समाज

दुई महिनाभित्र स्मार्ट लाईसेन्सको वितरण सहज गर्ने यातयातको दावी

दुई महिनाभित्र स्मार्ट लाईसेन्सको वितरण सहज गर्ने यातयातको दावी काठमाडौं, जेठ २९ : यातायात व्यवस्था विभागले २ महिनाभित्र प्रिन्ट हुन बाँकी सबै सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को वितरण सक्ने दावी गरेको छ । नयाँ चार वटा प्रिन्टर मेसिन ल्याएको विभागले अब २ सिफ्टमा प्रिन्ट गरेर लाइसेन्स वितरणको समस्या हल गर्ने बताएको छ । विभागमा अहिलेसम्म चारवटा मेसिनले मात्रै लाइसेन्स प्रिन्ट गरिररहेका थिए । अब आठवटा मेसिनबाट लाइसेन्स प्रिन्ट गरेर दुई महिनाभित्रै सबै प्रतीक्षारत सेवाग्राहीलाई हस्तान्तरण गरिसक्ने विभागका प्रवक्ता तुल्सीराम आर्यालले बताए । अहिले झण्डै ट्रायल पास गरेका र नवीकरणका लागि आवेदन दिएका ३ लाख सेवाग्राही …

सुन तस्करी प्रकरण : बिशाल बजार र दरबारमार्गको आरके ज्वलर्समा छापा

सुन तस्करी प्रकरण : बिशाल बजार र दरबारमार्गको आरके ज्वलर्समा छापा काठमाडौं, जेठ २८ : ३८ क्वीन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले काठमाडौंको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वलर्समा छापा मारेको छ । समितिका संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले छापा मारेको प्रहरी प्रहरी स्रोतले बतायो । दुई वटै पसलबाट प्रहरी ठूलो परिणाममा सुन बरामद गरेको स्रोतको दाबी छ । ज्वलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् । यसअघि प्रहरीले सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेको थियो । शुक्रबार अग्रवालको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला …

बालाजुको दुग्ध उद्योगमा एकाविहानै कृषि मन्त्रीको छापा

बालाजुको दुग्ध उद्योगमा एकाविहानै कृषि मन्त्रीको छापा काठमाडौं, जेठ २८ : कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा छापा मारेका छन् । दूध उत्पादन कम्पनीका उत्पादनहरु गुणस्तरहीन रहेको खबर प्रकाशमा आइरहेका बेला मन्त्री खनालले सोमबार बालाजु औद्योगिक क्षेत्रमा रहेको आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा अनुगमन गरेका हुन् । मन्त्रालयका अधिकारी, सञ्चारकर्मीको टोलीसहित सोमबार बिहान पुगेका मन्त्री खनालले अनुगमनपछि आधुनिक डेरी प्रोडक्टले सरसफाइमा ध्यान नदिएको, दूध बनाउन मिति उल्लेख नभएको पाउडर प्रयोग गरेको भेटिएको बताए । त्यसैगरी दग्ध पदार्थको …

गोरे र एसएसपी खत्री काठमाडौंमा, सम्पत्ती शुद्धिकरणले छानविन गर्ने

गोरे र एसएसपी खत्री काठमाडौंमा, सम्पत्ती शुद्धिकरणले छानविन गर्ने काठमाडौं, जेठ २८ : तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका अभियुक्त चुडामणी उप्रेती गोरेसहितका ३ जनालाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ। मोरङ कारागारबाट गोरेसहित एसएसपी श्याम खत्री, भुजुङ गुरुङको सम्पत्ति छानविन गर्न काठमाडौं ल्याइएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ। गोरसहित खत्री, गुरुङमाथि आजबाट अनुसन्धान सुरू गरिने सम्पत्ति शुद्धीकरण विभागका सूचना अधिकारी विनोद लामिछानेले जानकारी दिए। अनुसन्धानपछि कुन कारागार राख्ने भन्ने अझै तय भएको छैन। लामिछानेले भने, ‘विभागको आफ्नै ‘कस्टडी’ छैन, सुरक्षा निकायहरूसँग समन्वय गरेर कतै …

चितवनमा विप्लव माओवादी र प्रहरीबीच भिडन्त

चितवनमा विप्लव माओवादी र प्रहरीबीच भिडन्त काठमाडौं, जेठ २७ : विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ गर्ने क्रममा चितवनमा एक प्रहरी जवान घाइते भएका छन् । नेकपाका जिल्ला इञ्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार प्रतिरोधका क्रममा ढुङ्गा लागेर प्रहरी जवान इसु मियाँ धोबी घाइते …

