खेलकुद

भारतद्वारा दक्षिण अफ्रिकासामु ३०८ रनको चुनौती

भारतद्वारा दक्षिण अफ्रिकासामु ३०८ रनको चुनौती काठमाडौं, फागुन १०: साविकको विजेता भारतले जारी विश्वकप अन्तर्गत आफ्नो दोस्रो खेलमा दक्षिण अफ्रिकासामु ३ सय ८ रनको चुनौती दिएको छ । मेलवर्नमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले शिखर धवनको सानदार सतक र अजिंक्या रहानेको अर्धसतकको मद्दतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ७ रनको योगफल तयार पारेको छ । १ सय ४६ बलको सामना गरेका धवनले १६ चौका र २ छक्काको मद्दतमा १ सय ३७ रन जोड्दा रहानेले ६० बलमा ७ चौका र ३ छक्काको मद्दतमा ७९ रन जोडे । यस्तै विराट कोहलीले ४६ रन जोडेको पारीमा रोहित शर्मा डक आउट भएका थिए । दक्षिण अफ्रिकाका लागि डेलस्टेन, मोर्ने मोर्कल, इमरान ताहिर र …

श्रीलंकाको अफगानिस्तानमाथि संघर्षपूर्ण जित

श्रीलंकाको अफगानिस्तानमाथि संघर्षपूर्ण जित काठमाडौं, फागुन१०: निकै खराब सुरुवाद गरेको श्रीलंकाले एशोसिएट्स नेशन अफगानिस्तानविरुद्ध संघर्षपूर्ण जित हात पारेको छ । डेब्यू वन डे विश्वकपमा अफगानिस्तानको यो लगातार दोस्रो हार हो । श्रीलंका भने पहिलो खेलमा न्यूजिल्याण्डसँग ९८ रनले पराजित भएको थियो । अफगानिस्तानले दिएको २३३ रनको लक्ष्य श्रीलंकाले माहेला जयबर्धनेको शतकको मदतमा अन्तिम १० बल बाँकी छँदा ६ विकेट गुमाएर छँदा भेट्टायो । ओपनर लाहिरु थिरिमाने डाइमन्ड डकआउट इनिङकै पहिलो बलमा आउट भए । अर्का ओपनर तिलकरत्ने दिल्सान पनि गोल्डन डक आउट हुँदै पभेलियन फर्किए । ५१ रन जोड्दा चार विकेट गुमाइसकेको …

विराट गोल्ड कपको उपाधि झापा–११ लाई

विराट गोल्ड कपको उपाधि झापा–११ लाई विराटनगर,फागुन ९: विराटनगरमा सम्पन्न विराट गोल्डकप फुटबल प्रतियोगिता उपाधि झापा–११ ले जितेको छ । शनिबार भएको फाईनल खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लवलाई २/१ ले पराजित गर्दै झापाले उपाधि चुमेको हो । झापालाई उपाधि दिलाउने क्रममा खेलको ६ औ मिनेटमा खमिर काङ्दम्वाले टिमलाई अग्रता दिलाए भने खेलको २४ औ मिनेटमा कर्ण लिम्बुले अर्को गोल गर्दै टिमलाई जित दिलाए । आर्मीका लागि भने टंक बस्नेतले खेलको ८४ औ मिनेटमा एक गोल मात्र फर्काए । उपाधि सँगै झापा–११ ले ५ लाख १ हजार नगदसहित ट्रफी हात पारेको छ भने, उपविजेता त्रिभुवन आर्मीले ३ लाख १ हजार नगदसहित ट्रफीमा चित्त बुझाएको …

अस्ट्रेलिया र बंगलादेशबीचको खेल रद्द

अस्ट्रेलिया र बंगलादेशबीचको खेल रद्द काठमाडौं,फागुन ९: विश्वकप क्रिकेटमा आज हुने अस्ट्रेलिया र पाँचौंपटक सहभागी बंगलादेशबीचको प्रतिस्पर्धा खेल वर्षाका कारण रद्द भएको छ।  सिड्नीमा सामुद्रिक आँधीका कारण वर्षा  भएपछि  अस्ट्रेलिया र बंगलादेशबीचको खेल रद्द भएको हो। भविष्यवाणी सही साबित भएपछि खेल अब दुवै टोलीले अंक बाँड्नेछन्, जसको प्रत्यक्ष फाइदा अस्ट्रेलियाभन्दा बंगलादेशलाई हुने देखिएको छ। हालसम्म अस्ट्रेलिया र बंगलादेशबीच १९ खेल भएको छ। तीमध्ये सन् २००५ मा भएको एक खेल बंगलादेशले जितेको थियो। अन्य सबै खेलमा अस्ट्रेलियाले सफलता हात पारेको छ। विश्वकपमा भने यसअघि यी दुई टोलीबीच दुई खेल भएका …

विश्वकपमा वेष्ट इण्डिजसामू पाकिस्तानको लज्जास्पद हार

विश्वकपमा वेष्ट इण्डिजसामू पाकिस्तानको लज्जास्पद हार काठमाडौं, फागुन ९: विश्वकप क्रिकेटमा पाकिस्तानले वेष्टइन्डिजसामु लज्जापद हार व्यहोरेको छ । शनिबार बिहान आफ्नो दोस्रो खेलमा वेष्टइन्डिजसँग १५० रनको भारी अन्तरले पराजित हुँदै अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर बनाएको हो। टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको थियो। वेष्टइन्डिजका लागि सिमोन्स कप्तान दिनेश रामदिनले हाफ सेन्चुरी पूरा गरेका थिए। ३११ रनको विजयी लक्ष्यसहित मैदानमा आएको पाकिस्तान ३९ ओभरमा अलआउट हुँदै १६० रनमा समेटिएको हो। पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा जेरोम टेलर र आन्द्रे …

