समाज

बारामा बस पल्टिँदा तीन जनाको मृत्यु ,घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर

बारामा बस पल्टिँदा तीन जनाको मृत्यु ,घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर काठमाडौं, बैशाख ८ : पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको पिलुवास्थित पसाहा खोला नजिक मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । मत्यु हुनेमा सर्लाहीको ब्रम्हपुरीका ४५ वर्षका अकलु गिरी , उनकी श्रीमति ४० वर्षीया भवानी गिरी र सर्लाहीकै पुर्नबासका २२ वर्षीया लक्ष्मी पासवान रहेका छन्। दुर्घटनामा परि १४ जना घाइते भएका छन् भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । दुर्घटनामा घाइते भएकाको निजगढ अस्पतालमा उपचार भइरहेको छ । काठमाडौंबाट सर्लाहीको मलंगवाका लागी छुटेको ना ४ ख ४५१६ नम्बरको एन्जल …

शुल्क बृद्धि फिर्ता

शुल्क बृद्धि फिर्ता काठमाडौं, बैशाख ७ : चालु शैक्षिक शत्रबाट निजी विद्यालयले बृद्धि गरेको शुल्क विद्यार्थीलाई नै फिर्ता गर्नुपर्ने भएको छ। चर्को शुल्क बृद्धि गरिएको भन्दै आन्दोलनमा उत्रेका विद्यार्थीको माग अनुसार हाललाई शुल्क बृद्धिको निर्णय फिर्ता लिने, यसअघि बृद्धि गरेर विद्यार्थीसंग लिइएको शुल्क फिर्ता गर्ने सहमति भएको हो। शिक्षा मन्त्रालय, अभिभावक संघ, विद्यार्थी संगठन, निजी विद्यालय सञ्चालक र निजी विद्यालयमा कार्यरत शिक्षकका प्रतिनधीबीच आइतबार राती भएको वार्तामा १० बुंदे सहमति भएको हो। नयाँ शुल्क बृद्धि गर्न विद्यार्थी र अभिभावक समेत संलग्न प्राविधीक समिती गठन …

बिद्यार्थी संगठनद्वारा मोरङका निजी बिद्यालय बन्द

बिद्यार्थी संगठनद्वारा मोरङका निजी बिद्यालय बन्द विराटनगर, बैशाख ७ : निजी बिद्यालयमा भएको शुल्कवृद्धि फिर्ताको माग गर्दै नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी सहित ९ विद्यार्थी संगठनले सोमवार मोरङका सबै निजी विद्यालय बन्द गराएका छन्। शुल्क फिर्ताको माग गर्दै आइतवार मोरङको शिक्षा कार्यालयमा तालाबन्दी गरेका विद्यार्थी संगठनले वार्ता असफल भएपछि निजी विद्यालय बन्द गराएका हुन्। राजनीतिक दलका विद्यार्थी संगठनहरू निजी विद्यालयले आफूखुशी विद्यार्थी भर्ना शुल्क निर्धारण गरेको भन्दै केही दिनदेखि आन्दोलित छन्। विद्यालय बन्द हुँदा मोरङका तीनसय ७४ निजी स्कूलमा अध्ययनरत करिब ५० हजार भन्दा बढी …

जाजरकोटमा फैलिएको माहामारीमा लापरबाही नगर्न अख्तियारको निर्देशन

जाजरकोटमा फैलिएको माहामारीमा लापरबाही नगर्न अख्तियारको निर्देशन काठमाडौं, बैशाख ६ : जाजरकोटमा फैलिएको माहामारी तत्काल नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरोकारवला निकायलाई निर्देशन दिएको छ। जाजरकोट लगायत मध्यपश्चिमका पहाडी जिल्लामा तीन सातादेखि फैलिएको सिजनल फ्लुका कारण  २५  जनाको मृत्यु भैसकेको छ । सरकारले महामारी नियन्त्रणको प्रयास जारी रहेको बताए पनि बिरामीहरु मर्ने क्रम नरोकिएपछि अख्तियारको मध्यपश्चिम क्षेत्रीय कार्यालय सुर्खेतले जाजरकोट लगायत छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई आइतबार निर्देशन दिएको हो। जाजरकोटमा अझै पनि पर्याप्त स्वास्थ्यकर्मी र औषधि पुग्न नसकेको समाचार …

शुल्क बृद्धिका बिषयमा वार्ता हुदै

शुल्क बृद्धिका बिषयमा वार्ता हुदै काठमाडौं, वैशाख ६ : शुल्क वृद्धिको विषयमा विभिन्न विद्यार्थी संगठन र सरोकारवाला सहित विद्यार्थी नेताहरुलाई शिक्षा मन्त्रालयले आईतबार वार्तामा बोलाएको छ। बिभिन्न बिद्यार्थी संगठनहरुले आन्दोलन चर्काएपछि मन्त्रालयले आईतबार (आज) दिउँसो २ बजे सिंहदरबारमा वार्ताका लागि विद्यार्थी संगठनका प्रतिनिधि, निजी विद्यालय सञ्चालक संस्था प्याब्सन र एन प्याब्सनका साथै अभिभावा संघका प्रतिनीधिलाई पनि बोलाएको छ। नयाँ शैक्षिक सत्रका लागि निजी विद्यालयले चर्को शुल्क वृद्धि गरेको जनाउँदै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी) लगायत नौ विद्यार्थी …

