राजनीति

प्रधानमन्त्रीलाई प्रक्रियासँगै सहमतिको पनि पहल अघि बढाउन कानुनविद्हरुको सुझाव

प्रधानमन्त्रीलाई प्रक्रियासँगै सहमतिको पनि पहल अघि बढाउन कानुनविद्हरुको सुझाव काठमाडौं, माघ १९: कांग्रेस निकट कानुनविद्हरुले सकभर सहमतिमै संविधान निर्माणको पहल गर्न प्रधानमन्त्री सुशील कोइरालालाई सुझाव दिएका छन् । एकीकृत माओवादी र मधेसी दलको बहिस्कारकाबीच पनि संविधानसभाको उपसमितिले काम अघि बढाईरहेको विषयमा कानुनी परामर्श लिने उदेश्यले सोमबार विहान प्रधानमन्त्रीले कानुनविद्हरुलाई परामर्शका लागि डाकेका थिए । उनकै निवास बालुवाटारमा भएको परामर्शमा कानुनविद्हरुले संविधानसभाभित्र प्रवेश भएको प्रक्रिया अघि बढाउदै सहमतिाको पहल पनि जारी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । ‘प्रक्रियासँगै सहमति पनि अघि बढाउन हामीले सुझाव दिएका …

धम्कीले सभासदहरु डराउंदैनन्: गृहमन्त्री बामदेब

धम्कीले सभासदहरु डराउंदैनन्: गृहमन्त्री बामदेब बर्दिया, माघ १९: उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले एमाओवादी लगायतका दलहरुको संविधानसभा वहिष्कार गर्ने दिएको धम्कीले संविधानसभाका सदस्यहरु नडराउने बताएका छन् । आईतबार बर्दियामा कृषि विकास कार्यालको एक कार्यक्रममा बोल्दै गृहमन्त्री गौतमले पहिलो संविधानसभामा नेपाली कांग्रेस र एमालेले स्पष्ट वहुमत नल्याउंदा ठूलो पार्टी एमाओबादीको गल्तीले संविधान जारी नभएको स्पष्ट समेत पार्नुभयो । यस पटक पनि ठूला पार्टीलाई संविधान जारी गर्नबाट असफल वनाउन खेलिएको खेल कुनै हालतमा सफल नहुने गौतमको दावी थियो । संविधानसभा सदस्यहरुको महत्वपूर्ण कार्य संविधान जारी …

मधेशी मोर्चाले आन्दोलन सशक्त बनाउने

काठमाडौं, माघ १८: संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ३० दलीय मोर्चाको आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ । सद्भावना पार्टीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाको नेतृत्वको घोषणा गरेको आन्दोलनलाई शसक्त बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएको हो । बैठकले वार्ता र सम्वादको ढोका पनि बन्द नगर्ने निर्णय समेत गरेको छ । सहमतिको वातावरण कांग्रेस एमालेले बनाउनुपर्ने र मोर्चाले मूठभेड निमत्याउन नहुने मधेशी मोर्चाको निर्णय छ । बैठकमा संविधानसभाबाट सामुहिक राजीनामा दिने बारेमा भने छलफल नभएको बताईएको छ । बैठकमा …

कांग्रेस–एमालेले अझै पेले संविधानसभामा फर्कदैनौ : एमाओवादी

कांग्रेस–एमालेले अझै पेले संविधानसभामा फर्कदैनौ : एमाओवादी काठमाडौं, माघ १८: एकिकृत माओवादीले कांग्रेस–एमालेले प्रक्रिया अघि बढाउने हो भने आफुहरु संविधानसभामा नफर्कने चेतावनी दिएको छ । आईतबार अपरान्ह केन्द्रीय समितिको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जनतामा जाने निर्णय भएको भन्दै अझै आफुहरुलाई पेल्ने हो भने संविधानसभामा नफर्कने बताएका हुन् । ‘संविधानसभामा बहस गर्ने ठाउँ सत्तापक्षले नराखेका कारण अब बहस गर्ने ठाउँ सडक नै हो’ दाहालले भने, ‘अब हामी आजैका मितिदेखि जनताका वीचमा हिँड्यौं, जनतालाई साँचो कुरा बताएर मात्रै फर्कन्छौं ।’ प्रधानमन्त्रीले अझै पनि सहमतिबाट मात्रै …

प्रक्रियालाई स्थगन गरे वार्तामा बस्न तयार छौं : नारायणकाजी श्रेष्ठ

प्रक्रियालाई स्थगन गरे वार्तामा बस्न तयार छौं : नारायणकाजी श्रेष्ठ काठमाडौं, माघ १८ः एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस र एमालेले संविधानसभाको प्रक्रिया स्थगन गरे संवाद सुरु भई संविधान लेखनमा नयाँ शिराबाट सहमति हुने बताएका छन् । आईतबार विहान संचारकर्मीहरुसँग कुरा गर्दै उनले सत्ताधारी राजनीतिक दलहरुले बहुमतको घमण्ड त्यागे सहमति हुने दावी गरे । ‘कांग्रेस–एमालेले बहुमतको हठ त्याग्नु पर्दछ र सहमतिबाट अघि बढ्न तयार हुनुपर्दछ, यदि उहाँहरुले सहमतिबाटै संविधान जारी गर्नुपर्छ भन्ने प्रतिबद्धता देखाउनु हुन्छ भने अझै पनि सहमति र वार्ताको सम्भावना छ’ श्रेष्ठले भने । उपाध्यक्ष श्रेष्ठले एमाओवादी वार्ता र …

