राजनीति

अर्थमन्त्रीका पिएलाई प्रश्न गर्दा आक्रमण

अर्थमन्त्रीका पिएलाई प्रश्न गर्दा आक्रमण काठमाडौं, जेठ १७ : अर्थमन्त्री डा. रामशरण महतका पिए रमेश महतलार्इ प्रश्न गर्ने एक जनामाथि आक्रमण भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले नुवाकोटका ६ वटा गाविसका भूकम्पप्रभावित विद्यालयलाई बाँड्न पठाएको जस्तापाता सम्बन्धितलाई नदिई बेच्न खोजिएको आरोपबारे स्पष्टिकरण दिन आइतबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा सो घटना भएको हो । मन्त्रीका पिए रमेश महतलार्इ प्रश्न सोधेकै कारण नुवाकोटको कबिलास गाउँ विकास समितिका अध्यक्ष कृष्ण बोहोरालाई महतका समर्थक कांग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन् । कांग्रेस कार्यकर्ताले बोहोरामाथि कुटपिट गरेपछि …

संविधान र राष्ट्रिय सरकारका विषयमा प्याकेजमा टुंगो लगाउने जिम्मेवारी चार नेतालाई

संविधान र राष्ट्रिय सरकारका विषयमा प्याकेजमा टुंगो लगाउने जिम्मेवारी चार नेतालाई काठमाडौं, जेठ १७ : कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका नेताहरुबीच संविधानका विवादित विषयलाई चाडो टुंगो लगाएर राष्ट्रिय सरकार बनाउने विषयमा सकारात्मक छलफल भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकले संविधानका विवादित विषयलाई चाडो टुंगो लगाएर राष्ट्रिय सरकार बनाउने विषयमा सकारात्मक छलफल भएको छ। आन्तरिक छलफल र वार्ता गरेर चारै पक्षका शीर्ष नेताहरुको सोमबार देखि बैठक बसेर राज्य पुर्नसंरचना लगाएतका संविधानका विवादित विषय र राष्ट्रिय सरकार गठनका बारेमा एउटा निश्कर्षमा पुग्ने समझदारी भएको वालुवाटार स्रोतले जनाएको …

भूकम्पपछि देशभरको जमिन स्क्यानिङ गर्ने तयारी

भूकम्पपछि देशभरको जमिन स्क्यानिङ गर्ने तयारी काठमाडौं, जेठ १७ : सरकारले भूकम्पले पुर्‍याएको क्षतिका बारेमा अध्ययन गर्न देशभरका जमिन स्क्यानिङ गर्ने तयारी गरेको छ । भूकम्पका कारण जमिनको तह, दिशा र उचाईमा फेरवदल आएपछि सरकारले वास्तविक तथ्यांकका लागि जमिन स्क्यानिङ गर्ने तयारी गरेको हो । मानवरहित विमान ड्रोन र ग्लाईडरको प्रयोग गरेर स्क्यानिङ गरेर भूगर्भमा भएको हलचलको अपडेट लिइने छ । सरकारको यो परियोजनाका लागि जर्मन, फ्रान्स, जापान, सिंगापुर, चीन, भारत, इसिमोड र नेपालका बैज्ञानिक सहभागि रहने बताइएको छ । यो अध्ययनपछि कुन क्षेत्र जोखिम छ भन्ने पछि थाहा हुने भएकाले वस्ती सार्न विषयमा पनि सरकारलाई बैज्ञानिक …

नुवाकोट केन्द्र बनाएर फेरि ४.५ म्याग्नेच्युटको भूकम्प

नुवाकोट केन्द्र बनाएर फेरि ४.५ म्याग्नेच्युटको भूकम्प काठमाडौं, जेठ १६ : काठमाडौंको नजिकै नुवाकोट केन्द्र विन्दु बनाएर ४.५ म्याग्नेच्युटको भूकम्प गएको छ । राती १०ः१३ मा नुवाकोट केन्द्रविन्दु बनेर उक्त भूकम्प गएको हो । यसअघि १ः५२ र २०ः ३५ मा पनि ४ म्याग्नेच्युटको भूकम्प गएको थियो …

दाताहरुको सफ्ट लोन र अनुदान मात्र लिने : अर्थमन्त्री

दाताहरुको सफ्ट लोन र अनुदान मात्र लिने : अर्थमन्त्री काठमाडौं, जेठ १६ : अर्थमन्त्री डा. रामशरण महतले भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुर्ननिर्माणको लागि दाताहरुसँग लामो समयको न्यून ब्याजको सफ्ट लोन र ग्रान्ट (अनुदान) मात्रै लिने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा अर्थमन्त्री डा. महतले दातृ निकायहरुको सम्मेलनलाई सफल बनाउन अहिले क्षतिको विवरण संकलन गर्ने र विश्वासिलो योजना बनाउने काम भइरहेको बताए । उनले पुर्ननिर्माणको लागि आन्तरिक ऋण लिने, करको दायरा बढाउने र खर्च कटौति गर्ने विषयमा पनि गृहकार्य भईरहेको भन्दै भुकम्पका कारण उत्पन्न समस्यालाई राष्ट्र निर्माणको …

