समाज

निर्मला हत्याको अनुसन्धान गर्न महिला प्रहरी नेतृत्वको टोली कंचनपुरमा

निर्मला हत्याको अनुसन्धान गर्न महिला प्रहरी नेतृत्वको टोली कंचनपुरमा काठमाडौं, असोज २ : प्रहरी प्रधान कार्यालयले कञ्चनपुर १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ । पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा टोली खटाएको हो । ‘महिला तथा बालिकासँग सम्बन्धित केश भएकाले अनुसन्धानलाई प्रभावकारी बनाउन सहज होस् भनेर महिला प्रहरीको छुट्टै टोली पनि पठाइएको हो’, एक उच्च प्रहरी अधिकारीले भने, ‘हामीले यो घटनाको अनुसन्धानका लागि कुनै कसर …

निशुल्क शिक्षा सम्वन्धी विधेयक मान्दैनौ : प्याव्सन

निशुल्क शिक्षा सम्वन्धी विधेयक मान्दैनौ : प्याव्सन काठमाडौं, असोज १ : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले संसदबाट हालै पारित ‘अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मान्य नहुने चेतावनी दिएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्याब्सनले आफूहरुसँग छलफल समेत नगरी पारित गरिएको अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तत्काल संशोधन नभए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य चेतावनी दिएको छ । अध्यक्ष विजय सम्बाहाम्फेले विधेयक तत्काल संशोधन नभए विद्यालय सदाका लागि बन्द गर्न आफूहरु बाध्य बताए । प्रतिनिधिसभाबाट पारित सो …

सौर्य यएरको विमानमा चरा ठोक्यिो, विराटनगरमा ग्राउण्डेट

सौर्य यएरको विमानमा चरा ठोक्यिो, विराटनगरमा ग्राउण्डेट विराटनगर, असोज १ : सोमबार चरा ठोक्किएको सौर्य एयरलाइन्सको विमान विराटनगरमा ग्राउन्डेड भएको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरतर्फ आउने क्रममा सोमबार विहान साढे ८ बजे उक्त जहाजमा चरा ठोक्किएको थियो । चरा ठोक्किएका कारण बायाँ पङ्खामा सामान्य क्षति भएको उक्त जहाज विराटनगर विमानस्थलमा अवतरण भएपछि ग्राउन्डेड भएको नेपाल नागरिक उड्यन प्राधिकरण विराटनगर क्षेत्रीय शाखाका निमित्त प्रमुख सन्तोष ढकालले जानकारी दिए । ग्राउन्डेड विमानको मर्मतमा इन्जिनियरहरु खटिएका छन् । सौर्य एयरलाइन्सको विमान उन्डेड भएपछि विराटनगरबाट काठमाडौं हुने …

नेपाल एयरलाईन्सका कंसकारलाई हटाउने सरकारको तयारी

नेपाल एयरलाईन्सका कंसकारलाई हटाउने सरकारको तयारी काठमाडौं, असोज १ : सरकारले नेपाल वायुसेवा निगम सञ्चालक समितिको कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गरेको छ । उनको नियुक्तिसँगै महाप्रबन्धक सुगतरत्न कंसाकारको निगममा नेतृत्वदायी भूमिका सकिएको छ। अब कार्यकारी अध्यक्ष खरेलले निगम व्यवस्थापन र सञ्चालनको नेतृत्व सम्हाल्ने छन्। अव कंसाकारको कुनै भुमिका नहुने भएको छ । दुई व्यक्ति एउटै संस्थाको कार्यकारी पदमा रहेको अवस्थामा महाप्रबन्धक कंसाकारले के गर्छन् भन्ने चासो छ। कंसाकारले भने अवको बाँकी कार्यकाल संचालक समितिको सदस्यको हैसियतमै निगममा बस्ने, राजीनामा भने नदिने बताएका छन्। उनले आफूले …

पोखरामा ७० बर्षिय बृद्धा बलात्कृत

पोखरामा ७० बर्षिय बृद्धा बलात्कृत कास्की, भदौ ३० : पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत भएको उनका आफन्तले दावी गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोककी वृद्धा बलात्कृत भएको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् । राम्रोसँग आँखासमेत देख्न नसक्ने वृद्धालाई छिमेकी ४५ वर्षीय रेवतीरमण पाण्डेले बलात्कार गरेको पीडितको आरोप छ । रक्सीले मातेका पाण्डेले बुधबार दिउँसो १ः४५ बजे बलात्कार गरेको बताइएको छ । श्रीमती माइत गएका बेला पाण्डेले बृद्धालाई घरकै कोठामा थुनेर जबरजस्ती गरेको स्थानीयको भनाई छ । एउटै घरको फरक कोठामा बस्ने पाण्डेले वृद्धाको छोरा सामान किन्न बेगनासताल चोक …

सांसद अधिकारीको प्रश्न, ‘पत्रकारलाई हत्कडि किन लगाएको ?’