संघीय समाजवादीका २ नेताले पार्टी छोडे

संघीय समाजवादीका २ नेताले पार्टी छोडे सुनसरी, माघ १६: संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य विनोद राई र धरान उपमहानगरपालिकाका अध्यक्ष अजय राईले पार्टी परित्याग गरेका छन् । शुक्रबार धरानमा पत्रकार सम्मेलन गरी उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् । संघीय समाजवादीमा घिनलाग्दो जातीय राजनीति हावी भएको र त्यस्तो राजनीतिले नेपाली समाजलाई विखन्डन गर्ने भन्दै पार्टी परित्याग गरेको उनीहरुले बताएका छन् । पार्टी अध्यक्ष अशोक राईले पार्टीलाई सबै जातजातिको पार्टी बनाउन छाडेर सीमित समुदायको मात्र पार्टी बनाउन अग्रसर देखिएकाले पार्टीको भविष्य र औचित्य नरहेको महशुस गरेर आफूहरुले पार्टी …

सहमतिको प्रस्ताव ल्याउन कोइरालालाई दाहालको आग्रह

सहमतिको प्रस्ताव ल्याउन कोइरालालाई दाहालको आग्रह काठमाडौं, माघ १६ः प्रधानमन्त्री सुशील कोइरालाले संबिधान निर्माणमा देखिएको अवरोध अन्त्य गर्न एीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् । शुक्रबार विहान सहिद गेटमा शहिदहरुलाई माल्यार्पण गरेर सोझैं दाहाल निवास लाजिम्पाट पुगेका कोइरालाले करिब आधा घण्टा गतिरोध हटाउने विषयमा छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्रीले दाहाललाई आन्दोलन छोडेर वार्तामा आउन आग्रह गरेका थिए । दाहालका स्वकीय सचिव चुणामणी खड्काका अनुसार दाहालले प्रधानमन्त्रीलाई सहमतिको लागि साँझा अवधारणा बनाउन अनुरोध गरेका छन् । ‘सहमतिको लागि साझा अवधारणा बनाएर समन्वय गनूसु’ …

एमाओवादीका सभासदहरुको अनुपस्थितले संसद बैठक स्थगित

एमाओवादीका सभासदहरुको अनुपस्थितले संसद बैठक स्थगित काठमाडौं, माघ १५: एकीकृत नेकपा माओवादीका सभासदहरु अनुपस्थित भएपछि व्यवस्थापिका संसद अन्तर्गतको समितिको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको छ । बैठक सुरु भएसँगै एमाले सभासद भरतमोहन अधिकारीले एमाओवादीका सभासदहरुको अनुपस्थितिमा बैठक बस्न नहुने भन्दै स्थगित गर्न प्रस्ताव राखेका थिए । अधिकारीको प्रस्तावमा अरु सभासदहरुले पनि समर्थन जनाएपश्चात आगामी बैठकमा एमाओवादी सभासदहरुलाई उपस्थितका लागि आग्रह गर्दै बैठक स्थगित गरिएको हो । बिहिबारको बैठकमा पुराना सवारी साधनको व्यवस्थापनबारे छलफल गर्ने एजेण्डा थियो । एजेण्डामा छलफल गर्न सरकारका मुख्य सचिव, …

एमाओबादी केन्द्रिय समिती बैठक जारी

एमाओबादी केन्द्रिय समिती बैठक जारी काठमाडौ, माघ १५: पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमाओवादी केन्द्रीय कमिटीको बैठक अहिले केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । केन्द्रीय कमिटीको बैठकका एजेन्डा टुंगो लगाउन विहीबार बैठक बसेको हो । राजनीतिक घटनाक्रम जटिल बन्दै गइरहेका बेला बसेको बैठकले आन्दोलनका कार्यक्रम तय गर्नुका साथै संविधानसभा छाड्ने र नछाड्ने भन्ने विषययमा पनि छलफल भईरहेको बताईएको छ । आजको बैठकमा राजनीतिक परिस्थितिबारे शीर्ष नेतृत्वले केन्द्रिय सदस्यलाई जानकारी समेत दिनेछन् …

एमाओबादीकै कारण संबिधान आएन : नौ दल

काठमाडौं: एमाओबादी नेतृत्को मोर्चाको अबरोधका कारण माघ ८ मा संबिधान जारी हुन नसकेको गर्ने नसकेको भन्दै सत्ता पक्ष दलहरुले निष्कर्ष निकालेका छन् । आज राजधानीमा संयुक्त प्रेस बक्तब्य जारी गर्दै सत्तापक्ष दलहरुले एमाओबादी सहितको मोर्चाको असहयोगकै कारण संबिधान जारी गर्ने नसकिएको निष्कर्ष निकालेका हुन् । सहमतिमा आउनुको साटो एमाओवादी सहितको मोर्चाले संबिधान सभाको तोडफोड, सभाअध्यक्ष माथी आक्रमणको प्रयास, सभासद् र मर्यादापालकहरुमाथि आक्रमण गर्ने र देशमा बन्द हडतालको बाटो समातेकोमा सत्ता पक्षले आपत्ती समेत जनाएका छन् । संविधान निर्माणको प्रक्रियालाई अगाडि …

1 989 990 991 992