राजनीति

संसदको क्यानटिनको मुल्यसुची आधा घटयो

संसदको क्यानटिनको मुल्यसुची आधा घटयो काठमाडौं, कात्तिक ९ : व्यवस्थापिका संसदको सचिवालय रहेको सिहदरबारस्थित क्यानटीनको मुल्य आधा घटेको छ । क्यान्टिन सञ्चालक परिवर्तनसँगै दाम कम भएको हो। ग्रिन टीको मूल्य पहिले प्रतिकप ४० रुपैयाँ थियो। अहिले २० पर्छ। त्यस्तै, यसअघि ुननभेजु खानालाई २ सय ७० रुपैयाँ तिर्दै आएका सांसदहरूले अब १ सय ३० मात्र तिरे पुग्छ। उनीहरूले यति मूल्यमा दुई सय ग्राम खसीको मासु वा माछाको मासुसहितको खाना पाउनेछन्। क्यान्टिनमा खसीरकुखुरा र माछाको मासु आलोपालो पाक्छ। यसअघि संसदको क्यान्टिन रिजेन्सी ब्यांक्वेटले चलाउँदै आएको थियो। राजधानीमा गनगोर मिठाई पसलसमेत सञ्चालन गर्दै आएका …

नेकपाको नाम विवादको निर्णय आज हुने

नेकपाको नाम विवादको निर्णय आज हुने काठमाडौं, कात्तिक ९ : ‘नेकपा’को नाम विवादबारे निर्णय गर्न निर्वाचन आयोगमा आयुक्तहरुको इजलास सुरु भएको छ । आजको इजलासले ‘नेकपा’को नाम विवादबारे निर्णय लिने आयोगका प्रवक्ता दीपक सुवेदीले जानकारी दिए । सत्तारुढ नेकपाले आफूहरुको नाम जुधाएको भन्दै कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा उजुरी दिएको थियो । उक्त उजुरीमाथि प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौडेलको इजलासले निर्णय गर्नेछ । बिहीबारको इजलासमा आयुक्त इला शर्मा उपस्थित थिइनन् । बुधबारको इजलासमा पनि एक जना आयुक्त उपस्थित नभएकाले निर्णय …

चक्र बास्तोलालाई सम्झेर शोक सभामै रोय कांग्रेस नेताहरु

चक्र बास्तोलालाई सम्झेर शोक सभामै रोय कांग्रेस नेताहरु काठमाडौं, कात्तिक ८ : कांग्रेस उपसभापति विमलेन्द्र निधि कांग्रेस नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलालाई सम्झेर भक्कानिएका छन् । बास्तोलाको निधनको १३ औं दिनमा कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित शोकसभामा पार्टी उपसभापति निधि धुरु धुरु रोए । शोकसभामा सम्बोधनका लागि बोल्न शुरु गरेका निधिको गला अवरुद्ध भयो । उनी केही सहज हुन प्रयास गर्दै थिए, तर सकेनन् । आँशु पुछे र थप बोल्न थाले । सम्बोधनका क्रममा बास्तोलालाई सम्झेर विक्षिप्त बनेका निधिले उनलाई निष्ठा र अदभूत क्षमता भएका नेताको रुपमा सम्झिनु पर्ने बताए । ‘किसुनजी र गिरिजा बाबु मात्रै होइन, …

प्रधानमन्त्रीको अर्को फण्डा– ‘चुलाचुलामा ग्यास होईन, अव विजुलीको तार’

प्रधानमन्त्रीको अर्को फण्डा– ‘चुलाचुलामा ग्यास होईन, अव विजुलीको तार’ काठमाडौं, कात्तिक ६ : प्रधानमन्त्री केपी शर्माले अबको तीन वर्षमा चुलोचुलोमा बिजुलीको तार हुने बताएका छन् । अघिल्लो पटक प्रधानमन्त्री हुँदा उनले काँधमा सिलिण्डर बोक्ने युगको अन्त्य गरेर चुलोचुलोमा पाइपबाट ग्यास पुर्‍याउने बताएका थिए । तर, यो पुरा नहुँदै उनले नयाँ नारा दिएका छन्, अब चुलोमा ग्यास पाइप होइन, बिजुलीको तार । काठमाडौं उपत्यकामा बिजुली बस सेवा सुरु गर्दै प्रधानमन्त्री ओलीले यो पाँच थान विद्युतीय बसको कुरा होइन, आगामी कार्यदिशाको संकेत भएको बताए । उनले भने, ‘मैले ग्यासको पाइट भन्दा निकै चर्चाको विषय बन्यो । अब छिट्टै ग्यासको पाइप होइन, विजुलीको …

सुन तस्करीको आरोपमा एनआरएनका मध्यपुर्वी संयोजक शर्मा पक्राऊ

सुन तस्करीको आरोपमा एनआरएनका मध्यपुर्वी संयोजक शर्मा पक्राऊ काठमाडौं, कात्तिक ६ : कतार प्रहरीले एक गैर आवासीय नेपालीसँघका एक पदाधिकारीलाई पक्राउ गरेको छ। सुन तस्करी गरेको अभियोगमा एनआरएनका मध्यपूर्व संयोजक राजेन्द्र कुमार शर्मा भन्ने आरके शर्मालाई गत मंगलबार कतारमा पक्राउ गरेको हो। पिगोन इन्जिनियरिङ कम्पनीका सञ्चालक समेत रहेका शर्मालाई कार्यालयबाट घर फर्किंदै गर्दा पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। शर्मामाथि कतार प्रहरीले अनुसन्धान गरिरहेको स्रोतले जानकारी दिएको …

