समाज

भूकम्पले सगरमाथाको उचाई घट्यो, काठमाडौंको बढ्यो

भूकम्पले सगरमाथाको उचाई घट्यो, काठमाडौंको बढ्यो काठमाडौं, बैशाख २३ : गत बैशाख १२ गते गएको शक्तिशाली भूकम्पले सर्वोच्च शिखर सगरमाथाको उचाई घटेको र काठमाडौंको उचाई बढेको देखाएको छ। गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टरस्केलको भूकम्पले सगरमाथाको उचाई कम गरेको र काठमाडौं उपत्यकाको उचाई बढाएको युरोपको सेन्टिनियल–१ ए भूउपग्रहले भूकम्प प्रभावित क्षेत्र बाट लिएको तथ्यांकको प्रारम्भीक विश्लेषणले देखाएको हो। उक्त अध्ययनले सगरमाथाको उचाई २.८ सेन्टिमिटर कम भएको देखिएको छ। भारतीय उपमहाद्धिप र तिब्बती बाह्रय प्लेटबीचको जुधाईले सिर्जित भूकम्पबाट सगरमाथाको उचाई घटेको डिस्कभरी र लाईभ साइन्स जर्नलको …

महाभूकम्पबाट मृत्यु हुनेको संख्या ७ हजार पाँच सय ५७ पुग्यो, १४ हजार बढी घाईते (अपडेट)

महाभूकम्पबाट मृत्यु हुनेको संख्या ७ हजार पाँच सय ५७ पुग्यो, १४ हजार बढी घाईते (अपडेट) काठमाडौं, बैशाख २२ : गत बैशाख १२ गते गएको महाभूकम्पमा परी हालसम्म ७ हजार पाँच सय ५७ जनाको मृत्यु भएको छ। भूकम्पबाट घाईते हुनेको संख्या १४ हजार ५ सय ३६ रहेको छ। गृह मन्त्रालयले दिएको तथ्याङ्क अनुसार सबैभन्दा बढी सिन्धुपाल्चोकमा २ हजार ९ सय ११ जनाको मृत्यु भईसकेको छ। त्यस्तै, काठमाडौंमा १ हजार २ सय २, नुवाकोटमा ९ सय ४, धादिङमा ६ सय ८०, रसुवामा ४ सय ३३ र गोर्खामा चार सय १२ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार एक लाख ९१ हजार ५८ वटा निजी घर र दश हजार सात सय आठ वटा सरकारी भवन पूर्णत क्षतिग्रस्त भएका छन् भने एक लाख ७५ हजार एक सय ६२ वटा निजी र १४ हजार सात सय ४१ वटा सरकारी …

कार्यक्रम परिमार्जन गरी बुद्ध जयन्ती मनाईदै

कार्यक्रम परिमार्जन गरी बुद्ध जयन्ती मनाईदै काठमाडौं, बैशाख २१ : प्रत्येक वर्षको वैशाख शुक्ल पूणिर्माका दिन मनाईने बुद्ध जयन्ती प्रचलन अनुसार सोमबार बुद्ध जयन्ती मनाइँदैछ। बुद्ध जयन्तीलाई भव्यताका साथ मनाउने डेढ महिनाअघिदेखि तयारी गरिएतापनि देशमा महाभूकम्पका कारण परेको बिपत्तीले गर्दा यस वर्ष बुद्ध जयन्तीको कार्यक्रम परिमार्जन गरिएको छ। राष्ट्रिय बुद्ध जयन्ती मूल समारोह समितिले यस वर्षको बुद्ध जयन्ती भूकम्पका कारण जीवन गुमाउनेका लागि निर्वाण (मोक्ष प्राप्ति) र घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दै मनाउने भएको छ। समितीका अनुसार सम्पूर्ण बौद्ध सघंसंस्थालाई पीडितको उद्धार तथा राहतमा सहयोग …

बिहानै ३ वटा धक्का महशुस, आजसम्म ४ रेक्टर माथीका १३६ धक्का

बिहानै ३ वटा धक्का महशुस, आजसम्म ४ रेक्टर माथीका १३६ धक्का काठमाडौं, बैशाख २१ : गत बैशाख १२ गते शनिबार गएको विनासकारी महाभूकम्पसँगै साना साना धक्का जाने क्रम अझै जारी छ। आज बिहान मात्रै पनि ३ वटा भूकम्पका धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रकाअनुसार आज बिहान ४ बजेर ५९ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु गरेर ४.२ रेक्टरको, बिहान ठिक ७ बजे दोलखा केन्द्रबिन्दु गरेर ४.३ रेक्टरको र बिहान ९ बजेर ५४ मिनेटमा ४.२ रेक्टर स्केलको रसुवा र नुवाकोटको सिमानामा केन्द्रबिन्दु गरेर भूकम्पको धक्का महसुश गरियो। यससँगै आजसम्म ४ रेक्टर स्केल माथिका भूकम्पको संख्या १ सय ३६ पुगेको …

