राजनीति

देउवा पक्षिय जिल्ला सभापतिले सदस्यता वितरणमा धाधली हुन नदिने

देउवा पक्षिय जिल्ला सभापतिले सदस्यता वितरणमा धाधली हुन नदिने काठमाडौं, चैत १२ : कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीको क्रियाशिल सदस्यता वितरणलाई पारदर्शी र धाधली रहित बनाउन आफु निकट सभापतिहरुलाई निर्देशन दिएका छन् । बुधबार दिउसो आफ्नै निवास बुढानिलकण्ठमा डाकिएको जिल्ला सभापतिहरुको भेलामा देउवाले आफु आगामी तेह्रौ अधिवेशन स्वतन्त्र र निस्पक्ष होस् भन्नेमा दृढ रहेको बताउदै कुनै पनि जिल्लामा धाधली भए त्यस विरुद्ध आवाज उठान सभापतिहरुलाई यस्तो निर्देशन दिएका हुन् । ‘क्रियाशिल सदस्यता वितरण पार्टी विधान अनुसार अघि बढाउनु पर्छ’ देउवाको भनाई उदृत गर्दै ललितपर कांग्रेस सभापति मदन अमात्यले डिजिटल दैनिकसँग भने, …

आदिवासी जनजाति महासंघले (ककस) निर्माण गर्ने

आदिवासी जनजाति महासंघले (ककस) निर्माण गर्ने काठमाडौं, चैत ११ : पोखरामा सम्पन्न आदिवासी जनजाति महासंघको बैठकले आदिवासी जनजाति सभासद सभा (ककस) बनाउन पहल गर्ने भएको छ । आदिवासी जनजातिको अधिकार नयाँ संविधानमा सुनिश्चित गराउन चैत मसन्तभित्र जनजाति (ककस) बनाइसक्ने निर्णय पनि बैठकले गरेको छ । यसअघि पनि (ककस) गठन गर्ने प्रयास भएको थियो । तर, कांग्रेस र एमाले नेतृत्वले (ककस) गठनमा सहभागी नहुन आफ्ना सभासदहरुलाई निर्देशन दिएको थियो । महासंघका अध्यक्ष नागेन्द्र कुमाल कांग्रेस र महासचिव पेम्बा भोटे एमालेको कोटामा सभासद हुन् । जनजाति महासंघको बैठकले कांग्रेस र एमालेले ल्याएको नौंबुँदे प्रस्तावको विरोध समेत  …

नेता बाबुरामले सामाजिक सञ्जालमा गालीगलौज नगर्ने आग्रह गरे

नेता बाबुरामले सामाजिक सञ्जालमा गालीगलौज नगर्ने आग्रह गरे काठमाडौं, चैत ११ : एमाओवादीका नेता बाबुराम भट्टरार्इले सामाजिक सञ्जाललार्इ गाली गलौजमुक्त क्षेत्र घोषणा गरिनुपर्ने नयाँ धारणा राखेका छन् । संविधान निर्माणमा असफल हुँदै आएका उनीसहितका दलीय नेताहरुको सामाजिक सञ्जालमा निरन्तर आलोचना भएपछि उनले बुधबार सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै गालीगलौज नगर्ने आग्रह पनि गरेका छन् । भौतिक वातावरण स्वच्छ र स्वस्थ राख्न 'खुला दिसा मुक्त क्षेत्र' घोषणा गरिए झैं मानसिक वातावरण स्वच्छ र स्वस्थ राख्न सोसल मिडियालाई 'अस्लीलता र गालीगलौज मुक्त क्षेत्र' घोषणा गरे कसो होला? उनले फेसबुकमा भनेका छन् …

अर्थमन्त्री सवार गाडीमा अखिल क्रान्तिकारीद्वारा आक्रमणको प्रयास

पोखरा, चैत ११ : पोखरामा अर्थमन्त्री डा. रामशरण महतको गाडीमा माओवादीका बिद्यार्थी कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन्। कास्कीको सल्यान गाउँ जाँदै गरेका अर्थमन्त्री महत चढेको बा १३ च २५१ नम्बरको गाडीमाथि एकीकृत नेकपा माओवादी समर्थित बिद्यार्थीहरुले पोखराको सिम्पानीमा आक्रमणको प्रयास गरेका हुन्। बुधबार बिहान ११ बजे लुकेर बसेका माओवादी समर्थक बिद्यार्थीले गाडीमा ढुंगा प्रहार गरेका थिए। प्रहरीले मन्त्री महतको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य किरण सापकोटा, पृथ्वीनारायण क्याम्पस पोखराका अखिल क्रान्तिकारीका …

बम हत्याका मुख्य सुटर साउदी अरबबाट पक्राउ

बम हत्याका मुख्य सुटर साउदी अरबबाट पक्राउ काठमाडौं, चैत ११ : सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याकाण्डका मुख्य सुटर सञ्जय स्मालीमगर साउदी अरबबाट प्रक्राउ परेका छन्। करिब साढे दुई महिना अगाडि मात्रै प्रहरीले बम हत्या रहस्य सुल्झाउँदा मगर मुख्य सुटर रहेको खुलेको थियो । मगर साउदी अरबबाट पक्राउ परेको प्रहरी केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ। घटनाका प्रमुख योजनाकार चुरेभावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष बाबु थापासहित ४ जनालाई प्रहरीले करिब साढे दुई महिनाअघिनै सार्वजनिक गरेको थियो। बाबु थापा र सहयोगी प्रेमराज खड्का बा ३९ प २०५१ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका थिए, …

