समाज

जाजरकोटमा फैलिएको महामारी रोगका कारण थप चारजनाको मृत्यु

जाजरकोटमा फैलिएको महामारी रोगका कारण थप चारजनाको मृत्यु जाजरकोटमा, बैशाख १ :  जाजरकोटमा फैलिएको महामारी रोगका कारण थप चारजनाको मृत्यु भएको छ। सरकारले रोग नियन्त्रणमा आएर बताईरहेको बेलामा थप चार जनाको मृत्यु भएको हो। यससँगै महामारीमा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। यसअघि १२ जनाको पनि ज्यान गईसकेको थियो। मृत्यु हुनेमा टालेगाउँ गाविस वडा नम्बर ३ की ५० वर्षीया लक्ष्मी नेपाली, वडा नम्बर ५ की ५५ वर्षीया धनकला दमाईं, वडा नम्बर ६ का ५१ वर्षीय हस्ते कामी र वडा नम्बर २ का ६१ वर्षीया महेश्वरा सिंह रहेका छन्। उनीहरुको सोमबार राती मृत्यु भएको हो। सम्बन्धित खबरहरु :  जाजरकोटको अज्ञात रोग केहि ठाउँमा नियन्त्रण जाजरकोटमा …

राजधानीमा आजदेखि प्लास्टिक झोला निषेध

राजधानीमा आजदेखि प्लास्टिक झोला निषेध काठमाडौं, बैशाख १: सरकारले आजदेखि उपत्यकामा प्लास्टिक झोला बिक्री वितरण र प्रयोगमा रोक लगाएको छ।   प्लास्टिक झोला रोक लगाइएकाले उक्त काम गरेमा वातावरण संरक्षण ऐन अनुसार ५० हजार रुपैयाँसम्म जरिवाना गरिने भएको छ। यसै अवसरमा ‘प्लाष्टिक झोला मुक्त काठमाडौ’ भन्ने नाराका साथ आज (मंगलबार) बिहान जनचेतना र्‍याली समेत निकालियो। ‘प्लाष्टिक झोला मुक्त सहर हामी सबै नेपालीको रहर, नयाँ बर्षको संकल्प कागज कपडा बिकल्प’ भन्ने नारासहित चेतनामुलक प्लेकार्ड र ब्यानरसहित भृकुटीमण्डपबाट निकालिएको र्‍याली इन्द्रचोक, असन, भोटाहिटी, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा …

परीक्षामा फेल भएपछि ४ छात्रा महाकाली नदीमा हामफालेर बेपत्ता

परीक्षामा फेल भएपछि ४ छात्रा महाकाली नदीमा हामफालेर बेपत्ता दार्चुला, चैत ३० : कक्षा ६ र ७ को नतिजामा अनुत्तीर्ण भएका चार विद्यार्थी महाकाली नदीमा हामफालेर बेपत्ता भएका छन्। दत्तु गाविस ३ की १५ वर्षीया पूजा कोली, १४ वर्षीया ममता चुनारा, दत्तु गाविस २ की ममता चुनारा र १२ वर्षीया नितु लुहार महाकालीमा वेपत्ता भएका हुन्। उनीहरुले सोमबार विहान करिब १०ः४५ वजेतिर महाकाली नदीमा हाम फालेका थिए। परीक्षामा फेल भएकोले उनीहरुले नदीमा हाम फालेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सीमा पारीबाट भारतीय नागरिकले दुई जना हाम फालेको देखेपछि नेपालमा खबर गरेको बुझिएको छ। उनीहरु हाम्फालेको …

जाजरकोटको अज्ञात रोग केहि ठाउँमा नियन्त्रण

जाजरकोटको अज्ञात रोग केहि ठाउँमा नियन्त्रण जाजरकोट, चैत ३० : दुई सातादेखि जाजरकोटका ग्रामीण भेगहरुमा फैलिएको अज्ञात रोग आशिंक रुपमा नियन्त्रणमा आएको चिकित्सकहरुले जनाएका छन्। रोगबाट अत्याधिक प्रभावित मानिएका सक्ला, नायवाडा, अर्छानीलगायतका स्थानमा भने रोग आंशिक नियन्त्रणमा आएको चिकित्सकहरुले बताएका हुन्। जिल्लाको सक्ला, नायवाडा, अर्छानी, रोकायाँ, पैंक लगायतका गाविसमा प्रकोपकै रुप लिएको रोग नियन्त्रण गर्न जिल्ला स्वास्थ्य कार्यालयबाट औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरिएको छ। टाउको दुख्ने, ज्वरो आउने, हातखुट्टा झमझमाउने र रुघाखोकीको लक्षण रहेको रोग प्रभावित क्षेत्रमा अस्पतालका डाक्टर दिपक …

डाकाको आक्रमणबाट एकको मृत्यु, १० तोला सुन र डेढ लाख लुटियो

डाकाको आक्रमणबाट एकको मृत्यु, १० तोला सुन र डेढ लाख लुटियो झापा, चैत ३० : झापाको दक्षिण पृथ्वीनगरमा आइतबार राती डाकाको आक्रमणमा परेर एक जना स्थानीयको मृत्यु भएको छ। राति करिब एक बजे तीर २० जनाभन्दा बढीको संख्यामा आएको डाका समूहले गोली प्रहार गर्दा पृथ्वीनगर ८ निवासी देवकुमार श्रेष्ठको मृत्यु भएको हो। पूर्व प्रहरी हवल्दार समेत रहेका श्रेष्ठको घरमा प्रवेश गरेको डाका समूहले उनलाई गोली हानेपछि लुटपाट गरेको र परिवारका अन्य सदस्यमाथि पनि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। किराना पसल चलाउँदै आएका श्रेष्ठको घरबाट १ लाख ८० हजार नगद र १० तोला सुन पनि डाकाको समुहले लुटेका छन्। डाका समूहले गाउँमा हवाइ फायर …

सय हप्तामा के भयो बाग्मतीमा ?