जेठ १ गतेदेखि बिद्यालय खुलाउने सरकारको तयारी

जेठ १ गतेदेखि बिद्यालय खुलाउने सरकारको तयारी काठमाडौं, बैशाख २१:  गत बैशाख १२ गतेको भूकम्पबाट बन्द रहेका बिद्यालयहरु जेठ १ बाट विद्यालय सञ्चालन गर्ने तयारी सरकारले गरेको छ। शिक्षा मन्त्रालयले विद्यालय सञ्चालनको तत्कालीन योजना बनाएर अघि बढ्ने समेत जनाएको छ। मन्त्रालयको शनिबार बसेको सचिवस्तरीय निर्णयबाट जेठ १ देखि बालबालिकालाई विद्यालय ल्याउने वातावरण बनाउन तत्कालीन कार्ययोजना लागु गरिने मन्त्रालय प्रवक्ता हरि लम्सालले बताए। शिक्षा मनत्रालयका अनुसार नेपालका भूकम्पबाट ३६ जिल्लाका सरकारी तथा निजी विद्यालय बढी क्षति भएका छन्। ३६ जिल्लाका ७ सय २७ विद्यालय पूर्ण क्षति र १ हजार ४ सय २० विद्यालय भवन …

उद्दारका लागि बनाएको विषेश अमेरिकन चार विमान आईपुगे

उद्दारका लागि बनाएको विषेश अमेरिकन चार विमान आईपुगे काठमाडौं, बैशाख २० : अवतरणका लागि रनवे आवश्यक नपर्ने अत्याधुनिक चार अमेरिकी भिटिओएल अस्प्रे विमान काठमाडौं आएको छ। अमेरिकी विमानहरु अकिनावाबाट सोझै काठमाडौं आएका हुन्। यी मोडलका विमान उद्धार र राहत वितरणका लागि उत्कृष्ट मानिन्छन्। यी विमान हेलिकप्टर र अन्य एयरक्राफट सरह नै जसरी नै उडान र अवतरण गर्ने क्षमता …

आज पनि ३ वटा भूकम्प

आज पनि ३ वटा भूकम्प काठमाडौं, बैशाख २० : महाभूकम्पको नवौ दिन सम्म पनि साना साना भूकम्पका धकका जाने क्रम जारी छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ३ बजेर २९ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव ५ म्याग्निच्युडको भुकम्प गएको छ। यस्तै, आजै ४ बजेर २४ मिनेटमा धादिङ केन्द्र रहेर ४ म्याग्निच्युडको भूकम्प गयो भने ५ बजेर ४७ मिनेटमा गोर्खा केन्द्र रहेको ४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको मापन केन्द्रले जनाएको …

भूकम्पमा परी पत्रकार सुमन बम्जनको निधन

भूकम्पमा परी पत्रकार सुमन बम्जनको निधन काठमाडौं, बैशाख १९ : भूकम्पमा परी पत्रकार सुमन बम्जनको निधन भएको छ। गत साता गएको भूकम्पमा हराईरहेका पत्रकार बम्जनको शव शनिबार महाबौद्धस्थिति भग्नावशेषबाट निकालिएको हो। घरयासी सामान लिएर कोठा तर्फ जाँदै गरेका बम्जनलाई विनाशकारी भूकम्पले भत्काएको घरले पुरेको थियो। बम्जनको शव शनिबार बम्जन गोरखापत्र दैनिकका पत्रकार …

भूकम्पको साना धक्का जाने क्रम अझै जारी (अपडेट)

भूकम्पको साना धक्का जाने क्रम अझै जारी (अपडेट) काठमाडौं, वैशाख १९ :  विनासकारी महाभूकम्प गएको एक साता बितिसक्दा पनि भूकम्पका साना साना धक्का आउने क्रम भने जारी छ। पछिल्लो पटक आज (शनिबार) ११ बजेर २० मिनेटमा गोर्खा केन्द्रबिन्दु गरेर ५.१ रेक्टर स्केलको भूकम्प धक्का महशुस गरियो। यस्तै, आजै ९ बजेर ३२ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टर स्केलको,३ बजेर ५५ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु गरेर ४.२ रेक्टर र ५ बजेर ५५ मिनेट जाँदा दोलखा केन्द्र भएर ४.३ रेक्टर स्कलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यो सँगै गत शनिबारदेखि हालसम्म चार रेक्टरभन्दा माथिको १२३ वटा भूकम्पको धक्का महसुस …

१ हजार युरोपेली पर्यटक सम्पर्कविहीन

१ हजार युरोपेली पर्यटक सम्पर्कविहीन काठमाडौं, वैशाख १९ : गत शनिबार आएको विनाशकारी भूकम्पपछि युरोपका करिव एक हजार पर्यटक हराईरहेका छन्। भूकम्पमा परी ६ हजार बढीको मृत्यु भएको छ भने झण्डै १४ हजार घाइते भएका छन्। जसमा १२ जना युरोपेली संघमा आवद्ध देशका नागरिकको पनि मृत्यु भएको पुष्टि भएको छ। नेपालका लागि युरोपेली संघले अहिलेसम्म युरोपली संघका १ हजार नागरिकबारे कुनै जानकारी नरहेको बताउको छ। अधिकारीहरुका अनुसार सम्र्पकबिहीन हुनेमा अधिकांंश सर्वोच्च शिखर सगरमाथा सहितका हिमाली क्षेत्रको ट्रेकिङमा गएकाहरु रहेका छन्। हराइरहेका आफ्ना नागरिक त्यहाँ फसेका हुन सक्ने अधिकारीहरुको आशंका रहेको …

1 463 464 465 466 467 483