समाज

कतारको रंगशाला निर्माणमा क्रममा एक नेपालीको मृत्यु

कतारको रंगशाला निर्माणमा क्रममा एक नेपालीको मृत्यु काठमाडौं, साउन ३० : कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु भएको छ । विश्वकप फुटबलको एक खेल हुने अल वक्राह रंगशाला निर्माणमा खटिएका २३ वर्षीय नेपाली युवकको मृत्यु भएको गल्फ टाइम्सको समाचार उल्लेख छ । तर, मृतकको नाम, ठेगाना खुलाइएको छैन । नेपाली अधिकारीहरुमार्फत् मृतकको परिवारलाई घटनाबारे जानकारी दिइएको र अनुसन्धान पनि सुरु गरेको समाचारमा उल्लेख छ । आगामी सन् २०२२ मा कतारमा विश्वकप आयोजना हुँदैछ र त्यसको तयारी स्वरुप रंगशाला निर्माण तथा स्तरोन्नती गर्ने काम धमाधम भइरहेको छ । सो काममा नेपाली कामदारहरुको पनि प्रयोग गरिएको छ …

बम सहित विप्लव माओवादीका दुई कार्यकर्ता पक्राऊ

बम सहित विप्लव माओवादीका दुई कार्यकर्ता पक्राऊ काठमाडौं, साउन २९ : राजधानीको जमलबाट बमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका क्रममा झोलामा बम बोकेर हिँडेका उनीहरूलाई प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सो पार्टीका कार्यकर्ता उषाकिरण र तारा सञ्ज्याल छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखेरलका अनुसार बन्दमा अप्रिय घटना नहोस् भनेर काठमाडौंमा २ हजार बढी प्रहरी परिचालन गरिएको छ। बन्दका नाममा कसैको व्यक्तिगत सम्पत्तिमाथि क्षति पुर्‍याउनेलाई पक्रेर कानुनी कारबाही गर्ने …

मुलुकी ऐन संहितः प्रेस स्वतन्त्रतालाई खुम्चाउने तयारी

मुलुकी ऐन संहितः प्रेस स्वतन्त्रतालाई खुम्चाउने तयारी काठमाडौं, साउन २९ : आउँदो भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनले गोपनीयताविरुद्धको कामलाई कसुर घोषणा गर्दै कडा कारवाहीको व्यवस्था गरेको छ । ऐनमा अर्काको कुरा सुन्ने, रेकर्ड गर्ने र फोटो खिच्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवानाको सजाय तोकिएको छ । यो व्यवस्थाले प्रेस स्वतन्त्रता संकुचन हुन सक्ने देखिएको छ । नेपालको संविधानले सबै नागरिकलाई गोपनीयताको हकको ग्यारेन्टी गरेको छ । अर्थात व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयता कानुनअनुसार बाहेक कसैले अतिक्रमण गर्न पाइने छैन । संविधानको यही …

सेवा थप्दै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन

सेवा थप्दै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरान, साउन २६ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीको चापलाई ध्यानमा राख्दै आफ्नो स्वामित्वमा धरानको छाताचोकमा रहेको करीब एक बिगाहा १४ कट्ठा जग्गामा १०० शैयाको अस्पताल सेवा विस्तार गर्ने भएको छ। प्रतिष्ठान प्रशासनले सरोकारवालासँंग आवश्यक समन्वय गरी अस्पताल सेवा विस्तारका लागि अनुकूल वातावरण बनाउन प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारले प्रतिष्ठानका कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङलाई जिम्मेवारी दिएपछि औपचारिकरुपले अस्पताल सेवा विस्तारको तयारी शुरु भएको हो। पुरानो अस्पताल भवनसमेत रहेको उक्त …

पश्चिममा भारी बर्षाको सम्भावना रहेको मौसमविद्हरुको भनाई

पश्चिममा भारी बर्षाको सम्भावना रहेको मौसमविद्हरुको भनाई काठमाडौं, साउन २६ : मौसमविदले शनिबार राति पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना रहेको बताएका छन् । पश्चिम नेपाल भन्नाले पोखरादेखि सु्दूरपश्चिमसम्मको क्षेत्रलाई लिने गरिन्छ । मौसमविद विभूति पोखरेलले शनिबार राति पश्चिमका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेको बताइन् । वर्षा र बदलीको सम्भावना भने सोमबारसम्म देशभर नै रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । बुलेटिनअनुसार शनिबार दिउँसो पश्चिमका एक वा दुई स्थानमा र राति पश्चिमका केही स्थानहरुमा तथा पूर्व र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । शनिबार …

