समाज

सुपर ग्यास उद्योगमा लागेको आगो नियन्त्रणमा

सुपर ग्यास उद्योगमा लागेको आगो नियन्त्रणमा काठमाडौँ, पुस ५ः पर्सा जिल्लाको सुपर ग्यास उद्योग प्रालिमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिएका छन् । संघको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले त्यस घटनामा परी दुईजनाको मृत्यु भएको र अरू क्षतिको विवरण संकलन गर्ने काम भइरहेकाले थप जानकारी आउन बाँकी रहेको बताएका छन् । चालकले गाडी स्टार्ट गर्ने क्रममा उत्पन्न झिल्कोबाट आगो सल्किन गई उक्त दुर्घटना भएको उनले बताए । ‘नेपालको ४८ वर्ष लामो ग्यास उद्योग सञ्चालनको इतिहास उद्योगभित्र पहिलोपटक आगलागी भएको छ’, उनको भनाइ थियो । उनले ग्यास उद्योगमा …

काठमाडौंको टोखामा गोली चल्यो, एक जना घाइते

काठमाडौंको टोखामा गोली चल्यो, एक जना घाइते काठमाडौं, पुस ५ः काठमाडौंको टोखास्थित झोरको जंगलमा बुधबार दिउँसो गोली चलेको छ । गोली लागेर एक जना महिला घाइते भएकी छिन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीया दुर्गा दुलाल छिन् । नेपाल प्रहरीका एसपी रामदत्त जोशीले अनलाइनखबरलार्इ दिएको जानकारी अनुसार उनी घाँस काट्न गएको वेला गोली लागेको थियो । स्थानीय युवकहरुले शिकार गर्ने क्रममा गोली चलाएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । थप अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार दुलालको कुममा गोली लागेको छ । उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ …

वीरगञ्जको ग्यास उद्योगमा भीषण आगलागी, कम्तीमा पाँचको मृत्यु

वीरगञ्जको ग्यास उद्योगमा भीषण आगलागी, कम्तीमा पाँचको मृत्यु वीरगञ्ज, पुस ५ः वीरगञ्ज उपमहानगरपालिका पर्सौनी वडा नम्बर २४ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ । प्रहरीले दिएको जानकारी अनुसार बिहान ७ बजेतिरको समयमा उद्योगमा आगलागी भएको हो । आगलागीमा परी कम्तीमा पनि ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ । आगो निभाउनका लागि गएको वीरगञ्ज उपमहानगरपालिकाको दमकलसमेत जलेको बताइृएको छ । ग्यास उद्योगभित्र कति मानिस थिए भन्ने पनि खुल्न सकेको छैन । आगलागीको कारण खुलेको छैन …

नेपाली सेनामा अधिकृत बन्ने अवसर (सुचनासहित)

नेपाली सेनामा अधिकृत बन्ने अवसर (सुचनासहित) काठमाडौं, पुस ४ः नेपाली सेनाले १५० जना अधिकृत क्याडेटका लागि दरखास्त आब्हान गरेको छ । मंगलबार नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जग्गी अड्डाले सार्बजनिक सुचना जारी गर्दै १५० जनाका लागि नयाँ भर्ना खुलाएको हो । बिज्ञापन अनुसार महिलाका लागि १३ , आदिबासी जनजातीका लागि २२ , मधेसीका लागि १९ , दलित १० र पिछडिएको क्षेत्रबाट ३ र खुल्लामा ८३ जना गरी १५० जनाका लागि दरखास्तआब्हान गरेको हो । दरखास्त दिनका लागि २०७४ पुस ३ गते देखि माघ १० गतेसम्मका लागि मिति निर्धारण गरीएको छ । भर्ना शुल्क एक हजार तोकिएको छ । इच्छुक ब्यक्ति प्रमाणपत्र तह उत्तिर्ण गरेकोले १८ …

चिसो बढ्यो, राजधानीमा ३.२ डिग्री सेल्सियस

चिसो बढ्यो, राजधानीमा ३.२ डिग्री सेल्सियस काठमाडौं, मंसिर २९ः राजधानीसँगै मुलुकका विभिन्न भागमा चिसो बढेको छ । केही उच्च हिमाली क्षेत्रमा हिमपात भएसँगै चिसो बढेको हो । शुक्रबार बिहान राजधानीको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार पश्चिम, मध्य र पूर्वी तराईका केही स्थानमा कुहिरो लागेको छ । केही स्थानमा बेलुकीसम्म नै कुहिरो लाग्ने पनि विभागले जनाएको छ …

