समाज

काठमाडौंमा मापदण्ड विपरित बनेका सबै घर भत्काइने

काठमाडौंमा मापदण्ड विपरित बनेका सबै घर भत्काइने काठमाडौं, जेठ ५ : सरकारले भूकम्पले प्रभाव नपारेपनि तोकिएको मापदण्ड विपरित बनेको घरहरु भत्काउने भएको छ । पहिलो चरणमा भूकम्पले क्षति पुगेका घर भत्काउने काम सकेपछि दोस्रो चरणमा मापदण्ड विपरितका घर भत्काउने निर्णयमा सरकार पुगेको हो । उपत्यकामा सरकारले तोकेको मापदण्ड मिचेर अधिकांश घरहरु बनेका छन् । ‘यस अघि सडक मिचेर बनाएका घरहरु भत्काइएका थिए, अव मापदण्ड विपरित बनेका घरहरु भत्काइने छ’ काठमाडौंका सिडिओ एकनारायण अर्यालयले डिजिटल दैनिकसँग भने, ‘मापदण्ड विपरितका घर राखिराख्दा भोली फेरि समस्या आउन सक्ने भएकाले भत्काउने निर्णयमा पुगेका हौ ।’ काठमाडौंमा सरकारले …

भूकम्पका कारण स्थगित कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

भूकम्पका कारण स्थगित कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक काठमाडौं, जेठ ४ : उच्च माध्यामिक शिक्षा परिषदको भूकम्पका कारण स्थगित भएको कक्षा ११ र १२ को परीक्षाको तालिका सार्वजनिक गरेको छ। नयाँ तालिकाअनुसार कक्षा १२ परीक्षा जेठ २० गतेबाट तथा कक्षा ११ को परीक्षा असार १ गतेबाट सञ्चालन हुनेछ। परिषदका अनुसार यो परीक्षा भूकम्पबाट प्रभावित नभएका ६८ जिल्लामा मात्र सञ्चालन हुनेछ। भूकम्पबाट क्षति पुगेका ७ जिल्लामा भने तत्काल परीक्षा सञ्चालन नगरिने परिषदले जनाएको छ। बढी क्षति भएका धादिङ,गोरखा, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा तत्काल परीक्षा सञ्चालन हुने छैन। रोकिएका ७ जिल्लाका लागि नयाँ परीक्षा …

कोरियन भाषा परीक्षा सर्‍यो, असोज २ र ३ गते परीक्षा हुने

कोरियन भाषा परीक्षा सर्‍यो, असोज २ र ३ गते परीक्षा हुने काठमाडौं, जेठ ४ : कोरियन भाषा परीक्षा आगामी असोज २ र ३ गते हुने भएको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको अध्यक्षतामा सोमबार बसेको निर्देशक समितिको बैठकले यही जेठ ३० र ३१ गते हुने भनिएको परीक्षाको मिति परिवर्तन गरको हो । छैठौ कोरियन भाषा परीक्षाको लागि गत वैशाख ३ देखि ६ गतेसम्म दरखास्त संकलन गरिएको थियो। यसवर्ष परीक्षामा सहभागी हुन ५१ हजार भन्दा बढी युवाहरुले फाराम भरेका छन् …

बस र ट्रक एकआपसमा ठोकिदा ९ जनाको मृत्यु

बस र ट्रक एकआपसमा ठोकिदा ९ जनाको मृत्यु काठमाडौं, जेठ ४ : मकवानपुरको मनहरी-३ मा सोमबार दिउँसो बस र ट्रक एकआपसमा ठोकिदा ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवन बिरेन्द्रनगर २ का योखा गुरुङ, नवलपरासीका मिसल गुरुङ, बारा कोल्बीका बैजनाथ चौधरी, बीरगञ्ज ३ का सातुमिया सेख, रसुवा कर्मथलीका बलराम भट्ट, भारत पूर्वी चम्पारणका असलम मियां, भारत बेतियाका बिभु साह र अर्घाखांचीका रामलाल भुषाल रहेका छन् । मृत्यु भएका मध्ये ६ जनाको घटनास्थलमै र बाँकीको उपचारकोक्रममा मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वीरगन्जबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ३६९७ नम्बरको बस र हेटौंडातर्फ जाँदै गरेको ना४ख …

विनासकारी भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ४ पुग्यो

विनासकारी भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ४ पुग्यो काठमाडौँ, जेठ ४ : गत बैशाख २९ गते आएको दोस्रो भूकम्पमा परी सोमबार बिहानसम्म १ सय ४८ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय ७७ जना घाइते भएका छन्। भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा ११, पूर्व क्षेत्रमा ४, मध्य क्षेत्रमा १ सय ३० र पश्चिम क्षेत्रमा ३ जना रहेका छन्। यस्तै घाइते हुनेहरुमा उपत्यकामा १ हजार ८ सय ९१, पूर्व क्षेत्रमा १ सय २५, मध्य क्षेत्रमा १ हजार १६, पश्चिम क्षेत्रमा १ सय ३१ र मध्य पश्चिम क्षेत्रमा १४ जना रहेका छन्। १२ गतेको भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ५६ :  यसैगरी गत बैशाख १२ गते गएको पहिलो बिनाशकारी भूकम्पमा हालसम्म ८ हजार ४ सय ५६ जनाको ज्यान …

