खेलकुद

​नेपालको लगातार तेस्रो हार, अफगानिस्तानसँग ६ विकेटले पराजित

​नेपालको लगातार तेस्रो हार, अफगानिस्तानसँग ६ विकेटले पराजित काठमाडौं, फागुन २७ः विश्वकप छनोट क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले हारेको छ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा टस जितेर ब्याटिङ रोजेका नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो । १ सय ९५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले ३८.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेटायो । अफगानिस्तानका लागि नजिबुल्लाह जदरनले नटआउट रहँदै सर्वाधिक ५२ रन बनाए । त्यस्तै रहमत शाहले ४६, मोहम्मद नाबीले ३४, जावेद अहमादीले २६ रन बनाए । त्यस्तै रसिद खानले २१ रनको योगदान दिए । समिउल्लाह शेनवारी नटआउट …

​विश्वकप छनोटः ७५ रन बनाएर कप्तान पारस आउट

​विश्वकप छनोटः ७५ रन बनाएर कप्तान पारस आउट काठमाडौं, फागुन २६: विश्वकप छनोट क्रिकेटको आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग खेलिरहेको नेपालले कप्तान पारस खड्कालाई गुमाउँदै तेस्रो विकेट गुमाएको छ । पारसले ८८ बलमा १० चौका र एक छक्कासहित ७५ रन बनाएका थिए । उनलाई मोहम्मद नाबीको बलमा समिउल्लाह शेनवारीले क्याचआउट गरेका हुन् । दोस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्लले ६९ बलमा दुई चौकासहित २३ रन बनाएर आउट भए । उनलाई अफगानिस्तानका कप्तान राशिद खानले एलबीडब्ल्यू आउट गरेका हुन् । पहिलो विकेटका रुपमा नेपालले अनिलकुमार साहलाई ७ रनमै गुमाएको थियो । अहिले ३१ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ११६ रन बनाएको छन् । …

विश्वकप क्रिकेट छनोटः नेपालले अफगानिस्तानको सामना गर्दै

विश्वकप क्रिकेट छनोटः नेपालले अफगानिस्तानको सामना गर्दै काठमाडौँ, फागुन २६ः आइसीसी विश्वकप छनौट अन्तर्गत नेपालले आज अफगानिस्तानको सामना गर्दै छ । जिम्बाबको बुलावायोमा हुने खेल नेपाली समय अनुसार अपराह्न सवा एक बजे सुरु हुदै छ । प्रतियोगिता तीन खेलमा पराजित भएको अफगानिस्तान र दुइ खेलमा पराजीत भएको नेपाल दुवैका लागि यो खेल ‘गर या मर’ को रहेको छ । यो खेलमा पराजित हुने टिमको विश्वकप छनौट यात्रा समाप्त हुने छ भने जित्ने टिमको सुपरसिक्स छनौटको आशा बाँकी हुने छ ।  नेपाल भर्सेस अफगानिस्तान इतिहासः नेपाल र अफगानिस्तानबीच अहिलेसम्म ६ पटक खेल भएको छ । जसमा अफगानिस्तान हावी हुदै आएको छ । पछिल्ला ६ भेटमा नेपालले एक खेलमा जित …

विश्वकप छनोटः शनिवार नेपाल र अफगानिस्तान भिड्दैं

विश्वकप छनोटः शनिवार नेपाल र अफगानिस्तान भिड्दैं काठमाडौं, फागुन २५ः जिम्बावेमा जारी आईसीसी एकदिवशीय विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले शनिबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । यस अघिका दुई खेलमा पराजित भएको नेपाल र तीन खेलमा पराजय ब्यहोेरेको अफगानिस्तान शनिबार प्रतियोगिताको पहिलो जितको खोजीमा हुनेछन् । टेष्ट मान्यता प्राप्त अफगानिस्तानका सुपरस्टार बलर रशिद खानले पहिलो पटक कप्तानी संहालेको यस प्रतियोगितामा उसले निकै खराव प्रदर्शन गरेको छ । प्रतियोगिताको समूह बीबाट सुपरसिक्समा पुग्नका लागि भोलिको खेल दुवै टोलीका लागि उत्तकै महत्वपूर्ण छन् । यसअर्थमा शनिबारको खेल दुवै टोलीका लागि गर या …

विश्वकप क्रिकेट छनोटः नेपालको पचास रन पूरा

विश्वकप क्रिकेट छनोटः नेपालको पचास रन पूरा काठमाडौँ, फागुन २४ः आइसीसी विश्वकप छनौट अन्तर्गत नेपालले स्कटल्याण्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गरिरहेको छ । विश्वकप छनौट अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक जिम्बाबेसँग पराजित भएर आज दोस्रो खेल खेल्दै छ भने स्कटल्याण्डले यसअघि खेलेका दुवै खेल जितेको छ । स्कटल्याण्डले अफगानिस्तान र हङकङलाई पराजित गरेको थियो । खराब शुरुवात गरेको नेपालले १४ ओभरमा ५ विकेट गुमाएर ५० रन पूरा गरेको हो । ५० रन बनाउन कप्तान पारस खड्काले ४० रनको योगदान गरेका छन् । क्रिजमा पारस र सोमपाल कामी छन् । यसअघि, दिलिप नाथले ४ तथा ज्ञानेन्द्र मल्ल र आरिफ शेखको एक एक रन बनाए । शरद भेषावकरले …

विश्वकप क्रिकेटमा नेपाल र स्कटल्याण्ड भिड्दै, यस्तो छ इतिहास ?

