राजनीति

सेना दिवस मनाईयो

सेना दिवस मनाईयो काठमाडौ, फागुन ५: मंगलबार महाशिवरात्रिका दिन नेपाली सेनाले पनि स्थापना दिवस मनाएको छ । मंगलबार सैनिक मञ्च टुँडिखेलमा एक समारोहका बिच स्थापना दिवस मनाएको हो । टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ सहित मन्त्रीहरु, सरकारी उच्च अधिकारी, विदेशी कुटनीतिक ब्यक्ति लगायतले अवलोकन गरेका छन् । समारोहमा सेनाले आफ्नो हातहतियार, युद्ध कौशल, विभिन्न खेलका साथै सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । २०४७ यता शिवरात्रिका दिन मनाउदै आईएको यो दिवस त्यसअघि भने …

ल्यारक्याल लामा विज्ञ भएकाले नै सभासद् बनाएको हो : दाहाल

ल्यारक्याल लामा विज्ञ भएकाले नै सभासद् बनाएको हो : दाहाल पोखरा, फागुन ५ : नेकपा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाओवादीबाट सभासद बनेका ल्यारक्याल लामा विज्ञ भएकै आधारमा उनलाई सभासद् बनाएको बताएका छन् । मंगलबार पोखरामा क्रान्तिकारी पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले लामालाई सभासद बनाउंदा पैसाको चलखेल भएको प्रमाण फेला पारे जस्तोसुकै कारबाही भोग्न पनि आफू तयार रहेको समेत बताए । सत्ताधारी दलहरुले कुरा बुझेर सहमतिको बाटो खोल्नुपर्ने बताउदै उनले फागुन १६ गते काठमाडौंमा हुने बृहत प्रदर्शनले कांग्रेस–एमाले साइजमा आउने दावी समेत गरे । कांगेस र …

जनतालाई गरेको वाचा अनुसार संविधान बनाएर मात्रै यो संविधानसभा विघटन हुन्छ : देउवा

जनतालाई गरेको वाचा अनुसार संविधान बनाएर मात्रै यो संविधानसभा विघटन हुन्छ : देउवा पाँचथर, फागुन ४ : कांग्रेस वरिष्ठ नेता शेरवहादुर देउवाले दोस्रो संविधानसभा संविधान नबनाई विघटन नहुने बताएका छन् । पाँचथरको फिदिममा नेपाल दलित संघको १७ औ स्थापना दिवसलाई सोमबार सम्बोधन गर्दै देउवाले जनतामा गरेको बाँचा पुरा गरी नयाँ संविधान जारी गरेर मात्रै अहिलेको संविधान सभा विघटन हुने बताए ।  उनले अहिलेको लक्ष सबैका लागि मान्य हुने संविधान भएकाले सत्ता पक्ष त्यहि मागमा अघि बढेको बताए । देउवाले आन्दोलनरत दलहरु लचक भएर वार्तामा नबस्ने हो भने संविधानसभा प्रक्रियामा जानुको विकल्प नभएको समेत बताए । ‘आफ्ना अडान कायमै राखेर संविधान जारी गर्न सहमतिमा नआए …

सुशील र ओली शान्ति प्रक्रियाका बिरोधी हुन् : डा. भट्टराई

सुशील र ओली शान्ति प्रक्रियाका बिरोधी हुन् : डा. भट्टराई दाङ, फागुन ४ : एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भटराईले प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीको शान्तिप्रक्रियाका बारेको बुझाई स्पष्ट नभएको बताएका छन्। क्रान्तिकारी पत्रकार संघले सोमबार दाङको घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले पछिल्लो समय कांग्रेस र एमालेबीच अस्वाभाविक साठगाँठ भएको बताए। सत्ता पक्ष नसच्चिएसम्म आफूहरुको सडक आन्दोलन जारी रहने र आन्दोलनबाटै सरकारलाई घुंडा टेकाएर छोड्ने उनले उदघोष समेत गरे। ‘सत्ता पक्षले बिपक्षीको आन्दोलनलाई समयमै चिनेन भने स्थिती अझ जटिल बन्दै जाने छ र समानान्तर सरकार र …

सरकार सहमतिकै प्रयासमा छः उपप्रधानमन्त्री सिंह

सरकार सहमतिकै प्रयासमा छः उपप्रधानमन्त्री सिंह काठमाडौं, फागुन ४ : उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिहंले विपक्षीहरुसँग सरकारले सकेसम्म सहमतिकै प्रयास गरिरहेको बताएका छन्। रिपोर्टस क्लबको टोलीको ज्ञापन पत्र बुझदै मन्त्री सिहंले संविधान सभालाई कुनै पनि हालतमा असफल हुन नदिने दृढता समेत व्यक्त गरे। विगतमा गरेका सहमतिबाट कांग्रेस पछि नहट्ने भन्दै सिंहले आफूहरुले विगतमा गरेको प्रतिबद्धता कायम गर्न बलिदानी दिन तयार रहेको बताए। भ्रष्टाचारमा अन्त्य गर्न सरकार अग्रसर रहेको भन्दै मन्त्री सिंहले स्वीस बैंकमा भएको नेपालको पैसा समेत कानूनअनुसार फिर्ता ल्याउने प्रतिबद्धता ब्यक्त …

