खेलकुद

आर्मी क्लब सेमिफाइनलमा प्रवेश

आर्मी क्लब सेमिफाइनलमा प्रवेश इलाम,माघ १८: त्रिभुवन आर्मी क्लव ईलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनलमा झापा ११ लाई १–० ले पराजित गर्दै आमी सेमिफाईनलमा ठाउँ पक्का गरेको हो । आर्मीलाई जिताउने क्रममा खेलको १६ औं मिनेटमा टंक बस्नेतले गरेको गोल निर्णयक बन्न पुग्यो । आर्मीले सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको थियो भने झापा ११ ले प्रि क्बाटरफाईनलमा आयोजक माइभ्याली फुटबल क्लवलाई २–० ले पराजित गर्दै क्वाटरफाईनलमा ठाँउ बनाएको थियो । यसअघि भएको पहिलो क्वार्टरफाइनलमा बंगलादेशको टिमलाई ४–० ले पराजित …

रियल मड्रिडको ४ अंकको अग्रता कायमै

रियल मड्रिडको ४ अंकको अग्रता कायमै १८ माघ, काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा लिग लिडर रियल मड्रिडले चार अंकको अग्रता कायमै राखेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । मड्रिडको घरेलु मैदानमा भएको खेलमा अग्रता भने सोसिडाडले लिएको थियो । ३८ सेकेण्डमा नै एलुस्टन्डोले गोल गरेका हुन् ।मिनेटमा रामोसले गोल गरपछि पहिलो हाफमा रियल मड्रिडले २–१ को अग्रता लियो । दोस्रो हाफको ५२ र ७६ औं मिनेटमा करिम बेन्जिमाले गोल गरेपछि मड्रिड ४–१ ले विजयी भयो । जितपछि रियल मड्रिडको २० खेलबाट ५१ अंक भएको छ । समान खेल खेलेको बार्सिलोना ४७ अंकका साथ दोस्रो स्थानमा छ …

राष्ट्रिय लिग फुटबलमा मनाङ मस्र्याङ्दी र जगदम्बा लुम्बिनी भिड्ने

राष्ट्रिय लिग फुटबलमा मनाङ मस्र्याङ्दी र जगदम्बा लुम्बिनी भिड्ने काठमाडौं, माघ १६: रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार हुने खेलमा मनाङ मस्र्याङ्दी क्लव र जगदम्बा लुम्बिनी फुटबल क्लव भिड्दै छन् । पहिलो खेलमा विजयी भएका यी दुई टोली शुक्रबार लगातार दोस्रो जीतको खोजीमा छन् । जारी लिगको उद्घाटन खेलमा मनाङले सुदुरपश्चिम फुटबल क्लव कैलालीलाई ३/०ले हराएको थियो भने, लुम्बिनीले दावेदार नेपाल पुलिस क्लवलाई १/० ले पराजित गरेको थियो । शुक्रबारको विजेताले लिगको अंक तालिकामा ६ अंकको साथ शिर्ष स्थानमा रहेको थ्रिस्टारसंग बराबरी गर्नेछ । यसअघि, राष्ट्रिय लिग अन्तर्गत बिहिबार भएको खेलमा विभागीय टोलीहरु त्रिभुवन …

क्रिकेटरलाई हेलिकोप्टरबाट उतार्ने योजना विफल

क्रिकेटरलाई हेलिकोप्टरबाट उतार्ने योजना विफल काठमाडौ : नेपाल विश्व क्रिकेट लिग डिभिजन – १ मा पुगेको भए नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटरहरुलाई हेलिकोप्टरमा उडाएर राष्ट्रिय कलाकार सहित कन्सर्ट गर्ने कार्याक्रम विफल भएको छ । डिभिजन –२ मै रोकिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसीको ठूला प्रतियोगिता खेल्ने अवसर र घरमा ऐतिहासिक स्वागतको अवसर समेत गुमाएको छ । क्यानले नेपाली सेना र श्री एयरको हेलिकोप्टर निःशुल्क उपलब्ध गराउने जनाएको थियो । टुँडिखेलमा कार्यक्रम गर्न क्यानले जिल्ला प्रशासन,महानगरपलिका र सेनाको अनुमति लिईसकेको थियो । पछि नेपाली टोली …

