खेलकुद

२०२६ को विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोले सयुक्त रुपमा गर्ने

२०२६ को विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोले सयुक्त रुपमा गर्ने काठमाडौं, जेठ ३० : २०२६ को विश्वकप फुटबल तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अमेरिकाको अगुवाइमा क्यानडा र मेक्सिकोले विश्वकप आयोजनाको जिम्मा पाएका हुन् । तीन देशबाहेक मोरक्कोले पनि विश्वकप आयोजनाका लागि आफ्नो दाबी पेश गरेको थियो । फिफा कंग्रेसमा भएको मतदानमा अमेरिकी प्रस्तावको पक्षमा १३४ मत परेको थियो भने मोरक्कोले मात्र ६५ भोट पायो । एक भोट भने दुबैको विपक्षमा परेको थियो । सन् २०२६ मा हुने विश्वकपका ८० खेलमध्ये ६० प्रतिशत अमेरिकामा हुनेछ, जसमा क्वार्टरफाइनलदेखि सबै खेल समावेश छन् । २०२२ को विश्वकप कतारमा हुनेछ …

म्याराडोनाले दिए प्रशिक्षकबाट राजिनामा

म्याराडोनाले दिए प्रशिक्षकबाट राजिनामा काठमाडौं, बैशाख १५ : डिएगो म्याराडोनाले अल फुजाइराह क्लबको प्रशिक्षकबाट राजीनामा दिएका छन् । अर्जेन्टिनाका पूर्वखेलाडी ५७ वर्षे म्याराडोना मे महिनादेखि सो क्लबको प्रशिक्षक थिए । तर संयुक्त अरब इमिरेट्सको दोस्रो डिभिजनको शीर्ष दुईमा पर्न असफल भएपछि उनले राजीनामा दिएको बताइएको छ । शुक्रबार खोर्फाकान क्लबसँग अल फुजाइराह क्लब १–१ को बराबरीमा रोकिएको थियो । यससँगै शीर्ष दुईमा पर्ने सम्भावना सकिएको छ । यसअघि म्याराडोनाले अर्जेन्टिनाको राष्ट्रिय टिममा सन् २००८ देखि २०१० सम्म प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनी अल वास्ल क्लब हुँदै पछिल्लो समय …

नेपाली क्रिकेटर सन्दिपले पहिलो खेल खेल्न पाएनन्

नेपाली क्रिकेटर सन्दिपले पहिलो खेल खेल्न पाएनन् काठमाडौं, चैत २५ः इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली डेयर डेभिल्समा आवद्ध नेपाली क्रिकेटर सन्दिप लामिछानेले पहिलो खेलमा खेल्न नपाउने भएका छन् ।  दिल्लीले मोहालीमा किंग्स इलावेन पञ्जावसँग खेल्दै छ । तर उनी आज मैदान उत्रिने खेलाडीको सूचिमा छैनन् । दिल्लीले चार जना विदेशी खेलाडी डेनियल क्रिस्टियन, कोलिन मुन्रो, क्रिश मोरिश र ट्रेन्ट बोल्टलाई खेलाएको छ । भारतीय स्पिनर अमित मिश्र पनि खेल्ने भएका कारण सन्दिपले मौका नपाएका हुन्। सन्दीप २० लाख भारुमा दिल्ली डेयर डेभिल्समा आवद्ध भएका हुन् । दिल्लीले एक मात्र स्पिनर अमित मिश्रलाई बलरका रुपमा आजको खेलमा …

आईपीएलः चेन्नइको सुखद सुरुवात

आईपीएलः चेन्नइको सुखद सुरुवात काठमाडौं, चैत्र २५ः ड्वेन ब्राभोले विष्फोटक ब्याटिङ गर्र्दै ६८ रन बनाएपछि आईपीएल क्रिकेटमा चेन्नेइ सुपरकिंग्सले विजयी यात्रा सुरु गरेको छ । दुई वर्षको प्रतिबन्धपछि आईपीएलमा फर्किएका महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नेइले मुम्बइ इण्डियन्सलाई १ विकेटले हराएको हो । मुम्बइएको वाङखडे स्टेडियममा १ सय ७० रनको लक्ष्य दिएको घरेलु टोलीलाई हराउन ब्राभोले ३० बलमा ७ छक्का र ३ चौकासहित ६८ रन बनाए । केदार जाधवले नटआउट २४ रन बनाए । मुम्बइका हार्दिक पाण्ड्या र मायाङ्क मार्कण्ड्यले तीन – तीन विकेट लिए पनि टिमलाई जिताउन भने सकेनन् । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइका …

