प्रविधी

विद्यार्थीहरुको हितलाई ध्यानमा राख्दै बंगलादेशमा सरकारले ल्यायो यस्तो योजना ?

विद्यार्थीहरुको हितलाई ध्यानमा राख्दै बंगलादेशमा सरकारले ल्यायो यस्तो योजना ? एजेन्सी, चैत्र २५ः बंगलादेशमा रातमा ६ घण्टासम्म फेसबुक ब्लक गर्ने योजना बनाएको छ । बंगलादेशी समाचारपत्र डेली स्टारका अनुसार मध्यरातदेखि फेसबुक ६ घण्टासम्म बन्द गरिने छ । खासगरी युवा तथा विद्यार्थीहरुको हितलाई ध्यानमा राख्दै सरकारले यस्तो कदम चाल्न थालेको बताइएको छ। उक्त पत्रिकाका अनुसार मन्त्रीपरिषदले टेलिकम मन्त्रालयलाई एक पत्र पठाउँदै यस्तो निर्देशन दिइसकेको छ । मन्त्रालयलाई पठाइएको पत्रमा फेसबुले विद्यार्थीहरुलाई असर पारिरहेको र युवाहरुको कार्यक्षमतामा पनि ह्रास ल्याएको उल्लेख छ । मन्त्रालयले बंगलादेशको टेलिकम नियामक आयोगलाई यस विषयमा आफ्नो …

होस गर्नुहोस, यस्तो नम्बरबाट फोन आउला है ?

होस गर्नुहोस, यस्तो नम्बरबाट फोन आउला है ? काठमाडौं, चैत्र २५ः के तपाईंलाईं विदेशी नम्बरबाट लगातार मिसकल आइरहेको छ ? के त्यो नम्बर टिउनिसयाको देखाउँछ ? यदि त्यसो हो भने ख्याल गर्नुस्, त्यो नम्बरमा तपाईंले कल ब्याक गर्दा सबै ब्यालेन्स सकिन सक्छ । केही दिन यता टिउनिसियाको नम्बर देखाउने +२१६-९८०९०४२७ जस्ता नम्बरबाट नेपाली मोबाइल प्रयोगकर्तालाई मिसकल आइरहेको छ । कलब्याक गर्दा कतिपयको मोबाइलमा रहेको ब्यालेन्स रकम सबै सकिएको छ । बेसीशहरका किशोरकुमार बस्नेतका अनुसार आफूलाई पनि मिसकल आएको र साथीहरूले होला भनेर कलब्याक गरेको तीस सेकेन्डमा ६१ रूपैयाँ चट भएको बताए । टेलिकम प्रदायक संस्थाहरुले यो ठगी धन्दा …

अब फेसबुक म्यासेन्जरमा पनि लोकेसन

अब फेसबुक म्यासेन्जरमा पनि लोकेसन काठमाडौं, चैत्र २४ः लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले म्यासेन्जरमा लोकेसन देखाउन मिल्ने सुविधा थप गरेको छ । एप्पल र गुगल म्यापले लाइभ लोकेसनलाई आफ्नी फिचरमा प्रयोगमा ल्याएपछि फेसबुकले पनि प्रतिस्पर्धाकै लागि यो फिचर आफ्नो म्यासेन्जरमा प्रयोग गरेको हो । म्यासेन्जरमा साथीहरूसंग भेटघाट गर्दा लोकेसनको जानकारी लिन–दिन झन्झटिलो हुने हुँदा पनि यो सुविधाको आवश्यकता देखिएको हो । यसमा आफू रहेको लोकेसन दिएपछि साथीले सही ठाउँ फेला पार्न सक्छन् । यसरी पठाइएको आफ्नो लोकेसन करिब ६० मिनेटसम्म साथीको म्यासेन्जरमा रहन्छ । लोकेसन पहिले फेसबुक एपको मुख्य विशेषता थियो । …

नेपाल टेलिकमद्वारा निःशुल्क सीमकार्ड वितरण, कतै तपाई छुट्नुभयो की ?

