प्रविधी

महानगरमा फरर फ्री वाइफाईः दुई करोड विनियोजन

महानगरमा फरर फ्री वाइफाईः दुई करोड विनियोजन काठमाडौं, भदौं ९ः काठमाडौंभित्रका ऐतिहासिक सम्पदा तथा सार्वजनिक स्थलमा निशुल्क एन्टरनेट सेवा प्रदान गरिने भएको छ ।  महानगरपालिकाले सम्पदा तथा सार्वजनिक स्थलमा घुम्न आउने पर्यटक तथा स्थानीयका लागि फ्री वाइफाई जोन बनाउन लागेको हो । महानगरपालिकाको आर्थिक बर्ष २०७४ ७५ को निती तथा कार्यक्रममा नै काठमाडौंमा महत्वपूर्ण स्थलमा फ्री वाइफाई जोन बनाउन दुई करोड रुपैयाँ विनियोजित गरेको छ । महानगरपालिकाले पहिलो चरणमा फ्री वाइफाई जडान गर्ने स्थलको प्रारम्भिक टुंगो लगाएको छ । आजको नागरिक काष्ठमण्डपमा खबर छ । जसअनुसार, हनुमानढोका, दरबार परिसर, पशुपति क्षेत्र, स्वयम्भू …

तीजको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर !

तीजको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर ! काठमाडौं, भदौ ४ः नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीजको अवसरमा विभिन्न प्रकारका अफर उपलब्ध गराउने भएको छ । अफर अन्तर्गत जीएसएम प्रिपेड र पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् । युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुने टेलिकमले जनाएको छ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ । डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अन्तर्गत प्याक १ सय ५० र प्याक २ सय ५० उपलब्ध हुनेछ । प्याक १ …

थप १० जिल्लामा निःशुल्क इन्टरनेट सेवा

थप १० जिल्लामा निःशुल्क इन्टरनेट सेवा काठमाडौं, भदौ २ः नेपाल दूरसञ्चार प्राधिकरणले देशैभर ब्रोडब्यान्ड पु¥याउने अभियान अन्तर्गत थप दस जिल्लामा प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले प्रदेश सात अन्तर्गतका सात जिल्ला र प्रदेश तीन अन्तर्गतका तीनवटा जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट जडानका लागि अनुमति प्राप्त सेवा प्रदायकबाट आवेदन माग गरेको खबर आजको गोरखापत्रमा छ । अभियान अन्तर्गत सात प्रदेशमा ‘प्याकेज ए’मा दार्चुला, डोटी, डडेल्धुरा र बैतडी रहेका छन् । सोही प्रदेशको ‘प्याकेज बी’ अन्तर्गत अछाम, बझाङ् र बाजुरा रहेका छन् । त्यस्तै प्रदेश तीन अन्तर्गत ताप्लेजुङ्, सङ्खुवासभा र सोलुखुम्बु जिल्लामा …

भारत सबैभन्दा धेरै फेसबुक चलाउने देश, २४ करोड १ लाखको फेसबुक एकाउण्ट

भारत सबैभन्दा धेरै फेसबुक चलाउने देश, २४ करोड १ लाखको फेसबुक एकाउण्ट काठमाडौं, असार ३१ः सामाजिक सञ्जाल फेसबुकको सबैभन्दा धेरै प्रयोगकर्ता भारतमा रहेका छन् । गएको बिहिबारसम्ममा भारतका २४ करोड १ लाख जनाले फेसबुक खाता खोलेको द नेक्स्ट वेभ संस्थाले जनाएको छ । संस्थाका अनुसार अमेरिकाका २४ करोड नागरिकले फेसबुकमा खाता खोलेका छन् । सन् २०१७ को सुरुदेखि नै भारत र अमेरिकामा फेसबुक प्रयोगकर्ता निकै बढेको पाइए पनि अमेरिकामा भन्दा भारतमा फेसबुक प्रयोगकर्ता दुई गुणा धेरैले बढीरहेको देखिएको बिबिसीले जनाएको छ । गएको ६ महिनामा भारतमा फेसबुक प्रयोग गर्नेको संख्या २७ प्रतिशतले बढेको तथा अमेरिकामा यो संख्या १२ प्रतिशत मात्रै रहेको पाइएको …

सार्वजनिक गाडीमा एनटीसीको ‘फ्रि वाईफाई’

सार्वजनिक गाडीमा एनटीसीको ‘फ्रि वाईफाई’ काठमाडौं, असार १२ः नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सार्वजनिक गाडीमा ‘एनटी बस इन्टरनेट सेवा’ सोमबारदेखि सञ्चालनमा आएको छ । देशभर सञ्चालन हुने लामो तथा छोटो दूरीका गाडीमा यात्रा गर्ने यात्रुले इन्टरनेट सेवा सहज रुपले प्रयोग गर्न सकून् भन्ने उद्देश्यले टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सेवा शुभारम्भ गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिईन् । सेवा सुरुवातले लामो तथा छोटो दूरीका यात्रुले यात्राका क्रममा वाइफाइमार्फत निःशुल्क इन्टरनेट, भिडियो लगायत मल्टिमिडिया सेवा उपभोग गर्न सक्ने छन् । सेवा देशका ७५ वटै जिल्लामा सञ्चालन हुने …

गुगलबाट यसरी पाइन्छ २ करोडभन्दा बढीको पुरस्कार !

