समाज

धनकुटामा चट्याङ्ग लागेर दुई जनाको मृत्यु

धनकुटामा चट्याङ्ग लागेर दुई जनाको मृत्यु धनकुटा, बैशाख २९ : धनकुटाको बेग्लाबेग्लै ठाउँमा चट्याङ्गले लागेर धनकुटामा दुई जनाको मृत्यु भएको छ। बर्षासँगै सोमबार राति परेको चट्याङ्गले लागेर धनकुटा चानुवा गाबिस वडा नम्वर ९ कि भिमकुमारी बिक र धनकुटाकै मारेकटहरे ५ का तारा बहादुर गुरुङ्गको मृत्यु भएको हो। चट्याङ्गले लागेर गम्भीर घाईते भएकी बिकको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो भने गुरुङ्गको भने घटनास्थलमै मृत्यु भएको …

जेठ १ गतेबाटै विद्यालय खोल्न शिक्षा मन्त्रालयको निर्देशन

जेठ १ गतेबाटै विद्यालय खोल्न शिक्षा मन्त्रालयको निर्देशन काठमाडौं, बैशाख २९ : शिक्षा मन्त्रालयले जेठ १ गतेबाटै देशभरका विद्यालयहरु खुल्ने जनाएको छ। गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण मन्त्रालयले वैशाख मसान्तसम्म विद्यालय तथा शैक्षिक संस्थाहरुमा बिदा दिने निर्णय गरेको थियो। मन्त्रालयले आज (सोमबार) एक विज्ञप्ति मार्फत जेठ १ गतेबाट विद्यालय सन्चालन हुने निर्णय कार्यान्वयन हुने बताएको हो। मन्त्रालयले प्राविधिकहरुबाट विद्यालय भवनको जाँच गराइ ‘पास’ भएमा मात्र हालको विद्यालय, कक्षाकोठामा पठन–पाठन गराउन सुझाव दिएको छ। कक्षाकोठा प्रयोग गर्न उपयुक्त नभएको अवस्थामा अस्थाई कक्षाकोठाको व्यवस्था गरी पढाई …

भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार १ सय ५१ पुग्यो (तथ्याङ्क सहित)

भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार १ सय ५१ पुग्यो (तथ्याङ्क सहित) काठमाडौं, बैशाख २९ : गत बैशाख १२ गते गएको विनासकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार १ सय ५१ पुगेको छ। भूकम्पबाट १७ हजार ८ सय ६८ जना घाईते छन्। नेपाल प्रहरीले आज बिहान निकालेको तथ्याङ्क अनुसार हालसम्म उपत्यकामा १ हजार ६ सय ९९, पूर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा ५ हजार १ सय ७८, पश्चिम क्षेत्रमा ४ सय १९, मध्ये पश्चिम क्षेत्रमा २ जनाको मृत्यु भएको छ। तथ्याङ्क हेर्नुहोस …

महाभूकम्पको मौका छोपेर कारागारबाट २ सय २० कैदी भागे

महाभूकम्पको मौका छोपेर कारागारबाट २ सय २० कैदी भागे काठमाडौं, वैशाख २८ : महाभूकम्प आएको मौका छोपेर विभिन्न कारागारबाट २ सय २० जना कैदी भागेका छन् । कारागार व्यवस्था विभागले उनीहरु सम्पर्कमा नआए कानुनी कारवाही थालिने चेतावनी दिएको छ। विभागका महानिर्देशक हिमनाथ दवाडीले भूकम्पले कारागारमा भौतिक क्षति पुगेको मौकामा कैदीहरु भागेको बताए। सिन्धुपाल्चोक कारागारमा रहेका सबै २ सय १६ जना कैदी भागेको उनले जानकारी दिए । त्यसवाहेक सुन्धारास्थित केन्द्रीय कारागारबाट ३ र डिल्लीवजार कारागारबाट १ जना भागेका छन्। केन्द्रीय कारागारमा भवन भत्केर १६ जना कैदीको निधन भएको थियो। भागेका मध्ये २ जना पाकिस्तानी सहित ५ जना कैदी …

राई फाउण्डेशनद्वारा विद्यालयलाई सहयोग

राई फाउण्डेशनद्वारा विद्यालयलाई सहयोग काठमाडौं, बैशाख २८ : गत बैशाख १२ गतेको भूकम्पबाट क्षतीग्रस्त बनेको धादिङको मुलपानी मुर्चोकस्थित कमलादेवी निमाविलाई रामप्रसाद राई फाउडेशन नेपालले एक लाख सहयोग प्रदान गरको छ। उक्त रकम राई फाउण्डेशनकी अध्यक्ष शुष्मा राईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार थापालाई चेक मार्फत प्रदान गरेकी हुन्। व्यवस्थापन समितिका अध्यक्ष थापाले सहयोगका लागि अध्यक्ष राई र फाउण्डेशनप्रति धन्यवाद समेत प्रकट गरेका छन्। भर्खर मात्र स्थापना भएको फाउडेशनले समाजसेवा, अनाथ, वृद्वबृद्वा, शैक्षिक संस्थालाई सहयोग गर्ने फाउडेशनकी अध्यक्ष शुष्मा राईले …

