समाज

डुबेर ३ बालिकाको मृत्यु

डुबेर ३ बालिकाको मृत्यु धनगढी, बैशाख ३ : कैलालीको अत्तरिया नगरपालिका १३ मा रहेको मनहरा खोलामा नुहाउने क्रममा डुबेर विहीबार ३ बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा अत्तरिया नगरपालिका १३ बस्ने १२ वर्षीया करिस्मा गिरी, धनगढी नगरपालिका शिवनगरकी १२ बर्षीया अस्मिता नाथ र उनकी ९ बर्षीया बहिनीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरु विहीबार दिउँसो करिब सवा १२ बजे खोलामा नुहाउन गएको बुझिएको …

जाजरकोटका सबै विद्यालय आजदेखि बन्द

जाजरकोटका सबै विद्यालय आजदेखि बन्द जाजरकोट, वैशाख ३ : जाजरकोटमा मौसमी रुघाखोकी (सिजिनल फ्लु) र केहिमा स्वाइन फ्लुको संक्रमण समेत देखिएर बिरामी दैनिक बढेपछि जिल्लाका सबै विद्यालय बिहिबारदेखि बन्द गरिएको छ। जिल्लाका २ सय ७६ प्रावि, ९२ निमावि र ६४ वटा मावि विद्यालयको पठनपाठन बन्द गरिएको हो। जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णयअनुसार १५ दिनका लागि विद्यालयमा पठनपाठन बन्द गरिएको हो। विद्यालयमा धेरै मानिस जम्मा हुने भएकाले त्यहाँबाट छिटो संक्रमण बढ्ने भन्दै विद्यालय बन्द गरिएको बताईएको छ। जिल्लाको अछानी गाविसको एक विद्यालयबाट यो रोग फैलिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ। …

जिप दुर्घटनामा एकको मृत्यु, १३ घाइते

जिप दुर्घटनामा एकको मृत्यु, १३ घाइते काठमाडौं, बैशाख २ : संखुवासभाको ढोलबाजेमा बुधबार दिउँसो जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा वाना–८ की ५० वर्षीया कल्पना दर्नाल रहेको प्रहरीले जनाएको छ । खाँदबारीबाट वानातर्फ जाँदै गरेको को१ज १९३९ नम्बरको जिप खाँदबारीको ढोलबाजेमा दुर्घटना भएको हो । घाइतेको खाँदबारी अस्पतालमा उपचार भईरहेको छ …

सातौं पटक जिब्रो छेडे जुजुभाईले (फोटो फिचरसहित)

सातौं पटक जिब्रो छेडे जुजुभाईले (फोटो फिचरसहित) काठमाडौं, बैशाख २ : भक्तपुरस्थित मध्यपुर थिमीको बोडेमा प्रत्येक वर्ष वैशाख २ गते मनाइने जिब्रो छेड्ने जात्रा मनाइएको छ । जात्रामा यस वर्ष पनि बोडेका ३४ वर्षीय जुजुभाई बाँस श्रेष्ठले फलामको १० इन्चको सियोले जिब्रो छेडाएका छन् । विगत ६ वर्षदेखि जिब्रो छेड्न थालेका श्रेष्ठले यस वर्ष पनि संस्कृतिलाई जोगाई राख्न सातौं पटक जिब्रो …

वागमती पुलमा एक पुरुषको शव फेला

वागमती पुलमा एक पुरुषको शव फेला काठमाडौं, बैशाख २ : युएन पार्क नजिकको वागमती पुलमा एक पुरुषको शव फेला परेको छ । पुल र पिलरको बीचमा माथिपट्टी सुताएर राखेको अवस्थामा शव फेला परेको हो । प्रहरीको शवलाई निकालेको छ । शवको पहिचान भने हुन सकेको छैन । कसैले १०-१५ दिन अघि नै हत्या गरेर शव राखिदिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । शव परीक्षणको लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ …

मौसमका कारण सगरमाथा आरोहणमा गएका दर्जनौ वेसक्याम्पमै थन्किए

मौसमका कारण सगरमाथा आरोहणमा गएका दर्जनौ वेसक्याम्पमै थन्किए सोलुखुम्बु, वैशाख २ : मौसमको खराबीका कारण सगरमाथा आरोहण शुरु हुने बेलामा भएको मौसम खराबीका कारण आराहणमा गएका दर्जनौ आरोहीहरु वेसक्याम्पमै थन्किएका छन्। सगरमाथा आरोही एक दुई दिन अघिदेखि नै आधार शिविरबाट अघि बढ्ने कार्यक्रम रहेको भए पनि मौसमको प्रतिकुलताका कारण आरोहीहरु शिविरमा नै बस्न बाध्य भएका छन्।तीन दिनअघि पहिलो शिविरमा पुगेका आरोही पनि लगातार मौसम खराबी भई हिमपात भएपछि आधार शिविरमा फर्किएको आरोहण दलका सदस्य एवम् सोलुखुम्बु टाप्टिङ निवासी आङफुला शेर्पाले डिजिटल दैनिकलाई बताए। धेरै आरोही पहिलो तथा दोस्रो शिविरमा पुगिसक्नु पर्नेमा आधार शिविरमा …