उपाधिका लागि आर्मी र झापा-११ भिड्दै

उपाधिका लागि आर्मी र झापा-११ भिड्दै विराटनगर ,फागुन ९ : तेस्रो विराट गोल्डकप उपाधिका लागि शनिबार नेपाल आर्मी क्लब र झापा-११ भिड्दै छन्। मनाङ मस्याङदीलाई ट्राईब्रेकरमा ४–२ ले पराजित गर्दै आर्मी फाईनलमा पुगेको हो भने लुम्बिनी फुटबल क्लव रुपेन्देहीलाई २–१ ले पराजित गर्दै झापाले फाईनलमा ठाउँ पक्का गरेको हो। शनिबारको फाईनल भिडन्त निकै रोमाञ्चक हुने कतिपयको ठम्याई छ। प्रतियोगिताको बिजेताले ५ लाख १ हजार र उपबिजेताले ३ लाख १ हजार नगदसहित ट्रफी पाउनेछन् । त्यसैगरी ‘म्यान अफ द सिरिज’ ले टीभीएस स्टार सिटी मोटरसाइकल हात पार्नेछन्। प्रतियोगितामा उत्कृष्ट मिल्डफिल्डर, डिफेन्स, सर्वाधिक गोल्डकर्ता, …

न्यूजिल्यान्डको शानदार जित म्याक्कुलमको चमत्कारीक ब्याटिङ,साउदीले लिए ७ विकेट

न्यूजिल्यान्डको शानदार जित म्याक्कुलमको चमत्कारीक ब्याटिङ,साउदीले लिए ७ विकेट   एजेन्सी,फागुन८ : एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत् शुक्रबार सम्पन्न खेलमा आयोजक न्यूजिल्यान्डले इंग्ल्यान्डमाथि ८ विकेटको शानदार जित हासिल गरेको छ । न्यूजिल्यान्डको वेलिङ्टनमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले फितलो प्रदर्शन गर्दै १ सय २४ रनको लक्ष्य दिएपछि न्यूजिल्यान्डले १३औं ओभरमा २ विकेट गुमाएर उक्त लक्ष्य पार ग¥यो। न्यूजिल्यान्डका लागि ब्याटिङ गरेका ब्रेन्डन म्याक्कुलमले ७७ रन जोडे । २५ बल सामना गरेका म्याक्कुलमले ७ छक्का र ८ चौका प्रहार गरेका थिए । इंग्ल्यान्डले आफ्नो इनिङमा १ सय २३ रनको झिनो योगफल मात्रै तयार पारेको थियो । …

बिराट गोल्डकपको फाईनलमा झापा-११ र आर्मी भिड्ने

बिराट गोल्डकपको फाईनलमा झापा-११ र आर्मी भिड्ने विराटनगर, फागुन ८ : त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहिबार भएको अन्तिम सेमिफाइनल खेलमा मनाङ–मस्र्याङदी क्लबलाई ट्राईब्रेकरमा ४–२ ले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो। खेलको ५ औ मिनेटमा मनाङका डोडोजले सुरुआती अग्रता दिलाए पनि ७५ औ मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल फर्काएपछि निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरी भएको थियो। थपिएको ३० मिनेटको समयमा पनि दुबै टोलीबाट गोल हुन नसकेपछि प्रतियोगिताको नतिजा ट्राईब्रेकरमा निस्किएको हो। यसअघि पहिलो सेमिफाइनलमा लुिम्बनी फुटबल क्लब …

झापा–११ विराट गोल्डकपको फाइनलमा

झापा–११ विराट गोल्डकपको फाइनलमा विराटनगर, फागुन ७ : झापा–११ विराटनगरमा जारी विराट गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनलमा लुम्बिनी फुटबल क्लव रुपेन्देहीलाई २–१ ले पराजित गर्दै झापा फाइनलमा पुगेको हो। निर्धारित ९० मिनेटको खेलसम्म १–१ गोलको बराबरी भएपछि थपिएको ३० मिनेटमा गोल गर्दै झापा ११ उपाधि नजिक पुगेको हो। झापाका लागि दुवै गोल विशाल राई ‘ए’ ले गरे। प्रतियोगिताको द्रोस्रो सेमिफाइनलमा बिहीबार मनाङ मस्र्याङदी क्लव र त्रिभुवन आर्मी क्लव भिड्दै छन्। मनाङले क्वार्टरफाइनलमा थ्रीस्टार क्लवलाई पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको हो भने आर्मीले भारतको जर्ज …

बंगलादेशको शानदार सुरुवात,अफगानिस्तान विरुद्ध १ सय ५ रनको फराकिलो जित

बंगलादेशको शानदार सुरुवात,अफगानिस्तान विरुद्ध १ सय ५ रनको फराकिलो जित काठमाडौं, फाल्गुन ६: विश्वकप एक दिवसीय क्रिकेटमा बंगलादेशले शानदार सुरुवात गरेको छ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा भएको खेलमा दुई सय ६८ रनको चुनौती पछ्याउने क्रममा अफगानिस्तान ४२ ओभर ५ बलमा अलआउटहुँदै एक सय ६२ रनमा समेटियो । पहिले व्याटिङ गरेको बंगलादेशले निर्धारीत ५० ओभरमा अलआउट हुँदै २ सय ६७ रन जोडेको छ । खेलमा बंगलादेशको लागि मुश्फिकर रहीमले ७१ रन तथा शकिब हल हसनले ६३ रनको योगदान दिए । बलीङतर्फ अफ्गानिस्तानका हमिद हसन, शपुर जद्रान, अफ्ताव आलम र मिर्वाईस अस्रफले २-२ विकेट लिए …

1 88 89 90 91 92 94