राजनीति

दमकलाई औद्योगिक विकासका रुपमा अगाडि बढाइने

दमकलाई औद्योगिक विकासका रुपमा अगाडि बढाइने दमक, असार १२ : उद्योगमन्त्री महेश बस्नेतले भूकम्पले पुर्‍याएको क्षतिको पुनःनिर्माण गर्नु नै अहिलेको प्रमुख आवश्यकता भएकोमा जोड दिएका छन् । झापाको दमक-१५ स्थित पार्टी कार्यालयमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले सबै मिलेर देश निर्माणमा जुट्न खाँचो रहेको औँल्याउँदै भने, 'हाम्रा सामु देखिएका विद्यमान सङ्कट समाधान गर्न हामीमा एकताको विकल्प छैन ।' यसअघि दमक-१९ मा प्रस्तावित औद्योगिक विकास क्षेत्रको स्थलगत भ्रमण गरी बन्न लागेको औद्योगिक क्षेत्रका बारेमा स्थानीय बासिन्दासँग राय, सुझाव लिएका थिए । सो क्षेत्रलाई औद्योगिक विकासका …

बहुलवाद,नागरिकता, समानुपातिक तथा समावेशी प्रतिनिधित्व विषयमा विवाद

बहुलवाद,नागरिकता, समानुपातिक तथा समावेशी प्रतिनिधित्व विषयमा विवाद काठमाडौं, असार १२ : संविधान मस्यौदा समितिअन्तर्गतको कार्यदलले तयार पारेको एकीकृत मस्यौदाको विषयमा पूर्ण सहमति जुटाउनका लागि आज बसेको प्रमुख चार राजनीतिक दलको बैठक बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न भएको छलफलमा कार्यदलले समितिमा शुक्रबार पेस गरेको मस्यौदाका विषयमा छलफल भए पनि विवादित केही विषयमा सहमति नभएपछि पुनः साँझ ५ बजे बैठक बस्ने सहमति भएको हो । बैठकपछि नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले मस्यौदा समितिले तयार पारेको मस्यौदामा देखिएका केही विवादित विषयमा सहमति खोज्नका लागि बैठक बसेको जानकारी दिए । उनले …

विवादित विषयमा असहमति कायम राखेरै भए पनि संविधान लेखन प्रक्रियालाई पूर्णता दिने एमाओवादीको निर्णय

विवादित विषयमा असहमति कायम राखेरै भए पनि संविधान लेखन प्रक्रियालाई पूर्णता दिने एमाओवादीको निर्णय काठमाडौँ, असार ११ : एकीकृत नेकपा (माओवादी)ले संविधान निर्माणमा देखिएका विवादित विषयमा असहमति राखेरै भए पनि संविधान लेखन प्रक्रियालाई पूर्णता प्रदान गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको एमाओवादीको ‘वैचारिक बहस व्यवस्थापन समिति’को बैठकले यही असार १३ गतेभित्रै संविधान लेखन प्रक्रियामा देखिएका सबै विवादित विषयलाई लगाउने र अन्तिम मस्यौदा गर्न र संविधानसभामा पेस गर्न आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्ने निर्णय गरेको हो। संविधानसभाबाटै संविधान निर्माण गर्ने पार्टीको पूर्व घोषित योजना रहेको भन्दै प्रमुख चार दलबीच भएको १६ बुँदे सहमति र विगतमा भएका सहमति र …

प्रस्तावित प्रधानन्यायाधीश बिरुद्व उजुरी

प्रस्तावित प्रधानन्यायाधीश बिरुद्व उजुरी काठमाडौँ, असार ११ : प्रधानन्यायाधीशका लागि सिफारिस भएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश कल्याण श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा चार उजुरी परेका छन्। वरिष्ठतम न्यायाधीश श्रेष्ठले मुद्दाको किनारा लगाउँदा मुद्दाको गम्भीरतालाई विचार तथा नियम कानुनको ख्याल नै नगरी गत भदौ १६ मा बिना प्रमाणको एक रिट निवेदन खारेज गरेको, २०६७ कात्तिक १६ को एक मुद्दामा संसद्का पूर्व र तत्कालीन पदाधिकारीको प्रभावमा परी बढुवा समितिको निर्णयलाई यथावत् राखेको उजुरी परेको उक्त समितिले जनाएको छ। अदालतकै न्यायाधीश रहेका बखत उनले आर्थिक चलखेल गरी गैर मधेसीलाई मधेस …

अख्तियारद्वारा वैदेशिक रोजगार विभागका उपसचिव सहित ३३ जना बिरुद्ध भ्रष्टाचार मुद्दा (विस्तृत विवरणसहित)

अख्तियारद्वारा वैदेशिक रोजगार विभागका उपसचिव सहित ३३ जना बिरुद्ध भ्रष्टाचार मुद्दा (विस्तृत विवरणसहित) काठमाडौं, असार ११ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका उपसचिव सहित ३३ जनालाई अदालतमा मुद्दा दर्ता गरेको छ। आयोगले नक्कली कागजात बनाई श्रम स्विकृती लिएको भन्दै वैदेशिक रोजगार विभागका कर्मचारी, म्यानपावर व्यावसायी, नक्कली कागजात बनाउने र विचौलिया सहित ३३ जना विरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। नक्कली तथा रोजगारदाता कम्पनीले पठाएका विवरणहरु हेरफेर गरिएका एवं सच्याइएका गलत कागजातहरुबाट श्रम स्विकृती लिएको पाइएको भन्दै अख्तियारले विभागका उपसचिव सहित १२ कर्मचारी, १९ म्यानपावर व्यावसायी, …

