको मुलुक नेपालले सबै राष्ट्रलाई अहिंसा र शान्तिको मार्गमा प्रेरित गर्नुपर्ने समेत कोइरालाले बताए । दक्षिण एसियाका …

सरकारले एक बर्षे उपलब्धी सार्बजनिक

सरकारले एक बर्षे उपलब्धी सार्बजनिक काठमाडौ, फागुन ८ : सुशील कोइराला नेतृत्वको सरकारले आज एक बर्षे उपलब्धी सार्वजनिक गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पत्रकार सम्मेलन मार्फत सरकारले एक बर्षको कामको समिक्षा सहित प्रतिबेदन सार्वजनिक गर्न लागेको हो। आज साढे ३ बजे सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले सरकारको उपलब्धी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्न लागेको बताईएको छ। द्रोस्रो संबिधानसभामा सबैभन्दा बढी मत ल्याएको कांग्रेसले द्रोस्रो ठूलो दल एमालेसँग मिलेर अघिल्लो २०७० माघ २७ गते सरकार गठन गरेको थियो। उपलव्धिको पूर्ण प्रतिवेदनका लागि …

केन्द्रीय सदस्य मनोनयन र कार्यविभाजनमा ओली र नेपाल पक्षबीच तिव्र मतभेद

केन्द्रीय सदस्य मनोनयन र कार्यविभाजनमा ओली र नेपाल पक्षबीच तिव्र मतभेद काठमाडौं, फागुन ८ : एमालेमा केन्द्रीय सदस्य मनोनयन र कार्य विभाजनमा तिव्र मतभेद बढेपछि स्थायी समितिको बैठक समेत बस्न सकेको छैन । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको मतभेदका कारण बुधबार बस्ने भनिएको स्थायी समिति बैठक स्थगित गरिएको थियो । एमाले केन्द्रीय कमिटिमा १० पूर्ण र ५ वैकल्पिक गरी १५ सदस्य मनोनयन हुन बाँकी छ । मनोनयनको तयारी गर्दा नेतापिच्छे सदस्यहरुको लिष्ट फरक फरक आउन थालेपछि मनोयन गर्न हम्मे हम्मे परेको हो । अध्यक्ष ओलीले देवराज घिमिरे, घनेन्द्र बस्नेत, केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ र सुमनराज प्याकुरेललाई केन्द्रीय सदस्य …

ज्ञानेन्द्रले किन दिए दलका नेताहरुलाई सहमति कार्यन्वयनको चुनौती ?

ज्ञानेन्द्रले किन दिए दलका नेताहरुलाई सहमति कार्यन्वयनको चुनौती ? काठमाडौं, फागुन ७ : नारायणहिटि दरबारबाट बहिर्गमन भएको ६ बर्षपछि पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसर पारेर दिएको सन्देश मार्फत आफुसँग दलहरुले गरेको पूर्वसहमति सम्झाएका छन् । उनी गद्दिबाट हटेपछि पनि पूर्वराजाको हैसियतमा सधै फागुन छ गते विज्ञप्ति मार्फत प्रजातन्त्र दिवशको शुभकामना व्यक्त गर्थे । तर यसअघिका भन्दा बुधबार उनले जारी गरेको शुभ कामना सन्देश आक्रमक मात्रै होईन दलहरुको इमान्दारीतामा समेत प्रश्न गरेर आएको छ । आखिर पाँच बर्षसम्म चुपचाप बस्दै आएका पूर्व राजा ज्ञानेन्द्र अहिले किन आफ्नो ‘स्पेस’ खोज्दैछन् ? पछिल्लो समयमा उदाएका नयाँ …

‘गणेशमान बलिदान अभियान’ सुरु

‘गणेशमान बलिदान अभियान’ सुरु काठमाडौ, फागुन ७ : नेपाली कांग्रेसका सर्वमान्य नेता स्वर्गीय गणेशमान सिंहको जन्मशताब्दीका अवसरमा ‘गणेशमान बलिदान अभियान’ बिहिबारबाट शुरु भएको छ। केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजना भएको अभियान बिहिबार (फागुन ७) गतेदेखि सुरु भई चैत २६ गते समापन हुनेछ। सिंहले नेपाली राजनीतिमा देखाउनुभएको त्याग र साहसलाई जनतासामु स्थापित गराउन अभियान सञ्चालन गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । अभियान पहिलो चरणमा फागुन ७ गते काठमाडौबाट शुरु भई फागुन २३ गते भैरहवामा समापन हुनेछ । पहिलो चरणको समाप्ति पछि द्रोस्रो चरणको कार्यक्रम हुने प्रतिष्ठानले …

देशभर बिभिन्न कार्यक्रम गरि मनाईदै (फोटोफिचर सहित)

देशभर बिभिन्न कार्यक्रम गरि मनाईदै (फोटोफिचर सहित) काठमाडौं, फागुन ७ : आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवश। २००७ साल तथा आजकै दिन एक सय चार वर्ष लामो जहानियाँ राणा शासनको अन्त्य भई मुलुकमा प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा भब्यताका साथ यो दिवस मनाईदै छ। प्रजातन्त्र दिवसको अवसरमा आज टुंडिखेलस्थित सैनिक मञ्च लगाएत देशभर विशेष समारोह आयोजना गरिदैछ भने शुक्रबार परिसम्वाद, चित्रकला लगायतका कार्यक्रमको आयोजना गरिएको छ। सरकारले प्रजातन्त्र दिवसका दिन आज सार्वजनिक बिदा दिएको छ। बिक्रम सम्वत २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापनाको घोषणा भएकाले सोही दिनको सम्झनामा हरेक …

