समाज

‘बुबा अझै हिउँमा सुतिरहनु भा’छ हो ?

‘बुबा अझै हिउँमा सुतिरहनु भा’छ हो ? काठमाडौं, बैशाख ५ : विश्वभरिका पर्वतारोहीहरू आज त्यो कालो दिनको सम्झना गर्दैछन्, जुन दिन सगरमाथाको खुम्बु आईसफल क्षेत्रमा झरेको हिमपहिरोले पुरिएर १६ शेर्पाको मृत्यु भएको थियो । काठमाडौं र सोलुखुम्बुमा रहेका शेर्पाहरूले श्रद्धाञ्जली कार्यक्रम गरी एक बर्षअघि आजकै दिने ज्यान गुमाएका आफ्ना साथीहरूको सम्झना गर्दैछन् । आधार शिविर र क्याम्प–१ बीच झरेको हिमपहिरोमा पुरिएका १६ शेर्पामध्ये तीन जनाको लाश अभै फेला पर्न सकेको छैन । संखुवासभाका तेन्जिङ छोतार शेर्पा, सोलुखुम्बुका पेम्बा तेन्जी शेर्पा र गोर्खाका आश बहादुर गुरुङको शव अभै भेटिएका छैन । तिनका परिवारलाई …

ट्याक्सीको ठक्करबाट बालकको मृत्यु

ट्याक्सीको ठक्करबाट बालकको मृत्यु ताप्लेजुङ, बैशाख ५ : ताप्लेजुङमा शनिबार विहान भारतीय नम्बर प्लेटको ट्याक्सीको ठक्करबाट एक बालकको मृत्यु भएको छ। पाथिभरा मन्दिर जानको लागि तिर्थयात्रि लिएर आएको भारतिय नम्बरको ट्याक्सीले बुद्ध चोकमा ठक्कर दिदाँ ताप्लेजुङ नगरपालिका ५ का ७ वर्षिय जनम गुरुङको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिने गाडि र चालक राजिव भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको …

आमाप्रति सम्मान र आदर प्रकट गरी मातातीर्थ औँसी मनाईदै

आमाप्रति सम्मान र आदर प्रकट गरी मातातीर्थ औँसी मनाईदै काठमाडौं, बैशाख ५ : जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै आशिर्वाद लिएर आज मुलुकभर मातातीर्थ औँसी तथा आमाको मुख हेर्ने दिन मनाइँदैछ। प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व पौराणिक कालदेखि मनाइँदै आइरहेको छ। यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन छ ।‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्दै शास्त्रीय रुपमा नै जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ। आमा नभएकाहरुले भने यस दिन आमाको श्राद्ध …

लाजिम्पाटमा १३ वर्षीय एक किशोरी बलात्कृत

लाजिम्पाटमा १३ वर्षीय एक किशोरी बलात्कृत काठमाडौं, बैशाख ३ : लाजिम्पाटमा १३ वर्षीय एक किशोरी बलात्कृत भएकी छन् । बलात्कारको अभियोगमा नीलकण्ठ महर्जनलार्ई प्रहरीले पक्राउ गरेको छ । पीडित युवतीको अनुसार उनलाई आफ्नै शिक्षिकाको श्रीमानले गत चैत २१ गरे बलात्कार गरेका थिए । युवतीको स्वास्थ्य परीक्षण गरिएको छ …

डुबेर ३ बालिकाको मृत्यु

डुबेर ३ बालिकाको मृत्यु धनगढी, बैशाख ३ : कैलालीको अत्तरिया नगरपालिका १३ मा रहेको मनहरा खोलामा नुहाउने क्रममा डुबेर विहीबार ३ बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा अत्तरिया नगरपालिका १३ बस्ने १२ वर्षीया करिस्मा गिरी, धनगढी नगरपालिका शिवनगरकी १२ बर्षीया अस्मिता नाथ र उनकी ९ बर्षीया बहिनीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरु विहीबार दिउँसो करिब सवा १२ बजे खोलामा नुहाउन गएको बुझिएको …