गुगलबाट यसरी पाइन्छ २ करोडभन्दा बढीको पुरस्कार ! एजेन्सी । इन्टरनेट जाइन्ट गुगलले प्रयोगकर्तालाई २ करोडभन्दा बढीको पुरस्कारको घोषणा गरेको छ । आफ्नो सेक्युरिटीलाई उत्कृष्ट बनाउनका लागि उसले पुरस्कार घोषणा गरेको हो । यसका लागि गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा बग (एक किसिमको भाइरस) खोज्नुपर्ने हुन्छ । गुगलले आफ्नो स्मार्टफोन अपरेटिङ सिस्टम एन्ड्रोइडमा बग भेट्टाउने रिसर्चरलाई २ लाख डलर पुरस्कार दिने घोषणा गरेको हो । गुगलको अपरेटिङ सिस्टममा रेनसमवेयर र जुडी भाइरसको आक्रमण भएपछि उसले यस्तो घोषणा गरेको हो। पछिल्लो समय एन्ड्रोइडमा यस्ता आक्रमण भएपछि गुगलको सुरक्षाको निकै आलोचना भएको छ। साइबर सेक्युरिटी …

आतंकवादी आवागमन रोक्न अध्यागमनमा अमेरिकी सफ्टवेयर

आतंकवादी आवागमन रोक्न अध्यागमनमा अमेरिकी सफ्टवेयर काठमाडौं, असार १ः नेपालमा सम्भावित आतंककारीको आवागमन र चुनौती रोक्न अन्तर्राष्ट्रिय विमानस्थललगायत अध्यागमन नाकामा बायोमेट्रिक्ससहित अमेरिकी सफ्टवेयर प्रणाली जोडिने भएको छ ।  अध्यागमन प्रणालीको स्तरोन्नति गर्दै आतंकवादीको आवागमन नियन्त्रण गर्न नेपाल र अमेरिकाबीचको जी टु जी कार्यक्रमअन्तर्गत ‘पाइसेज’ नामको सफ्टवेयर प्रणाली लागू हुन लागेको हो । पाइसेजको मुख्य उद्देश्य आतंककारीको आवागमन रोक्नु र शंकास्पद सूचीमा रहेकामाथि निगरानी गर्नु हो । नेपाल आतंकवादीको ट्रान्जिट हुन सक्ने आशंका शक्ति राष्ट्रहरूले व्यक्त गरिरहेका बेला नेपाल सरकारले सम्भावित …

गणतन्त्र दिवसमा गुगलले यसरी दियो शुभकामना

गणतन्त्र दिवसमा गुगलले यसरी दियो शुभकामना काठमाडौं, जेठ १५ः नेपालमा गणतन्त्र स्थापना भएको ९ वर्ष पूरा भएको छ ।  २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्रलाई अन्त्य गर्दै गणतन्त्र स्थापना भएको घोषणा गरेको थियो । नेपालको गणतन्त्र दिवसको अवसरमा गुगलले नेपालको राष्ट्रिय झण्डासहितको डुडल बनाएको छ । गुगलले नेपाली संस्करणको लोगोको रंग पनि नेपालको झण्डासँग मिल्ने निलो र रातो बनाएको छ …

फेसबुक, ट्विटरको निगरानीमा निर्वाचन आयोग

फेसबुक, ट्विटरको निगरानीमा निर्वाचन आयोग काठमाडौं, बैशाख २६ः पहिलो तहको स्थानीय तह निर्वाचन आउन अब पाँच दिन मात्र बाँकी छ । निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगले निगरानी थालेको खबर आजको नेपाल समाचारपत्रमा छ । राजनीतिक दल, सञ्चार माध्यमलाई मात्रै होइन सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि निर्वाचन आचारसंहिता लाग्ने आयोगले जनाएको छ । फेसबुक, ट्विटर, भाइबर, इमोजस्ता सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति चुनावी प्रचार प्रसारमा लागेका छन् । कुनै पनि दलको कार्यकर्ता या समर्थक सबैको आफ्नो फेसबुक र ट्विटर यतिबेला दलीय झन्डा र प्रचार प्रसारले रंगिएको …

फेसबुकले अनुचित सामाग्रीको अनुगमन गर्ने, तीन हजार जनालाई रोजगारी दिने

फेसबुकले अनुचित सामाग्रीको अनुगमन गर्ने, तीन हजार जनालाई रोजगारी दिने काठमाडौं, बैशाख २१ः सामाजिक सञ्जाल फेसबुकले अनुचित सामाग्री अनुगमन गर्न तीन हजार जनालाई रोजगारी दिने भएको छ । घृणायुक्त टिप्पणी, बाल दुर्व्यवहार तथा आफैंलाई नोक्सानी पुर्याइएका घटना सो सञ्जालमार्फत प्रसारण हुन थालेकाले नियन्त्रण गर्न अनुगमन कडा पार्न लागिएको बताइएको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकर्बर्गले मानिसहरुले फेसबुक लाइभ मार्फत आफैंलाई अनि र अरुलाई नोक्सानी पुर्याएको घटना प्रसारण भएको हेर्नु पर्दा आफ्नो मन कुँडिएको बताएका छन् ।  उनले त्यस्ता समस्याकारी भिडियोहरुको रिपोर्टिंग गर्न सहज बनाइने बताए । बीबीसीका अनुसार सामाजिक सञ्जालमा …

1 2 3 4 24