खेलकुद

माईभ्याली गोल्डकप उपाधिको छिनोफानो आज

माईभ्याली गोल्डकप उपाधिको छिनोफानो आज ईलाम,माघ २४ : ईलाममा जारी माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि छिनोफानो आज हुंदैछ । उपाधिका लागि फाइनलमा आज दिउँसो थ्रीस्टार क्लव र विभागीय टोली त्रिभुवन आर्मी क्लव भिड्दैछन् । सेमिफाइनलमा रुपन्देही-११ लाई ३-० ले पराजित गर्दै आर्मी तथा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा हराउंदै थ्रीस्टार फाइनलमा पुगेको हो । माइभ्याली फूटबल क्लब इलामको आयोजना र जिल्ला फूटबल संघको संयोजनमा गत माघ १५ बाट सुरु भएको प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ हात पार्नैछन् भने उप–विजेताले डेढलाख रुपैयाँमा चित्त बुझाउने छन् …

आर्मी र थ्रीस्टार फाईनलमा भिड्ने

आर्मी र थ्रीस्टार फाईनलमा भिड्ने इलाम, माघ २३: त्रिभुवन आर्मी क्लब इलाममा जारी माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको विहीबार भएको दोस्रो सेमिफाइनल खेलमा रुपन्देही–११ लाई ३–० ले पराजित गदै आर्मी फाइनलमा प्रवेश गरेको हो । आर्मीको जितमा खेलको ३४ औं मिनेटमा टंक बस्नेत, ४७ औं मिनेटमा नवयुग श्रेष्ठ र ७४ औं मिनेटमा दीपक गुरुङले एक–एक गोल गरे । यसअघि नेपाल पुलिस क्लबलाई पराजित गर्दै थ्रीस्टारले फाइनलमा ठाउं बनाइसकेको छ । प्रतियोगिता अन्तर्गत माघ २४ गते आर्मी र थ्रीस्टारबीच उपाधि भिडन्त हुनेछ …

झापा–११ क्बाटरफाइनलमा

झापा–११ क्बाटरफाइनलमा पोखरा, माघ २३: पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार मनाङ–मस्र्याङदी क्लब र भारतको कन्चनजंगा फुटबल क्लब भिड्दै छन् । यसअघि बिहिबार भएको खेलमा लुम्बिनी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै झापा–११ क्बाटरफाईनलमा प्रबेश गरेको हो । झापाको जितमा ५० औं मिनेटमा कर्ण लिम्बुले पहिलो गोल गरेका थिए भने ६६ औं मिनेटमा विशाल राईले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए । खेलको अन्तिम समयमा झापाका योगश गुरुङले अर्को एक गोल थपे । लुम्बिनीका खेलाडीबाट एक आत्मघाती गोल हुदां झापा–११ ले सहज जित दर्ता गर्न सफल भयो …

आहा रारा गोल्डकप

आहा रारा गोल्डकप पोखरा,माघ २२: पोखरामा जारी आहा रारा गोल्ड कप फुटबल अन्तर्गत बिहिबार झापा ११ फुटबल क्लब र जगदम्बा लुम्बिनी फुटबल क्लब भिड्दै छन् । यसअघि बुधबारको खेलमा सशस्त्र प्रहरीको एपीएफ  सुदूरपश्चिमाञ्चल फुटबल क्लब कैलाली संग १-० ले पराजीत भएको हो । खेलको ७ औ मिनेटमा कैलालीका लागी शिब सुबेदीले गरेको गोल नै निर्णायक हुदां कैलाली बिजयी भएको हो । सुरुदेखि दबाबमा परेको सशस्त्र ५५ औं मिनेटमा आदित्य चौधरी दोहोरो पहेलो कार्ड खाँदै बाहिरिएपछि १० जनामा समेटिएको थियो । जितसंगै कैलाली क्वार्टरफाइनलमा पुगेको छ । यसअघि मंगलबार भएको उद्घाटन खेलमा साविक विजेता आयोजक सहारा क्लव पहिलो …

सेमिफाइनल पुलिस र थ्री स्टार भिड्दै

सेमिफाइनल पुलिस र थ्री स्टार भिड्दै इलाम, माघ २१: इलाममा जारी अन्तर्राष्ट्रिय टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बुधबारबाट सेमीफाईनलका खेलहरु हुदैछन् । पहिलो सेमीफाईनल खेलमा बुधबार नेपाल पुलिस क्लब र थ्री स्टार भिड्दैछन् ।  यसअघि, मंगलबार भएको अन्तिम क्बार्टरफाईनल खेलमा रुपन्देही–११ले बीसिएफसी भुटानलाई २–० ले पराजीत गर्दै रुपन्देही सेमीफाईनलमा प्रबेश गरिसकेको छ । क्वार्टरफाइनलमा थ्रीस्टारले भारत सिक्किमको सुचाल्नु क्लबलाई ४–० ले पराजित गरेको थियो, भने पुलिसले बंगलादेशलाई पनि ४–० ले हराएको थियो । अर्को सेमीफाइनलमा बिहिबार रुपन्देही ११ र त्रिभुवन आर्मी क्लब …