जाजरकोटका सबै विद्यालय आजदेखि बन्द

जाजरकोटका सबै विद्यालय आजदेखि बन्द जाजरकोट, वैशाख ३ : जाजरकोटमा मौसमी रुघाखोकी (सिजिनल फ्लु) र केहिमा स्वाइन फ्लुको संक्रमण समेत देखिएर बिरामी दैनिक बढेपछि जिल्लाका सबै विद्यालय बिहिबारदेखि बन्द गरिएको छ। जिल्लाका २ सय ७६ प्रावि, ९२ निमावि र ६४ वटा मावि विद्यालयको पठनपाठन बन्द गरिएको हो। जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णयअनुसार १५ दिनका लागि विद्यालयमा पठनपाठन बन्द गरिएको हो। विद्यालयमा धेरै मानिस जम्मा हुने भएकाले त्यहाँबाट छिटो संक्रमण बढ्ने भन्दै विद्यालय बन्द गरिएको बताईएको छ। जिल्लाको अछानी गाविसको एक विद्यालयबाट यो रोग फैलिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ। …

जिप दुर्घटनामा एकको मृत्यु, १३ घाइते

जिप दुर्घटनामा एकको मृत्यु, १३ घाइते काठमाडौं, बैशाख २ : संखुवासभाको ढोलबाजेमा बुधबार दिउँसो जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा वाना–८ की ५० वर्षीया कल्पना दर्नाल रहेको प्रहरीले जनाएको छ । खाँदबारीबाट वानातर्फ जाँदै गरेको को१ज १९३९ नम्बरको जिप खाँदबारीको ढोलबाजेमा दुर्घटना भएको हो । घाइतेको खाँदबारी अस्पतालमा उपचार भईरहेको छ …

सातौं पटक जिब्रो छेडे जुजुभाईले (फोटो फिचरसहित)

सातौं पटक जिब्रो छेडे जुजुभाईले (फोटो फिचरसहित) काठमाडौं, बैशाख २ : भक्तपुरस्थित मध्यपुर थिमीको बोडेमा प्रत्येक वर्ष वैशाख २ गते मनाइने जिब्रो छेड्ने जात्रा मनाइएको छ । जात्रामा यस वर्ष पनि बोडेका ३४ वर्षीय जुजुभाई बाँस श्रेष्ठले फलामको १० इन्चको सियोले जिब्रो छेडाएका छन् । विगत ६ वर्षदेखि जिब्रो छेड्न थालेका श्रेष्ठले यस वर्ष पनि संस्कृतिलाई जोगाई राख्न सातौं पटक जिब्रो …

वागमती पुलमा एक पुरुषको शव फेला

वागमती पुलमा एक पुरुषको शव फेला काठमाडौं, बैशाख २ : युएन पार्क नजिकको वागमती पुलमा एक पुरुषको शव फेला परेको छ । पुल र पिलरको बीचमा माथिपट्टी सुताएर राखेको अवस्थामा शव फेला परेको हो । प्रहरीको शवलाई निकालेको छ । शवको पहिचान भने हुन सकेको छैन । कसैले १०-१५ दिन अघि नै हत्या गरेर शव राखिदिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । शव परीक्षणको लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ …

मौसमका कारण सगरमाथा आरोहणमा गएका दर्जनौ वेसक्याम्पमै थन्किए

मौसमका कारण सगरमाथा आरोहणमा गएका दर्जनौ वेसक्याम्पमै थन्किए सोलुखुम्बु, वैशाख २ : मौसमको खराबीका कारण सगरमाथा आरोहण शुरु हुने बेलामा भएको मौसम खराबीका कारण आराहणमा गएका दर्जनौ आरोहीहरु वेसक्याम्पमै थन्किएका छन्। सगरमाथा आरोही एक दुई दिन अघिदेखि नै आधार शिविरबाट अघि बढ्ने कार्यक्रम रहेको भए पनि मौसमको प्रतिकुलताका कारण आरोहीहरु शिविरमा नै बस्न बाध्य भएका छन्।तीन दिनअघि पहिलो शिविरमा पुगेका आरोही पनि लगातार मौसम खराबी भई हिमपात भएपछि आधार शिविरमा फर्किएको आरोहण दलका सदस्य एवम् सोलुखुम्बु टाप्टिङ निवासी आङफुला शेर्पाले डिजिटल दैनिकलाई बताए। धेरै आरोही पहिलो तथा दोस्रो शिविरमा पुगिसक्नु पर्नेमा आधार शिविरमा …

1 453 454 455 456 457 469