सहमति कार्यान्वयन गर्न दलहरुसँग पूर्व राजा ज्ञानेन्द्रको माग

सहमति कार्यान्वयन गर्न दलहरुसँग पूर्व राजा ज्ञानेन्द्रको माग काठमाडौं, फागुन ७ : पूर्व राजा ज्ञानेन्द्र शाहले आफुले ९ वर्षअघि प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन राजनीतिक दलहरुसँग सहमति गरेको खुलासा गर्दै उक्त सहमति कार्यान्वयन गर्न माग गरेका छन्। ६५ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार शुभकामना सन्देश मार्फत उनले यस्तो खुलासा गरेका हुन्। यद्यपी उनले सहमतिको खुलासा गरेपनि दलहरुसंग भएको सहमतिका सम्बन्धमा भने केही पनि खुलाएका छैनन्। शाहले राजनीतिक दलहरुलाई आपसी सहमति र समझदारीमा अघि बढ्न आग्रह गर्दै राज्य संचालनका लागि आपसी समझदारी र अनुभवयुक्त प्रयत्न हुनुपर्ने बताएका छन्। सन्देश मा उल्लेख …

कांग्रेसको महाधिवेशन भद्रौ २४ देखि २८ सम्म काठमाडौंमा

कांग्रेसको महाधिवेशन भद्रौ २४ देखि २८ सम्म काठमाडौंमा काठमाडौं, फागुन ७ : कांग्रेसले भदौ अन्तिम साता पार्टीको तेह्रौ महाधिवेशन गर्ने भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यसमिति बैठकले भदौ २४ देखि २८ सम्म काठमाडौं महाधिवेशन गर्ने निर्णय गरेको छ । ‘भदौ अन्तिम साता महाधिवेशन गर्नेगरी महाधिवेशन कार्यतालिका पारित गरेको छ’ बैठकपछि प्रवक्ता दिलेन्द्रप्रसाद बढुले भने । महाधिवेशनका लागि साउन २६ गते एकै दिन पचहत्तरै जिल्लाको महाधिवेशनको मिति तोकिएको छ । साउन २२ गते २ सय ४० वटै निर्वाचन क्षेत्रको अधिवेशन पनि एकै दिन तोकेको छ । ‘जिल्ला, क्षेत्र, नगर र गाउँको अधिवेशन फरक फरक मितिमा एकै दिन …

कांग्रेस केन्द्रीय समिति बैठक बालुवाटारमा शुरु

कांग्रेस केन्द्रीय समिति बैठक बालुवाटारमा शुरु काठमाडौं, फागुन ६ : कांगेस केन्द्रीय समितिको बैठक बालुवाटारमा शुरु भएको छ। आगामी १३ औं महाधिवेशनको मिति टुंगो लगाउन प्रधानमन्त्री निबास बालुवाटारमा बैठक शुरु भएको हो। बैठकमा महाधिवेशनको तालिका तथा तयारीका बारेमा विस्तृत छलफल हुने बताएको छ। कांगेसको १३ औं महाधिवेशन आगामी भदौंमा सम्पन्न गर्ने गरी प्रस्ताव गरिएतापनि विस्तृत तालिका तय गरिएको छैन। आजको बैठकमा महाधिवेशन लगाएतका बिषयमा छलफल हुने कांगेसले जनाएको छ। चार वर्षका लागि निर्वाचित कांगेस केन्द्रीय समितिको म्याद एक बर्ष अघि नै समाप्त भईसकेको थियो भने थपिएको म्याद पनि असोजको पहिलो साता …

जातीय संघीयतामा गए नेपालको विनाश हुने भाजपा उपाध्यक्ष रेणु देवीको दावी

जातीय संघीयतामा गए नेपालको विनाश हुने भाजपा उपाध्यक्ष रेणु देवीको दावी काठमाडौं फागुन ५ : भारतीय जनता पार्टीकी राष्ट्रिय उपाध्यक्ष रेणु देवीले जातीय संघीयतामा गए नेपाल टुक्रा टुक्रामा विभाजित भई विनाश हुने बताएकी छिन् । पशुपतिको दर्शनका लागि काठमाडौं आएकी उनले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै भारत जातीय संघीयताको विपक्षमा रहदै आएको स्पष्ट पार्दै नेपालको एकता, शान्ति र विकासका लागि जातीय संघीयता हुनै नहुने बताएकी हुन् । ‘जातीयताका आधारमा संघीयतामा गए नेपाल टुक्रा टुक्रा हुन्छ, विनाश हुन्छ’ देवीले कडा शब्दमा भनिन्, ‘सावधान ! जातका नाममा द्वन्द्व चर्काएर नेपाललाई फुटाउन खोजिएको छ ।’ नेपाललाई टुक्रा टुक्रा पार्न …

1 1,007 1,008 1,009 1,010 1,011 1,016