संघीय समाजवादीका २ नेताले पार्टी छोडे
संघीय समाजवादीका २ नेताले पार्टी छोडे
सुनसरी, माघ १६: संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य विनोद राई र धरान उपमहानगरपालिकाका अध्यक्ष अजय राईले पार्टी परित्याग गरेका छन् ।
शुक्रबार धरानमा पत्रकार सम्मेलन गरी उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् । संघीय समाजवादीमा घिनलाग्दो जातीय राजनीति हावी भएको र त्यस्तो राजनीतिले नेपाली समाजलाई विखन्डन गर्ने भन्दै पार्टी परित्याग गरेको उनीहरुले बताएका छन् ।
पार्टी अध्यक्ष अशोक राईले पार्टीलाई सबै जातजातिको पार्टी बनाउन छाडेर सीमित समुदायको मात्र पार्टी बनाउन अग्रसर देखिएकाले पार्टीको भविष्य र औचित्य नरहेको महशुस गरेर आफूहरुले पार्टी …
