खेलकुद

नेपालले मलेसियालाई ८ विकेटले हरायो

नेपालले मलेसियालाई ८ विकेटले हरायो काठमाडौं, कात्तिक २८ः उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ । ४६ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभर तीन बलमा दुई विकेट जाँदा लक्ष्य पूरा गरेको हो । नेपालका आसिफ शेखले १४ बलमा ४ रन, दिपेन्द्र सिंह ऐरीले ३ बलमा १२ रन बनाए । अनिल साहले १५ बलमा नटआउट रहँदै २६ रन बनाए । यस्तै १ बल खेलेका भिम सार्कीले ३ रन बनाए । पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले १५ ओभर ३ बलमा मात्रै ४५ रन बनाउँदा अल आउट गरेको थियो । वर्षाले प्रभावित भएपछि खेल २४ ओभरमा झारिएको थियो । मलेसियालाई कम रनमा आउट गराउने क्रममा नेपालका …

यु १९ एसिया कपः भारतविरुद्ध नेपालको ऐतिहासिक जित

यु १९ एसिया कपः भारतविरुद्ध नेपालको ऐतिहासिक जित काठमाडौं, कात्तिक २६ः उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतलाई हराएको छ ।१८६ रनको लक्ष्य पच्छ्याएको भारत ४८ ओभर १ बलमा १६६ रन बनाउँदै सबै विकेट गुमाएर अल आउट भयो । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई १९ रनले हराएको हो । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा एक सय ८५ रन बनाएको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले एक सय १ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ८८ रन बनाए । नेपालका लागि सर्वाधिक दीपेन्द्र ऐरीले ४ विकेट, पवन सर्राफले २, सहाव आलम २, कमलसिंह ऐरी, सन्दिप लामिछानेले १/१ …

अर्जेन्टिनाले रुसलाई हरायो

अर्जेन्टिनाले रुसलाई हरायो काठमाडौं, कात्तिक २६ः आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारी अन्तर्गत भएको मैत्रिपूर्ण खेलमा अर्जेन्टिना विजयी भएको छ ।  विश्वकप आयोजक रुससँग शनिबार राति भएको खेलमा अर्जेन्टिना १–० ले विजयी भएको हो । मस्कोमा भएको खेलमा भ्रमण टोली अर्जेन्टिनालाई जिताउन खेलको अन्तिम समयमा सर्जिओ अग्युरोले गरेको गोल नै निर्णायक बन्यो । लियोनल मेस्सीसहितको टिम अर्जेन्टिनाले रुसलाई खेल अवधिभर दबाबमा राखेको थियो । अग्युरोले दोस्रो प्रयासमा ८६ औं मिनेटमा टिमका लागि विजयी गोल गरे । गएको अक्टोबर ११ मा भएको दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत अन्तिम खेलमा मेस्सीको …

नेपाल कीर्गिस्तानसँग पराजित

नेपाल कीर्गिस्तानसँग पराजित काठमाडौँ, कात्तिक १४ः एएफसी १९ वर्षमुनि ९यु–१९० च्याम्पियनसिप–२०१८ छनोट प्रतियोगिताको पहिलो खेलमा नपाल कीर्गिस्तानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा आज भएको खेलमा नेपाल घरेलु टोलीसँग २–० गोल अन्तरले पराजित भएको हो । नेपालले खेलको पहिलो हाफ र दोस्रो हाफको अतिरिक्त समयमा एक एक गोल खान पुग्यो । किर्गिस्तानका लागि बोरुबाएभ गुल्जिगिटीले खेलको २२औँ मिनेटमा एक गोल गर्दै पहिलो अग्रता लिए भने शुकुरोभ अलीमार्दोभले खेलको दोस्रो हाफको अतिरिक्त समयमा थप एक गोल गर्दै आफ्नो टोलीलाई २–० को सहज जित दिलाए । सो जितसँगै …

एशिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

एशिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा काठमाडौं, कात्तिक १२ः उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । आउँदो कात्तिक २३ गतेदेखि मंसिर ४ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि दिपेन्द्रसिंह ऐरीको कप्तानीमा टोलीको घोषणा गरिएको हो । टोलीमा रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सन्दिप सुनार, प्रनित थापा मागर, अनिलकुमार साह, पवन सर्राफ, महमद आसिफ सेख, किशोर महतो र सहाब आलम छन् । यस्तै, प्रकास केसी, कमलसिंह ऐरी, भिम सार्की, रसिद खान र जितेन्द्र सिंह पनि टोलीमा परेका छन् । यस्तै, संदिप जोरा, विक्रम कुमार भुषाल, अंकित सुवेदी र विजय चौधरी वैकल्पिक खेलाडीमा …

