प्रविधी

एसएलसी दिएका विद्यार्थीहरुलाई सहुलियत दरमा नेपाल टेलिकमको सिमकार्ड

एसएलसी दिएका विद्यार्थीहरुलाई सहुलियत दरमा नेपाल टेलिकमको सिमकार्ड काठमाडौं, चैत १३ : नेपाल टेलिकमले २०७१ सालको एसएलसी परीक्षामा सहभागी विद्यार्थीहरुलाई सहुलियत दरमा सिमकार्ड बिक्री गर्न थालेको छ। यो कार्यक्रम चैत १३ देखि सुरू भई २०७१ चैत मसान्तसम्म कायम हुने नेपाल टेलिकमले बताएको छ । यो कार्यक्रम अन्र्तगत सिमकार्ड खरिद गर्न विद्यार्थीहरुले रु.१०० भुक्तानी गरेपछि रु.१०० बराबरको टक भ्याल्यु र १०० मेगावाइट बराबरको डाटा सेवा समेत पाइने नेपाल टेलिकमले जनाएको छ। यो सहुलियत योजनामा सिम कार्ड लिन विद्यार्थीले एसएलसी परीक्षाको प्रवेश पत्रको प्रतिलिपि पेश …

गुगलले जिमेलबाटै बिल तिर्न सक्ने नयाँ सुविधा ल्याउँदै

गुगलले जिमेलबाटै बिल तिर्न सक्ने नयाँ सुविधा ल्याउँदै काठमाडौं, चैत १२ : गुगलले जिमेलबाटै बिल तिर्न सक्ने नयाँ सुविधा ल्याउने तयारी गरेको छ । जिमेलबाट प्राप्त हुने यो सुविधाबाट ग्राहकले टेलिकम, इन्स्योरेन्स लगायत अरु व्यवसायीक प्रतिष्ठानको बिल भुक्तानी गर्न सक्ने छन् । आगामी सेप्टेम्बरमा सार्वजनिक गर्ने तयारी गरिएको यो सुविधालाई गुगलले पोनी एक्सप्रेस नाम दिएको छ । जिमेलका प्रयोगकर्ताले बिल भुक्तानी सेवा लिनका लागि आफ्नो क्रेडिट कार्डको नम्बर तथा टेलिफोन नम्बरसमेत उपलब्ध गराउनुपर्नेछ । एजेन्सीको …

कलर्स मोबाइलको विन डब्लु १० बजारमा

कलर्स मोबाइलको विन डब्लु १० बजारमा काठमाडौं फागुन २६ : कलर्स मोबाइलको विन्डोज फोन विन डब्लु १० को पहिलो मोडल अग्रीम बुकिङ गर्ने ग्राहकका लागि उपलब्ध गराएको छ। कलर्स मोबाइललाई टेलिटकले सन् २००९ देखि बजारमा ल्याएको हो । दक्षिण एसियामा माइक्रोफ्टसँग मिलेर विन्डोज फोन उपलब्ध गराउने कलर्स मोबाइल पहिलो ब्रान्ड हो। कम्पनीका अनुसार विन्डोज ८.१ सञ्चालन प्रणालीयुक्त नयाँ पुस्ताको विन डब्लु १० को डिजाइन ग्राहकलाई नयाँ अनुभूति दिलाउने किसिमको छ। हलुका यो फोन आइपिएस डिस्प्लेयुक्त ४.७ इन्चको एचडिका साथ उपलब्ध छ। यसमा भएको अन्य विशेषताहरुमा आइपिएस एलसिडी समाविष्ट टचस्त्र्किन, ३२ जिबीसम्म क्षमता …

इन्टरनेट फाष्ट गराउने तरिका जान्नुहोस्

इन्टरनेट फाष्ट गराउने तरिका जान्नुहोस् काठमाडौं, फागुन २४ : यदि तपाई इन्टरनेट प्रयोग गर्नु हुन्छ र स्लो भएर तनावमा हुनु हुन्छ भने यहाँ नेटलाई फाष्ट गराउने केही उपायको चर्चा गरिएको छ । १. राउटर चेक गर्नुस् : तपाईले वाइफाइ राउटर चलाउनु हुन्छ भने त्यसमा अनेक वत्ति बलिरहेका हुन्छन् । त्यसमा एउटा चाँहि इन्टरनेट कनेक्टिभीटीको वत्ति हुन्छ । ल्यापटप, कम्प्यूटर, स्मार्टफोन, स्मार्ट टीवी जस्ता वाइफाइ प्रयोग हुने डिवाइस बन्द गर्दा राउटरका तीन बटा बत्ति निभ्नु पर्छ । यसो गर्दा पनि बत्ति निभेन भने बुझ्नुस् तपाईको वाइफाइ कसैले चलाइरहेको छ । यस्तो चाल पाउनु भयो भने तत्काल वासवर्ड बदल्नुस् । यसो गर्दा तपाइँको …

इन्टरनेट प्रयोग कर्ताका लागी खुशीको खबर, नेपाललाई सित्तैमा इन्टरनेट सेवा दिने तयारी

