समाज

एसिड प्रकरणको बिरोधमा अधिकारकर्मीको र्‍याली

एसिड प्रकरणको बिरोधमा अधिकारकर्मीको र्‍याली काठमाडौं, फागुन १३ : ट्युसन सेन्टरमा किशोरीमाथि भएको एसिड आक्रमणको विरोधमा अधिकारकर्मीहरुले बुधबार काठमाडौंमा र्‍याली निकालेका छन्। माइतिघर मण्डलाबाट सुरु भएको र्‍याली विजुलीबजारमा पुगेर सभामा परिणत भएको थियो। र्‍यालीमा अधिकारकर्मीहरुले एसिड आक्रमणकारीलाई तत्काल पक्राउ गरी कडा कारबाहीको माग गरेका छन्। सभामा बोल्दै माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले एसिड आक्रमण गर्नेलाई ५ सय देखि ८ हजारसम्म जरिवाना गर्ने भन्ने सुनेको बताउदै भनिन्‘ हाम्रो मूल्य त्यति मात्र हो ?’ राजधानीको बसन्तपुरमा ट्युसन पढ्न गएकी छात्रामाथि आइतबार एसिड …

सिमराको आन्दोलन १० दिनपछि स्थगित

सिमराको आन्दोलन १० दिनपछि स्थगित बारा, फागुन १२ : विगत दश दिनदेखि मालपोत र नापी कार्यालय स्थापना हुनुपर्ने भन्दै सिमरामा जारी आन्दोलन आजदेखि स्थगन भएको छ। सिमरा मालपोत स्थापना सरोकार समितिको नेतृत्वमा हुँदै आएको आन्दोलन मंगलबार १० औं दिन स्थगन भएको विज्ञप्ति मार्फत उल्लेख गरिएको छ । आन्दोलनको मागबारे वार्ताको माध्यमबाट राज्यका विभिन्न निकायहरुबाट सम्बोधन गरिने प्रतिवद्धता आएकोले धनजनको क्षति हुन सक्ने सम्भावनालाई ख्याल गर्दै आम हड्तालसँगै चक्काजामको आन्दोलन हाललाई स्थगित गरिएको समितिले जारी गरेको प्रेस विज्ञप्ती भनिएको छ । समितिका अनुसार मंगलवार नै वार्ता टोलीसँगै प्रधानमन्त्री …

निजामति कर्मचारीले दुई महिनामा ग्रिनकार्ड र पिआर नत्यागे जागिर जाने

काठमाडौं, फागनु १२ : निजामति सेवाका कार्यरत कर्मचारीहरुले दुई महिनाभित्र लिएको विभिन्न देशका ग्रिनकार्ड, पिआर लगायतका अस्थायी बसोवास अनुमन्त्री पत्र नत्यागे जागिरनै रद्द हुने भएको छ। निजामति सेवा ऐन शंसोधनका विषयमा सोमबार संसदको राज्य व्यवस्था समितिले गठन गरेको उपसमितिले कर्मचारीलाई विदेशी अस्थायी बसोवास अनुमति पत्र त्याग्न दुई महिनाको समयदिने र सो अवधिमा पनि त्यागेको प्रमाण पेश नगरे पेन्सन समेत नपाउनेगरी जागिर समाप्त हुने प्रवधान सहित अध्यादेश अनुमोदन गरेको छ। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले डिभि र पिआर होल्डर कर्मचारीका श्रीमती वा …

चर्चित हाँस्य टेलिश्रृखंला ‘भद्रगोल’ र ‘जिरे खुर्सानी’को प्रसारण रोकियो

चर्चित हाँस्य टेलिश्रृखंला ‘भद्रगोल’ र ‘जिरे खुर्सानी’को प्रसारण रोकियो काठमाडौं, फागुन ११: नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएका दुई चर्चित हाँस्य टेलिश्रृखंला ‘जिरे खुर्सानी’ र ‘भद्रगोल’ बन्द भएका छन्। यी श्रृखंलाहरुको प्रायोजन र विज्ञापन जुटाउँदै आएको वल्ड भिजन एड्भर्टाइजिङले सिद्धार्थ बैङ्कमा विभिन्न टेलिभिजन कार्यक्रमका लागि राखेको पाँच करोड ८६ लाख बराबरको धितो रकम नक्कली सावित भएपछि यी कार्यक्रमको प्रसारण बन्द भएको हो। यसका नयाँ श्रृखंलाहरु प्रसारण भएका छैनन। यसै काण्ड संलग्न भएको देखिएकाले नेपाल टेलिभिजन व्यापार महाशाखा प्रवन्धक पवन माण्डव्य र आर्थिक महाशाखा प्रमुख राजन श्रेष्ठ नेपाल टेलिभिजनबाट पन्ध्र दिनका …

‘भ्यालेन्टाईन डेमा प्रेम प्रस्ताव अस्विकार गरेपछि तेजाव प्रहार’

‘भ्यालेन्टाईन डेमा प्रेम प्रस्ताव अस्विकार गरेपछि तेजाव प्रहार’ काठमाडौं, फागुन १० : एक साताअघिको भ्यालेन्टाईन डेमा प्रेम प्रस्ताव अस्विकार गरेकाले काठमाडौंका दुई किशोरीमाथि तेजाव प्रहार भएको खुलाशा भएको छ । आईतबार काठमाडौँको वसन्तपुर झोछेस्थित ए प्लस ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा रौतहटकी १५ वर्षीया सीमा बस्नेतमाथि एसिड प्रहार भएको हो । बस्नेतलाई लक्षित गरी छ्यापिएको एसिड लागेर रामेछाप खनियापानी ८ घर भई बसन्तपुर बस्ने १६ वर्षकी संगिता मगर पनि घाइते भएकी थिईन् । ‘सीमालाई भ्यालेन्टाइन डेका दिन कसैले प्रेम प्रस्ताव राखेको थियो । तर उनले अस्वीकार गरेकी थिइन्’ अनुसन्धानमा सक्रिय एक प्रहरी जवानले भने, ‘त्यसैको बदला …

