राजनीति

शिक्षा मन्त्रीले भने, ‘चिकित्सा शिक्षा विधेयक फिर्ता हुन्न’

शिक्षा मन्त्रीले भने, ‘चिकित्सा शिक्षा विधेयक फिर्ता हुन्न’ काठमाडौं, साउन ३ : डा. गोविन्द केसीको समर्थनमा चौतर्फी दबाब बढ्दा पनि मेडिकल कलेज खोल्न चाहने केही व्यापारी पोस्ने गरी ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकको पक्षमा सरकार अडिग देखिएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसदमा दर्ता गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता नहुने अडान बिहीबार फेरि दोहोर्याए। शिक्षा मन्त्रालयमा बिहीबार बिहान पत्रकार सम्मेलन गरेका मन्त्री पोखरेलले पूर्ववर्ती देउवा सरकारका पालामा ल्याएको चिकित्सा शिक्षा अध्यादेश हुबहु ल्याउन नसकिने बताए। विधेयकले काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न, एउटा …

डा.केसीको माग पुरा नभए संसद चल्न नदिने कांग्रेस निर्णय

डा.केसीको माग पुरा नभए संसद चल्न नदिने कांग्रेस निर्णय काठमाडौं, साउन २ : प्रमुख विपक्षी कांग्रेसले सरकारले संसदमा दर्ता गरेको चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजे सदन चल्न नदिने निर्णय गरेको छ । सरकारविरुद्ध सडक आन्दोलन घोषणा गरेको कांग्रेसले सदन अवरोध जारी राख्ने भएको छ । कांग्रेस शीर्ष नेताहरुको बुधबार बसेको बैठकले जुम्लामा आमरण अनरसनमा बसेका डा। गोविन्द केसीको सम्बोधनका लागि सरकारलाई दबाव दिने निर्णय गरेको छ । डा। केसीको समर्थनमा चिकित्सक संघले गर्ने आन्दोलनलाई समर्थन गर्ने र अहिलेकै विधेयक अघि बढाउन खोजे संसद अवरुद्ध गर्ने निर्णय छ । ‘डा। केसीसँग सहमति भयो, चिकित्सा शिक्षा अध्यादेश र माथेमा आयोगको …

सरकारको विरोध गर्नेको प्रतिवादन गर्न ओलीको निर्देशन

सरकारको विरोध गर्नेको प्रतिवादन गर्न ओलीको निर्देशन काठमाडौं, साउन २ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोधी गर्नेको प्रतिवाद गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीका कार्यकर्तासँगको भेटमा ओलीले सरकारले देशलाई सही बाटोमा हिँडाउन खोजेको जिकिर गर्दै विरोध गर्नेको आआफ्नो ठाउँबाट प्रतिवाद गर्न निर्देशन दिएका हुन् । ‘सरकारले जनताका आकांक्षा पूरा गर्छ भन्ने बुझेका विरोधीहरूले,सामाजिक न्याय हुन नदिनेहरूले सरकारका विरुद्ध अफवाह फैलाएका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘पार्टीका नेता कार्यकर्ता र सर्वसाधारणले यस्ता कुराको प्रतिवाद …

आन्दोलनलाई शशक्त बनाउने कांग्रेस पदाधिकारी बैठकको निर्णय

आन्दोलनलाई शशक्त बनाउने कांग्रेस पदाधिकारी बैठकको निर्णय काठमाडौं, साउन २ : कांग्रेस पार्टीले घोषणा गरेको वर्तमान सरकारको अधिनायवादी कार्यशैली विरुद्धको आन्दोलनलाई शशक्त बनाउने निर्णय गरेको छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बुधबार विहान बोलाइएको बैठकमा सरकारविरुद्ध घोषित आन्दोलन र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । बैठकले पार्टीले घोषणा गरेको आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टीका सबै संरचनालाई परिचालन गर्ने निर्णय गरेको छ । प्रमुख विपक्षी कांग्रेसले साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्नेसहितका सरकार विरुद्धका कार्यक्रमहरु तय गरेको छ । कांग्रेसका …

सरकारको अधिनायकवाद विरुद्ध कांग्रेसले देशव्यापी आन्दोलन घोषणा गर्याे

सरकारको अधिनायकवाद विरुद्ध कांग्रेसले देशव्यापी आन्दोलन घोषणा गर्याे काठमाडौं, साउन १ : नेपाली कांग्रेसले सरकारविरुद्ध देशब्यापी सडक आन्दोलन घोषणा गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुको बैठकले वर्तमान सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलाप गरिरहेको भन्दै विरोध प्रदर्शनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । बैठकले साउन ३, ५ र ८ गते दिउँसो १ बजे काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । ३ गते प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल र प्रजातन्त्रवादी चिकित्सक संघको अगुवाइमा ५ गते तरुण दलको अगुवाइमा र ८ गते कांग्रेसको काठमाडौं, …