पूर्वराजाहरुको श्रीपेच सार्वजनिक

पूर्वराजाहरुको श्रीपेच सार्वजनिक काठमाडौं, असोज २९ : पूर्व राजाहरुले लगाउने श्रीपेच सार्वजनिक भएको छ । नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेचलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् । अब संग्राहलय भ्रमण गर्नेले यो श्रीपेच हेर्न सक्नेछन् । विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबारलगायतका सामग्री राखिएको छ । तत्कालीन राजाहरुले पहिरने श्रीपेचमा ७५० वटा हिराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्र छन् । श्रीपेचको पछिल्तिर झुण्डिने आकर्षक कल्ली भने वर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो …

दिंवंगत कांग्रेस नेता बास्तोलाको आज अपरान्ह अन्त्यष्टि गरिने

दिंवंगत कांग्रेस नेता बास्तोलाको आज अपरान्ह अन्त्यष्टि गरिने काठमाडौं, असोज २८ : दिवंगत कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको आज अपराह्न अन्त्येष्टि गरिने भएको छ । शनिबार राति खुमलटारस्थित निवासमा निधन भएका बास्तोलाको आइतबार अपराह्न ४ बजेपछि अन्त्येष्टि गरिने कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बास्तोलाको पार्थिव शरीरलाई अहिले उनको खुमलटारस्थित निवासमा राखिएको छ । निवासमा बास्तोलाका शुभेच्छुक, आफन्त तथा कांग्रेसका नेता–कार्यकर्ताले श्रद्धाञ्जलीका लागि भेला भएका छन् । मुख्यसचिव पौडेलका अनुसार, बास्तोलाको शव अपरान्ह १ः३०–४ः०० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय …

६ बर्षदेखि अचेत कांग्रेस नेता बास्तोलको स्वास्थ्य जटिल

६ बर्षदेखि अचेत कांग्रेस नेता बास्तोलको स्वास्थ्य जटिल काठमाडौं, असोज २७ : नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको अवस्था जटिल भएको छ । उनलाई शनिबार मध्याहृन बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले ४ बजे डिस्चार्ज गरेको छ र खुमलटारस्थित निवास लगिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘उहाँको अवस्था निकै गम्भीर छ । चिकित्सकहरुकै सल्लाहमा अस्पतालबाट घर लगिएको छ ।’ बास्तोला झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा थिए । उनको शनिबार दिउँसो खुमलटारस्थित निवासमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ । १४ पुस २६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोलालाई ब्रेन अट्याक भएको थियो …

अन्तत बामदेव काठमाडौं–७ बाट नउठ्ने

अन्तत बामदेव काठमाडौं–७ बाट नउठ्ने काठमाडाै‌, असाेज २६: अन्ततः काठमाडौं क्षेत्र नम्बर ७ बाट नेकपा नेता वामदेव गौतम चुनाव नउठ्ने भएका छन्। पार्टीका नेता, क्षेत्र नं। ७ का प्रदेशसभा सांसदहरूसँगको परामर्शपछि गौतम चुनाव नउठ्ने निष्कर्षमा पुगेका हुन्। काठमाडौं क्षेत्र नम्बर ७ का प्रदेशसभा सदस्य वसन्त मानन्धरले वामदेव चुनावमा नउठ्ने पक्का भएको बताए। ‘अहिलेको परिस्थितिमा उप(निर्वाचनमा जानु उचित नहुने निष्कर्षमा वामदेव कमरेड पुग्नुभएको छ,’ मानन्धरले भने। काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित रामवीर मानन्धरले मंगलबार गौतमका लागि भन्दै सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। उनको …

दशै काठमाडाै‌मा च्याङग्राको क्रेच

दशै काठमाडाै‌मा च्याङग्राको क्रेच काठमाडौं, असोज २६ : नेपाल खाद्य संस्थानले काठमाडौंमा दशैंका लागि खसी-बोका र च्याङ्ग्राको बिक्री शुक्रबारदेखि सुरु गरेको छ । विहानैदेखि संस्थानको थापाथलीस्थित कार्यालयमा भिड लागेका उपभोक्ता आफ्नो गच्छे र रोजाइअनुसारका ‘शिकार’ खरिदका लागि मोलतोल गरिरहेका छन् । बजारभन्दा केही सस्तोमा पाइने भएकाले संस्थानका खसीबोका र च्याङ्ग्रामा उपभोक्ताको आकर्षण हुने गर्छ । यद्यपि, संस्थानले थोरै परिमाणमा मात्र बेच्ने भएकाले बजारको पुरै माग धान्न सक्ने अवस्था भने छैन । चाबहिलका सागर लुईंटेल बिहान ९ बजेतिर संस्थानबाट खसी घिस्याएर निस्किदै थिए । च्याङ्ग्राको मासु हिजो …

1 2 3 4 5 1,012