सय हप्तामा के भयो बाग्मतीमा ? काठमाडौं, चैत २८ : सरकारले बाग्मती नदीलाई सफा गर्ने उदेश्यले अभियान थालेको एक सय हप्ता पुगेको छ। बाग्मती नदी सरसफाइ महाअभियानको एक सय हप्ता पुगेको अवसरमा शनिबार मानव साङलो बनाएर थप ऐक्यबद्धता समेत जनाइएको छ। प्रत्येक हप्ताको शनिबार सरकारी कर्मचारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि, विद्यार्थी लगायतले सामुहिक रुपमा बागमति नदि सभा गर्दै आएका छन्। मुख्यसचिव लिलामणि पौडेलेले बाग्मती सफाई अभियानको नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका छन् । शनिबार सय हप्ताको अभियानमा प्रधानमन्त्री सुशील कोइराला तिलंगगा र एमाओवादी …

जाजरकोटमा अज्ञात रोगको महामारी, ११ जनाको मृत्यु

जाजरकोटमा अज्ञात रोगको महामारी, ११ जनाको मृत्यु जाजरकोट, चैत २७ : जाजरकोटमा दुई हप्तादेखि पैंक र अर्छानी लगायतका केहि गाविसमा फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्छानी ५ की सुस्मीता जैसी, पैंक ५ का वीरबहादुर रोकाय, खम्बबहादुर नेपाली, कल्दरी रोकाय, धनबहादुर रोकाय, जयरुपा उपाध्याय, जयसरी रोकाय र जयसरा रोकाय, तिलकबहादुर गिरी, लक्ष्मी रोकाय र टालेगाउँ १ की कल्दरा शाही रहेका छन्। जिल्लाको ग्रामीण भेगमा टाउको दुख्ने, ज्वरो आउने, हातखुट्टा झमझमाउने, रुघाखोकी लाग्ने लगाएतका रोग व्यापकरुपमा फैलिएपछि उनीहरुको मृत्यु भएको हो। रोगको प्रकोपबाट सबैभन्दा बढी उत्तरी गाविस …

सय बर्ष अघिको काठमाडौं कस्तो थियो ? हेर्नुहोस् फोटोफिचर

सय बर्ष अघिको काठमाडौं कस्तो थियो ? हेर्नुहोस् फोटोफिचर काठमाडौं, चैत २६ : सय बर्ष अघि काठमाडौं कस्तो थियो होला ? त्यसको व्याख्या गर्ने सय बर्षका जिवित इतिहासकारहरु कमै छन् । अहिले अव्यवस्थीत रुपमा काठमाडौंमा बढेको शहरिकरणलाई धेरैले अस्वभाविक ठानेका छन् । कतिले त कृषिको लागि उर्वर उपत्यकामा शहरिकरण गर्नुनै गलत भएको बताउँदै आएका छन् । आखिर कस्तो थियो होला त सय बर्ष अघि काठमाडौं ? सिनामंगलको उर्वर फाँटदेखि बैद्ध स्तुपालाई घेरेको खेतका कान्ला र बागमतिको छालदेखि स्वयम्भुको पातलो बस्तीसम्म । सय बर्ष अघि वेलायती इतिहासकार टोनी हेगन काठमाडौं आउदा खिचेका तस्वीरहरु यस्ता छन् । स्वयम्भू बौद्ध …

सप्तरीको मल्हनियामा भिषण आगलागी

सप्तरीको मल्हनियामा भिषण आगलागी काठमाडौं, चैत २६ : सप्तरीको रामपुराको मल्हनिया गाउँ विकास समिति वडा नम्बर ५ को मल्हनियाँ टोलमा भिषण आगलागी हुदाँ करिब एक सय घर जलेर नष्ठ भएका छन् । मल्हनियाँ टोलका दशरथ यादवको घरबाट सल्केको आगोले उक्त बस्तीनै सखाप बनाएको स्थानीयहरुले बताएका छन् ।आगलागिमा परी दुई जना घाइते भएका छन् भने, पशुचौपायको पनि जलेर मृत्यु भएको छ । आगलागीको के कारणले लागेको हो भन्ने खुल्न सकेको छैन् । आगलागी नियन्त्रणका लागि राजविराजबाट गएको दमकल स्थानीय र प्रहरीले आगो निभाउने प्रयास गरेपनि हालसम्म आगो पुर्ण नियन्त्रण आउन सकेको छैन् …

नायब सुब्‍बा घुस लिँदालिँदै पक्राउ

काठमाडौं, चैत २६ : पोखरा उपमहानगरपालिकाका नायब सुब्बा भरतराज पौडेल सेवाग्राहीबाट घूस लिँदै गरेको अवस्थामा प्रकाउ परेका छन्। पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले १० हजार नगदसहित उनकै कार्यकक्षबाट प्रकाउ गरेको हो। नासु पौडेल पोखरा उपमहानगरपालिका कानून शाखामा कार्यरत छन् …

1 468 469 470 471 472 483