प्रकाण्ड ध्वसात्मक काममा लागेकाले पक्राउ गरियो : गृहमन्त्री थापा

प्रकाण्ड ध्वसात्मक काममा लागेकाले पक्राउ गरियो : गृहमन्त्री थापा चितवन, साउन २५ : गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा विप्लव समूहका प्रवक्ता प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको स्पष्टिकरण दिएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारुकर्मीहरु कुराकानी गर्दै गृहमन्त्री वादलले प्रकाण्डको नाममा वारेन्ट जारी भएको बताए । नेकपाका नेता समेत रहेका गृहमन्त्री बादलले भने, ‘प्रकाण्ड गैरकानुनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न थिए । चन्दा आतंक मच्चाएकाले पक्राउ गरिएको हो ।’ प्रकाण्ड अपराधी हुन् भन्ने प्रश्नमा उनले भने, ‘जसले कानुनलाई उल्लंघन गर्छ, त्यसलाई हामी अपराधी भन्छौं ।’ बादल गृहमन्त्री …

सेनाको कमाण्ड आजदेखि पूर्णचन्द्र थापाले सम्हाल्ने

सेनाको कमाण्ड आजदेखि पूर्णचन्द्र थापाले सम्हाल्ने काठमाडौं, साउन २४ : बलाधिकृत रथी पूर्णचन्द्र थापाले आजदेखि नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिका रुपमा नेपाली सेनाको कमाण्ड सम्हाल्ने भएका छन्। प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार एक कार्यक्रमबीच विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ गर्नेछन्। आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति क्षत्रीले कमाण्ड हस्तान्तरण गर्न लागेका हुन् । बलाधिकृतरथी थापाले भदौ २३ गतेदेखि नेपालको ४३ औं प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हाल्ने छन्। विसं २०१७ भदौ २५ गते …

भक्तपुर इन्काउन्टर : पीडितका परिवाले गुहारे मानवअधिकार आयोग

भक्तपुर इन्काउन्टर : पीडितका परिवाले गुहारे मानवअधिकार आयोग काठमाडौं, साउन २२ : भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका दुई अपहरणकारीको परिवारले गैरन्यायिक हत्या भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । बुधबार आयोगको कार्यालय पुगेका उनीहरुले उक्त घटना इन्काउन्टर नभई हत्या भएको भन्दै छानबिनका लागि उजुरी दिएका हुन् । पेप्सीकोलाका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गर्ने आरोपमा प्रहरी इन्काउन्टरमा मारिएका अजित तामाङ र गोपाल तामाङको परिवारले आयोगमा उजुरी दिएका छन् । उनीहरुले घटनाको सत्य तथ्य छानबिनका लागि आयोगसमक्ष आग्रह गरेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुरको …

हेटौडाको ओम्याक्स फिल्म हलमा आगालागी

हेटौडाको ओम्याक्स फिल्म हलमा आगालागी काठमाडौं, साउन २२ : हेटौंडाको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ । चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका नरेन्द्र महर्जनले हेटौंडा–४, हुप्राचौरमा सञ्चालन गरेको फिल्म हलमा आगलागी भएको हो । बिहानैदेखि आगलागी भए पनि अझै नियन्त्रणमा आउन सकेको छैन । आगो २ तले भवनको सबैभागमा फैलिएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार विद्युत्त सर्ट भएर लागेको आगो नियन्त्रणका लागि अहिले प्रयास भइरहेको छ । हेटौंडा उपमहानगर र आयल निगम अम्लेखगञ्जका दुई दमकलमार्फत् सुरक्षाकर्मी, स्थानीयले अहिले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । ०६५ सालमा ३ डी प्रविधि प्रयोग गरेर …

भक्तपुरमा दुई अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिए

भक्तपुरमा दुई अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिए काठमाडौं, साउन २१ : आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा दुई जनाको मृत्यु भएको हो । मृतकको सनाखत भएको छैन । उनीहरु मंगोलिय वर्णका २७ वर्षका जस्ता देखिने महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए । घटनास्थलबाट एउटा पेस्तोल त्यसमा लाग्ने गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ …

1 2 3 4 5 6 476