सांसद अधिकारीको प्रश्न, ‘पत्रकारलाई हत्कडि किन लगाएको ?’ काठमाडौं, भदौ २६ : राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारीले सरकारले पत्रकारलाई हत्कडी लगाएर निरंकुश हुने संकेत देखाएको बताएका छन् । मुलुकी अपराध संहिता र गोपनीयताको हकसम्बन्धी विधेयकको व्यवस्थाका कारण सञ्चार जगतले सरकार निरंकुश हुन खोजेको आशंका गरिरहेका बेला पत्रकार पक्राउ गरेर सरकारले त्यो आशंकालाई पुष्टि गर्न लागेको उनले बताए । मंगलबार राष्ट्रियसभामा बोल्दै उनले खोजतलास डट कमका पत्रकार राजु बस्नेतलाई पक्राउ गर्नुले बाघ कराउनु र बाख्रा हराउनुजस्तो भएको बताए । ‘एकातिर सञ्चार जगतले सरकार निरंकुश हुन लाग्यो, सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि लगाम …

काभ्रेको पाँचखालकमा सहकारीको दर खादा ५० जना विरामी

काभ्रेको पाँचखालकमा सहकारीको दर खादा ५० जना विरामी काठमाडौं, भदौ २३ : काभ्रेको पाँचखाल नगरपालिका १२ मा तीजको दर खाएका ५० जना बिरामी परेका छन् । कासकोटेस्थित ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकाहरु बिरामी परेका हुन् । जिल्ला प्रहरी कार्यालय र पाँचखाल प्रहरी चौकीको टोली शनिबार बिहान घटनास्थल पुगेर बिरामीहरुलाई उपचारको लागि पठाएको छ । बिरामी भएकाहरुको धुलिखेल सामुदायिक अस्पताल र शिरमेमोरियल अस्पतालमा उपचार भैरहेको एसपी रविराज खड्काले जानकारी दिए । केहीको पाँचखालस्थित गौतम मेडिकल र सदीप मेडिकलमा उपचार भइरहेको छ । बिरामी भएकाहरु …

काठमाडौं कति घर छन भन्ने तथ्यांकमै बेखवर छ महानगर

काठमाडौं कति घर छन भन्ने तथ्यांकमै बेखवर छ महानगर काठमाडौं, भदौ २२ : एउटा टेलिभिजन कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई महानगरभित्र कति घर छन्रु भनेर सोध्दा अनविज्ञता प्रकट गरे । मेयरलाई समेत यस्तो महत्वपूर्ण तथ्यांकको जानकारी नभएको भन्दै सामाजिक सञ्जालमा शाक्यको आलोचना भयो । तर, वास्तवमै यसबारे महानगरसँग अहिलेसम्म पनि यकिन विवरण भने छैन । महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण घरको लगत संकलनको काम भने गरिरहेको छ । काठमाडौं महानगरपालिकाको निर्माण इजाजत विभागका प्रमुख रविन्द्र पौडेलका अनुसार करिब डेढ लाख विवरण महानगरको अनलाइन रेकर्डमा आइसकेको छ । यकिन विवरण नभए पनि उनले …

निजामति दिवशमा ५५ कर्मचारीले पाए सम्मान

निजामति दिवशमा ५५ कर्मचारीले पाए सम्मान काठमाडौं, भदौ २२ : १५ औं निजामति सेवा दिवसका अवसरमा देशभरका ५५ जना कर्मचारी सम्मानित भएका छन् । दिवसका अवसरमा शुक्रबार सिंहदरबार परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई सम्मा गरिएको हो । ‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराकासाथ आयोजना गरिएको कार्यक्रममा २५ जनालाई उत्कृष्ट निजामति सेवा पुरस्कार र ३० जनालाई निजामति सेवा पुरस्कारको घोषणा गरिएको हो …

जापानमा शक्तिशाली आँधी, ७ जनाको मृत्यु

जापानमा शक्तिशाली आँधी, ७ जनाको मृत्यु काठमाडौं, भदौ २० : जापानमा २५ वर्ष यताकै शक्तिशाली आँधी जाँदा ७ जनाको ज्यान गएको छ भने २ सय जना घाइते भएका छन् । मंगलबार ठूलो वर्षातपछि शिकाकु टापुबाट उठेको आँधी जापानको सबैभन्दा ठूलो टापु होङ्शुतर्फ प्रतिघण्टा २१६ किलोमिटरको गतिमा बहेको थियो । जेबी नाम दिइएको आँधीले रेल्वे स्टेशनको छत खसाल्नुका साथै ट्यांकरसमेत उडाएर पुलमा ठोक्काइदिएको छ । आँधीले उत्तर दिशा समातेकाले यो कमजोर हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ठूलो वर्षातका कारण कतिपय ठाउँमा पहिरोसमेत गएको छ । आँधी र पहिरोबाट दश लाख प्रभावित भएका छन् । आँधी, बाढी र भू–क्षयको …

1 2 3 475