प्रेस काउन्सिल खारेजीको तयारी

प्रेस काउन्सिल खारेजीको तयारी काठमाडौं, साउन १ : सरकारले प्रेस काउन्सिललाई खारेजी गर्ने भएको छ । सञ्चार मन्त्रालयले ‘न्यू मिडिया’लाई समेत समेट्ने गरी आमसञ्चार सम्बन्धी छाता ऐन ल्याउन विधेयक मस्यौदा थालेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले आमसञ्चार नीति सम्बन्धी विधेयक मस्यौदा गर्न सञ्चार मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको संचार मन्त्री गोकुल बास्कोटाले बताए । मन्त्रालयले विधेयकको प्रारम्भिक मस्यौदा तयार गरेको छ । सरोकारवालाहरुको राय सुझाव लिएर मस्यौदालाई अन्तिम रुप दिइने मन्त्री बास्कोटाले बताए । अब छापाखाना तथा प्रकाशन ऐन, राष्ट्रिय प्रसारण ऐन, श्रमजीवी पत्रकार ऐनलगायत …

पूर्वनिर्वाचन आयुक्तलाई राजदुत नियुक्ति असंवैधानिक : बिज्ञहरु

पूर्वनिर्वाचन आयुक्तलाई राजदुत नियुक्ति असंवैधानिक : बिज्ञहरु काठमाडौं, साउन १ : सरकारले पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा गरेको सिफारिस विवादमा परेको छ। मन्त्रिपरिषद्ले सोमबार दिउँसो उनलाई भारतका लागि राजदूत नियुक्त गरेको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार उनलाई अन्य सरकारी पदमा नियुक्त गर्न नमिले पनि राजनीतिक नियुक्ति दिन मिल्छ। तर राजदुत सरकारी सेवाको सहसचिव स्तरको पद र परराष्ट्र मन्त्रालयको एउटा महाशाखालाई रिपोटिङ गर्ने भएकाले राजनीतिक नियुक्तिको सरकारी पद हो । कतिपयले भने संवैधानिक पदबाट अवकाश पाएका पूर्वपदाधिकारीलाई राजनीतिक नियुक्ति दिन …

डा.केसीको अनशनप्रति नेकपा अनुदार, बैठकमा छलफल हुने

डा.केसीको अनशनप्रति नेकपा अनुदार, बैठकमा छलफल हुने काठमाडौं, साउन १ : पार्टी सञ्चालन नियमावली र विधानको केही प्राविधिक विषय टुंगो लगाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नियमावली र विधानबारे छलफल हुनेछ । वामदेव गौतम कार्यदलले गरेको सिफारिसमा केही विवाद देखिएको नेताहरुले बताएका छन् । कार्यदलले केन्द्रीय सदस्यलाई गाउँपालिका इञ्चार्ज बनाउने, जिल्ला अध्यक्ष र इञ्चार्जहरु प्रदेश कमिटीमा नराख्ने लगायतका सुझाव दिएको छ । विधान र नियमावली प्रकाशनमा पठाउनु अघि नेताहरूबीच सर्वसम्मति कायम गर्न महासचिव विष्णु पौडेलले सचिवालय बैठक राखेको …

डा.केसीको माग अनुसार विधेयक नल्याएको भन्दै कांग्रेसद्धारा संसद अवरोध

डा.केसीको माग अनुसार विधेयक नल्याएको भन्दै कांग्रेसद्धारा संसद अवरोध काठमाडाैं, असार ३२ : चिकित्सा शिक्षा विधेयकको विरोधमा विपक्षी सांसदहरुले संसद बैठक अवरुद्ध पारेका छन् । तर, सत्तारुढ नेकपाका सांसदहरुले भने नियमापत्ति मात्र गरेनन्, सहमति उल्लंघन गरेको आरोप लगाएका छन् । सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले आआफ्नो स्थानमा उठेर विरोध गरे । सांसद मीन विश्वकर्माले अध्यादेश विपरीत विधेयक आएको र आमरण अनसनरत डा। गोविन्द केसीको मागप्रति गम्भीर नभएको बताए । कांग्रेस सांसद उभिरहेका बेला नेकपाका सांसद कृष्णभक्त पोखरेलले नियमापत्ति गरे । प्रतिस्थापन विधेयक ल्याउँदा अध्यादेशको हुबहु भएन भनेर अवरोध गरेको कांग्रेसले …

सरकार डा.केसीकाे जीवनमाथि खेलवाड गरिरहेको छ : देउवा

सरकार डा.केसीकाे जीवनमाथि खेलवाड गरिरहेको छ : देउवा काठमाडौं, असार ३२ : नेपाली कांग्रेसका सभापति एव‌ प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले सरकारले नियतवश नै डा. गोविन्द केसीको जीवनमाथि खेलवाड गरिरहेको बताएका छन् । सोमबार विज्ञप्ति जारी गरी देउवाले सरकार आफैले केसीको जीवन तलमाथि हुने परिस्थितिको सिर्जना गरेको उल्लेख गरेका छन् । सरकार विवेकको बाटो नहिँडेको भन्दै देउवाले यसले गम्भीर दुर्घटना निम्त्याउने चेतावनी दिए । ‘डा. केसीको जीवनमा तलमाथि हुन सक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश गरिरहेको गम्भीर आशंका उव्जिएको छ’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘अप्रिय घटना भएका खण्डमा …

1 2 3 4 1,001