नेपाल टेलिकमद्वारा निःशुल्क सीमकार्ड वितरण, कतै तपाई छुट्नुभयो की ? बागलुङ, चैत्र २२ः नेपाल टेलिकम बागलुङले आफ्ना ग्राहकलाई निःशुल्क रुपमा सीमकार्ड वितरण गरेको छ । यहाँ जारी चैत्राष्टमी मेलामा ‘स्टल’ नै राखेर टेलिकमले प्रिप्रेड मोबाइलको सीमकार्ड बाँडेको हो । दुई दिनमै एकहजार भन्दा बढीले सीमकार्ड लगेको टेलिकम कार्यालयले जनाएको छ । आउँदो बुधबारसम्म मेला भर्न आउने दर्शकलाई निःशुल्क रुपमा सीमकार्ड उपलब्ध गराइने कार्यालय प्रमुख केशव शर्माले बताए । ग्राहकले एकप्रति फोटो र नागरिकताको प्रतिलिपि मात्र बुझाएर रु ५० ‘ब्यालेन्स’ भएको सीमकार्ड निःशुल्क पाएका छन् । ‘बजार प्रबद्र्धनको लागि र ग्राहकको सुविधाका लागि निःशुल्क रुपमा …

एसईई परीक्षार्थीलाई एनसेलले दिने भयो एक रुपैयाँमा सिम

एसईई परीक्षार्थीलाई एनसेलले दिने भयो एक रुपैयाँमा सिम काठमाडौं,चैत्र १९ : एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ । यस योजना अन्तर्गत परीक्षार्थीले मात्र १ रुपैयाँमा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् र ३० दिनसम्म ५ वटा आफ्नो माइफाइभ नम्बरमा अनलिमिटेड कल सेवाको फाइदा लिन सक्नेछन् । यो योजना आइतबार चैत्र २० देखि लागू हुने छ । एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् । यो योजना अन्र्तगत परीक्षार्थीले सिम खरीद गरी ५० वा सो …

१९ तले भवनको बीचबाट यसरी कुद्छ रेल (भिडियोसहित)

१९ तले भवनको बीचबाट यसरी कुद्छ रेल (भिडियोसहित) एजेन्सी, चैत्र १५ः नयाँ नयाँ प्रविधिमा अगाडी रहेको चीनमा १९ तले भवनको बीचबाट कुद्ने रेल निर्माण गरिएको छ । दक्षिण–पूर्वी सहर चोङकिङको क्षेत्रफल ३१ हजार वर्ग माइल रहेको छ जहाँ ४.९ करोड जनसंख्या बसोबास गर्ने गर्दछन् । त्यही भएर भौतिक निर्माण गर्नेहरु र सहरको विकास योजना गर्नेहरुले नयाँ–नयाँ तरिकाहरु अपनाउन बाध्य भएका छन् । १९ तले भवनको छैटौँदेखि आठौँ तल्लासम्म रेलवे स्टेसन निर्माण गरिएको हो ।  उक्त भवनमा बसोबास गर्नेहरुले चोङकिङ रेल ट्रान्जिट नम्बर २ मा आफ्नै लिजिबा स्टेसनबाट चढ्न सक्नेछन् । भवनमा बस्नेहरुलाई रेलको आवाजले दुःख नदेओस् भनेर विशेष उपकरण समेत …