आहा रारा गोल्डकप आजदेखि

आहा रारा गोल्डकप आजदेखि पोखरा, माघ २०: आहा रारा गोल्ड कप फुटबलको १३ औं संस्करण आजदेखि पोखरामा हुदै छ ।   पोखरा रंगशालामा आयोजना हुने प्रतियोगितामा दुई बिदेशी टोली सहित १२ टोली सहभागी हुनेछन् । प्रतियोगिता अन्तर्गत उदघाटन खेल आयोजक सहारा क्लब र नव जनजागृति युवा क्लव सिमराबीच हुनेछ । प्रतियोगिताको बिजेताले ३ लाख ५१ हजार र उपबिजेताले २ लाख १ हजार पुरस्कार पाउनेछन् । प्रतियोगिता आगामी फागुन २ गते सम्म सञ्चालन हुनेछ …

राष्ट्रिय लिगमा एपिएफ र मोरङ् भिड्दै

राष्ट्रिय लिगमा एपिएफ र मोरङ् भिड्दै काठमाडौं, माघ १९: रेडबुल राष्ट्रिय लिग अन्तर्गत सोमबार एपिएफ र मोरङ फुटबल क्लब भिड्दै छन् । गत बर्षको डिभिजन लिगमा सुपर सिक्समा प्रवेश गरेको एपिएफले यसपटक पहिलो खेलमा अर्को विभागिय टोली त्रिभुवन आर्मीसंग १–१ को बराबरी खेलेको थियो । पहिलो पटक राष्ट्रिय लिग खेलेको मोरङलाई भने थ्री स्टारले ३–० ले हराएको थियो । ९ टोलीको सहभागिता रहेको लिगमा थ्री स्टार र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लबको समान ६–६ अंक छ । त्यस्तै, आर्मीको ४, जगदम्बा लुम्बिनीको ३ र एपिएफको १ अंक रहेको छ । पुलिससहित झापा, मोरङ र सुदूरपश्चिम अंक विहिन रहेका छन् …

विश्वकपअगाडि क्रिकेटरलाई आराम

विश्वकपअगाडि क्रिकेटरलाई आराम  मुम्बई,माघ १९ : त्रिकोणत्माक क्रिकेट प्रतियोगितामा असफलता हात परेपछि भारतीय क्रिकेट बोर्डले आफ्ना खेलाडीहरुलाई आराम दिने भएको छ । दुई सातापछि अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु हुने विश्वकप क्रिकेटमा उत्कृट नतिजा निकाल्न भारतीय खेलाडीलाई विश्राम दिन लागेको भारतीय क्रिकेट बोर्डले जनाएको छ । कप्तान महेन्द्रसिंह धोनीले भारतीय क्रिकेट बोर्डलाई उपाधी रक्षा गर्न र उत्कृत प्रदर्शनको लागि आरम चाहिने माग गरेका थिए । भारतीय एजेन्सीहरुका अनुसार टोलीका केही खेलाडी होमसिक को सिकार भएका छन् । विश्वकप १४ फेबु्रअरीबाट सुरु हुनेछ । भारतीय क्रिकेट बोर्डले विश्वकप …

आर्मी क्लब सेमिफाइनलमा प्रवेश

आर्मी क्लब सेमिफाइनलमा प्रवेश इलाम,माघ १८: त्रिभुवन आर्मी क्लव ईलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनलमा झापा ११ लाई १–० ले पराजित गर्दै आमी सेमिफाईनलमा ठाउँ पक्का गरेको हो । आर्मीलाई जिताउने क्रममा खेलको १६ औं मिनेटमा टंक बस्नेतले गरेको गोल निर्णयक बन्न पुग्यो । आर्मीले सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको थियो भने झापा ११ ले प्रि क्बाटरफाईनलमा आयोजक माइभ्याली फुटबल क्लवलाई २–० ले पराजित गर्दै क्वाटरफाईनलमा ठाँउ बनाएको थियो । यसअघि भएको पहिलो क्वार्टरफाइनलमा बंगलादेशको टिमलाई ४–० ले पराजित …

रियल मड्रिडको ४ अंकको अग्रता कायमै

रियल मड्रिडको ४ अंकको अग्रता कायमै १८ माघ, काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा लिग लिडर रियल मड्रिडले चार अंकको अग्रता कायमै राखेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । मड्रिडको घरेलु मैदानमा भएको खेलमा अग्रता भने सोसिडाडले लिएको थियो । ३८ सेकेण्डमा नै एलुस्टन्डोले गोल गरेका हुन् ।मिनेटमा रामोसले गोल गरपछि पहिलो हाफमा रियल मड्रिडले २–१ को अग्रता लियो । दोस्रो हाफको ५२ र ७६ औं मिनेटमा करिम बेन्जिमाले गोल गरेपछि मड्रिड ४–१ ले विजयी भयो । जितपछि रियल मड्रिडको २० खेलबाट ५१ अंक भएको छ । समान खेल खेलेको बार्सिलोना ४७ अंकका साथ दोस्रो स्थानमा छ …

1 92 93 94 95