रोनाल्डो बने दोस्रोपटक फिफा बेष्ट प्लेयर

रोनाल्डो बने दोस्रोपटक फिफा बेष्ट प्लेयर काठमाडौं, कात्तिक ७ः विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने प्रतिष्ठित फिफा वेष्ट प्लेयर–२०१७ अवार्डमा पुरुषतर्फ रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिजेता बनेका छन् । लण्डनमा आयोजित अवार्डमा रोनाल्डोले बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी र पेरिस सेन्ट जर्मेइनका ब्राजिलियन फरवार्ड नेइमारलाई पछि पार्दै बिजेता बन्न सफल भए । ३२ वर्षीय रोनाल्डोले गत सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।  च्याम्पियन्स लिग फाइनलमा रियलले युभेन्टसलाई चार एक गोलले हराएको थियो भने …

फिफा वरियताः जर्मनी पहिलो, ब्राजिल दोस्रो, नेपाल एक स्थान तल

फिफा वरियताः जर्मनी पहिलो, ब्राजिल दोस्रो, नेपाल एक स्थान तल काठमाडौं, असोज ३०ः फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबल महासंघ फिफाले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेर १ सय ७६ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १ सय ७५ औँ स्थानमा थियो । दक्षिण एसियामा भारत १०५ औँ स्थानमा छ । त्यसैगरी अफगानिस्तान १ सय ५४ औँ स्थानमा, माल्दिभ्स १ सय ५६ औँ, भुटान १ सय ९० औँ र बङ्गलादेश १ सय ९६ औँ स्थानमा छ । यस्तै श्रीलंका १ सय ९८ औँ र पाकस्तिान २ सय १ औँ स्थानमा छन् । विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा छ । ब्राजिल दोश्रो र पोर्चुगल तेस्रो स्थानमा छन् …

नेपाल हङकङसँग ८३ रनले पराजित

नेपाल हङकङसँग ८३ रनले पराजित काठमाडौँ, असोेज २७ः आइसिसि विश्व लिग क्रिकेट च्याम्पियनसीपअन्तर्गत आज हङकङविरुद्धको पहिलो खेलमा नेपाल ८३ रनले पराजित भएको छ । हङकङले नेपाललाई जितका लागि १९५ रनको लक्ष्य दिएको थियो । नेपालले ३४।५ ओभरमा सवै विकेट गुमाउँदै एक सय ११ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पारस खड्काले २६, आरिफ शेखले २३, ज्ञानेन्द्र मल्लले २१, विनोद भण्डारीले १८ तथा सोमपाल कामीले ११ रन बनाए । बलिङतर्फ हङकङका लागि एहेसान खानले पाँच तथा ऐजाज खानले तीन विकेट लिए । यसअघि हङकङको मिसनरोड मैदानमा भएको खेलमा टस जितेर नेपालले हङकङलाई ब्याटिङको निम्तो दिएको थियो । हङकङले निर्धारित ५० …

जर्मनीको शानदार जित

जर्मनीको शानदार जित काठमाडौं, असोज २३ः विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन क्षेत्रबाट छनौट भइसकेको जर्मनीले छनौट चरणको आफ्नो अन्तिम खेलमा शानदार जित दर्ता गरेको छ । समूह ‘सी’ अन्तर्गत भएको खेलमा विश्वकपमा स्थान पक्का गरिसकेको साबिक विजेता जर्मनले अजरबैजानलाई ५–१ ले हराएको छ । जर्मनीका लागि लियोन गोरेट्ज्गाले ६ र ६६ औं मिनेटमा गरी दुई गोल गरे । ५४ औं मिनेटमा सान्ड्रो वाग्नर, ६४ औं मिनेटमा एन्टोनियो रुडेजर तथा ८१ औं मिनेटमा एम्र क्यानले गोल गरे । अजरबैजानका लागि ३४ औं मिनेटमा रामिल शेदभले एक गोल फर्काए । जर्मनीले समूह चरणका सबै १० खेल जितेको छ । यसक्रममा उसले कीर्तिमानी ४३ गोल …

इंग्ल्याण्ड विश्वकप फुटबलमा छानियो, अर्जेन्टिनाको यात्रा कठिन मोडमा

इंग्ल्याण्ड विश्वकप फुटबलमा छानियो, अर्जेन्टिनाको यात्रा कठिन मोडमा काठमाडौं, असोज २०ः स्टपेज टाइममा क्याप्टेन ह्यारी केनले गरेको १ गोलले इंग्ल्याण्ड अर्को वर्ष रसियामा हुने विश्वकप फुटबलमा छानिएको छ । बिहीबार राति भएको स्लोभानियासँगको खेलमा इंग्ल्याण्डले संघर्षपूर्ण जित निकाल्दै विश्वकपको यात्रा तय गरेको हो । समूह ‘एफ’ मा रहेको इंग्ल्याण्डलाई विश्वकपमा छनौट हुन ड्र मात्रै भए पनि पुग्दथ्यो । तर खेल सकिन केही सेकेन्ड मात्रै बाँकी रहँदा टोटेनह्याम स्टार केनले काइल वाल्करको क्रसलाई गोलमा परिणत गरेका हुन् । यस्तै शुक्रबार बिहान पेरुसँगको खेलमा गोलरहित बराबरी खेलेपछि विश्व फुटबलका स्टार खेलाडी मेस्सी र उनको टिमको विश्वकप …

1 2 3 90