गौर आन्दोलनमा मृत्यु भएका ठाकुर परिवारलाई ८ लाख

गौर आन्दोलनमा मृत्यु भएका ठाकुर परिवारलाई ८ लाख रौतहट, बैशाख २८ : रौतहट सदरमुकाम गौरमा सेवा केन्द्रको विषयलाई लिएर सुरु भएको आन्दोलनमा मृत्यु भएका रामआशीष ठाकुरको परिवारलाई जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार आठ लाख रूपैयाँको चेक हस्तान्तरण गरेको छ। प्रमुख जिल्ला अधिकारी मदन भुजेलले एक कार्यक्रमबीच गौर आन्दोनलका क्रममा मृत्यु भएका ठाकुरको आश्रित परिवारलाई उक्त रकम हस्तान्तरण गरेका छन्। गत चैत २४ गते राति गौर आन्दोलनको विषयलाई लिएर उद्योग बाणिज्य संघ तथा जिल्ला प्रशासन कार्यालय रौतहटवीच भएको सम्झौता बमोजिम ठाकुरको परिवारलाई राहत रकम उपलब्ध गराइएको हो। आन्दोलनका क्रममा चैत २० गते राति सशस्त्र …

भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार ४६ पुग्यो, १७ हजार बढी घाईते (तथ्याङ्क सहित )

भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार ४६ पुग्यो, १७ हजार बढी घाईते (तथ्याङ्क सहित ) काठमाडौँ, बैशाख २८ : वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी हालसम्म मृत्यु हुनेको संख्या आठ हजार ४६ पुगेको छ। गृह मन्त्रालयका अनुसार भूकम्पबाट १७ हजार ८ सय ५१ घाइते भएका छन्। मृत्यु हुनेमा हालसम्म सबैभन्दा बढी सिन्धुपाल्चोकमा तीन हजार १ सय ७ को मृत्यु भएको छ भने काठमाडौँमा एक हजार दुई सय २२ को मृत्यु भएको छ। भूकम्पका कारण हालसम्म १० हजार ८ सय ३ सरकारी घर तथा भवन पूर्णरूपमा क्षति भएका छन् भने १५ हजार ३४ घर तथा भवन आंशिक रूपमा क्षति भएका छन्। यस्तै, सर्वसाधारणका दुई लाख ९६ हजार ९ सय ३ घर पूर्ण क्षति भएका छन् भने दुई लाख ७७ हजार ५० घर आंशिक रुपमा क्षति भएका …

चट्याङ्ग लागेर तीनको मृत्यु

चट्याङ्ग लागेर तीनको मृत्यु गुल्मी, बैशाख २८ :  चट्याङ्ग लागेर गुल्मीमा दुईजनाको मृत्यु भएको छ। सोमबार परेको चट्याङबाट मृत्यु हुनेमा मुसिकोटका ४३ वर्षीया सुमित्रा खराल र पौंदि अमराईका धनी पाठक छन्। मृतकमध्ये खरेलको घटनास्थलमै र पाठकको उपचारको क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। चट्याङ लागेर थप दुईजना गम्भीर घाईते भएका छन्। उनीहरुको पाल्पास्थित लुम्विनी मेडिकल कलेज प्रवासमा उपचार भईरहेको छ। त्यसैगरी, बाराको सिम्रौनगढमा पनि चटयाङ लागेर एक बालिकाको मृत्यु भएको छ भने एकजना बालक घाइते भएका छन्। आइतवार राती हावाहुरी र पानीसँगै परेको चटयाङ …

छैटौं कोरियन भाषा परीक्षा भदौपछि मात्रै हुने

छैटौं कोरियन भाषा परीक्षा भदौपछि मात्रै हुने काठमाडौं, वैशाख २७ : रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत छैटौं कोरियन भाषा परीक्षा भदौपछि मात्रै हुने भएको छ । परीक्षाको मिति भने निर्देशक समितिको बैठक बसेर तय गरिने इपिएस शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिए । भूकम्पले ल्याएको विपत्तिको कारण देखाउँदै दक्षिण कोरियाको मानव संसाधन विकास एचआरडीले परीक्षा सार्न उपयुक्त हुने बताएको थियो । त्यसैले मध्यवर्षा नपर्ने गरी भदौपछि मात्रै परीक्षा सञ्चालन गर्न लागिएको निर्देशक बाँस्तोलाले जानकारी दिए । यसअघि जेठ ३० र ३१ गते भाषा परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो …

फेरी भूकम्पको धक्का

काठमाडौं, वैशाख २७ : पछिल्लो पटक ३:२४ मा फेरी भूकम्पले धक्का दिएको छ। राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएअनुसार काठमाडौं नजिकै रहेको काभ्रेलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । आज ४ रेक्टर स्केलमाथिका ४ वटा भुकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ …

1 443 444 445 446 447 465