प्रधानमन्त्री कोइराला विरामी, अझै एक साता ‘वेडरेष्ट’ गर्ने

प्रधानमन्त्री कोइराला विरामी, अझै एक साता ‘वेडरेष्ट’ गर्ने काठमाडौं, चैत ११ : प्रधानमन्त्री सुशील कोइराला सुख्खा खोकी, रुघाका साथै रगतमा अक्सिजनको मात्र घटेपछि विरामी परेका छन् । एक सातादेखि लागेको रुघाखोकी निको नहुदा उनको अक्सिजन ‘स्चुरेसन’ घटेको छ । कोइरालालाई दैनिक विहान र बेलुक वरिष्ठ चिकित्सक करविरनाथ योगी नेतृत्वको चिकित्सकको टोलीले परिक्षण गर्दै आएको छ । चिकित्सकहरुको सुझाव अनुसार कोइरालाले विहान दिउसो र बेलुका तीन पटक कृतिम अक्सिजन लिदै आएका छन् । फोक्सो सम्वन्धी ‘ब्रोनक्राइटिक्स’का पुराना विरामी कोइरालालाई चिकित्सकहरुले कम्तिमा एक हप्ता ‘वेडरेष्ट’ गर्न सुझाव दिएका छन् । उनी अहिले पूर्णरुपमा …

अग्नि पीडितलाई तत्काल राहत र पुर्नस्थापना मिलाउन प्रधानमन्त्रीद्वारा निर्देशन

अग्नि पीडितलाई तत्काल राहत र पुर्नस्थापना मिलाउन प्रधानमन्त्रीद्वारा निर्देशन काठमाडौं, चैत १० : प्रधानमन्त्री सुशील कोइरालाले ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आागलागीबाट भएको क्षतिप्रति दुःख ब्यक्त गर्दै पीडितलाई राहत र बसोवासको व्यवस्था छिटो मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएका छन्। मंगलबार प्रेस संयोजक प्रकाश अधिकारी मार्फत एक बिज्ञप्ति निकाल्दै कोईरालाले पीडितहरुलाई तत्काल राहत, बसोबास र पुर्नस्थापनाका कार्यक्रम तत्काल प्रारम्भ गर्न निर्देशन दिएका हुन्। उच्च मनोवलका साथ राहत र पुर्नस्थापना कार्यमा जुट्न स्थानीय प्रशासन, सुरक्षा निकाय लगाएत सबै राजनीतिक दलका स्थानीय कार्यकर्ता एवं सामाजिक संघसंस्थाहरुलाई कोइरालाले …

तेस्रो दिन डा.केसी भोक हडतालमा

तेस्रो दिन डा.केसी भोक हडतालमा काठमाडौं, चैत १० : पाँचौ पटक आमरण अनशनमा बसेका डा.गोविन्द केसी तेस्रो दिन भोक हडतालमा बसेका छन्। राजनीतिक आडमा चिकित्सा शिक्षामा मौलाउँदै गएको माफियातन्त्र अन्त्य र सर्वसुलभ स्तरीय स्वास्थ्य सेवाका लागि जनताको साथ खोज्दै उनी तेस्रो दिन मंगलबार भोक हडतालमा बसेका हुन्। नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया थाल्न प्रधानमन्त्री सुशील कोइरालाले निर्देशन दिएलगत्तै डा.केसीले सम्बन्धन रोक्न, त्रिवि र मेडिकल काउन्सिलका पदाधिकारीलाई कारबाही गर्न सरकारलाई १० दिने अल्टिमेटम दिएका थिए। उनले दिएको अल्टिमेटम सकिएपछि आइतबारबाट केसी पुन आमरण अनशनमा बसेका …

आगलागी पीडितलाई तत्काल राहत दिने निर्णय

आगलागी पीडितलाई तत्काल राहत दिने निर्णय ताप्लेजुङ, चैत १० : ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा सोमबार साँझ भएको आगलागीका पीडितलाई तत्काल राहत बितरण गर्ने निर्णय भएको छ। मंगलबार बिहान बसेको दैविक प्रकोप तथा उद्धार समितीको बैठकले तत्काल गर्न सक्ने उद्धार तथा राहत वितरणका विषयमा बिभिन्न निर्णय गरेको हो। समितिका संयोजक तथा ताप्लेजुङ्का प्रमुख जिल्ला अधिकारी डम्वरुप्रसाद निरौलाको संयोजकत्वमा बसेको बैठकले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी र उद्योग वाणिज्य संघका प्रतिनिधीद्वारा क्षतीको विवरण संकलन गर्ने पनि जनाएको छ। पीडित …

चन्द माओवादीद्वारा नेपाल बन्दको कार्यक्रम फिर्ता

चन्द माओवादीद्वारा नेपाल बन्दको कार्यक्रम फिर्ता काठमाडौं, चैत १० : नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आगामी चैत १८ गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ। पक्राउ परेका आफ्ना कार्यकर्ता छाडिएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो। नेकपा माओवादीले मंगलवार बिज्ञप्ति जारी गर्दै कार्यकर्ताको रिहाई भएकाले बन्दको कार्यक्रम फिर्ता लिएको जनाएको छ। चैत ६ गते लगानी बोर्डका कार्यकारी अधिकृत राधेश पन्तको घरमा कालो झण्डा गाड्न गएका बेला विप्लव माओवादीका स्थायी समिति सदस्य ईश्वरी दाहाल, पूर्वराज्यमन्त्री पदम राईसहित १७ जनालाई प्रहरीले प्रक्राउ गरेको थियो। चैत ६ गते पक्राउ परेका उनीहरुलाई …

1 994 995 996 997 998 1,016