आईपीएल क्रिकेट आजदेखि, चेन्नेई र मुम्बई भिड्दैं

आईपीएल क्रिकेट आजदेखि, चेन्नेई र मुम्बई भिड्दैं काठमाडौं, चैत २४ः इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको ११ औं संस्करण शनिबार (आज) देखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा चेन्नेई सुपरकिङ्स र मुम्बई इण्डियन्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेपछि मुम्बईको वाङखडे रंगशालामा सुरु हुनेछ । तीनपटकको विजेता चेन्नेई भारतीय राष्ट्रिय टीमका पूर्व कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा छ भने मुम्बई भारतीय राष्ट्रिय टीमका उपकप्तान रोहित शर्माको कप्तानीमा छ । चेन्नेई भ्रष्टाचारको आरोपमा २ वर्षको प्रतिवन्धपछि यसपटक आइपिएलमा फर्किएको हो । चेन्नेईका प्रशिक्षक स्टेफेन फ्लेमिङले २ वर्षको …

एफसी एसियन कपमा नेपाल यमनसँग पराजित

एफसी एसियन कपमा नेपाल यमनसँग पराजित काठमाडौं, चैत्र १४ः एफसी एसियन कप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ । कतारको दोहा स्थित सुहेम विन हमाद रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–१ ले पराजित भयो । जितसँगै यमनले अर्को बर्ष युएईमा हुने एएफसी एसियन कपमा स्थान सुरक्षित गरेको छ । समूह एफबाट फिलिपिन्स समुहको विजेता र यमन उपविजेता बन्दै एसियन कपमा छनोट हुँदा नेपाल र ताजिकिस्तान भने बाहिरिए । यमनले लिएको सुरुवाती अग्रतामा नवयुग श्रेष्ठले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । २४ औं मिनेटमा अब्दुलेवासिया अल मातारीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । पहिलो हाफको …

नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने काठमाडौं, चैत ८ः नेपालले चैत १८ गते मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियनकप छनौट अन्तरर्गत यमनसँगको खेलका लागि नेपाल आइतबार कतार जाँदैछ । यमनसँग आउँदो मंगलबार खेल खेलेपछि नेपाली टोली बुधबार मलेसिया जानेछ । ताजकिस्तान, यमन र फिलिपिन्ससहित समूह एफमा रहेको नेपाल छनौटबाट भने बाहिरिसकेको छ । फिफा बरियतामा नेपाल १ सय ६५ औं स्थानमा छ भने मलेसिया १ सय ७८ औं स्थानमा छ …

​नेपाली क्रिकेट टिम भोलि नेपाल आउँदै

​नेपाली क्रिकेट टिम भोलि नेपाल आउँदै काठमाडौं, चैत ४ः आइसीसी विश्वकप छनोट क्रिकेट खेल्न जिम्बाबे गएको नेपाली क्रिकेट टोली सोमबार साँझ ५ः५५ बजे त्रिभुवन विमास्थलमा आइपुग्ने भएको छ । विश्वकप क्रिकेट छनोट अन्तर्गत दुई खेल जितेको नेपालले क्रिकेट इतिहासमा सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको छ । नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको छ । समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअपमा पपुवा न्यूगिनीलाई हराउँदै एकदिवसीय मान्यता पाएको हो । सातौं स्थानका लागि भएको खेलमा भने नेदरल्याण्ड्ससँग ४५ रनले हारेको नेपाल आठौं स्थानमा रहन सफल भएको हो …

नेपाल र नेदरल्यान्ड्स भिड्दै, नेपालको राम्रो सुरुवात

नेपाल र नेदरल्यान्ड्स भिड्दै, नेपालको राम्रो सुरुवात काठमाडौ, चैत ३ः क्रिकेट इतिहासमै पहिलो पटक एक दिवशीय मान्यता पाएको नेपालले ७ औं स्थानका लागि आज नेदरल्यान्ड्सको सामना गर्दैछ । जिम्बावेमा भइरहेको प्रतियोगितामा अहिले नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेको छ । टस हारेर फिल्डिङ गरेको नेपालले पहिलो ओभरमा नै विकेट झारेको हो …

पपुवा न्यूगिनीमाथी नेपालको सानदार जित

पपुवा न्यूगिनीमाथी नेपालको सानदार जित काठमाडौं, चैत्र १ः  जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएको छ। १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ४ विकेट गुमाउँदै १ सय १५ रन बनायो । नेपालका लागि बलिङमा ४ विकेट लिएका दिपेन्द्रसिंह ऐरीले नटअाउट सर्वाधिक ५० रन बनाए । सुरुवाती निकै खराब प्रदर्शन गरेको नेपालका ओपनिङ ब्याटसम्यानले आज पनि सम्झनलायक प्रदर्शन गर्न सकेनन् । ओपनर ज्ञानेन्द्र मल्ल(१) अर्का ओपनर अनिल साह(९) रनमा आउट भए । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका कप्तान पारस खडका (२०) रनमा आउट हुँदा नेपालको …

1 2 3 4 95