राष्ट्रिय लिगमा आर्मी र सशस्त्र भिड्दै

राष्ट्रिय लिगमा आर्मी र सशस्त्र भिड्दै काठमाडौ,माघ १५ रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा आज विभागीय प्रतिद्धन्द्धीहरु त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी भिड्दै छन् । सशस्त्रले आज पहिलो खेल खेल्दैछ, भने आर्मीले यसअघि पहिलो खेलमा पूर्वाञ्चलको झापा ११ लाई पराजित गरिसकेको छ । यसअघि बुधबार भएको खेलमा थ्रीस्टार क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । दशरथ रंगशालामा भएको खेलमा ए डिभिजन क्लव थ्रीस्टारले सुदुरपश्चिमाञ्चल फुटबल क्लव कैलालीलाई ३/० ले पराजित गरेको हो । खेलको ७३ औं मिनेटसम्म गोलरहित बराबरी खेलेको कैलालीले अन्तिम २७ मिनेटमा तीन गोल खाएको हो । थ्रीस्टारलाई जिताउने क्रममा अमर …

क्रिकेटर गौचनलाई पितृ शोक

क्रिकेटर गौचनलाई पितृ शोक काठमाडौं, माघ१४: नेपाली क्रिकेट खेलाडी शक्ति गौचनलाई पितृ शोक परेको छ । शक्तिका बाबु खड्कप्रसाद गौचनको बुधबार बिहान अन्नपूर्ण न्यूरो हस्पिटलमा निधन भएको हो । डेढ महिनाअघि भैरहवामा भएको मोइक्रोबस दुर्घटनामा गम्भीर घाइते भएका ७५ वर्षीय गौचनको मस्तिष्कमा गहिरो चोट लागेपछि उनको शल्यक्रिया गरिएको थियो । बाबु कोमामा रहेको अवस्थामा समेत नामिबिया गएर डिभिजन टू क्रिकेट खेलेका शक्ति सोमबार नेपाल आए लगतै अस्पताल पुगेका थिए । खड्गप्रसाद गौचनको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ …

सिमरा गोल्डकपको उपाधी आर्मीलाई

सिमरा गोल्डकपको उपाधी आर्मीलाई काठमाडौंः छैटौं सिमरा गोल्डकप आमन्त्रण फूटवल प्रतियोगिताको उपाधी नेपाल आर्मी क्लबले जितेको छ । सिमरा रंगशालामा शनिवार भएको फाईनल भिडन्तमा नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित आर्मीले मोफसलकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको उपाधी हात पारेको हो । आर्मीलाई उपाधी दिलाउने क्रममा खेलको १५ औं मिनेटमा टंक बस्नेतको गोलले अग्रता लिएको आर्मीले ७७ मिनेटमा नवयुग श्रेष्ठले आर्मीका लागी दोस्रो गोल थपेका थिए । खेलमा कमजोर प्रदर्शनमा देखिएको पुलिसले ८४ औं मिनेटमा पाएको पेनाल्टी चुकाएको थियो । प्रतिस्पर्धात्मक खेलमा पुलिसलाई पराजित गर्दै उपाधी चुमेको …

नेपाल केन्यासँग पराजित

नेपाल केन्यासँग पराजित डिजिटल संवाददाता नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन-२ को पाँचौ खेलमा नेपाल आज केन्यासँग भिड्दै छ । टस जितेर केन्याले बलिङ रोजेको छ । यस प्रतियोगितामा नेपाल पहिलो पटक सुरुमा ब्याटिङ गर्दैछ । नेपाली ११ टिममा आरिफ शेखको स्थानमा नरेश बुढाऐर आज खेल्दैछन् । केन्या विश्व कप खेलिसकेको टिम हो । केन्याले सन १९९६ देखि २०११ सम्म लगातार ५ वटा विश्वकप खेलेको छ । अहिलेसम्मको ४ मध्ये ३ खेल जितेर नेपाल अंक तालिकामा दोस्रो स्थानमा छ । नामिबिया समान ३ जित हात पारी पहिलो स्थानमा रहेको छ …

1 93 94 95