राजनीति

विवादित विषयमा सहमति खोज्नुपर्छः थापा

विवादित विषयमा सहमति खोज्नुपर्छः थापा विराटनगर, चैत ५ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभाबाटै विवादित विषयमा सहमति खोज्नुपर्ने बताएका छन्। बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले संविधानसभाभन्दा बाहिर गएर बन्द कोठा वा आन्दोलनबाट निकास खोज्न खोजे प्रजातान्त्रिक मूल्य मान्यताप्रति आघात पुग्ने प्रष्ट पारे। विवादित विषयहरुमा सहमतिका लागि संविधानसभा भित्रका दलहरुबीच सर्वदलीय बैठक गरी नयाँ कार्यतालिका बनाएर विधि र प्रक्रियाका माध्यमबाट सहमति गर्नुपर्नेमा उनको जोड थियो। कांग्रेस र एमालेको गणितीय दम्भ तथा निषेधको राजनीति र एमाओवादी तथा मधेसी मोर्चाको …

आफ्नै अडानबाट फर्किएर नयाँ मेडिकल कलेजलाई सम्वन्धन दिन प्रधानमन्त्रीको दवाव

आफ्नै अडानबाट फर्किएर नयाँ मेडिकल कलेजलाई सम्वन्धन दिन प्रधानमन्त्रीको दवाव काठमाडौं, चैत ५ : प्रधानमन्त्री सुशील कोइरालाले आफैंले गरेको सम्झौताविपरीत राष्ट्रिय चिकित्सा नीति आउनु अघिनै केही मेडिकल कलेजहरूलाई ‘माफिया’को दवावमा सम्बन्धन दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । चिकित्सा शिक्षा र सेवाका विकृति र विसंगतिविरुद्घ विभिन्न चरणहरूको आन्दोलनपछि सरकार र त्रिवि शिक्षण अस्पतालका प्राध्यापक गोविन्द केसीबीच भएको सम्झौतामा चिकित्सा शिक्षा नीति बनाई त्यसमा उल्लेख हुने प्रावधान अनुसार मात्रै मेडिकल कलेजलाई सम्बन्धन दिने उल्लेख छ । तर प्रधानमन्त्री आफैले गरेको सम्झौताको बेवास्ता गर्दै मेडिकल कलेजको सम्बन्धन प्रक्रिया …

गभर्नरमा दुई डेपुटि सहित तीन जनाको नाम सिफारीस

गभर्नरमा दुई डेपुटि सहित तीन जनाको नाम सिफारीस काठमाडौं, चैत ४ : नयाँ गभर्नरमा गोपालप्रसाद काफ्ले,  महाप्रसाद अधिकारी र चिरञ्जीवी नेपालको नाम सिफारिस भएको छ । अर्थमन्त्री संयोजक रहने सिफारिस समितिले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नेपाल र दुई डेपुटी गर्भनर काफ्ले र अधिकारीको नाम सिफारिस गरेको हो । बिहीबार बस्ने मन्त्रिपरिष्द बैठकले यी तीन जनामध्येबाट नयाँ गर्भनर छान्नेछ । 'तीन जनाको नाम सिफारिस भएको हो, तर व्यक्ति खुलाउन मिल्दैन,' छनौट समितिका एक सदस्यले भने । सिफारिस भएकामध्ये नेपाल र काफ्ले कांग्रेस निकट मानिन्छन् । अधिकारी एमाले निकट हुन् । सरकारले तीन साता अघि गठन गरेको गभर्नर सिफारीस समितिमा …

आन्दोलन नछाडेसम्म वार्ता हुदैन् : देउवा

आन्दोलन नछाडेसम्म वार्ता हुदैन् : देउवा पोखरा, चैत ४ : नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले आन्दोलनका कार्यक्रम फिर्ता नलिदासम्म एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चासंग वार्ता नगर्ने प्रष्ट पारेका छन्। नेपाल प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता देउवाले सहमतिमा संविधान वनाउने हो भने विपक्षीले आन्दोलन छोडेर वार्तामा आउनुपर्ने बताए। आफुले भनेका कुरा माने मात्रै सहमति हुने नत्र नहुने अडान राख्ने हो भने प्रकृयावाटै संविधान जारी हुने उनको भनाई थियो …

गगन थापा र छिरिङ लामा ‘ग्लोबल लिडर २०१५’ मा छनौट

गगन थापा र छिरिङ लामा ‘ग्लोबल लिडर २०१५’ मा छनौट काठमाडौं, चैत ४ : नेपाली कांग्रेसका युवा नेता गगन थापा नेपालमा मात्र नभएर संसारकै उत्कृष्ट युवा नेतामा छानिएका छन्। वल्र्ड इकोनोकि फोरमले सार्वजनिक गरेको ‘ग्लोबल योङ लिडर २०१५ ’को सूचीमा थापा चुनिएका हुन्। विगत १० बर्षदेखि संसारका युवा नेताहरुको मञ्चको रुपमा विकास हुँदै आएको विश्व आर्थिक मञ्चमा यो बर्ष नेपालबाट राजनीतिक दलका नेताका रुपमा गगन थापा उत्कृष्ट चुनिएका हुन्। सरकारी तथा गैरसरकारी दुबै क्षेत्रबाट चयन हुने यस मञ्चमा दक्षिण एशियाबाट छानिएका मध्ये १९ औ स्थानमा थापा नेपालबाट परेका हुन्। थापासँगै नेपालबाट चाइल्डरीच नेपालका देशीय निर्देशक छिरिङ …