इन्टरनेट प्रयोग कर्ताका लागी खुशीको खबर, नेपाललाई सित्तैमा इन्टरनेट सेवा दिने तयारी काठमाडौं, फागुन २२ : नेपालमा हाल ४० लाखको हाराहारीमा रहेका फेसबुक लगायत इन्टरनेट प्रयोग कर्ताका लागी खुशीको खबर छ । फेसबुकले छिट्टै नै नेपाललाई सित्तैमा इन्टरनेट सेवा दिने तयारी गरिरहेको छ । फेसबुकको अगुवाईमा सुरु भइरहेको इन्टरनेट डट ओआरजी अभियान अन्र्तगत यसै बर्षभित्र नेपाल लगायत विश्वका झण्डै एक सय मुलुकका गरिव जनतालाई यस्तो सेवा दिन लागेको फेसबुकले जनाएको छ । बिहिबार आयोजीत एक कार्यक्रममा फेसबुकका प्रवक्ताले यो महत्वकांक्षी योजना यो यही बर्ष भित्रमा नै विस्तार गर्ने बताए। फेसबुकले अहिले भारत, जाम्बिया, तान्जानिया, केन्या, घाना र कोलम्बियामा त्यहाँका …

ह्वाट्सएपमै फोन गर्ने सुबिधा

ह्वाट्सएपमै फोन गर्ने सुबिधा काठमाडौं, फागुन १०: तपाई एन्ड्रोइड स्मार्टफोनमा ह्वाट्सएप नाम म्यासेजिङ एप चलाइरहनुभएको छ भने अब सित्तैमा फोन गर्ने सुबिधा उपलब्ध भएको छ । यसअघि केवल साथीहरुवीच म्यासेज आदान प्रदान गर्न सकिन्थ्यो । अबदेखि भाइवरजस्तै ह्वाटसएपमा पनि साथीहरुसँग भ्वाइस कल गर्न सकिन्छ । यसका लागि तपाईंले ह्वाट्सएपको सवैभन्दा पछिल्लो भर्सन अपडेट गर्नुपर्छ । त्यसपछि तपाईले यो फिचर एक्टिभेट भएका साथीहरुलाई आफुलाई कल गर्न आग्रह गर्नुपर्छ । त्यसपछि तपाईको ह्वाट्सएपमा पनि भ्वाइस सर्भिस एक्टिभ हुने छ । तापईकहाँ एक्टिभ भएपछि यही बिधिमार्फत् आफुले कल गरेर अरु साथीहरुको सेवा …

टिनेजरको निद्रा चोर्दै मोवाईल र ट्यावलेट

टिनेजरको निद्रा चोर्दै मोवाईल र ट्यावलेट   काठमाडौं, माघ २७: किशोर किशोरीहरुको पछिल्लो समय बढ्दै गएको निद्रा नलाग्ने वा गहिरो निद्रा नपर्ने समस्याको मुख्य कारण विभिन्न खालका विद्युतीय ग्याजेटहरुको प्रयोेग रहेको एक अध्ययनले देखाएको छ । अध्ययनअनुसार किशोर किशोरीहरुले दिउँसो वा बेलुकाको समयमा जति धेरै समय सम्म ट्याबलेट वा स्मार्टफोन जस्ता ग्याजेटहरु चलाउँछन् जसले गर्दा उनीहरुको रातको निद्रामा असर पुग्ने गर्दछ । नर्वेका अनुसन्धानकर्ताहरुले १६ देखि १९ वर्ष उमेरका १० हजार जना किशोर किशोरीहरुले यस्तो अध्ययन गरेका थिए । अनुसन्धानकर्ताका अनुसार स्कुल वा कलेजबाट घर फर्केसकेपछि किशोर किशोरीहरु …

सामसुङको आम्दामी तिन वर्षमै सबैभन्दा कम

सामसुङको आम्दामी तिन वर्षमै सबैभन्दा कम विविसि, १५ माघ : संसारकै सवैभन्दा ठुलो स्माटफोन कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले तिन वर्षकै सवै भन्दा कम वार्षिक आम्दामी २०१४ मा गरेको कम्पनीले जनाएको छ । तिन वर्षको अन्तरालमा पहिलो पटक आफ्नो वार्षिक आम्दामीमा सवै भन्दा धरै कमि आएको सामसुङले बुधवार वताएको छ । कम्पनीको वार्षिक आयमा अघिल्लो तिन वर्षको तुलनामा २७ प्रतिशले कमी आएको उक्त कम्पनीले जनाएको छ । यस वर्ष सामसुङले ४.९ अरब अमेरिकी डलरको आम्दामी गरेको छ, जवकि २०१३ मा कम्पनीले ५.२ अरब को आम्दामी गरेको थियो । तिन वर्ष देखि सवैभन्दा धरै नाफा कमाउने कम्पनीको रुपमा सामसुङ स्थापित भएको छ । अरु कम्पनी भन्दा अहिले …

क्यान इन्फोटेक शुरु (फोटोफिचरसहित)

क्यान इन्फोटेक शुरु (फोटोफिचरसहित) काठमाडौं/माघ १४: सूचना प्रबिधि सम्बन्धी बृहत प्रदर्शनी क्यान इन्फोटेक राजधानीमा शुरु भएको छ । आज देखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको इन्फोटेकको उप्रपधान तथा स्थानीय बिकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे । प्रदर्शनीमा सूचना प्रबिधी सम्बन्धी बिबिध उत्पादन र सेबाहरु राखिएको छ । मेलामा मुख्य प्रदर्शनी हलभित्र ४९ र हलबाहिर ३ वटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहेका छन् । यस्तै, ट्रसमा १४४, ओपन स्पेस १४ र फुुड स्टलहरू ९ गरी २ सय १९ स्टल रहेका छन् । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर, डिस्ट्रिब्युटर्स, इन्टरनेट …

1 21 22 23