जाजरकोटमा फैलीएको रोगबाट १७ जनाको मृत्यु, केहि विरामीमा स्वाइन फ्लूको आशंका

जाजरकोटमा फैलीएको रोगबाट १७ जनाको मृत्यु, केहि विरामीमा स्वाइन फ्लूको आशंका जाजरकोट, बैशाख २ : जाजरकोटमा दुई सातादेखि फैलिएको अज्ञात रोगबाट हालसम्म १७ जनाको मृत्यु भएको छ।रोगका कारण आज (बुधबार) बिहान टालेगाउँका एक जनाको मृत्यु भएपछि मृतकको संख्या १७ पुगेको हो। टालेगाउँ गाविस ७ का दलबहादुर शाहीको मृत्यु भएको हो। रोगबाट टालेगाउँमा मात्र एकसय ५० जनाभन्दा बढी बिरामी परेका छन्। महामारी फैलिएको रोगले मंगलबार मात्र जाजरकोटमा ४ जनाको मृत्यु भएको थियो। मंगलबार मृत्यु हुनेमा टालेगाउ २ की मैसरा सिंह, ३ की लछी नेपाली, ५ की धनकला दमाई र ६ का हस्ते कामी रहेका छन्। उनीहरुलाई ज्वरो आउने, छाती दुख्ने, श्वास प्रश्वास बन्द हुने र हातखुटुटा झम्झमाउने …

सरकारको लापरवाहीले पढाई सुरु भएपछि पनि २० लाख पुस्तक छाप्नै बाँकी

सरकारको लापरवाहीले पढाई सुरु भएपछि पनि २० लाख पुस्तक छाप्नै बाँकी काठमाडौ, वैशाख २ : सरकारले विद्यालय तहका स्कुलका किताव छाप्न गरेको लापरवाहीका कारण पढाई सुरु भएपछि पनि विद्यार्थीहरुले किताब नपाउने भएका छन्। सरकारी किताब छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र र निजि प्रकाशनले समयमै छपाई गरी जिल्लामा किताब पठाउन नसक्दा नयाँ शैक्षिक सत्र शुरु भएपछि पनि विद्यार्थीको हातमा किताब नहुने भएको हो। सरकारले बुधबार (आज) देखि देशभर विद्यार्थी भर्ना अभियान सुरु गरेको छ। यता निजि र सरकारी दुवै अधिकांश विद्यालयहरुमा पनि आजैदेखि पठन पाठन सुरु भएको छ। तर समयमा किताब छपाई नभएका कारण लाखौ विद्यार्थीको हातमा किताब नहुने भएको छ। …

आज जिब्रो छेड्ने जात्रा मनाईदै

आज जिब्रो छेड्ने जात्रा मनाईदै भक्तपुर, बैशाख २ : भक्तपुरस्थित मध्यपुर थिमीको बोडेमा प्रत्येक वर्ष वैशाख २ गते मनाइने जिब्रो छेड्ने जात्रा आज मनाइंदै छ। जात्रामा यस वर्ष पनि बोडेका ३४ वर्षीय जुजुभाई वाँस श्रेष्ठले फलामको १० इन्चको सियोले जिब्रो छेडाउंदै छन्। विगत ६ वर्षदेखि जिब्रो छेड्न थालेका श्रेष्ठले यस वर्ष पनि संस्कृतिलाई जोगाई राख्न सातौं पटक जिब्रो छेड्न लागेका हुन्। आजै मध्यपुर थिमी नगरपालिका क्षेत्रका वासिन्दाले हर्षोल्लासका साथ सिन्दुरजात्रा पनि मनाउंदै छन्। थिमिमा चैत्त मसान्त देखि सुरु भएको विस्केट जात्रा मध्ये आज विशेष रुपमा मनाईने सिन्दुर जात्राका सुरुवातमा विहानै …

नयाँ वर्षको अवसरमा बूढानीलकण्ठ महोत्सव (फोटोफिचर)

नयाँ वर्षको अवसरमा बूढानीलकण्ठ महोत्सव (फोटोफिचर) काठमाडौं, बैशाख १ : राजधानीको बूढानीलकण्ठमा बूढानीलकण्ठ महोत्सव आयोजना गरिएको छ । नयाँ वर्षको अवसर पारेर महोत्सव आयोजना गरिएको हो । महोत्सव हेर्ने विहानदेखि नै मानिसहरुको घुइचो लागेको छ । महोत्सवमा भगवान् बुढानीलकण्ठको गहना, पुरातात्विक सामाग्री, खानालगाएत सय वटा स्टक राखिएको छ । फोटो: चन्द्र बहादुर …

1 467 468 469 470 471 483