प्रमुख दलका शीर्ष नेताहरुसँग सभामुखले छलफल गर्दै

प्रमुख दलका शीर्ष नेताहरुसँग सभामुखले छलफल गर्दै काठमाडौं, चैत ४ : संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले दलहरुबीच भएको वार्ता र सहमतिका लागि गरेका प्रयास बुझ्न मुख्य दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन्। संविधान निर्माणमा उत्पन्न असहमतिलाई सहमतिमा परिणत गर्न भएका प्रयास र प्रगतिबारे जानकारी दिन प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक सभाध्यक्षले बोलाएका हुन्। बैठक बुधबार अपरान्ह संसद सचिवालय सिंहदरबारमा बस्नेछ। बैठकमा प्रश्नावली समिति निर्माणसँगै संविधानसभा बहिष्कार गरेर सडक आन्दोलनमा उत्रेका दलहरुसँग वार्ताको माध्यमबाट सहमति खोज्ने र स्थगन गरिएको बैठक पुनः सञ्चालन गर्ने तयारीमा रहेका …

उद्योग बाणिञ्य महासंघका अध्यक्ष पाण्डे पक्राउ

उद्योग बाणिञ्य महासंघका अध्यक्ष पाण्डे पक्राउ काठमाडौं, चैत ३ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डे पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईवीले उनलाई लाजिम्पाटस्थित निवासबाट आज साँझ नियन्त्रणमा लिईएको हो । पुरानो भ्रष्टाचार मुद्धामा तत्काल पक्राउ नगर्न माग गर्दै दायर गरेको रिट निवेदन मंगलबार सर्वोच्चले खारेज गरेको केही घण्टाभित्रै पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । पाण्डेलाई अहिले महाराजगञ्जस्थित सीआईवीको केन्द्रीय कार्यालयमा राखिएको सीआईवीका निर्देशक डीआईजी हेमन्त मल्ल ठकुरीले डिजिटल दैनिकलई जानकारी दिए । २०३९ सालामा खानेपानी कार्यालयको कर्मचारी …

कांग्रेसमा नौ हजार सदस्यता ‘चोरबाटो’बाट वितरण

कांग्रेसमा नौ हजार सदस्यता ‘चोरबाटो’बाट वितरण काठमाडौं, चैत ३ : पार्टीको तेह्रौ महाधिवेशनको मुखमा कांग्रेसमा क्रियाशिल सदस्यता फारम वितरणको म्याद सकिएपछि पनि विभिन्न जिल्लामा अवैधानीक रुपमा सदस्यता वितरण सुरु गरिएको छ । महाधिवेशन सुरु हुन छ महिनामात्रै बाँकी रहदा फागुन मसान्तसम्म केन्द्रीय कार्यालयमा दर्ता भैसक्नु पर्ने पार्टीको क्रियाशिल सदस्यता फारम अहिलेसम्म जम्मा ४० जिल्लाको मात्रै केन्द्रमा आएको छ । केन्द्रीय कार्यालयलेनै विधान विपरित कतिपय जिल्लाहरुमा चोरबाटोबाट फारम जिल्लामा पठाएर वितरण गरेको पाइएको छ । पार्टीको विधान अनुसार नविकरण बाहेक नयाँ क्रियाशिल सदस्यता वितरण गर्दा जिल्ला …

मोर्चालाई आन्दोलन फिर्ता लिन कांग्रेस र एमालेको आग्रह

मोर्चालाई आन्दोलन फिर्ता लिन कांग्रेस र एमालेको आग्रह काठमाडौं, चैत २ : सत्तारुढ कांग्रेस र एमालेले एकीकृत माओवादी नेतृत्वको ३० दलिय मोर्चालाई आन्दोलन छाडेर वार्तामा आउन अपिल गरेको छ । सोमबारसाँझ एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको दुई दलका शिर्ष नेताहरुको बैठकले विपक्षी मोर्चालाई सहमतिकै आधारमा संविधान जारी गर्न तयार रहेको भन्दै वार्ताको लागि अपिल गरेको हो । ‘विपक्षीलाई आन्दोलन स्थगन गरी वार्तामा आउन अपिल गर्ने निर्णय भएको छ’ बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले डिजिटल दैनिकसँग भने । बैठकले विगत दुई महिनादेखि अवरोध भएको संविधान निर्माणको प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा …

३० दलिय मोर्चाद्वारा आम हड्ताल सहितको आन्दोलनका कार्यक्रम घोषणा

३० दलिय मोर्चाद्वारा आम हड्ताल सहितको आन्दोलनका कार्यक्रम घोषणा काठमाडौं, चैत १ : सत्तारुढ कांग्रेस र एमाले सहमतिका लागि तयार नभएको भन्दै ३० दलिय मोर्चाले आम हड्ताल सहितको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मोर्चाको आईतबार बसेको बैठकले सहमति हुने सम्भावना नरहेको निष्कर्ष निकाल्दै दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । मोर्चाले चैत ५ गतेदेखि २६ गतेसम्मका लागि दोस्रो चरणको आन्दोलनका विभिन्न कार्यक्रम तय गरेको छ । दोस्रो चरणको आन्दोलनको कार्यक्रममा विभिन्न सरकारी कार्यालय घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम राखेका छ । ३० दलिय मोर्चाको बैठकपछि आयोजित पत्रकार सम्मेलन मार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक …

1 997 998 999 1,000 1,001 1,016