संविधान बन्न नदिने खेलविरुद्व एक हुन आग्रह

संविधान बन्न नदिने खेलविरुद्व एक हुन आग्रह बुटवल, असार ११ : नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले अहिले संविधान बन्ने अवस्था आएपछि अनेक किसिमले व्यवधान थापेर संविधान बन्न नदिने खेल सुरु भएकाले त्यसविरुद्व देशप्रेमी एक हुनुपर्ने बताएका छन्। यस वर्षको प्रवेशिका परीक्षामा उत्कृष्ट विद्यार्थीलाई अनेरास्ववियु रुपन्देहीले आज बुटवलमा आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले अहिले संविधान समयमा नै ल्याउने र संविधान नचाहनेबीच कित्ताबन्दी भएको र संविधान छिटो बनाउनुपर्छ भन्ने कित्ताको नेतृत्व एमालेले गरिरहेको जिकिर गरे। अर्को एक प्रसङ्गमा पूर्वउपप्रधानमन्त्री …

दाता सम्मेलन सफल भयोः प्रधानमन्त्री

दाता सम्मेलन सफल भयोः प्रधानमन्त्री काठमाडौं, असार ११ : नेपालको पुनःनिर्माणका लागि आयोजना गरिएको अन्तराष्ट्रिय दाता सम्मेलन अन्त्यन्तै सफल भएको बताएका छन्। प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार विभिन्न संघ–संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रकम बुझ्दै प्रधानमन्त्री कोइरालाले नेपालप्रति अन्तराष्ट्रिय जगतले देखाएको चासोको प्रशंसा गरे। सम्मेलनमा विभिन्न मुलुक र दातृ निकायहरुबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता भएको बताउँदै सबैले यस्तो अकल्पनीय विपद्को घडीमा नेपाललाई सक्दो सहयोग गर्न आह्वान गरेर नेपालको विकास प्रयासलाई सार्थक तुल्याउन सहयोग …

सशस्त्रलाई तत्काल पक्राउ पुर्जीको अधिकार नदिन राज्य व्यवस्था समितिको निर्देशन

सशस्त्रलाई तत्काल पक्राउ पुर्जीको अधिकार नदिन राज्य व्यवस्था समितिको निर्देशन काठमाडौं, असार ११ : संविधान सभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठकले सशस्त्र प्रहरीलाई पक्राउ पुर्जीको अधिकार तत्काल नदिन निर्देशन दिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका बीचमा बिबाद चुलिएपछि शुक्रबार सिंहदरवारमा बसेको बैठकले गृह मन्त्रालयलाई समितिमा छलफल हुन्जेल सशस्त्र प्रहरीलाई पक्राउ अधिकार दिने गरी कुनै काम नगर्न निर्देशन दिएको हो। बैठकमा बोल्दै गृहमन्त्री बामदेव गौतमले क्षेत्राधिकारको बिषयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विवाद नरहेको बताउदै शसस्त्र प्रहरीलाई पक्राउको अधिकार दिने बिषयमा नेपाल प्रहरी सहमत भइसकेको दाबी समेत …

भारतीय विदेश मन्त्री सुष्मा स्वराजको भोजमा किन बोलाइएन कोइराला परिवार ?

भारतीय विदेश मन्त्री सुष्मा स्वराजको भोजमा किन बोलाइएन कोइराला परिवार ? काठमाडौं, असार ११ : भारतीय विदेश मन्त्री सुष्मा स्वराजले विहिबार दाता सम्मेलनकै बीच नेपालका राजनीतिक दलका नेताहरुसँग दिवा भोज मार्फत भेटवार्ता गरिन् । यसअघिमा भ्रमणका बेला राजनीतिक दलका नेताहरुसँग छुट्टा छुट्टै भेटवार्ता गर्दै आएकी उनी र भारतीय उच्चअधिकारीहरुले यस पटक भने सबै दललाई एउटै टेवलमा राखेर दिवा भोज खुवाएर एकताको सन्देश दिएकी छन् । भोजमा १६ बुदे सहमतिमा हस्ताक्षर गर्ने र त्यसका विरोधमा उत्रिएका सबै दल सहभागि थिए । तर नेपाली कांग्रेसको राजनीतिमा प्रभावशाली भूमिका खेल्दै आएका कोइराला परिवारलाई भने उक्त भोजमा डाकिएको थिएन । कांग्रेसबाट वरिष्ठ …

पूर्व सहायकमन्त्री कठायतको ९२ वर्षको उमेरमा निधन

काठमाडौं, असार ११ः पञ्चायतकालीन अवधिमा कृषि तथा खाद्य आपूर्ति सहायकमन्त्री बन्नु भएका पूर्व सहायकमन्त्री अदनसिंह कठायतको ९२ वर्ष उमेरमा विहीबार बेलुका उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा निधन भएको छ । सोमबार एक्कासि मुटु दुख्ने रोग लागेपछि कठायतलाई उपचारका लागि अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा साँझ मृत्यु भएको कठायतका छोरा राजु कठायतले जानकारी दिए । पञ्चायतकालीन राजनीतिबाट अगाडि आएका स्वर्गीय कठायतले आफ्नो महत्वपूर्ण समयको सुरुमा चन्दननाथ मिडिल स्कुलको स्थापना, २०२२ सालमा नेपाल रेडक्रस सोसाइटी जुम्लाको स्थापना, …

1 955 956 957 958 959 1,015