सुन तस्करीको थप अनुसन्धानका लागि गोरे, एसएसपी खत्री लगायतलाई काठमाडौं ल्याईने

सुन तस्करीको थप अनुसन्धानका लागि गोरे, एसएसपी खत्री लगायतलाई काठमाडौं ल्याईने काठमाडौं, जेठ २६ : ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको आरोपमा कारागारमा रहेका चुणामणि उप्रेती ‘गोरे’ एसएसपी श्याम खत्री, छिरिङ वांगेल घलेलगायतका केहीलाई छानविन समितिले काठमाडौं ल्याएर थप अनुसन्धान गर्ने भएको छ। जिल्ला कारागार मोरङमा रहेका गोरे, एसएसपी खत्रीलगायतका केहीलाई छानविन समितिले काठमाडौं ल्याएर अनुसन्धान गर्न लागेको हो। सुन प्रकरणमा जरैसम्म पुग्नका लागि उनीहरूमाथि अनुसन्धान गर्न लागिएको छानविन समितिका एक सदस्यले बताए। गोरेलाई पक्राउ गरिएको छानविन समितिले दाबी गरे पनि उनले आत्मसमर्पण गरेको परिवार स्रोतले जनाएको छ। प्रहरी नियन्त्रणमा …

सुन तस्करीको मुद्दामा फरार एमके अग्रवालको घर खानतलासीबाट नाङगो हात फर्कियो प्रहरी

सुन तस्करीको मुद्दामा फरार एमके अग्रवालको घर खानतलासीबाट नाङगो हात फर्कियो प्रहरी काठमाडौं, जेठ २६ : प्रहरीले ८ घन्टा लगाएर ३८ सय किलो सुन तस्करीको मुद्दामा फरार मोहन अग्रवाल (एमके) को घरमा सर्च अप्रेसन गरेको छ। हिजो बिहान करिब ११ बजे काठमाडौंस्थित अग्रवालको घर पुगेको सर्च टोली राति ८ बजे मात्र बाहिरिएको छानबिन समितिका एक सदस्यले बताए। काठमाडौं वडा नम्वर २९ का निर्वाचित वडा सदस्य र छिमेकीको रोबहरमा अग्रवालको घरमा प्रहरीसहितको समितिले सर्च अपरेशन चलाएको हो। तीन महिनादेखि मान्छे नबसेको उक्त साढे २ तलाको आलिशान बंगला धुलो र फोहोरले ढाकिएको थियो। सरकारले सुन काण्ड छानबिनका लागि बनाएको विशेष अनुसन्धान समितिको निर्देशन अनुसार अग्रवालको …

उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था स्थिर

उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था स्थिर काठमाडौं, जेठ २६ : क्यान्सरबाट पीडित उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिर रहेको उनकी श्रीमती मधुले बताएकी छन् । गएराति अचानक उनीबारे अप्रिय हल्ला फैलिएको थियो । तर, डा। देवकोटाकी श्रीमती मधुले भनिन्, ‘उहाँ हामीसँगै हुनुहुन्छ । राति जे जस्तो हल्ला फैलियो त्यो सत्य होइन ।’ पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको काठमाडौंको बाँसबासीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा। बसन्त देवकोटाका अनुसार डा। उपेन्द्रलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । तर डा। देवकोटालाई अहिले पनि आईसीयुमै राखिएको । उनलाई बेलाबेलामा रोगले …

गैरसरकारी संस्थाका पदाधिकारीको सम्पत्ती सार्वजनिक गराउने सरकारको तयारी

गैरसरकारी संस्थाका पदाधिकारीको सम्पत्ती सार्वजनिक गराउने सरकारको तयारी काठमाडौं, जेठ २५ : राष्ट्रिय गैरसरकारी संस्था ९एनजीओ० तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)को अनुगमन र नियमनमा कडाइ गरीने भएको छ । गृहमन्त्रालयमा बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापासहित दुवै मन्त्रालयका पदधिकारीको बैठकले एनजीओ(आर्इएनजीओको निगरानी बढाउने निर्णय गरेको हो । बैठकले सरकारी निगरानी नहुँदा गैससमा विकृति बढ्दै गएको निश्कर्षसहित यसको नियमनलाई तीव्रता दिने निर्णय गरेको हो । हालको नियमनमा कमजोरी रहेको भन्दै अब जिल्ला प्रशासन कार्यालयले समेत नियमन गरी रिपोर्ट पठाउनुपर्ने …

म्याच फिक्सिङको अभियोग लागेका फुटवल खेलाडीलाई सफाई

म्याच फिक्सिङको अभियोग लागेका फुटवल खेलाडीलाई सफाई काठमाडौं, जेठ २४ : विशेष अदालतले म्याच फिक्सिङको अभियोग लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालगायत ६ जनालाई सफाइ दिएको छ। विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठका अनुसार न्यायाधीशहरू बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले प्रहरीको दाबी नपुगेको भन्दै उनीहरूलाई सफाइ दिएको हो। २०७२ कात्तिक २४ गते थापालगायत चार खेलाडी र एक पूर्व प्रशिक्षक धरौटीमा रिहा भएका थिए। विभिन्न अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको अभियोगमा प्रहरीले सोही वर्ष असोज २७ गते उनीहरूलाई पक्राउ गरेको …

1 2 3 4 465