विश्वकप क्रिकेटमा नेपाल र स्कटल्याण्ड भिड्दै, यस्तो छ इतिहास ? काठमाडौं, फागुन २४ः जिम्बाबेमा जारी आइसीसी एकदिवशीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्ड विरुद्ध खेल्दैछ । आइतबार भएको समूहको पहिलो खेलमा नेपालले जिम्बाबेसँग ११६ रनको पराजय ब्यहोरेको थियो । समूह चरणको शीर्ष तीनभित्र रहेर ‘सुपर सिक्स’ चरणमा पुग्नका लागि नेपालले स्कल्याण्डलाई हराउनुपर्ने चुनौति छ । स्कटल्याण्डलाई हराउँदै नेपाल पहिलो जिता दर्ता गर्ने तयारीमा रहेको छ । नेपाल र स्कटल्याण्डबीचको खेल जिम्बाबेको बुलावायोस्थित क्वीन्स स्पोर्टस क्लबको मैदानमा हुनेछ । यसै मैदानमा नेपालले समूहको पहिलो खेल जिम्बाबे …

विश्वकप छनोटः जिम्बावेले नेपाललाई दियो ३८१ रनको लक्ष्य

विश्वकप छनोटः जिम्बावेले नेपाललाई दियो ३८१ रनको लक्ष्य काठमाडौं, फागुन २०ः आईसीसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३८१ रनको विजयी लक्ष्य दिएको छ । यो नेपालले पाएको सबैभन्दा ठूलो विजयी लक्ष्य हो । यसभन्दा अघि सन् २०१३ मा डिभिजन ३ अन्तरगतको खेलमा नेपाललाई अमेरिकाले ६ विकेट गुमाएर ३६७ रनको टार्गेट दिएको थियो । टस जितेर नेपाललाई पहिले फिल्डिङको निम्तो दिएको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३८०रन बनाएको हो । घरेलु टोली जिम्बावेका लागि सिकन्दर राजाले १२३ रन बनाए । त्यस्तै ब्रेन्डन टेलरले १०० रन बनाए । केमास झुवाले २३ बलमा ४१ रन बनाए भने सोलोमन मिरेले ४१ बलमा ५२ रन बनाए । नेपालका …

विश्वकप क्रिकेट छनोटः नेपालले जिम्बाब्बेको सामना गर्ने

विश्वकप क्रिकेट छनोटः नेपालले जिम्बाब्बेको सामना गर्ने काठमाडौं, फागुन २०ः आइसीसी एक दिवशीय विश्वकप छनौटका निम्ति आज नेपालले जिम्बाबेसँग प्रिितस्पर्धा गर्दैछ । नेपालले पहिलो पटक एक दिवसीय टेस्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्न लागेको हो । खेल जिम्बाबेको घरेलुमा नेपाली समयअनुसार दिउँसो १ः१५ बजे हुने कार्यतालिका छ । कुनै पनि टेस्ट राष्ट्रविरुद्ध नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो हो । यसअघि टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो । आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबावमा छ । जिम्बाब्बेलाई स्तब्ध तुल्याउन सके नेपाललाई अघि बढ्न मार्गप्रशसस्त हुनेछ । तर …

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफले चुम्यो

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफले चुम्यो कैलाली, फागुन १३ः धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले हात पारेको छ । एपीएफले फाइनलमा पूर्वाञ्चललाइ ७ विकेटले पराजित गर्यो । धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारीत २० ओभरमा पाँच विकेट गुमाउदै मात्र ६० रन बनायो । उसका लागि काजल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाउनु बाहेक अन्य कसैले दोहोरो अंक छुन सकेनन् । एपिएफका लागि कसिलो बलिङ गरेका रेखा रावल , करुणा भन्डारी, सीता राना मगर, रितु कनोजीया र अन्जली चन्दले १–१ विकेट लिए । जवाफमा ६१ रनको लक्ष्य एपीएफले १६ ओभर तीन वलमा तीन …

क्रिकेट टोलीलाई आज सरकारले नगदसहित सम्मान गर्दै

क्रिकेट टोलीलाई आज सरकारले नगदसहित सम्मान गर्दै काठमाडौं, फागुन ११ः विश्व क्रिकेट लिग डिभिजन टू को उपविजेता बन्दै विश्वकपको छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई सरकारले शुक्रबार नगद पुरस्कारसहित सम्मान गर्दैछ । नेपाली टोलीले हासिल गरेको सफलताले नेपालकै शीर उचो बनाएको ठहर गर्दै सरकारले क्रिकेट टोलीका सदस्यलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे क्रिकेट टोलीलाई बालुवाटारमा नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । कार्यक्रममा विश्वकप छनोट खेल्ने नेपाली टीमलाई बिदाई पनि गरिनेछ । नेपाली टोली विश्वकपको छनोट …

1 2 3 4 5 95