भूकम्पले भत्किएका अग्ला घर भत्काउन दक्ष विदेशी टोली बोलाउने

भूकम्पले भत्किएका अग्ला घर भत्काउन दक्ष विदेशी टोली बोलाउने काठमाडौं, जेठ ३ : सरकारले भूकम्पका कारण भत्किएका अग्ला घरहरु भत्काउन दक्ष विदेशी टोलीलाई नेपाल बोलाउने भएको छ । गृह मन्त्रालयमा आईतबार साँझ बसेको सचिव बैठकले दुई तलाभन्दा अग्ला घर भत्काउन प्राविधिक र सोही अनुसारको उपकरण नभएको ठहर गर्दै अपकरण सहित विदेशी दक्ष टोली बोलाउने निर्णय गरेको हो । ‘तीन तलाभन्दा अग्ला भवन भत्काउन दक्ष टोली र केमिकल विदेशबाट मगाउने निर्णय भएको छ’ गृह मन्त्रालयका सहसचिव विनोद केसीले भने, ‘अग्ला घर भत्काउन विषेश प्रकारका रसायन (केमिकल), कन्ट्रोल मेमुलेसन र दक्ष जनशक्ति नभएकाले विदेशी सहयोग लिने निर्णय गरिएको हो ।’ बैठकले पराराष्ट्र …

आज १२ बजेसम्म २ वटा पराकम्पन

आज १२ बजेसम्म २ वटा पराकम्पन काठमाडौं, जेठ २ : गत बैशाख १२ गते गएको विनासकारी भूकम्पपछि हालसम्म पनि पराकम्पन आउने क्रम अझै जारी छ। आज (आईतबार) दिएंसो १२ बजेसम्म २ वटा मात्र पराकम्पन महसुश गरिएको छ। आज बिहान ५ बजे दोलखा केन्द्रबिन्दु गरेर ४.४ रेक्टर स्केलको धक्का महसुश गरियो भने दिउँसो ११ बजेर ३० मिनेटमा रामेछाप केन्द्रबिन्दु गरेर ४.६ रेक्टर स्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। १२ गतेपछि पछिल्ला दिनमा तुलनामा अहिलेसम्म पराकम्पन कम महशुस गरिएको छ। तालिका हेर्नुहोस …

विनासकारी भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६७ पुग्यो

विनासकारी भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६७ पुग्यो काठमाडौँ, जेठ ३ : देशका विभिन्न भागमा बैशाख २९ गते पुन आएको दोस्रो भूकम्पमा परी आइतबार बिहानसम्म मृत्यु हुनेको संख्या १ सय ४१ पुगेको छ। भूकम्पबाट ३ हजार १ सय ४२ जना घाइते भएका नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भूकम्पबाट ज्यान गुमाउने मध्ये उपत्यकामा ११, पूर्व क्षेत्रमा ४, मध्य क्षेत्रमा १ सय २३ र पश्चिम क्षेत्रमा ३ जना रहेका छन्। यस्तै घाईते हुनेमा उपत्यकामा १ हजार ८ सय ९१, पूर्व क्षेत्रमा १ सय २४, मध्य क्षेत्रमा ९ सय ८४, पश्चिम क्षेत्रमा १ सय २९ र मध्य पश्चिम क्षेत्रमा १४ जना रहेका छन्। १२ गतेको भूकम्पमा ८ हजार ४ सय २६ को मृत्यु : गत बैशाख १२ गते गएको पहिलो …

डुंगा पल्टेर २ बालिकाको मृत्यु

डुंगा पल्टेर २ बालिकाको मृत्यु काठमाडौं, जेठ ३ : कास्कीको लेखनाथस्थित बेगनासतालमा डुंगा पल्टेर २ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा लेखनाथ-११ पचभैयाका १३ वर्षीया सिता सुनार र १२ वर्षीया ममता गुरुङको मृत्यु भएको हो। अन्य ३ जना पौडिएर बाँच्न सफल भएका छन् । शनिबार दिउँसो वनमा घाँस/दाउरा काट्न जंगल गएका उनीहरु गर्मी भएको भन्दै नुहाउन तालमा पसेका थिए। जलारीले काम नलाग्ने भएर छाडेको पुरानो डुंगा देखेपछि उनीहरु डुंगा सयर गर्न थालेका थिए। पानी छिर्ने सो डुंगा चलाउँदै तालको बीच भागमा पुगेका बेला डुंगा पल्टिदा उनीहरुको मृत्यु भएको स्थानीयले बताए। पौडिएर बाँचेकाले खबर गरेपछि उद्धारमा गएको …

दोलखालाई केन्द्रबिन्दु बनाएर फेरि ५.५ रेक्टर स्केलको भूकम्पको धक्का

काठमाडौं, जेठ २ : दोलखालाई केन्द्र बिन्दु बनाएर फेरी शनिबार बेलुका ५.५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका जनाएअनुसार आज मात्रै चार रेक्टर स्केलभन्दा माथिका सात वटा पराकम्पनहरू गएका छन्। शनिबार बेलुकाको यो भूकम्पको धक्काले फेरि मानिसलाई त्रसित बनाएको …

1 458 459 460 461 462 483