दुई सातापछि राष्ट्रिय सरकार गठनको वातावरण बन्ने प्रचण्डको दावी

दुई सातापछि राष्ट्रिय सरकार गठनको वातावरण बन्ने प्रचण्डको दावी काठमाडौं, फागुन ४ : एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफुहरुको पहिलो चरणको आन्दोलन सफल भएपछि राष्ट्रिय सरकार गठनको कसरत सुरु हुने बताएका छन् । सत्तापक्षसँग औपचारिक वार्ता समेत निषेध गरी आन्दोलनमा होमिएको माओवादी नेतृत्वको मार्चाका संयोजक समेत रहेका दाहालले आईतबार आफ्नो पार्टी निटक पत्रकारहरुसँग कुरा गर्दै यस्तो खुलासा गरेका हुन । दाहालले फागुन १६ को शक्ति प्रदशनपछि मुलुकको राजनीतिक परिदृष्यनै वदलिने दावी गर्दै शक्तिकेन्द्र समेत फेरवदल हुने बताए । ‘हामीसँग अवसर र चुनौती दुवै छन् । फागुन १६ गते हामीले हाम्रो तागत प्रदर्शन गर्न सक्यौ भने मुलुकको …

कांग्रेसले जातीय राज्यका पक्षमा कहिँपनि हस्ताक्षर गरेको छैनः केसी

कांग्रेसले जातीय राज्यका पक्षमा कहिँपनि हस्ताक्षर गरेको छैनः केसी काठमाडौ, फागुन ३: काँग्रेसका नेता अर्जुननरसिंह केसीले जातीय राज्य स्विकारेर नेपाली काग्रेसले कहि पनि हस्ताक्षर नगरेको स्पष्ट पारेका छन । रिपोर्टर्स क्लब नेपालले आईतबार आयोजना गरेको साक्षात्कारमा नेता केसीले संघीयता बनाउन पहिचानका पाँच र सामथ्र्यका चार आधारहरु पहिला नै तय भईसकेको बताए । ‘जातीय आधारमा संघीयता हुँदैन’ उनले भने, ‘अल्पमतले बहुमतमाथि शासन गर्ने खालको संघीयता बनाएर द्धन्दको विउ नरोपौँ ।’ केसीले वार्ताबाट निकास खोज्ने उद्देश्यले नै संविधानसभाको बैठक स्थगित गरेको र पछिल्लो समयमा तुलनात्मक रुपमा वार्ताको वातावरण बनेको भन्दै मुडभेडमा मुलुकलाई …

मोर्चासँग सहमतिको वातावरण बन्दै छ: देउवा

मोर्चासँग सहमतिको वातावरण बन्दै छ: देउवा झापा, फागुन ३ : नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपाली जनताको चाहनाअनुसारकै लोकतान्त्रिक संविधान बनाउन सरकार लागिपरिहेको बताएका छन् । झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता देउवाले संविधानजस्तो महत्वपूर्ण विषयमा सबैलाई सहमति बनाउने प्रयास सरकारले जारी राखेको बताए । प्रतिपक्षका भूमिकामा रहेका एकीकृत नेकपा माओवादी सहितको मोर्चासँग सहमतिका लागि वार्ता गर्न वातावरण बनिरहेको देउवाले जानकारी समेत दिए …

बिपक्षीको धम्कीबाट सरकार डराउँदैन: उपप्रधानमन्त्री सिंह

बिपक्षीको धम्कीबाट सरकार डराउँदैन: उपप्रधानमन्त्री सिंह स्याङजा, फागुन ३ : उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिहंले शान्ति सम्झौताको कुन बुँदामा समानान्तर सरकार गठन गर्ने उल्लेख छ देखाउन एमाओवादीलाई चुनौति दिएका छन्। स्याङ्जाको पुतलीबजारमा आइतबार पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री सिंहले सरकारले शान्ति-सम्झौता पालना नगरेको भन्ने एमाओवादीले लगाएको आरोप झुटो भएको बताएका हुन्। कुनै किसिमको धम्कीबाट सरकार नडराउने भएकाले विपक्षी मोर्चालाई बार्तामा आउन आग्रह गर्दै उनले सम्झौता पालना गर्न एमाओवादीलाई सुझाब समेत दिए। एमाओबादीले समानान्तर सरकार गठन गर्ने भनी दिएको चेतावनी प्रति …

ल्यारक्याल लामाले लिए सभासदको सपथ

ल्यारक्याल लामाले लिए सभासदको सपथ काठमाडौ, फागुन ३ : एकिकृत माओवादीको सिफारीसमा सभासद् भएका ‘विवादास्पद’ ल्यारक्याल लामाले आईतबार पद तथा गोपनियताको सपथ लिएका छन्। लामालाई संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आफ्नै कार्यकक्ष सिंहदरवारमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्। पटक पटक पहल गर्दा पनि सपथ लिन उपलव्ध नभएका लामाले आईतबार शपथ लिएका हुन्। शम्भु पासवान हजारीको सभासद पद सर्वोच्च अदालतले खारेज गरेपछि एमाओवादीको सिफारिसमा निर्वाचन आयोगले माघ २७ गते लामालाई सभासद नियुक्त गरेको थियो। विभिन्न देशका गैरकानुनी पासपोर्ट र नागरिकता लिएर विवादास्पथ छवि भएका लामाको एमाओवादी पार्टीले …

1 927 928 929 930 931 935