ट्रकको ठक्करबाट छात्राको मृत्यु, चाबहिल क्षेत्र तनाबग्रस्त

ट्रकको ठक्करबाट छात्राको मृत्यु, चाबहिल क्षेत्र तनाबग्रस्त काठमाडौं, बैशाख ६ : काठमाडौको चाबहिलमा ट्रकको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ। आईतबार बिहान बा १ ख ९११२ नम्बरको ट्रकले पैदल हिडिरहेकी २१ वर्षकी छात्रा बालकुमारी दाहाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो। पशुपति बहुमुखी क्याम्पसमा पढ्ने छात्राको मृत्यु भएसँगै चाबहिल क्षेत्र अहिले तनावग्रस्त भएको छ। विद्यार्थी र स्थानीय बासिन्दाले गौशाला, चाबहिल क्षेत्रमा चक्काजाम गरेपछि यातायात प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ। विद्यार्थीले घटनाको विरोधमा प्रदर्शन गरिरहेका …

रुखले च्यापेर एकै परिवारका ३ जनाको मृत्यु

रुखले च्यापेर एकै परिवारका ३ जनाको मृत्यु पाँचथर, बैशाख ६ : पाँचथरको प्राङबुङमा गए राति हावा हुरीले ढालेको रुखले च्याप्दिा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। भारत सिक्किमको सोमबारे बजारबाट सामान किनेर फर्कने क्रममा प्राङबुङ–६ मा आइपुग्दा हावाहुरीका कारण ढलेको रुखले च्याप्दा प्राङबुङ ३ का श्रीप्रसाद खपांगी, उनको छोरा मनोज र भतिजा अनिषको मृत्यु भएको हो। तीनै जनाको शव रुखले च्यापिएको अवस्थाबाट निकालिएको प्रहरीले जनाएको …

नदीमा डुवेर तीन किशोरको मृत्यु

दाङ, बैशाख ५ : दाङमा नदीमा डुवेर तीन किशोरको मृत्यु भएको छ । शितलपुरको बबई नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको हो भने अर्को एक जनाको राप्ती नदीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा १७ बर्षीय मन्जीत गौतम र १८ बर्षीय भरत चन्द रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । अर्को राप्ती नदीमा पौडी खेल्ने क्रममा डुवेर एक बालकको मृत्यु भएको हो । देउखुरी लालमटिया ४ का १२ वर्षीय कमल पौडेलको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ …

अनौठो जिउ भएको बालकको जन्म

अनौठो जिउ भएको बालकको जन्म अछाम, बैशाख ५ : अछामकी एक महिलाले अनौठो जिउ भएको बालकको जन्म दिएकी छन् । बलाता गाविसको वडा नम्बर ४ बाष्कोटमा जन्मिएको बच्चाको स्वरुप र्हेदा अनौठो छ भने टाउकाको गिद्धी बाहिर निस्किएको छ । बलाता स्वास्थ्य चौकीमा माता बिन्द्रा र पिता मानबहादुर साउदका पहिलो सन्तानका रुपमा शनिबार बिहान जन्मिएका ती बालकको आँखा साह्रै ठूला र हातखुट्टा मोटा छन् । तर औँला भने अन्य शिशुका जस्तै साना रहेका स्वास्थ्य चौकी बलाताका इन्चार्ज बलबहादुर बुढाले बताए …

‘बुबा अझै हिउँमा सुतिरहनु भा’छ हो ?

‘बुबा अझै हिउँमा सुतिरहनु भा’छ हो ? काठमाडौं, बैशाख ५ : विश्वभरिका पर्वतारोहीहरू आज त्यो कालो दिनको सम्झना गर्दैछन्, जुन दिन सगरमाथाको खुम्बु आईसफल क्षेत्रमा झरेको हिमपहिरोले पुरिएर १६ शेर्पाको मृत्यु भएको थियो । काठमाडौं र सोलुखुम्बुमा रहेका शेर्पाहरूले श्रद्धाञ्जली कार्यक्रम गरी एक बर्षअघि आजकै दिने ज्यान गुमाएका आफ्ना साथीहरूको सम्झना गर्दैछन् । आधार शिविर र क्याम्प–१ बीच झरेको हिमपहिरोमा पुरिएका १६ शेर्पामध्ये तीन जनाको लाश अभै फेला पर्न सकेको छैन । संखुवासभाका तेन्जिङ छोतार शेर्पा, सोलुखुम्बुका पेम्बा तेन्जी शेर्पा र गोर्खाका आश बहादुर गुरुङको शव अभै भेटिएका छैन । तिनका परिवारलाई …

1 465 466 467 468 469 482