एप्पलले ल्यायो रेड आइफोन, मूल्य ८६९ डलर

एप्पलले ल्यायो रेड आइफोन, मूल्य ८६९ डलर एजेन्सी, चैत्र १२ः एप्पले पहिलो पटक रातो रंगमा आइफोन सार्वजनिक गरेको छ । एप्पलले आइफोन ७ र ७ प्लसको यो विशेष संस्करण मार्च २४ देखि विश्व बजारमा उतार्ने तयारी गरेको हो । यसको बिक्रीबाट उठेको रकमको केही हिस्सा एड्स रोकथाम तथा रिसर्च गर्ने संस्थाहरुलाई दिने एप्पलले घोषणा गरेको छ । विगत १० वर्षदेखि एप्पलले आफ्नो उत्पादनहरु ‘प्रडक्ट रेड’ कार्यक्रम अन्तर्गत रातो रंगमा पनि सार्वजनिक गर्दै आएको छ। तर आइफोनको रातो संस्करण भने यो पहिलो पटक हो। रातो रंगको यो आइफोन १२० र २५६ जिबी स्टोरेज अप्सनमा उपलब्ध हुनेछ । यसको मूल्य आइफोन ७ र ७ प्लस झै हुनेछ । रेड आइफोन ७ को मूल्य ७४९ …

बुधबारदेखि कोरिया भाषा परीक्षाको फारम भर्न पाईने, फारम कसरी भर्ने हेर्नुहोस् (भिडियोसहित)

बुधबारदेखि कोरिया भाषा परीक्षाको फारम भर्न पाईने, फारम कसरी भर्ने हेर्नुहोस् (भिडियोसहित) काठमाडौं, चैत्र ८: कोरिया भाषा परीक्षा (इपिएस) परीक्षाका लागि भोली (बुधबार) देखि फाराम भर्न पाइने छ । तपाई इन्टरनेटको पहुँचमा हुनुहुन्छ र इन्टरनेटमा पोख्त हुनुहुन्छ अब तपाइ आफैले रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षाको फारम भर्न सक्नुहुन्छ । वैदेशिक रोजगार विभागको ईपीएस शाखाले अनलाइन फारम भर्ने प्रणाली सुरु गरेको हो । जसअनुसार परीक्षार्थीले आफैं फारम भर्न सक्ने छन् । विगतका समयमा फारम भर्नका लागि परीक्षार्थीलाई रातभर लाइनमा बस्नुपर्ने बाध्यता थियो । अब भने फारम घर वा कार्यालय जुनसुकै ठाउँबाट पनि भर्न सकिने छ । जसका लागि तपाइले भोली बिहानसम्म कुर्नुपर्नेछ । …

टेलिकमलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउनुपर्छ

टेलिकमलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउनुपर्छ काठमाडौँ, चैत्र ६: सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मुलुकको प्रतिष्ठासँग जोडिएको नेपाल टेलिकमको सेवालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाइनुपर्ने बताउका छन । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र राष्ट्रिय कर्मचारी सङ्गठन टेलिकमको एकता घोषणा सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले टेलिकमको क्षमता विस्तार गरी विकासमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन् । टेलिकमले अन्तर्राष्ट्रिय उडान भर्ने विमान र ठूला प्राविधिक विश्वविद्यालयमा लगानी गर्ने क्षमता विस्तार गर्न जरुरी भएको पनि उनले उल्लेख गरे । मन्त्री कार्कीले कर्मचारी सङ्गठनको …

ड्रोन क्यामेराबाट लिइएको तस्बिरले वाग्मतीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने

ड्रोन क्यामेराबाट लिइएको तस्बिरले वाग्मतीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने काठमाडौँ, चैत ४: ड्रोन क्यामेराबाट लिइएको तस्बिर प्राप्त भएपछि नदी किनारलाई व्यवस्थित बनाउन सहज हुने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । दक्षिण कोरियाको सियोल विश्व विद्यालयबाट आएको ड्रोन क्यामेरा सहितको समूहले गोकर्णेश्वर नगरपालिकाको उत्तरगयादेखि ललितपुर उप महानगरपालिकाको सुन्दरी घाटसम्म तस्बिर खिची फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख उतारेको वाग्मती सफाइ अभियन्ता उमेश बोहराले बताए । “गोकर्णेश्वर नगरपालिकाको उत्तरबाहिनीदेखि गोकर्णेश्वर मन्दिरसम्म, काठमाडौँ महानगरपालिकाको सिनामङ्गलदेखि …

1 2 3 4 5 23