५० हजार घुस सहित गोंगबुबाट इन्सपेक्टर पक्राउ

५० हजार घुस सहित गोंगबुबाट इन्सपेक्टर पक्राउ काठमाडौं, मंसिर ५ः प्रहरी निरिक्षक हरिहर सुनार घुस लिँदै गर्दा पक्राउ परेका छन् । गोंगबु प्रहरी प्रभागमा कार्यरत प्रहरी निरिक्षक सुनारलाई ५० हजार रुपैयाँ घुस लिंदै गर्दागोंगबुको एक होटलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ …

चुनावको बेला चार दिन विद्यालय बन्द

चुनावको बेला चार दिन विद्यालय बन्द काठमाडौं, मंसिर ४ः आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन विद्यालय बन्द हुने भएका छन्। निर्वाचन आयोगले गृह मन्त्रालयलाई गरेको सिफारिस अनुसार पहिलो र दोस्रो चरणका निर्वाचनका क्रममा सम्बद्ध क्षेत्रका विद्यार्थीलाई चार दिन बिदा दिइनेछ। पहिलो चरणको चुनाव हुने क्षेत्रमा मंसिर ७ देखि १० सम्म र दोस्रो चरणको निर्वाचन हुने क्षेत्रमा मंसिर १८ देखि २१ सम्म बिदा हुनेछ। विद्यालयमै मतदान केन्द्र हुने र शिक्षकलाई तयारीमा खटाइने भएकाले पठनपाठन प्रभावित हुने भएको हो। निर्वाचन प्रयोजनका निम्ति अन्य भौतिक पूर्वाधार नभउकाले …

चुनाव सुरक्षाप्रति सेनाको चासो, आवश्यक परे हतियारसहित उत्रन्छौं

चुनाव सुरक्षाप्रति सेनाको चासो, आवश्यक परे हतियारसहित उत्रन्छौं काठमाडौं, मंसिर ४ः नेपाली सेनाले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने अभिप्रायले मुलुकभर गराइएका विस्फोटका घटनाप्रति गम्भीर बनेको उसले जनाएको छ । उम्मेदवार र मतदातालक्षित विस्फोटका घटना बढ्न थालेपछि सेनाले पहिलोपटक धारणा सार्वजनिक गरेको हो । सेनाले उम्मेदवार र सर्वसाधारणलाई लक्ष्य गरी विस्फोट गर्नु निन्दनीय भएको बताएको छ । यद्यपि, सेनाले विप्लव नेतृत्वको नेकपाको नाम नलिई विस्फोट गराउनेहरूलाई ‘उच्छृंखल र …

वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ काठमाडौं, कात्तिक २९ः घुस लिएको आरोपमा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीलाई पाण्डेलाई बुधबार पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो। पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए। उनीहरूकै बयानका आधारमा महानिर्देशक पाण्डे पक्राउ परेका हुन्। उक्त घुष काण्डमा पाण्डेको पनि मिलेमतो देखिएपछि पक्राउ गरिएको अख्तियारले जनाएको छ। वैदेशिक रोजगार …

मकवानपुरमा अन्धाधुन्ध खुकुरी प्रहार, तीन जनाको मृत्यु

मकवानपुरमा अन्धाधुन्ध खुकुरी प्रहार, तीन जनाको मृत्यु काठमाडौँ । मकवानपुरको मनहरीमा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । मत्यु हुनेमा ५२ वर्षीय सीताराम धिताल, १३ वर्षीय सुदीप धिताल र ६० वर्षीय जीतबहादुर ब्लोन रहेका छन् । मंगलबार साँझ करिब ६ बजे यो घटना भएको इलाका प्रहारी कार्यालय मनहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने करिब ३०–३५ वर्षीय सुमन बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले के कारणले खुकुरी प्रहार गरेका हुन् भन्ने अझै खुल्न सकेको छैन …

1 2 3 4 5 446