राहतको जस्तापातामा कांग्रेस नेताको अनियमितता

राहतको जस्तापातामा कांग्रेस नेताको अनियमितता काठमाडौं, जेठ १६ : भूकम्प पीडितका लागि इन्भेस्टमेन्ट बैंकले नुवाकोटको कबिलासका विभिन्न विद्यालयलाई सहायतास्वरुप दिएको तीन सय बण्डल जस्तापातामा अनियमितता भएको पाइएको छ । नेपाल इन्भेस्टमेन्टको लोगो अंकित जस्तापाता वितरण गर्न  नुवाकोट लगिएको तर वितरण नगरी अर्थमन्त्री डा. रामशरण महतका स्वकीय सचिव रमेश महतले बिक्रीका लागि जस्तापाता ट्रिपरमा राखेर काठमाडौं ल्याउँदै गर्दा राजनीतिक दलहरू र स्थानीय सर्वसाधारणले नियन्त्रणमा लिएपछि यस्तो तथ्य सार्वजनिक भएको हो । ३ सय बण्डल जस्तापाता मध्ये १ सय ७० बण्डल काठमाडौंं लैजान खोजिएको र बाँकी जस्ता अझै अर्थमन्त्रीका …

सहमतिय सरकारको विषयमा प्रमुख राजनीतिक दल सहमति नजिक : प्रचण्ड

सहमतिय सरकारको विषयमा प्रमुख राजनीतिक दल सहमति नजिक : प्रचण्ड गोरखा, जेठ १६ : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माणको विषयमा प्रमुख राजनीतिक दल सहमति नजिक पुगेको दावी गरेका छन्। गत बैशाख १२ गतेको भूकम्पबाट बढी प्रभावित बनेको गोरखाको आरुघाट क्षेत्रमा पार्टीले थालेको पूर्ननिर्माणको निरीक्षण गर्न गोरखा पुगेका दाहालले पत्रकारहरुसँगको कुराकानीमा शनिबार बस्ने बैठकले संविधानको विवादित विषय टुंग्याएर राष्ट्रिय सहमतिको सरकार कहिल्ये बनाउने बारे मिति तय गर्ने सक्ने दाबी गरे। प्रमुख तीन दलबीच एक दुई दिनसम्म संविधानका विवादति विषय टुंग्याएर राष्ट्रिय सरकार निर्माणमा सहमतिमा पुग्ने …

संविधानसभाको आईतबारको बैठक सूचना टासेर स्थगित गरिने

संविधानसभाको आईतबारको बैठक सूचना टासेर स्थगित गरिने काठमाडौं, जेठ १६ : आइतबारका लागि बोलाइएको संविधानसभाको बैठक सूचना टासेर स्थगित गरिने भएको छ। संविधानसभाको बैठकका लागि गर्नुपर्ने कुनै पनि तयारी नगरिएको र अधिकाशं सभासदहरू काठमाडौं बाहिर रहेकाले बैठक नबस्ने भएको संसद सचिवालय स्रोतले जनाएको छ। भूकम्पपछि राहत र अनुगमनका क्रममा यतिबेला सभासद्हरु जिल्ला जिल्लामा छन्। संविधानसभाको बैठक नबस्ने भएकोले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रमुख दलका सचेतकहरुसँग छलफल समेत नगरेको बुझिएको छ। संविधानसभाको बैठक आईतबार दिउँसो ३ बजेका लागि बोलाइएको …

देशलाई लथालिङ छाडेर तत्कालै सरकार परिवर्तन हुदैन् : मन्त्री सिंह

देशलाई लथालिङ छाडेर तत्कालै सरकार परिवर्तन हुदैन् : मन्त्री सिंह काठमाडौं, जेठ १६ : उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिहंले अहिलेकै सरकारको नेतृत्वमा संबिधान जारी हुने दाबी गरेका छन्। काठमाडौंको रत्नराज्य लक्ष्मी स्कुलको अस्थाइ टहरा निर्माणको उदघाटन गर्दै मन्त्री सिंहले विपत व्यवस्थापनका लागि सरकारले नयाँ कार्ययोजनाका बारेमा तयारी भईरहेकाले अहिलेकै सरकारले विपत व्यवस्थापन गर्न सक्ने बताए। असार मसान्त भित्र ‘फास्ट ट्रयाक’ बाट नयाँ संविधान जारी गर्ने र बिपत व्यवस्थापन पछि प्रधानमन्त्रीले राजीनामा दिने समेत सिंहले जानकारी दिए। अहिलेको परिस्थीतिमा बिपत्तीको सामान गर्न सबै एकजुट हुनुपर्नेमा उनको जोड …

धनमायाको सिरानीमा कृपासुरको तस्बिर

धनमायाको सिरानीमा कृपासुरको तस्बिर काठमाडौं, जेठ १६ : वर्तमान पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा तत्कालीन नायब सुब्बा कृपासुर शेर्पासँग प्रेममा परेर छोरासमेत जन्माएको बताउने धनमाया दर्नाल अहिले अर्धचेत अवस्थामा छिन् । छोरा स्वीकार गर्न भन्दै उनले कृपासुरसँग ३५ वर्षसम्म रोइकराइ गरिन्, तर मानसिक पीडा र शारीरिक रोगले थलिएकी उनी अहिले न रुन सक्छिन् न हाँस्न । दुवै हातका औँला नभएकाले खान कठिन छ, उठ्न नसक्ने भएकाले दिसा-पिसाब पनि ओछ्यानमै बसेर गर्नुपर्छ । भोजपुरका कृपासुर नायब सुब्बाका रूपमा ताप्लेजुङ सदरमुकाम फुङलिङ गएका वेला स्थानीय दलित महिला धनमायासँग प्रेममा परेका थिए । उनीहरूको …

1 966 967 968 969 970 1,015