एक लाख घुससहित रंगेहात पक्राउ

काठमाडौं, फागुन १० हेटौंडामा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका सुचक एक लाख घुस लिँला लिँदै पक्राउ परेका छन्। अनुसन्धान सहायकमा नाम निकाली दिने भन्दै सेवाग्राहीसँग विभागका सुचक मिठाराम भट्टराईले एक लाख घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। आयोगले आइतवार विज्ञप्ती जारी गरी भट्टराईले एक लाख घुस लिइरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ। भट्टराईलाई नियन्त्रणमा लिइ असुन्धान भइरहेको आयोगले जनाएको …

काठमाडौंमा सात महिने छोरी सहित पति पत्नि मृत भेटिए

काठमाडौं, फागुन १०ः काठमाडौंको काँडाघारीमा डेरागरी बस्ने एक परिवारका पति–पत्नी र एक छोरी मृत अवस्थामा फेला परेका छन् । सरकारले हालै घोषणा गरेको कागेश्वरी मनहरा नगरपालिका–३ विरेन्द्रचोकमा बस्दै आएका रामेछाप बाम्ती भण्डार गाविसका राजन बस्नेत र उनकी पत्नी पबिता ७ महिने छोरी सहित मृत फेला परेका हुन् । स्थानीय शंकर खतिवडाको घरमा डेरा गरी बसेका उनीहरु आईतबार विहान कोठाभित्र मृत भेटिएका हुन् । विहान अवेरसम्म उनीहरु बस्दै आएको कोठा नखुलेपछि शंका लागेर घरबेटी खतिवडाले बाहिरबाट बोलाउदा कुनै जवाफ नआएपछि स्थानीय प्रहरीलाई जानकारी गराएका थिए । त्यस लगत्तै प्रहरीले …

पीके क्याम्पसमा प्रहरी र परीक्षार्थीबीच झडप

पीके क्याम्पसमा प्रहरी र परीक्षार्थीबीच झडप काठमाडौं, फागुन ८ : परीक्षा दिनका लागि शुक्रबार पद्मकन्या क्याम्पस (पीके) पुगेका बिद्यार्थी र प्रहरीबीच झडप भएको छ। त्रिभुवन विश्वविद्यालयले शुक्रबार तोकेको स्नाकोत्तर तह द्रोस्रो बर्षको अंग्रेजी बिषयको परीक्षा एक्कासी स्थगित भएपछि आक्रोशित विद्यार्थी र प्रहरीबीच झडप भएको हो। झडपका क्रममा प्रहरीले लाठीचार्ज गरी स्थिती नियन्त्रणमा लिएको थियो। विद्यार्थीको तोडफोडबाट क्याम्पसका केहि झ्यालका सिसाहरु भुटेको प्रहरीले जनाएको छ। शुक्रबार विहान ११ बजेदेखि परीक्षाको समय तय भएपनि झण्डै पौने १२ बजेसम्म प्रश्नपत्र नआएपछि अर्को सुचना जारी नभएसम्मको …

सिमराबासी छैटौं दिन पनि आन्दोलित

सिमराबासी छैटौं दिन पनि आन्दोलित बारा, फागुन ८ : मालपोत र नापी कार्यालयको सेवा कार्यालय बाराको सिमरामा थप्ने सरकारी निर्णय उल्टिएको विरोधमा शुक्रबार छैटौं दिन पनि सिमरा लगायत आसपासका क्षेत्रमा सर्वसाधारण आन्दोलनमा उत्रिएका छन्। स्थानीय राजनीतिक दलहरुको अगुवाइमा भएको आन्दोलनमा स्थानीय व्यवसायी, नागरिक अगुवा र संघ–संस्थाले सहभागिता जनाएका छन्। शुक्रबारको आन्दोलनमा प्रहरी स्थानीयबीच झडप भएको छ। झडपका क्रममा प्रहरीले ८ जना प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ। सरकारले सिमरा आसपासका १२ गाविसका जनतालाई सेवा सहज बनाउन मालपोत र नापी कार्यालयको सेवा विस्तार गर्ने निर्णय खारेज गरेको …

चट्याङ लागेर तीन जनाको मृत्यु

चट्याङ लागेर तीन जनाको मृत्यु सोलुखुम्बु, फागुन ७ : सोलुखुम्बुमा बुधबार साँझ परेको चट्याङ लागे एकै गाउँका ३ जनाको मृत्यु भएको छ । बुधबार साँझ बर्षसँगै परेको चट्याङले लागेर वाकु गाविस बडा नं १ का ४२ वर्षका दण्डिप्रसाद घिमिरे, ११ वर्षकी बालकुमारी राई र करिब ३६ वर्षका रमेश बिकको घटनास्थलमै मृत्यु भएको हो । चट्याङका कारण अन्य केहि घाईते भएको स्थानीयवासिले बताएका छन् । चट्याङले एकै गाँउका तीन जनाको मृत्यु भएपछि पुरै गाउ नै स्तब्ध भएको छ …

1 476 477 478 479 480 482